Inside

All Time Top 50 News

एनआरएन अमेरिका (NRN USA) को सदस्यता ९ हजार २०० सय नाघ्यो, सन् २०१५ को निर्वाचनमा भाग लिन सदस्यता लिने अन्तिम दिन जनवरी ३१ को मध्यरातसम्म PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 30 January 2015 03:23

Updated; Exclusive: 28 photos: न्यू योर्क- एनआरएन अमेरिका (NRN USA) ले यो वर्ष सन् २०१५ को मे महिनामा हुने नयाँ कार्य समितिको निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउनकोलागि सदस्यता नबिकरण आह्वान गरेअनुसार ९ हजार २०० सय भन्दाबेशी अमेरिकावासी नेपालीहरुले सदस्यता लिई सकेको एनआरएन अमेरिकाले घोशणा गरेको छ । गत वर्षको निर्वाचन अघि ३ हजार ९८८ अमेरिकावासी नेपालीहरु सदस्य बनेका थिए भने यस पटक पोहोर सालको तुलनामा दोब्बर सदस्यत बनिसकेकाछन् । तपाई पनि सदस्य बन्न छुट्नुहोला है ।


 

NRN USA membership renewal deadline is January 31, 2015. Promoted by USNepalOnline.com

एनआरएन एनसिसि अफ अमेरिका (NRN NCC of USA) को नयाँ सदस्यता वितरण तथा नविकरण सम्बन्धि अत्यन्त जरुरी सुचना

आदरणिय महानुभावहरु,

यहाँहरुले यस एनआरएन एनसिसि अफ अमेरिकाप्रति दर्शाउनुभएको अपार सद्भावलाई हामी भित्री हृदयदेखि नै यहाँहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौं । यहाँहरुले गर्नु भएको अथक प्रयासको फलस्वरुप आज हामी सबै नेपालीको साझा संस्था 'एनआरएन एनसिसि अफ अमेरिका' को सदस्य संख्या सातहजार पाँच सय (अघिल्लो पल्टभन्दा दोब्बरको संख्या) को हाराहारिमा अगाडि आएको छ र यो प्रतिघण्टा बढ्ने क्रममा रहेको छ, जुन आफैमा एनआरएन एनसिसि अफ अमेरिकाको एउटा अतुलनिय उपलब्धि हो । यसकोलागि हामी यहाँ अमेरिकामा क्रियाशिल सम्पुर्ण संघसस्था, समुदाय र एनआरएन एनसिसि अफ अमेरिकाप्रति सद्भाव राख्ने आदरणिय सम्पुर्ण महानुभावहरुमा आभार व्यक्त गर्न चाहन्छौं र यहाँहरुले प्रकट गर्नुभएको यसै प्रतिबद्दत्तताको जगमा उभिएर यहाँ बसोबास गरिरहेका नेपालीहरुमा माझ अझै शसक्त र प्रभावकारी ढंगले हाम्रा दिर्घकालिन हितका कार्यक्रमहरुलाई विस्तार गर्ने हौसला मिलेको छ ।

NRN NCC of USA Executive Committee June, 2014-May, 2015 and ICC Representatives from USA. Photos compiled for USNepalOnline from fb profiles

यसै सन्दर्भमा, एनआरएन एनसिसि अफ अमेरिकाको नयाँ सदस्यता वितरण र नविकरणको अन्तिम समय अत्यन्त नजिकै आईरहेको परिप्रेक्ष्यमा यहाँहरुको सुविधालाई अधिकतम ध्यानमा राखेर एनआरएन एनसिसि अफ अमेरिकाले निम्न समयसीमाको निर्धारण गरेको छ । अतः यहाँहरु सम्पुर्णले यसै अनुसार गर्नु र गराउनु हुन यहाँहरु सबैमा एनआरएन एनसिसि अफ अमेरिका हार्दिक अनुरोध गर्न चाहन्छ ।

१. एनआरएन एनसिसि अफ अमेरिकाको आधिकारिक वेव साईट www.nrnnccusa.org मा दर्ता हुन आउने अनलाईन फर्म January 31, Saturday 11.59 Pm. (Pacific Time) सम्म स्विकारिने छ, उक्त समय पश्चात फर्म दर्ताको लिङ्कलाई डिसेबल गरिनेछ ।

२. यहाँहरुले म्यानुअल्लि भर्नु भएको फर्म (Paper Form)  हरु January 31, Saturday 8 Pm. 2015 (Eastern Time) सम्म एनआरएन एनसिसि अफ अमेरिकाको न्यू योर्कस्थित केन्दिय कार्यलयमा अनिवार्यरुपमा ल्याई बुझाई सक्नु पर्नेछ र उक्त बुझाइएका फर्महरु र सो बापतको शुल्कलाई भविष्यमा कुनै पनि  किसिमको असमझदारी उत्पन्न नहोस भन्ना खातिर एनआरएन एनसिसि अफ अमेरिकाको कार्यसमितीमा रहनुभएका सदस्यहरुको रोहोवरमा बुझिलिईनेछ । यसरि प्राप्त फर्ममा उल्लेख भएका सदस्य माहानुभावहरुलाई आसन्न निर्वाचनकोलागि मान्यता दिईने र त्यसपछि आउने फर्महरुलाई भने अर्काव्यवस्था नभएसम्मकोलागि तामेलिमा राखिने छ ।

३. निर्धारित समयभित्र अनलाईनमा फर्म रजिष्टेशन भएर तर बंकिङ्ग ट्रान्जेक्शन सेटल हुन नसकि पेन्डिङ्गमा रहनु भएका सदस्य महानुभावहरुकाका हकमा निर्धारित समयावधि पछिको सात दिन अर्थात Feburary 07, Saturday 8 Pm. 2015 (Eastern Time) सम्म यहाँलाई पेमेन्ट सेटलमेन्टको अवसर प्रदान गरिनेछ । उक्त समयभित्र ट्रान्जेक्शन सेटलमेन्ट नभएको स्थितिमा यहाँहरुले एप्लाई गर्नृ भएको अनलाईन फर्महरु स्वतः बदर गरिनेछ ।

४. यहाँहरुलाई अवगत नै छ, एनआरएन एनसिसि अफ अमेरिकाको आसन्न निर्वाचन यहि मे महिनाभित्र सम्पन्न हुन गईरहेकोछ । अतः उक्त चुनावमा सक्रियरुपले मतदाताकोरुपमा भाग लिनकोलागि यहाँहरुको सदस्यताको नविकरण हुनु अनिवार्य रहेकोछ । तर यदि अधिल्लो वर्ष यहाँहरुले यस संस्थाको लाईफ मेम्बर अथवा २० डलर तिरेर साधरण सदस्यता ग्रहण गर्नु भएको छ भने यहाँहरुको सदस्यताको वहालअवधि आगामि निर्वाचन प्रयोजनकालागि मान्य हुने छ ।

५. पेमेन्ट भेरिफिकेशन, नाम दर्ता, इमेल, फोन नं अथवा ठेगाना थपघट, परिवर्तन तथा अन्य कुनै पनि समस्या तथा जिज्ञासाकोलागि यहाँहरुले निम्न व्याक्तिहरुसँग सम्पर्क राखि आफ्नो समस्याको समाधान गर्न सक्नुहने छ:

(क) श्री श्री पराजुली- ३४७४४९४७५३ (उपाध्यक्ष)
(ख) श्री कृष्ण पोख्रेल- ९१७५७४०८०९(महासचिव)
(ग) श्री बेदराज बस्नेत- ६८२४७२९१३७ (कोषाध्यक्ष)
(घ) श्री कृष्ण के.सि- ५१०२०६१९२०  (मिडिया को-अर्डिनेटर)
(ड) श्री संजिव श्रेष्ठ- ३४७३८७४३१६ (सह-कोषाध्यक्ष)
(च) श्री नबराज खडका- ३४७७५७८७४८ (न्यू योर्क अफिस-कार्यालय सचिव)

पूनश्चः यहाँहरुले एनआरएन एनसिसि अफ अमेरिकाको गत चुनाव ताका १० डलर तिरेर ग्रहण गर्नुभएको साधरण सदस्यताको बहाल अवधि यस बर्षको अप्रिलसम्म रहेको छ यधपि यस संस्थाको आगामि कार्यकालकोलागि चुनाव भने यहि वर्ष अर्थात सन् २०१५ को मे महिनामा सम्पन्न हुने हुनाले उक्त चुनावमा भाग लिन सम्पुर्ण साधारण सदस्यहरु एवं गत बर्षको चुनावमा सहभागि हुनभएका साधरण सदस्य महानुभाव ज्युहरुले एनआरएन एनसिसि अफ अमेरिकाकाको आधिकारिक वेवसाइटwww.nrnnccusa.org मा online मार्फत January 31, Saturday 11.59  Pm. (Pacific Time) सम्म आफ्नो सदस्यताको नविकरण अथवा नयाँ दर्ता गर्नु हुन एनआरएन एनसिसि अफ अमेरिका यहाँहरु सबैमा पूनः हर्दिक अनुरोध गर्दछ ।

Thank You.

Sincerely,
Krishna Pokhrel
General Secretary NRN NCC of USA
Tel: 917 574 0809

Note: Please, follow the link to become a member of NRN NCC of USA
www.nrnnccusa.org

Read NRN USA related news:

-http://usnepalonline.com/nrnusa/

-न्यू योर्कमा एनआरएन अमेरिकाका प्रतिनिधिहरुद्वारा नेपालका परराश्ट्र मन्त्री महेन्द्रबहादुर पान्डेसमक्ष ४ ब्ँदे ज्ञापन पत्र पेश

-NRN USA delegates met with Nepal's Foreign Minister Mahendra Bahadur Pandey in New York

-एनआरएनहरुलाई राजनैतिक अधिकार बिनाको नेपाली नागरिकता प्रदान गर्ने सहमति

-एनआरएन अमेरिकाद्वारा २५ सदस्यीय जम्बो सल्लाहकार समितिको गठन

-एनआरएन अमेरिका राष्ट्रिय महिला समिति गठन

-न्यू योर्कमा एनआरएन भवन निर्माणकोलागि २ लाख ११ हजार डलर संकलन, अमेरिकाबाट कूल ३ लाख ७३ हजर डलर संकलन, आईसिसि अध्यक्ष घले दंग

-अमेरिकाको डिसी मेट्रो एरियामा एनआरएन भवन निर्माणकालागि ७० हजार डलर संकलन

-अमेरिकाको टेक्सासमा एनआरएन भवन निर्माणकालागि १७ हजार ५ सय डलर संकलन

-अमेरिकाको सिकागो शहरमा एनआरएन भवन निर्माणकालागि १० हजार डलर संकलन

-अमेरिकाको बोस्टनमा आईसिसी अध्यक्ष शेष घलेको भब्य स्वागत, एनआरएन भवनकोलागि १५ हजार डलर संकलन

-लस एन्जेलस शहरमा एनआरएन अमेरिकाद्वारा २७ हजार डलर संकलन

-अमेरिकाको सियाटलमा एनआरएन भवन निर्माणकालागि २१ लाख रुपैयाँ संकलन

-एनआरएन आईसीसी अध्यक्ष शेष घलेको अमेरिका भ्रमण केकालागि हुँदैछ ?

-न्यू योर्कमा छुट्टै कन्सुलेट कार्यालय स्थापना हुने, एनआरएन अमेरिकाको कार्यदल गठन

-न्यू योर्कमा प्रधानमन्त्री कोईरालासंग एनआरएन अमेरिका, जनसंपर्क समिति र आदिबासी जनजाति महासंघका प्रतिनिधीहरुबीच भेटघाट, प्रमको स्वास्थ्य लाभको कामना

-एनआरएन अमेरिका (NRN USA) को निर्वाचनको परिणाम घोषणा: अध्यक्ष पदमा खगेन्द्र जिसी बिजयी

-NRN USA election update: Cumulative vote turnout: 2858 (78.5/.) of 3642 electors voted in the election of NRN NCC of USA 2014

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.