Inside

All Time Top 50 News

एनआरएन अमेरिकाको सदस्यता नविकारण गर्ने दिन अब ५ दिन बाँकी, ५५ उम्मेदवार चुनावी मैदानमा, ४ हजार ८६६ सदस्य (मार्च ११ तारिख) PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 10 March 2017 20:04

Updated on March 11: Exclusive: 52 photos: एनआरएन अमेरिका अर्थात गैर आवासीय नेपाली संघ अमेरिकाको आगामी मे महिना महिनाको २०-२१ तारिखमा हुने नयाँ कार्यसमितिको निर्वाचनमा केन्द्रीय अध्यक्ष पदका लागि १० जना चर्चामा आएका छन् भने जम्मा ५५ जनाले डिजिटल पर्चा बनाएर फेसबुकका वाल रंगाउन शुरु गरेकाछन् । आ-आफ्नो उम्मेद्वारी घोशणा गरेका र चर्चामा रहेकाहरुमा वर्तमान अध्यक्ष डा. केशब पौडेल, वर्तमान वरिश्ठ उपाध्यक्ष कृष्ण पोख्रेल र ४ जना क्षेत्रिय उपाध्यक्षहरु रबिना थापा, बन्दना कोईराला, दिल्ली भट्टराई र राम सि पोखरेलका अलावा गौरी जोशी, दुर्गा दाहाल, न्यू योर्क च्याप्टरका अध्यक्ष तेम्बा शेर्पा र मन मोहन सिंह घिमिरेले उम्मेद्वारी घोशणा गरेका छन् ।

त्यसैगरी, हालसम्म केन्द्रिय वरिश्ठ उपाध्यक्ष पदमा वर्तमान सचिव शंकर खड्का र सुनिल शाहले उम्मेद्वारी घोशणा गरेकाछन् भने उपाध्यक्ष पदको लागि सन्जिब श्रेष्ठ, पुरुशोत्तम बोहरा, सुमन बुढा मगर, सर्बज्ञ वाग्ले, हरिश हमाल, निमा ग्याल्जेन शेर्पा, भुवन आचार्य, रामकुमार सुबेदी, कृष्ण जिसी, मणी नेपाली पनेरु राधा पौडेल र गजेन्द्र अर्यालले उम्मेद्वारी घोशणा गरेका छन् ।

List and photos of NRN USA candidates for the upcoming election of new Executive Committee of NRN NCC of USA. Compiled by Pradeep Pariyar Thapa for USNepalOnline.com and New York Samachar

उता केन्द्रिय महासचिब पदको लागि न्यू योर्क शहरका महेश मल्ल, बिआर लामा र सूर्य (सल) लम्साल, बाल्टिमोरका शिव मल्ल र मिचिगनका धर्म भट्टराईले दावेदारी गरेकाछन् । उता केन्द्रिय सचिब पदमा हालसम्म होमनाथ गौतम, केन्द्रिय कोशाध्यक्ष पदमा रबिन बज्राचार्य र प्रकाश सापकोटाले दावी गरेकाछन् भने केन्द्रिय सहकोशाध्यक्ष पदमा पवन योन्जन तामाङले उम्मेद्वारी घोशणा गरेका छन् । त्यसैगरी, केन्द्रिय महिला संयोजकमा इन्दिरा तृपाठी, केन्द्रिय युवा संयोजकमा स्वराज खाती उठेकाछन् ।

केन्द्रिय बोर्ड अफ डाईरेक्टरमा दिव्या केसी वली, पुष्पलता भण्डारी, बिक्रम घिमिरे, मंगलदास श्रेष्ठ, नबराज केसी, भबिन्द्र शेरपुन्जा पुन मगर, पुष्कर बराल, अच्यूत सिग्देल र बिन्दू सापकोटाले उम्मेद्वारी घोशणा गरेका छन् ।

उता आईसिसी सदस्यमा वर्तमान कोशाध्यक्ष  वेद (बेद राज) बस्नेतले दावी गरेकाछन्

त्यस्तै, न्यू योर्क च्याप्टरको अध्यक्षमा केशबराम राई, रामहरी अधिकारी र विबेक पौडेलले दाबी गरेका छन् भने उपाध्यक्षमा बिष्णु राना मगर, च्याप्टर महासचिबमा महेश खड्का, कोशाध्यक्षमा सुबर्ण शाक्यले उम्मेद्वारी घोशणा गरेका छन् । च्याप्टर बोर्ड अफ डाईरेक्टरमा ओम (बिजय) गुरुङ, आदेश थकाली, गोपाल गुरुङ, खडग (विक्की) पुलामी मगर र बेगम पण्डितले उम्मेद्वारी घोशणा गरेका छन् ।



नयाँ सदस्यता बितरण र नविकरणको डेडलाईन: मार्च १५

यहीं मार्चको १५ तारिखसम्म नयाँ सदस्यता बितरण र नविकरणको डेडलाईन तोकिएको छ भने उक्त समय पछि चुनावी सरगर्मी बढ्ने पक्का छ । अमेरिकि एनआरएन संघको नेतृत्व हत्याउन बिगतमा फर्जी सदस्यता बनाउनेदेखि अनेक तिगडमलाई हेर्दा यसपाली पनि चुनाव जित्नकै लागि अनेक चलखेल हुने सम्भावना देखिएको छ ।

सदस्य संख्या कति ?

सन् २०१३ को मे महिनामा दोश्रो अधिबेशन आयोजना गर्दासम्म २८८ जना साधारण सदस्य रहेको एनआरएन अमेरिकाको सन् २०१४ को निर्वाचनमा ३ हजार ९८८ सदस्य पुगेको थियो भने सन् २०१५ को जनवरी ३१ सम्म १० हजार ६६३ साधारण सदस्य पुगेको थियो । यो साल सन् २०१७ को आज बेलुकी ८ बजे (मार्च १० तारिख) सम्म ४ हजार ३६५ सदस्य संख्या पुगेको तथ्याङ्क  एनआरएन अमेरिकाको वेबसाईट https://members.nrnnccusa.org/view मा प्रकाशित गरिएकोछ । तर यो साल नयाँ सदस्यता र नविकरण गर्नेहरुको कूल संख्या कति पुग्ला ? यो जानकारीको लागि भने मार्च १५ सम्म कुर्नु पर्ने छ ।

एनआरएनए संस्थाकोको जन्म

हाल बिश्वका ७४ राश्ट्रहरुमा फैलिएको 'गैर आवासीय नेपाली संघ (एनआरएनए)' को जन्म सन् २००३ मा स्थापना भएको हो । तर एनआरएन अमेरिकालाई आफ्नै नाम र बलबुतामा उभिन झन्डै ७ बर्स लाग्यो । सन् २०१० मा मात्र 'एनआरएन एनसिसी अफ युएसए' (एनआरएन अमेरिका) नाम बैधानिकरुपमा दर्ता भयो । तर यो बैधानिकता पनि आफ्नै नाममा भएको भने होईन ।

अर्को संगठनको गर्भमा जन्म

एनआरएन संघको बिश्व सन्जाल गठनपछि अमेरिका र क्यानाडाका एनआरएनहरुको प्रतिनिधित्व गर्दै आएको 'नेपालिज अमेरिकाज काउन्सिल' (एनएसी) को सन् १९९१ मा भएको दर्ता प्रकृयालाई कायम गर्दै उक्त काउन्सिलको नाम परिवर्तन गरेर 'एनआरएन एनसिसी अफ अमेरिका' बनाईएको हो ।

एनआरएन अमेरिकाको ईतिहास खोतल्दै जाँदा यो संस्थाको जन्म 'नेपालिज अमेरिकाज काउन्सिल' (एनएसी) को कार्यकारिणी समितिको ताजबिजमा भएको देखिन्छ । सन् २००३ को अक्टोबरमा बेलायतको राजधानी लण्डनमा सम्पन्न एनआरएनहरुको पहिलो बिश्व सम्मेलनमा उत्तर अमेरिकाबाट शिर्फ तीन जना नेपालीहरु क्यालिफोर्नियाका इन्जिनियार शारदा थापा, कोलोराडोका इन्जिनियार राजा उपाध्याय र क्यानाडाबाट डा. कुन्जर शर्माले भाग लिएका थिए । उक्त सम्मेलनमा त्यो उपस्थितीपछि एनआरएन संघलाई अमेरिकामा भित्रेयाउने चर्चा र कसरत शुरु भएको थियो । शारदा थापा लण्डन सम्मेलनबाट गैर आवासीय नेपाली संघ अन्तरराश्टृय समन्बय समिति (आईसिसी) का सदस्य निर्बाचित भए । पछि (२००५-२००७) मा उनी आईसिसी उपाध्यक्षसम्म बन्न पुगे ।

त्यतिखेर (२००३-२००४) 'नेपालिज अमेरिकाज काउन्सिल' का अध्यक्ष थिए- मिचिगनका डा. गौरी अधिकारी । तर एनआरएन संघ र यसका मुद्दाहरुलाई अमेरिकामा भित्रेयाउने गम्भिर 'होम ओर्क' चाही काउन्सिलका सन् २००५-२००६ का अध्यक्ष डा. जितेन्द्र जोशीको पालामा शुरु भयो । यसैबीच, सन् २००७-२००८ कार्यकालकालागि काउन्सिलका अध्यक्ष बने- डा. अम्बिका अधिकारी । डा. अधिकारीको पालामा 'गैर आवासीय नेपाली संघ अन्तरराश्टृय समन्बय समिति' का तत्कालिन अध्यक्ष डा. उपेन्द्र महतो र उनको कार्यसमितीसंग औपचारिक रुपमै सहमती गरेर एनआरएन संघ सरह काउन्सिलले मान्यता पाउने र काउन्सिलले उत्तर अमेरिकाभित्र पर्ने अमेरिका र क्यानाडाको प्रतिनिधित्व गर्ने निर्णय भयो । यता डा. अधिकारीले काउन्सिल अन्तरगत एनआरएन मामिला हेर्ने उपसमिती नै खडा गरे । उक्त एनआरएन अफेयर्स हेर्ने समितिका चेयर डा. गौरी अधिकारी (मिचिगन), भिपीहरु सुमनराज तिम्सिना (पेन्सल्भानिया) र रतन झा (टेक्सास) मनोनित गरिए ।

डा. अधिकारीकै पालामा क्यानाडाका नेपालीहरुले सन् २००८ को अगस्टमा छुट्टै अधिबेशन गरेर एनआरएन क्यानाडा गठन गरे । अब काउन्सिलले उत्तर अमेरिकाभित्र पर्ने अमेरिका र क्यानाडाको प्रतिनिधित्व गर्नु पर्ने अवस्था रहेन । उता काउन्सिलमा आबध्द्ध ३१ नेपाली संगठनहरु पनि सबै अमेरिकाकै रहेको अवस्था थियो ।

पखेटा फर्फराउँदै

काउन्सिलले प्रतिनिधित्व गर्दै आएको क्यानाडाली नेपालीहरुले छुट्टै र स्वतन्त्र एनआरएन संघ बनाएपछि अमेरिकामा पनि काउन्सिल भित्र र बाहिर अलग र स्वतन्त्र 'एनआरएन संघ' बनाउने दबाब र वतावरण सृजना हुन पुग्यो । जसको फलस्वरुप सन् २००९-२०१० कालागि काउन्सिलको अध्यक्ष निर्बाचित बनेका न्यू योर्कका डा. तारा निरौलाले काउन्सिलको नाम एनएसीसंगै फोर्वार्ड सेल्यास (/) एनआरएन एनसिसी अफ युएसए भनेर संस्थागत मान्यता प्रचलनमा ल्याए ।

उनले डा. अधिकारीभन्दा अझ एक कदम अगाडी सरेर अमेरिकाको ९ वटा क्षेत्रहरु छुट्याएर ति क्षेत्रहरुमा कुन कुन राज्यहरु पर्दछन् भनेर तोकी एनआरएन मामिला हेर्ने ९ जना बोर्ड अफ डाईरेक्टरहरु मनोनित गरे । उनले नियुक्त गरेका बोर्ड अफ डाईरेक्टरहरुमा बिष्णुमाया परियार (नर्थ इस्टर्न क्षेत्र, मासाचुसेट्स्), कृस घिमिरे (मिड इस्टर्न क्षेत्र, मेरील्याण्ड), डा. प्रकाश मल्ल (साउथ इस्टर्न क्षेत्र, जर्जिया), सन्जय श्रेष्ठ (मिड नर्दन क्षेत्र, इलिनोइस), बिजय बोखिम (मिड साउदर्न क्षेत्र, टेक्सास), श्री राम दाहाल (नर्थ वेस्टर्न क्षेत्र, वासिङ्गटन), रोजर अधिकारी (साउथ वेस्टर्न क्षेत्र, क्यालिफोर्निया), डा. तुल्सी धरेल (इस्टर्न क्षेत्र टोरण्टो, क्यानाडा) र डा. बिनोद शाह (डाईरेक्टर एट लार्ज, न्यू योर्क) थिए ।

डा. निरौलाले एनआरएन अभियानलाई अमेरिकाब्यापी बनाउन १५ अमेरिकि राज्यहरु र क्यानाडाबाट ३१ जनाको जम्बो सल्लाहकार समिती पनि निर्माण गरे: डा गौरी अधिकारी (मिचिगन), डा. आलोक के बोहोरा (न्यू मेक्सिको), डा. धारामेन्द्र ढकाल (टेन्नेसी), किरण ढुङ्गाना (क्यानाडा), डा. त्रिभुवन चौधरी (न्यू मेक्सिको), खगेन्द्र छेत्री (न्यू जर्सी), गिरिजा गौतम (टेन्नेसी), कुलचन्द्र गौतम (नेपाल), डा. जीतेन्द्र जोशी (क्यालिफोर्निया), माधबी बस्नेत कार्की (भर्जिनिया), डा. श्याम कार्की (मेरिल्याण्ड), नरेश कोईराला (क्यानाडा), डा. महेन्द्र लावोती (मिचिगन), डा. प्रशर मल्ल (क्यानाडा), खिलेन्द्र नेउपाने (मेरिल्याण्ड), डा. प्रह्लाद पन्त (जर्जिया), अनिल प्रधान (क्यालिफोर्निया), डा. रुपक रौनियार (टेक्सास), मल्लिका शाक्य (डिस्टृक्ट अफ कोलम्बिया), डा. कुन्जरमणी शर्मा (क्यानाडा), नवाङ शेर्पा (न्यू योर्क), भरत भक्त श्रेस्ठ (टेक्सास), रोहिनी शर्मा (अरिजोना), शीलु श्रेस्ठ (क्यालिफोर्निया), कृष्ण सोब (भर्जिनिया), अमृत सुनार (न्यू योर्क), बिष्णुकुमारी थापा (मेरिल्याण्ड), डिल्लुराज थापा (ओरेगोन), प्रदीप थापा मगर (न्यू जर्सी), शारदा थापा (ईलिनोईस्) र डा. सत्यनारायण यादब (न्यू योर्क) थिए ।

प्रसब पीडा

यसैबीच, डा. निरौलाले दुई बर्से कार्यकाल सम्हालेको ४ महिनाभित्रै अप्रिल महिनामा घरायसी काममा नेपाल जानु परेको कारण देखाउँदै काउन्सिलको अध्यक्ष पदबाट राजिनामा दिएपछि काउन्सिलको वरिश्ठ उपाध्यक्ष डा. सुमनराज तिम्सिना अध्यक्ष बनेका थिए । तिम्सिना अध्यक्ष बनेपछि उनले अमेरिकाको न्यू योर्क, कनेक्टिकट, बोस्टन, वासिङ्टन डिसीलगायतका शहरहरुमा टाउन हल मिटिङ गरेर एनआरएन संस्था र अमेरिकि नेपालीहरुका मागहरु उपर सार्बजनिक सुनुवाई गरेका थिए । प्राय: सबै जसो टाउन हल मिटिङमा काउन्सिलले एनआरएन संघलाई काखी च्यापेर राख्न नहुने र एनआरएन संघलाई अलग संस्था बनाउनु पर्ने चर्को माग आएको थियो ।

एकातिर, काउन्सिलले एनआरएन अमेरिकालाई काखी च्यापेर राखेकै कारण एएनएले अलग एनआरएन मामिला हेर्ने कार्यालय नेपालमासमेत खोलेको घोशणा गरेको थियो भने नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले समाबेशी एनआरएन गठन नगर्ने हो भने अर्को एनआरएन खोल्ने भन्दै एक महिने अल्टिमेटम जारी गरेको थियो । दुई शक्तिशाली संस्थाहरुले समानान्तर एनआरएन संघ खोल्ने चेतावनी दिएपछि काउन्सिलले 'ड्रास्टिक' कदम चाल्नु पर्ने बाध्यताको सृजना भएको थियो । के थियो त त्यो परिवर्तनशील दूरगामी कदम ?

सेफ ल्याण्डिङ

सन् २०१० को जनवरी २८ तारिख बसेको 'नेपालिज अमेरिकाज काउन्सिल' (एनएसी) र 'एनआरएन एनसिसी अफ युएसए' (एनआरएन अमेरिका) को कार्य समितीको संयुक्त बैठकले 'एनएसी/एनआरएन एनसिसी अफ युएसए' को नाम परिवर्तन गरी स्वतन्त्र 'एनआरएन एनसिसी अफ युएसए' बनाउने एतिहासिक निर्णय गर्यो । सोही बैठकले काउन्सिलको बिधानलाई संशोधन गर्दै सन् १९९१ देखि कृशाशील र दर्ता अध्याबधिक रहेको काउन्सिलको दर्ता प्रकृयालाई कायम गर्दै निरन्तरता दिने निर्णयसमेत गरेको थियो ।

यसरी सन् १९९१ मा स्थापना भएको 'नेपालिज अमेरिकाज काउन्सिल' (एनएसी) को संस्थापक अध्यक्ष डा. तुल्सी महर्जन (न्यू जर्सी) देखि डा. रमेश अमात्य (ओहायो), इन्जिनियार रोहिनी शर्मा (अरिजोना), डा. गौरी अधिकारी (मिचिगन), डा. जितेन्द्र जोशी (क्यालिफोर्निया), डा. अम्बिका अधिकारी (अरिजोना), डा. तारा निरौला (न्यू योर्क) र डा. सुमनराज तिम्सिना (पेन्सिल्भानिया) सम्म आईपुग्दा उक्त काउन्सिल 'एनआरएन एनसिसी अफ युएसए' को नाममा बिलय हुन पुग्यो । यसबीच, आफ्नै एनआरएन कार्यालय खोल्न पुगेको 'एएनए' संस्थाका हस्ती प्रल्हाद केसी एनआरएन अमेरिकाको अध्यक्ष बन्न पुगे भने एक महिनाको अल्टिमेटम दिने नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष शिवकुमार राई पनि एनआरएन अमेरिकाको अध्यक्ष बनिसकेका छन् ।

नयाँ नेतृत्वको दायित्व

संघले नेपाल सरकार समक्ष माग गर्दै आएको नागरिकताको निरन्तरता अब नेपालको नयाँ सम्बिधानमा गैर आवासीय बिशेश नागरिकताको व्याबस्था भएबाट पुरा हुन पुगेको छ भने दोहोरो कर प्रणालीको अन्त्यका लागि अमेरिका र नेपाल सरकार बिच द्विपक्षीय वार्ताको लागि दवाब दिनु पर्ने देखिन्छ । यसै बिच, नेपाल सरकारले संघकै माग बमोजिम न्यू योर्क शहरमा महावाणिज्यदूतावास सन्चालनमा ल्याएको छ भने अन्य नेपाली घनाबस्ती रहेको अमेरिकि शहरहरुमा सोही सुबिधाको लागि पहल गर्नु पर्ने देखिन्छ । अर्कोतिर, अमेरिकि नेपालीहरुको लगानी र शीपलाई नेपालमा सदुपयोग गर्ने र अमेरिकि प्रबिधि, लगानी र ब्यापारलाई नेपालमा आकर्शित गर्ने सेतु (पूल) को रुपमा काम गर्ने महत्वपूर्ण दायित्व संघको काँधमा आएको छ ।

-Pradeep Pariyar Thapa Magar in New York

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.