Inside

All Time Top 50 News

एनआरएन अमेरिकाको आरोह-अबरोह: यसरी जन्मियो एनआरएन अमेरिक PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 21 March 2015 10:40

Exclusive: 9 photos: न्यू योर्क / वासिङ्टन डिसी- बिश्वका ६९ राश्ट्रहरुमा फैलिएको 'गैर आवासीय नेपाली संघ (एनआरएनए)' को जन्म सन् २००३ को अक्टोबरमा बेलायतको राजधानी लण्डनमा भएको बिश्व भेलाले गरेको हो । तर एनआरएन अमेरिका (NRN USA) लाई आफ्नै नाम र बलबुतामा उभिन झन्डै ७ बर्स लाग्यो । सन् २०१० मा मात्र 'एनआरएन एनसिसी अफ युएसए' (एनआरएन अमेरिका) नाम बैधानिकरुपमा दर्ता भयो । तर यो बैधानिकता पनि आफ्नै नाममा भएको भने होईन । एनआरएन संघको बिश्व सन्जाल गठनपछि अमेरिका र क्यानाडाका एनआरएनहरुको प्रतिनिधित्व गर्दै आएको 'नेपालिज अमेरिकाज काउन्सिल' (एनएसी) को सन् १९९१ मा भएको दर्ता प्रकृयालाई कायम गर्दै उक्त काउन्सिलको नाम परिवर्तन गरेर 'एनआरएन एनसिसी अफ अमेरिका' बनेको हो । सन् २०१३ को मे महिनामा दोश्रो अधिबेशन आयोजना गर्दासम्म २८८ जना साधारण सदस्य रहेको एनआरएन अमेरिकाको अहिले सन् २०१५ को जनवरी ३१ सम्म १० हजार ६६३ साधारण सदस्य पुगेको अवस्था छ । अमेरिकामा कृयाशील नेपाली संघसंस्थाहरुबीच मात्र होईन संसारभरका नेपाली संघ संस्थाहरु यतिखेर एनआरएन अमेरिकाप्रति अमेरिकि नेपालीहरुको ह्वात्तै बढेको चाँसोमा दंग र आश्चर्यमा परेकाछन् ।

Presidents of NRN USA.

अर्को संगठनको गर्भमा जन्म

एनआरएन अमेरिकाको ईतिहास खोतल्दै जाँदा यो संस्थाको जन्म 'नेपालिज अमेरिकाज काउन्सिल' (एनएसी) को कार्यकारिणी समितिको ताजबिजमा भएको देखिन्छ । सन् २००३ को अक्टोबरमा बेलायतको राजधानी लण्डनमा सम्पन्न एनआरएनहरुको पहिलो बिश्व सम्मेलनमा उत्तर अमेरिकाबाट शिर्फ तीन जना नेपालीहरु क्यालिफोर्नियाका इन्जिनियार शारदाजङ्ग थापा, कोलोराडोका इन्जिनियार राजा उपाध्याय र क्यानाडाबाट डा. कुन्जर शर्माले भाग लिएका थिए । उक्त सम्मेलनमा त्यो उपस्थितीपछि एनआरएन संघलाई अमेरिकामा भित्रेयाउने चर्चा र कसरत शुरु भएको थियो । शारदा थापा लण्डन सम्मेलनबाट गैर आवासीय नेपाली संघ अन्तरराश्टृय समन्बय समिति (आईसिसी) का सदस्य निर्बाचित भए । पछि (२००५-२००७) मा उनी आईसिसी उपाध्यक्षसम्म बन्न पुगे ।

त्यतिखेर (२००३-२००४) 'नेपालिज अमेरिकाज काउन्सिल' का अध्यक्ष थिए- मिचिगनका डा. गौरी अधिकारी । तर एनआरएन संघ र यसका मुद्दाहरुलाई अमेरिकामा भित्रेयाउने गम्भिर 'होम ओर्क' चाही काउन्सिलका सन् २००५-२००६ का अध्यक्ष डा. जितेन्द्र जोशीको पालामा शुरु भयो । यसैबीच, सन् २००७-२००८ कार्यकालकालागि काउन्सिलका अध्यक्ष बने- डा. अम्बिका अधिकारी । डा. अधिकारीको पालामा 'गैर आवासीय नेपाली संघ अन्तरराश्टृय समन्बय समिति' का तत्कालिन अध्यक्ष डा. उपेन्द्र महतो र उनको कार्यसमितीसंग औपचारिक रुपमै सहमती गरेर एनआरएन संघ सरह काउन्सिलले मान्यता पाउने र काउन्सिलले उत्तर अमेरिकाभित्र पर्ने अमेरिका र क्यानाडाको प्रतिनिधित्व गर्ने निर्णय भयो । यता डा. अधिकारीले काउन्सिल अन्तरगत एनआरएन मामिला हेर्ने उपसमिती नै खडा गरे । उक्त एनआरएन अफेयर्स हेर्ने समितिका चेयर डा. गौरी अधिकारी (मिचिगन), भिपीहरु सुमनराज तिम्सिना (पेन्सल्भानिया) र रतन झा (टेक्सास) मनोनित गरिए ।

डा. अधिकारीकै पालामा क्यानाडाका नेपालीहरुले सन् २००८ को अगस्टमा छुट्टै अधिबेशन गरेर एनआरएन क्यानाडा गठन गरे । अब काउन्सिलले उत्तर अमेरिकाभित्र पर्ने अमेरिका र क्यानाडाको प्रतिनिधित्व गर्नु पर्ने अवस्था रहेन । उता काउन्सिलमा आबध्द्ध ३१ नेपाली संगठनहरु पनि सबै अमेरिकाकै रहेको अवस्था थियो ।

एनआरएन अमेरिका पखेटा फर्फराउँदै

बिश्वका बिभिन्न मुलुक र काउन्सिलले प्रतिनिधित्व गर्दै आएको क्यानाडाली नेपालीहरुलेसमेत छुट्टै र स्वतन्त्र एनआरएन संघ धमाधम बनाउँदै जान थालेपछि काउन्सिल भित्र र बाहिर अलग र स्वतन्त्र 'एनआरएन संघ' बनाउने दबाब र वतावरण सृजना हुन पुग्यो । जसको फलस्वरुप सन् २००९-२०१० कालागि काउन्सिलको अध्यक्ष निर्बाचित बनेका न्यू योर्कका डा. तारा निरौलाले काउन्सिलको नाम एनएसीसंगै फोर्वार्ड सेल्यास (/) एनआरएन एनसिसी अफ युएसए भनेर संस्थागत मान्यता प्रचलनमा ल्याए ।

डा. निरौलाले डा. अधिकारीभन्दा अझ एक कदम अगाडी सरेर अमेरिकाको ९ वटा क्षेत्रहरु छुट्याएर ति क्षेत्रहरुमा कुन कुन राज्यहरु पर्दछन् भनेर तोकी एनआरएन मामिला हेर्ने ९ जना बोर्ड अफ डाईरेक्टरहरु मनोनित गरे । उनले नियुक्त गरेका बोर्ड अफ डाईरेक्टरहरुमा बिष्णुमाया परियार (नर्थ इस्टर्न क्षेत्र, मासाचुसेट्स्), कृस घिमिरे (मिड इस्टर्न क्षेत्र, मेरील्याण्ड), डा. प्रकाश मल्ल (साउथ इस्टर्न क्षेत्र, जर्जिया), सन्जय श्रेष्ठ (मिड नर्दन क्षेत्र, इलिनोइस), बिजय बोखिम (मिड साउदर्न क्षेत्र, टेक्सास), श्री राम दाहाल (नर्थ वेस्टर्न क्षेत्र, वासिङ्गटन), रोजर अधिकारी (साउथ वेस्टर्न क्षेत्र, क्यालिफोर्निया), डा. तुल्सी धरेल (इस्टर्न क्षेत्र टोरण्टो, क्यानाडा) र डा. बिनोद शाह (डाईरेक्टर एट लार्ज, न्यू योर्क) थिए ।

डा. निरौलाले एनआरएन अभियानलाई अमेरिकाब्यापी बनाउन १५ अमेरिकि राज्यहरु र क्यानाडाबाट ३१ जनाको जम्बो सल्लाहकार समिती पनि निर्माण गरे: डा गौरी अधिकारी (मिचिगन), डा. आलोक के बोहोरा (न्यू मेक्सिको), डा. धारामेन्द्र ढकाल (टेन्नेसी), किरण ढुङ्गाना (क्यानाडा), डा. त्रिभुवन चौधरी (न्यू मेक्सिको), खगेन्द्र छेत्री (न्यू जर्सी), गिरिजा गौतम (टेन्नेसी), कुलचन्द्र गौतम (नेपाल), डा. जीतेन्द्र जोशी (क्यालिफोर्निया), माधबी बस्नेत कार्की (भर्जिनिया), डा. श्याम कार्की (मेरिल्याण्ड), नरेश कोईराला (क्यानाडा), डा. महेन्द्र लावोती (मिचिगन), डा. प्रशर मल्ल (क्यानाडा), खिलेन्द्र नेउपाने (मेरिल्याण्ड), डा. प्रह्लाद पन्त (जर्जिया), अनिल प्रधान (क्यालिफोर्निया), डा. रुपक रौनियार (टेक्सास), मल्लिका शाक्य (डिस्टृक्ट अफ कोलम्बिया), डा. कुन्जरमणी शर्मा (क्यानाडा), नवाङ शेर्पा (न्यू योर्क), भरत भक्त श्रेस्ठ (टेक्सास), रोहिनी शर्मा (अरिजोना), शीलु श्रेस्ठ (क्यालिफोर्निया), कृष्ण सोब (भर्जिनिया), अमृत सुनार (न्यू योर्क), बिष्णुकुमारी थापा (मेरिल्याण्ड), डिल्लुराज थापा (ओरेगोन), प्रदीप थापा (न्यू जर्सी), शारदा थापा (ईलिनोईस्) र डा. सत्यनारायण यादब (न्यू योर्क) ।

त्यसैगरी, अध्यक्ष डा. निरौलाको तत्परतामा नेपालमा बन्दै गरेको नयाँ सम्बिधानमा अमेरिकि नेपालीहरुको मागलाई सम्बोधन गर्न न्यू जर्सी निवासी वकिल खगेन्द्र छेत्री (जिसि) को संयोजकत्वमा सन् २००९ को जनवरीमा ११ सदस्यीय सम्बिधान सुझाब टास्क फोर्स समिती गठन गरिएको थियो । समितीका सदस्यहरुमा सुमन तिम्सिना, मुकेश सिंह, माधवी बस्नेत कार्की, अर्जुन गुरुङ, शारदा थापा, गिरिजा गौतम, रतन झा, डा. अम्बिका अधिकारी, अमृत सुनार र नवाङ शेर्पा थिए । यो समितिले तत्कालिन संबिधान सभालाई संयुक्त राश्ट्र संघकालागि नेपाली स्थाई नियोगमार्फत दोहोरो नागरिकताको ब्याबस्था, दोहोरो कर प्रणालीको अन्त जस्ता माग राखेर सुझाब पेश गरेको थियो ।

एनआरएन अमेरिकाको प्रसब पीडा

यसैबीच, डा. निरौलाले दुई बर्से कार्यकाल सम्हालेको ४ महिनाभित्रै अप्रिल महिनामा घरायसी काममा नेपाल जानु परेको कारण देखाउँदै काउन्सिलको अध्यक्ष पदबाट राजिनामा दिएपछि काउन्सिलको वरिस्ठ उपाध्यक्ष सुमनराज तिम्सिना अध्यक्ष बनेका थिए । तिम्सिना अध्यक्ष बनेपछि उनले अमेरिकाको न्यू योर्क, कनेक्टिकट, बोस्टन, वासिङ्टन डिसीलगायतका शहरहरुमा टाउन हल मिटिङ गरेर एनआरएन संस्था र अमेरिकि नेपालीहरुका मागहरु उपर सार्बजनिक सुनुवाई गरेका थिए । प्राय: सबै जसो टाउन हल मिटिङमा काउन्सिलले एनआरएन संघलाईले काखी च्यापेर राख्न नहुने र एनआरएन संघलाई अलग संस्था बनाउनु पर्ने चर्को माग आएको थियो ।

एकातिर, काउन्सिलले एनआरएन अमेरिकालाई काखी च्यापेर राखेकै कारण एएनएले अलग एनआरएन मामिला हेर्ने कार्यालय नेपालमासमेत खोलेको घोशणा गरेको थियो भने नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले समाबेशी एनआरएन गठन नगर्ने हो भने अर्को एनआरएन खोल्ने भन्दै एक महिने अल्टिमेटम जारी गरेको थियो । दुई शक्तिशाली संस्थाहरुले समानान्तर एनआरएन संघ खोल्ने चेतावनी दिएपछि काउन्सिलले 'ड्रास्टिक' कदम चाल्नु पर्ने बाध्यताको सृजना भएको थियो । के थियो त त्यो परिवर्तनशील दूरगामी कदम ?

एनआरएन अमेरिकाको सेफ ल्याण्डिङ

सन् २०१० को जनवरी २८ तारिख बसेको 'नेपालिज अमेरिकाज काउन्सिल' (एनएसी) र 'एनआरएन एनसिसी अफ युएसए' (एनआरएन अमेरिका) को कार्य समितीको संयुक्त बैठकले 'एनएसी/एनआरएन एनसिसी अफ युएसए' को नाम परिवर्तन गरी स्वतन्त्र 'एनआरएन एनसिसी अफ युएसए' बनाउने एतिहासिक निर्णय गर्‍यो । सोही बैठकले काउन्सिलको बिधानलाई संशोधन गर्दै सन् १९९१ देखि कृशाशील र दर्ता अध्याबधिक रहेको काउन्सिलको दर्ता प्रकृयालाई कायम गर्दै निरन्तरता दिने निर्णयसमेत गरेको थियो ।

यसरी सन् १९९१ मा स्थापना भएको 'नेपालिज अमेरिकाज काउन्सिल' (एनएसी) को संस्थापक अध्यक्ष डा. तुल्सी महर्जन (न्यू जर्सी) देखि डा. रमेश अमात्य (ओहायो), इन्जिनियार रोहिनी शर्मा (अरिजोना), डा. गौरी अधिकारी (मिचिगन), डा. जितेन्द्र जोशी (क्यालिफोर्निया), डा. अम्बिका अधिकारी (अरिजोना), डा. तारा निरौला (न्यू योर्क) र डा. सुमनराज तिम्सिना (पेन्सिल्भानिया) सम्म आईपुग्दा उक्त काउन्सिल 'एनआरएन एनसिसी अफ युएसए' को नाममा बिलय हुन पुग्यो । यसबीच, आफ्नै एनआरएन कार्यालय खोल्न पुगेको 'एएनए' संस्थाका हस्ती प्रल्हाद केसी एनआरएन अमेरिकाको अध्यक्ष बनि सकेका छन् भने एक महिनाको अल्टिमेटम दिने नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष शिबकुमार राई पनि एनआरएन अमेरिकाको अध्यक्ष बनिसकेका छन् ।

एनआरएन अमेरिकालाई यो अवस्थासम्म ल्याई पुर्‍याउन खेलेको अहम भूमिका र ‘स्याकृफाईस’ कालागि काउन्सिलका अगुवाहरुलाई आभार प्रकट गर्न कन्जुस्याई गर्नु हुन्न ।

वास्तवमा सन् २००५ देखि सन् २०१० सम्मै एनआरएन अमेरिका संस्थाको रुपमा नभै 'नेपालिज अमेरिकाज काउन्सिल' (एनएसी) अन्तर्गत एउटा अफेयर्स हेर्ने बिभागकोरुपमा कृयाशिल थियो भन्दा अतियुक्ती हुँदैन । किनकि अमेरिकाका चल्ताफूर्ता नेपाली अगुवाहरु कि त र काउन्सिलमा थिए कि त्यस अन्तर्गत रहेका ३१ वटा संघ संस्थाहरु हाँकेर हिडेका थिए । यस्तो अवस्थामा सबै नेपालीलाई समेट्नु पर्ने संस्थाको जन्माउन यि अगुवाहरु एक हदसम्म हिच्किचाएको हुनु पर्दछ । किनकि त्यसो गर्नु भनेको अन्ततोगत्वा आफ्नो संस्थाको अस्तित्व समाप्त गर्नु पनि हुन सक्थ्यो । अमेरिका र क्यानाडाका ३१ वटा संस्थाको समन्बय गरिरहेको शक्तिशाली 'नेपालिज अमेरिकाज काउन्सिल' (एनएसी) को अवस्था सन् २००३ को लण्डन बिश्व भेलादेखि फैलिएको एनआरएन संघको अमेरिका शाखाको नाममा सन् २०१० मा आएर बिलय हुनुले पनि कुनै पनि संस्था सर्बकाल औचित्य साबित गर्दै अस्तित्वमा रहिरहँदैन भन्ने कुरा प्रमाणित गर्दछ ।

एनआरएन अमेरिकाको चम्किलो भबिश्य र दायित्व

सन् २०१३ को मे महिनामा दोश्रो अधिबेशन आयोजना गर्दासम्म २८८ जना साधारण सदस्य रहेको एनआरएन अमेरिकाको अहिले सन् २०१५ को जनवरी ३१ सम्म १० हजार ६६३ साधारण सदस्य पुगेको अवस्था छ । अमेरिकामा कृयाशील नेपाली संघसंस्थाहरुबीच मात्र होईन संसारभरका नेपाली संघ संस्थाहरु यतिखेर एनआरएन अमेरिकाप्रति अमेरिकि नेपालीहरुको ह्वात्तै बढेको चाँसोमा दंग र आश्चर्यमा परेकाछन् । अब एकातिर, एनआरएन अमेरिकाले गैर आवासीय नेपाली संघ आईसिसीमा गहकिलो जिम्मेवारी निभाउने र नेपाल सरकार समक्ष नागरिकताको निरन्तरता, दोहोरो कर प्रणालीको अन्त, कन्सुलर सेवाको सुलभताकालागि दबाब सृजना गर्न अहम भूमिका खेल्ने आशा र बिश्वास लिईएको छ भने अर्को तिर, अमेरिकि नेपालीहरुको लगानी र शीपलाई नेपालमा सदुपयोग गर्ने र अमेरिकि प्रबिधि, लगानी र ब्यापारलाई नेपालमा आकर्शित गर्ने सेतु (पूल्) को रुपमा काम गर्ने अपेक्षा गरिएको अवस्था छ ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Note: This article has been published at NRN USA Souvenir 2015.

Read NRN USA related news:

-http://usnepalonline.com/nrnusa/

-एनआरएन अमेरिका (NRN USA) को सदस्यता ११ हजार ९८८: बिश्वमै सभैभन्दा धेरै एनाआरएन सदस्य भएको देश बन्यो अमेरिका

-एनआरएन अमेरिका (NRN USA) को सदस्यता ७ हजार नाघ्यो, सन् २०१५ को निर्वाचनमा भाग लिन सदस्यता लिने अन्तिम दिन जनवरी ३१ को मध्यरातसम्म

-न्यू योर्कमा एनआरएन अमेरिकाका प्रतिनिधिहरुद्वारा नेपालका परराश्ट्र मन्त्री महेन्द्रबहादुर पान्डेसमक्ष ४ ब्ँदे ज्ञापन पत्र पेश

-NRN USA delegates met with Nepal's Foreign Minister Mahendra Bahadur Pandey in New York

-एनआरएनहरुलाई राजनैतिक अधिकार बिनाको नेपाली नागरिकता प्रदान गर्ने सहमति

-एनआरएन अमेरिकाद्वारा २५ सदस्यीय जम्बो सल्लाहकार समितिको गठन

-एनआरएन अमेरिका राष्ट्रिय महिला समिति गठन

-न्यू योर्कमा एनआरएन भवन निर्माणकोलागि २ लाख ११ हजार डलर संकलन, अमेरिकाबाट कूल ३ लाख ७३ हजर डलर संकलन, आईसिसि अध्यक्ष घले दंग

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.