Inside

All Time Top 50 News

एनआरएन अमेरिका (NRN USA) को सदस्यता ११ हजार ९८८: बिश्वमै सभैभन्दा धेरै एनाआरएन सदस्य भएको देश बन्यो अमेरिका PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 01 February 2015 08:44

Exclusive: न्यू योर्क- एनआरएन अमेरिका (NRN USA) ले यो वर्ष सन् २०१५ को मे महिनामा हुने नयाँ कार्य समितिको निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउनकोलागि सदस्यता नबिकरण आह्वान गरेअनुसार सदस्यता लिने अन्तिम दिन जनवरी ३१ को मध्यरातसम्म ११ हजार ९८८ अमेरिका अमेरिकावासी नेपालीहरुले सदस्यता लिई सकेको एनआरएन अमेरिकाले घोशणा गरेको छ । बिश्वका ६५ मुलुकमा स्थापित गरिएको गैर आवासीय नेपाली संघ (एनआरएनए) को यती धेरै संख्यामा नेपालीहरु सदस्य बनेको पहिलो रेकर्ड हो । गत वर्षको निर्वाचन अघि ३ हजार ९८८ अमेरिकावासी नेपालीहरु सदस्य बनेका थिए । त्यस अघी एनआरएन अमेरिकाको सदस्यता पांच सय पनि नाघ्ने गरेको थिएन ।

 

NRN USA membership now 11,988 as of January 31, 2015 which is largest in the world.

उसो त अमेरिकामा नेपालीहरु झण्डै डेढ लाखदेखि २ लाखको संख्यामा छन् भनेर अनुमान गरिन्छ । सन् २०१० को अमेरिकि जनगणनाअनुसार अमेरिकाभर कूल ५९ हजार ४९० नेपाली रहेको तथ्याङ्क छ भने बिश्वकै राजधानी मानिने न्यू योर्क शहरमा ६ हजार १८७ जना नेपालीहरु रहेको तथ्याङ्काले देखाउँछ । तर ८७ वटा नेपाली संस्थाहरु कृयाशील रहेको न्यू योर्क शहरमा झण्डै ३० हजार नेपाली रहेको अनुमान गरिन्छ ।

Alabama 158
Alaska 1
American Samoa 1
Arizona 50
Arkansas 5
ca 1
California 1799
Colorado 281
Connecticut 240
Delaware 10
District of Columbia 4
Florida 72
Georgia 166
Guam 1
Hawaii 9
Idaho 8
Illinois 212
Indiana 37
Iowa 58
Kansas 20
Kentucky 67
Louisiana 20
Maine 16
Maryland 1368
Massachusetts 435
Michigan 169
Minnesota 48
Mississippi 8
Missouri 23
Montana 8
Nebraska 115
Nevada 22
New Hampshire 137
New Jersey 217
New Mexico 125
New York 3174
North Carolina 203
North Dakota 9
Ohio 32
Oklahoma 43
Oregon 111
Pennsylvania 168
Rhode Island 25
South Carolina 9
South Dakota 8
Tennessee 123
Texas 1468
Utah 44
VA 2
Vermont 23
Virginia 436
Washington 141
West Virginia 20
Wisconsin 28
Wyoming 10

संसारमा सभैभन्दा धेरै एनाआरएन सदस्य भएको देश अमेरिका

एनआरएन अमेरिकाको २०१५ मा हुने निर्वाचनको लागि सहभागि हुन सदस्यता लिने समय, प्यासिफिक समय राती ११:५९ सम्मको समयसिमा अनुसार जम्मा ११,९८८ जनाको मेम्बर आइडी गणना भएको छ। गतबर्ष सम्मका आजिबन सदस्यहरुको नाम कतिपय अप्डेट गरिसकिएको छ भने कति चाँहि गर्न बाँकी छ। जम्मा ४१५ जनाको फर्म न्युयोर्क स्थित कार्यालयमा अाइपुगेका मध्य सबैजनाको सदस्यता अन्लाइनमा अप्डेट गरी सकिएको छ।

केही समयका लागि सदस्य बन्ने र बनाउने कार्य स्थगन गरिएको छ।
अबको समय सदस्यताको छान्बिन कार्य हुने छ। सो कार्यका लागि तपाईंहरुसँग जानकारीको आवश्यकता परेको खन्डमा लागि अनुरोध गरिने छ। निर्वाचनका थप सूचना राष्ट्रिय निर्वाचन आयोगबाट प्राप्त भएपछी जानकारी गराइने छ।
यस उल्लेख्य संख्यामा सदस्यता बढाउने कार्यका लागि साथ दिनुहुने सबैप्रति एनआरएन अमेरिका परिवारको तर्फबाट मूरिमुरी धन्यवाद ज्ञापन गर्दछौ।

अध्याबधिक बिधान अनुसार १०० भन्दा बडी सदस्य भएका राज्यहरुमा च्याप्टर गठनको लागि निर्वाचन प्रकृयामा जन सकिने हुनाले देहाएका राज्यहरुमा देहाएको संख्यामा सदस्यहरु रहेका छन।

धन्यवाद

कृष्ण के.सी
मिडिया कोअर्डिनेटर
एनआरएन अमेरिका

Krishna KC
Media Coordinator
NRN NCC of USA

NRN NCC of USA Executive Committee June, 2014-May, 2015 and ICC Representatives from USA. Photos compiled for USNepalOnline from fb profiles


NRN USA Advisors 2014 (L to R): Anjan Shrestha (TX), Bhojraj Thokar (NY), Bijay Sharma (MA), Bishnu Hari Deurali (MA), Bishwabandhu Prasai (VA), Bishwa Shah (NY), Buddhi Lamichhane (CO), Dilliraj Bhattarai (CA), Dr. Bidya Ranjit (CT), Dr. Keshab Poudel (NM), Dr. Kush Shrestha (OR), Nar Kaji Gurung (AL), Dr. Yadav Pandit (IL), Dr. Tara Niraula (NY), Girija Gautam (NY), Gopendra Bhattarai (IN), Krishna Koirala (CA), Mukunda Dhungana (CA), Prem Kumar Shrestha (MD), Rabi Kiran Koirala (NY), Chhiring Rapke Lama (NY), Shekhar Dhungel (NY), Shiva K. Rai (NH), Temba Norbu Lama Sherpa (NY) & Tenzing K. Ukyab (NY). Photos courtesy: facebook profile photos & USNepalOnline.com

Read NRN USA related news:

-http://usnepalonline.com/nrnusa/

-एनआरएन अमेरिका (NRN USA) को सदस्यता ७ हजार नाघ्यो, सन् २०१५ को निर्वाचनमा भाग लिन सदस्यता लिने अन्तिम दिन जनवरी ३१ को मध्यरातसम्म

-न्यू योर्कमा एनआरएन अमेरिकाका प्रतिनिधिहरुद्वारा नेपालका परराश्ट्र मन्त्री महेन्द्रबहादुर पान्डेसमक्ष ४ ब्ँदे ज्ञापन पत्र पेश

-NRN USA delegates met with Nepal's Foreign Minister Mahendra Bahadur Pandey in New York

-एनआरएनहरुलाई राजनैतिक अधिकार बिनाको नेपाली नागरिकता प्रदान गर्ने सहमति

-एनआरएन अमेरिकाद्वारा २५ सदस्यीय जम्बो सल्लाहकार समितिको गठन

-एनआरएन अमेरिका राष्ट्रिय महिला समिति गठन

-न्यू योर्कमा एनआरएन भवन निर्माणकोलागि २ लाख ११ हजार डलर संकलन, अमेरिकाबाट कूल ३ लाख ७३ हजर डलर संकलन, आईसिसि अध्यक्ष घले दंग

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.