Inside

All Time Top 50 News

एनआरएन अमेरिकाको सदस्य संख्या १४ हजार ४६० सदस्य (मार्च १७ तारिख, १० बजे रातिसम्म), ६३ उम्मेदवार चुनावी मैदानमा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 17 March 2017 22:26

टेक्सास ४,४३१, न्यू योर्क २,६१२, क्यालिफोर्निया १,९०५, मेरिल्याण्ड ६७६, भर्जिनिया ६३२, मासाचुसेट्स २०१, जर्जिया १४७, न्यू मेक्सिको ५८ सदस्य बने
सबैभन्दा बढी नेपाली जनसंख्या टेक्सास राज्यमा १५ हजार ९९८ र दोश्रो स्थानमा न्यू योर्क राज्यमा १३ हजार २५१ नेपाली जनसंख्या
Updated as of March 17: Exclusive: 63 photos:
एनआरएन अमेरिका अर्थात गैर आवासीय नेपाली संघ अमेरिकाको आगामी मे महिना महिनाको २०-२१ तारिखमा हुने नयाँ कार्यसमितिको निर्वाचनमा केन्द्रीय अध्यक्ष पदका लागि ९ जना चर्चामा आएका छन् भने हालसम्म जम्मा ६३ जनाले डिजिटल पर्चा बनाएर फेसबुकका वाल रंगाउन शुरु गरेकाछन् । आ-आफ्नो उम्मेद्वारी घोशणा गरेका र चर्चामा रहेकाहरुमा वर्तमान अध्यक्ष डा. केशब पौडेल, वर्तमान वरिश्ठ उपाध्यक्ष कृष्ण पोख्रेल र ४ जना क्षेत्रिय उपाध्यक्षहरु रबिना थापा, बन्दना कोईराला, दिल्ली भट्टराई र राम सि पोखरेलका अलावा गौरी जोशी, दुर्गा दाहाल र न्यू योर्क च्याप्टरका अध्यक्ष तेम्बा शेर्पाले उम्मेद्वारी घोशणा गरेका छन् । संघको हालसम्म (मार्च १७ तारिख, १० बजे रातिसम्म) १४ हजार ४६० सदस्य संख्या नाघेको छ ।

अमेरिकी सरकारको सेन्सस ब्यूरोको सन् २०१५ को अमेरिकन कम्यूनिटी सर्भे अनुसार नेपालमा जन्मेका अमेरिकामा रहेका नेपाली कूल जनसंख्या १ लाख २० हजार ८८६ अनुमान गरिएको छ भने सबैभन्दा बढी नेपाली जनसंख्या टेक्सास राज्यमा १५ हजार ९९८ र दोश्रो स्थानमा न्यू योर्क राज्यमा १३ हजार २५१ नेपाली जनसंख्या अनुमान गरिएकोछ ।



यसैबिच, विगत केहि दिनदेखि हरेक दिन जसो संघको अफिसियल वेबसाईट www.nrnnncusa.org को सर्भरमा गडबडी आएको कारण सदस्यता वितरणमा अवरोध आएको कुरालाई मध्य नजर राख्दै संघको मार्च १५ तारिख बेलुकी बसेको आकस्मिक बैठकले नविकरण मितिलाई आईतवार मार्च १९ तारिखको मध्यरातसम्म म्याद थप गर्ने सर्वसम्मत निर्णय गरेको छ । यस अघी नविकारणको अन्तिम मिति मार्च १५ तारिखको मध्यरातसम्म तोकिएको थियो ।

त्यसैगरी, हालसम्म केन्द्रिय वरिश्ठ उपाध्यक्ष पदमा वर्तमान सचिव शंकर खड्का र सुनिल शाहले उम्मेद्वारी घोशणा गरेकाछन् भने उपाध्यक्ष पदको लागि सन्जिब श्रेष्ठ, पुरुशोत्तम बोहरा, सुमन बुढा मगर, सर्बज्ञ वाग्ले, हरिश हमाल, निमा ग्याल्जेन शेर्पा, भुवन आचार्य, रामकुमार सुबेदी, कृष्ण जिसी, मणी नेपाली पनेरु राधा पौडेल, गजेन्द्र अर्याल, पूर्ण चन्द्र बानिया र जेदु पोखरेलले उम्मेद्वारी घोशणा गरेका छन् ।

उता केन्द्रिय महासचिब पदको लागि न्यू योर्क शहरका महेश मल्ल, बिआर लामा र सूर्य (सल) लम्साल, बाल्टिमोरका शिव मल्ल र मिचिगनका धर्म भट्टराईले दावेदारी गरेकाछन् । उता केन्द्रिय सचिब पदमा हालसम्म होमनाथ गौतम, केन्द्रिय कोशाध्यक्ष पदमा रबिन बज्राचार्य, प्रकाश सापकोटा र गोबिन्द श्रेष्ठले दावी गरेकाछन् भने केन्द्रिय सहकोशाध्यक्ष पदमा पवन योन्जन तामाङले उम्मेद्वारी घोशणा गरेका छन् । त्यसैगरी, केन्द्रिय महिला संयोजकमा इन्दिरा तृपाठी र लक्ष्मी खरेल थापा, केन्द्रिय युवा संयोजकमा स्वराज खाती र सोमनाथ (सुमन) हुमागाईं उठेकाछन् ।

केन्द्रिय बोर्ड अफ डाईरेक्टरमा दिव्या केसी वली, पुष्पलता भण्डारी, बिक्रम घिमिरे, मंगलदास श्रेष्ठ, नबराज केसी, भबिन्द्र शेरपुन्जा पुन मगर, पुष्कर बराल, अच्यूत सिग्देल, बिन्दू सापकोटा र ईन्द्र थापाले उम्मेद्वारी घोशणा गरेका छन् ।

उता आईसिसी सदस्यमा वर्तमान कोशाध्यक्ष वेद (बेद राज) बस्नेत र मोहन थापाले दावी गरेकाछन्।


त्यस्तै, न्यू योर्क च्याप्टरको अध्यक्षमा केशबराम राई, रामहरी अधिकारी र विबेक पौडेलले दाबी गरेका छन् भने उपाध्यक्षमा बिष्णु राना मगर, च्याप्टर महासचिबमा महेश खड्का र मुकेश झा, कोशाध्यक्षमा सुबर्ण शाक्यले उम्मेद्वारी घोशणा गरेका छन् । च्याप्टर बोर्ड अफ डाईरेक्टरमा ओम (बिजय) गुरुङ, आदेश थकाली, गोपाल गुरुङ, खडग (विक्की) पुलामी मगर र बेगम पण्डितले उम्मेद्वारी घोशणा गरेका छन् ।

सदस्य संख्या कति ?

सन् २०१३ को मे महिनामा दोश्रो अधिबेशन आयोजना गर्दासम्म २८८ जना साधारण सदस्य रहेको एनआरएन अमेरिकाको सन् २०१४ को निर्वाचनमा ३ हजार ९८८ सदस्य पुगेको थियो भने सन् २०१५ को जनवरी ३१ सम्म १० हजार ६६३ साधारण सदस्य पुगेको थियो । संघको हालसम्म (मार्च १७ तारिख, १० बजे रातिसम्म) १४ हजार ४६० सदस्य संख्या नाघेको छ । यो साल नयाँ सदस्यता र नविकरण गर्नेहरुको कूल संख्या कति पुग्ला ? यो जानकारीको लागि भने मार्च १९ सम्म कुर्नु पर्ने छ ।

-Pradeep Pariyar Thapa Magar in New York
Read news update:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.