Inside

All Time Top 50 News

एनआरएन अमेरिका अध्यक्ष प्रह्लाद केसी बहुमत सदस्यद्वारा निष्कासित PDF Print E-mail
Share
User Rating: / 6
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 02 August 2013 09:21

Updated: Exclusive: 1 photo: न्यू योर्क- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको अगस्ट १ तारिख बेलुकी डाकिएको आकस्मिक कन्फेरेन्स कल बैठकद्वारा बहुमत सदस्यहरूको मतद्वारा अध्यक्ष प्रह्लाद केसी निष्कासित गरिएकाछन्।

 

 

NRN USA President Pralhad KC. Photos: eEyeCam.com

संघको मेडिया संयाेजक बनिता कतिलाकाअनुसार केही समय अघि संघको लस एन्जेलसमा सम्पन्न अधिवेशनबाट गठित ९ सदस्यीय कार्य समितिका अध्यक्ष केसी बाहेक ८ जनाको उपस्थिति रहेको उक्त बैठकमा ६ जनाले अध्यक्ष केसीलाई वर्खास्त गर्ने मत गरेका थिए भने २ जनाले चांहि अध्यक्ष केसीले एकलकांटे अप्रजातान्त्रिकरुपमा काम गरेका भएपनि अहिलेनै कार्बाही नगरौं भनेका थिए।

केसीले संघको लस एन्जेलसमा सम्पन्न अधिवेशनबाट अध्यक्ष बनेपछि एनआरएन आईसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थिए तर यो 'कू' पछि उनको उम्मेदवारी धरापमा पर्न गएकोछ।

बैठकमा वरिष्ठ उपाध्यक्ष शिवकुमार राई, उपाध्यक्ष ब्रिहस्पती लामा, महासचिव उपमा कंडेल, कोषाध्क्ष राजेन्द्र सिवाकोटी, जनसंपर्क संयोजक नारायण गुरुङ र मेडिया संयोजक बनिता कतिलाले अध्यक्ष केसीलाई वर्खास्त गर्ने मत गरेका थिए भने उपाध्यक्ष राजेन्द्र खतिवडा र सचिव जय मन्डलले कार्यवाही नगर्ने मत गरेका थिए।

यसैबिच, सचिव जय मन्डलले आफ्नो पदबाट राजिनामा गरेकाछन्।

युएस नेपाल अनलाईनले वर्खास्तमा परेका अध्यक्ष केसीलाई संपर्क गर्न खोज्दा हुन सकेन।

यसैबिच, एनआरएन अमेरिकाले प्रेस बिज्ञप्ती जारी गरी प्रेसिडेन्ट केसीलाई दुई तिहाई बहुमतद्वारा निस्कासन गरेको जनाएको छ:

प्रेस बिज्ञप्ति

एन आर एन युसएको गत मिती २०१३ अगस्त ०१ तारिक बसेको बोर्ड्को बैठ्कले यस सस्थाका सभापती श्री प्रल्हाद केसिलाई बोर्डको दुइ तिहाइ मतले निस्कासित गरेको छ । केसिले एनआरएन युसएलाई ब्यक्तिगत स्वार्थका लागि मनोमानी निर्णय गरी बोर्ड्लाईसुद्द थाहा नदिकन एकल निर्णयहरु बारम्बार गरेको, पटक पटक बोर्ड्ले मिटिङ बोलाउन अनुरोध गर्दा बेवास्ता गरी बोर्डको दुइ तिहाइ अफिसरबाट बोलाईएको मिटिङ्महरुमासमेत अनुपस्थित भइ बोर्डका अफिसरहरुको बेवास्ता गरेको, बिधान बिपरित काम गरी सस्थालाई असरपर्ने कामहरु गरेकोले कानुनी परामर्स लिएर एस बोर्डका अफिसरहरुको दुइतिहाइ मतले निज केसिलाई निस्कासन गर्न बाध्य हुनु परेको हो। वकिलबाट उहालाई एनआरएन युएसएको कुनै पनि कृयाकलाप नगर्न पत्रसमेत पठाउने प्रकृया सुरु गरीसकिएको छ। केसि बोर्डबाट बाहिरिए पछी प्रेसिडेन्टको कार्यभार सम्हाल्न सिनियर भाइस प्रेसिडेन्ट शिव राइलाई बोर्डले अनुमोदन गरेको छ ।

एस बोर्डको चाहना एनआरएन अमेरिकालाई सबैभन्दा प्रजातान्त्रीक, बृहद र सक्तिशाली बनाउने रहेको छ । एसकोलागि एस बोर्ड्ले तुरुन्तै बिधान सम्सोधन गर्नुकासाथ साथै चुनाब समिती गठन गर्ने छ। एनआरएन आइसिसिले दिएको चुनाबको अनुरोधलाई प्रमुख प्राथमिकता दिएर आगामी आउने ग्लोबल कन्फेरेन्सभन्दा अगाडिनै चुनाब गराउन प्रएत्नरत रहने छ। एसकोलागि सम्पुर्ण अमेरिकामा रहनुहुने एनआरएनबाट हामिले सहयोगको आशा गरेका छौ । धन्यवाद।

बनिता कतिला
संचार सम्योजक
एनआरएन एनसिसि अमेरिका

समाचार अपडेट हुँदैछ...

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-http://www.usnepalonline.com/nrn/

-एनआरएन जापानका बहुमत कार्य समितिका सदस्यहरुद्वारा राजिनामा

-गैरआवासीय नेपाली संघद्वारा नेपालको बाढीपीडितलाई ५० लाख सहयोग प्रदान

-एनआरएन अमेरिका (NRN USA) द्वारा नेपालको नयाँ संबिधानमा दोहोरो नागरिकता ब्यबस्थाको माग

-एनआरएनए आइसिसी (NRNA ICC) द्वारा नेपालको नयाँ संबिधानमा 'एक पटकको नेपाली सधैको नेपाली' सुनिस्चित गर्न माग

-न्यू योर्कमा गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) को प्रथम वार्षिक साधारण सभा सम्पन्न

-एनआरएन अमेरिका (NRN USA) का प्रेसिडेन्ट सुमनराज तिम्सिनाद्वारा राजिनामा

-एनआरएन अमेरिकाका महासचिब शिवकुमार राईलाई किन जङ्गेको जङ्ग चलेको छ?

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.