एनआरएन अमेरिकाको अध्यक्षमा पुन: दोश्रो पटक डा. केशब पौडेल निर्वाचित, २२६ उम्मेदवारहरु मध्ये ४८ जना मतदानबाट बिजयी, १०७ जना निर्विरोध निर्वाचित Print
Share
User Rating: / 0
PoorBest 
Thursday, 07 September 2017 20:02

Updated: Exclusive: 34 photos: न्यू योर्क- गैरआवासीय नेपाली संघ (एनआरएन अमेरिका) को निर्वाचन सन् २०१७-२०१९ को लागि सेप्टेम्बर ५ र ६ तारिख सम्पन्न चुनावमा २२६ उम्मेदवारहरु मध्ये ४८ जना मतदानबाट बिजयी भएका छन् भने १०७ जना निर्विरोध निर्वाचित छन् । एनआरएन अमेरिकाको निर्वाचन आयोगले प्रकासित गरेको सूची अनुसार राष्ट्रिय अध्यक्षमा ४ जना प्रतिस्पर्धीहरु मध्ये डा. केशव पौडेल ४,२२९ मत ल्याएर पुन: दोश्रो पटक निर्वाचित भएका छन् भने उनका निकततम प्रतिद्वन्दी रबिना थापाले ३,०८५ मत प्राप्त गरेकिछिन् । अन्य दुई अध्यक्षका प्रत्याशीहरु राम सि पोख्रेलले ९६४ र कृष्ण पोख्रेलले ७८३ मत प्राप्त गरेका छन् ।

Newly elected NRN NCC of USA Executive Committee 2017-2019. Photos courtesy: fb profiles

राष्ट्रिय समितिमा प्रतिस्पार्धी अन्य उम्मेदवारहरुमा वरिश्ठ उपाध्यक्षमा सुनिल शाहले ४,१४५ मत लिएर बिजयी भएका छन् भने उनका प्रत्याशीहरु तेम्बा नुर्बु शेर्पाले ३,२४१ र गजेन्द्र अर्यालले १,२३६ ल्याएका छन् । क्षेत्रिय उपाध्यक्षहरुमा मिड वेस्ट रिजनल उपाध्यक्षमा राधा के पौडेलले ४,२९० ल्याएर बिजा यी भएकिछिन् भने उनका प्रत्याशी पुरुषोत्तम बोहराले ४,०६४ ल्याएका छन् । नर्थ ईस्ट रिजनल उपाध्यक्षमा रामकुमार सुबेदीले २,८५१ मत ल्याएर बिजयी भएका छन् भने उनका प्रत्याशीहरु क्रमश: सन्जिव श्रेष्ठले २,६९५; सुमन बुढा मगरले १,७४८ र हरिशचन्द्र हमालले १,२६८ मत ल्याएका छन् । साउथ रिजनल उपाध्यक्षमा जेदु पोख्रेलले ४,०४६ मत ल्याएर बिजयी भएका छन् भने उनका प्रत्याशीहरु भुवन आचार्यले ३,४९६ र केमिका भण्डारी-पौडेलले ७६१ मत ल्याएकिछिन् । वेस्ट रिजनल उपाध्यक्षमा उमा कार्की थापाले ४,१८४ मत ल्याएर बिजयी भएकिछिन् भने उनका प्रत्याशीहरु सर्वज्ञ वाग्लेले ३,४३० र नारायण बनले ८७६ मत ल्याएका छन् ।

त्यसैगरी, राष्ट्रिय महासचिव पदमा प्रतिस्पर्धीहरु मध्ये  बाबुराम लामाले २,५९३ मत ल्याएर बिजयी भएका छन् भने उनका प्रत्याशीहरु क्रमश: महेश के मल्लले २,१७९; सूर्य (सल) लम्सालले २,१२७ र पूर्णचन्द्र बानियाले १,६६१ मत ल्याएका छन् । राष्ट्रिय सचिव पदका उम्मेदवारहरु मध्ये होमनाथ गौतमले २,७१५ मत ल्याएर बिजयी भएका छन् भने उनका प्रत्याशीहरु क्रमश: टेकबहादुर लामाले २,३०१; रेवोतीराज अधिकारीले २,२०१ र प्रकाश बस्नेतले १,२०२ मत ल्याएका छन् ।

राष्ट्रिय कोशाध्यक्ष पदका प्रतिस्पर्धीहरु मध्ये डा. प्रकाश अर्यालले २,८२१ मत ल्याएर बिजयी भएका छन् भने उनका प्रत्याशीहरु क्रमश: गोविन्द श्रेष्ठले २,६७१; सतेन्द्रकुमार शाहले २,०५२ र बिनराज बज्राचार्यले १,०११, मत ल्याएका छन् । राष्ट्रिय सह-कोशाध्यक्ष पदका उम्मेदवारहरु मध्ये पवन योन्जनले ५,०८५ मत ल्याएर बिजयी भएका छन् भने उनका प्रत्याशी विश्वमान आङदेम्बेले २,९८२ मत ल्याएका छन् ।

राष्ट्रिय महिला संयोजक पदका उम्मेदवारहरु मध्ये ईन्दिरा तृपाठीले ४,२२८ मत ल्याएर बिजयी भएकिछिन् भने उनकी प्रत्याशी लक्ष्मी खरेल थापा (गौतम) ले ४,१४१ मत ल्याएकिछिन् । राष्ट्रिय युवा संयोजक स्वराज खाती भने निर्विरोध निर्वाचित बनेकाछन् ।

राष्ट्रिय समितिको ११ जना बोर्ड अफ डाईरेक्टर पदको लागि ३३ जना प्रतिस्पर्धी रहेका थिए । जस मध्ये बिजयीहरु अमृत बाबु कट्टेल, आङ निमा गेल्जे शेर्पा, अर्जुन बन्जाडे, बिन्दु साप्कोटा निरौला, दिब्या केसी ओली, गोपेन्द्रराज भट्टराई, कृष्ण पि लामिछाने, पृतिसागर खत्री, सन्जय थापा, तृश्णा शर्मा र विश्णुबहादुर शाह छन् ।

उता आईसिसी ८ पदका लागि ११ जना प्रतिस्पर्धी रहेका थिए । जस मध्ये बिजयीहरु बलराम थापा, बन्दना कोईराला, बेदराज बस्नेत, बिश्णुमान प्रधान, धर्म भट्टराई, डिल्लीराम भट्टराई, गोमा सेन र प्रकाश साप्कोटा छन् ।

न्यू योर्क राज्य च्याप्टरमा को को निर्वाचित भए ?

न्यू योर्क राज्य च्याप्टरको अध्यक्ष पदका उम्मेदवारहरु मध्ये रामहरी अधिकारीले १,००७ मत ल्याएर बिजयी भएका छन् भने उनका प्रत्याशीहरु क्रमश: केशबराम राईले ७४५ र विबेक पौडेलले २४६ मत ल्याएका छन् ।

Newly elected NRNA USA New York Chapter Team. Photos courtesy: fb profiles

न्यू योर्क राज्य च्याप्टर कार्य समिति
(२०१७-२०१९)


अध्यक्ष: रामहरी अधिकारी
उपाध्यक्ष: विष्णु राना मगर (निर्विरोध)
सचिव: महेशकुमार खड्का (निर्विरोध)
कोषाध्यक्ष: अनु खड्का
महिला संयोजक: कन्चन बस्नेत
युवा संयोजक: बिजय गुरुङ (निर्विरोध)

वोर्ड अफ डाईरेक्टरहरू:

गोपाल गुरुङ
बेगम पण्डित
बलराम श्रेष्ठ
ईन्दिरा घर्ति मगर
प्रेम के. राई

न्यू योर्क राज्य च्याप्टरमा निर्विरोध निर्वाचित हुनेहरुमा न्यू योर्क राज्य च्याप्टरको उपाध्यक्ष विष्णु राना मगर, सचिव महेशकुमार खड्का र युवा संयोजक बिजय गुरुङ छन् । न्यू योर्क राज्य च्याप्टरको कोषाध्यक्षमा अनु खड्काले १,१२४ मत ल्याएर बिजयी भएकिछिन् भने उनका प्रत्याशी सुबर्णकुमार शाक्यले ८०१ मत ल्याएका छन् । न्यू योर्क राज्य च्याप्टरको महिला संयोजकमा कन्चन बस्नेतले १,२८० मत ल्याएर बिजयी भएकिछिन् भने उनका प्रत्याशी मुना भण्डारीले ६५२ मत ल्याएकिछिन् ।

कुन कुन राज्य च्याप्टरहरुमा को को प्रेसिडेण्ट निर्वाचित भए ?

प्रेसिडेण्ट पदमा प्रतिस्पर्धा रहेका ६ राज्यहरुका  प्रेसिडेण्टहरुमा- रामहरी अधिकारी (न्यू योर्क); रामबाबु पाण्डे (क्यालिफोर्निया); घनश्याम खड्का (कनेक्टिकट); सूर्य पि लम्साल (जर्जिया); भानुभक्त खरेल (टेक्सास) र बुद्दी सागर सुबेदी (विस्किन्सन) विजयी बनेका छन् ।

निर्विरोध निर्वाचित राज्य च्याप्टर प्रेसिडेण्टहरुमा नविन खनाल (वासिङ्गटन); गोविन्द सुबेदी (भर्जिनिया); गोविन्द पौडेल (ओहायो); सम्मर बहादुर बुढाथोकी (न्यू जर्सी); डम्बर बि कडरिया (न्यू ह्याम्पसायर); जगनलाल श्रेष्ठ (मिचिगन); दुर्गाप्रशाद श्रेष्ठ (मेरिल्याण्ड); दिल्लुराम पराजुली (केन्टुकी); राजिव श्रेष्ठ (ईण्डियाना); सत्य एन चौधरी (ईलिनोई); महेन्द्र बस्नेत (आयोवा); विष्णु  के कार्की (मासाचुसेट्स्) र दिवाकर महर्जन (ओरेगन) छन् ।

-Pradeep Pariyar Thapa in New York. Comments? 918-570-1098, or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read NRN USA related news:

-http://usnepalonline.com/nrnusa/

-कसलाई भोट हाल्ने ? लौ चिन्नुहोस्: एनआरएन अमेरिकाको निर्वाचन २०१७ मा २२६ उम्मेदवारहरु मध्ये ११९ प्रतिस्पर्धी, १०७ जना निर्विरोध निर्वाचित, सेप्टेम्बर ५ र ६ तारिख अनलाईनबाट मतदान हुँदै

-पहिले र अहिले (Before & After): एनआरएन अमेरिका पोलिटिक्स

-न्यू योर्कमा एनआरएन अमेरिकाका अध्यक्ष बाहेकका उम्मेदवारहरुको अन्तरकृया जुलाई २९ तारिख हुँदै

-एनआरएन अमेरिकाको निर्वाचन २०१७ मा १६७ उम्मेदवारहरु प्रतिस्पर्धी, ७२ जना निर्विरोध निर्वाचित, निर्वाचन आगामी अगश्ट ११ र १२ तारिख हुने

-एनआरएन अमेरिका निर्वाचन-२०१७ को निर्वाचन कार्यतालिका

-एनआरएन अमेरिकाको कूल सदस्य संख्या विश्वमै सबैभन्दा बढी- १६ हजार ८८१ सदस्य, ६६ उम्मेदवार चुनावी मैदानमा

Comments

Please login to post comments or replies.