Inside

All Time Top 50 News

एनआरएन अमेरिकाको चुनावी प्रकृयालाई लिएर फेरी भाँड्भैलो, रडाको केका लागि ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Tuesday, 09 June 2015 21:50

Exclusive; 24 photos: न्यू योर्क- एनआरएन अमेरिकाको गत अप्रिल १६-२० तारिख बीच सम्पन्न निर्वाचनमा अनियमितता भएको भन्दै अमेरिकाबाट १८ जना पराजित र १ बिजयी उम्मेद्वारले गैर आवासीय नेपाली संघ (एनआरएनए) को अन्तरराश्टृय समन्बय परिशद (आईसिसी) अध्यक्ष शेष घले समक्ष पेश परेको निबेदन उपर छानबिन गर्न आईसिसीले उत्तर अमेरिकि छेत्रीय संयोजक (आरसी) नवराज गुरुङ र उपसंयोजक (डिआरसी) सोनाम लामालाई जिम्मा लगाएको छ । यसैबीच, डिआरसी लामाले एक प्रेस बक्तब्य जारी गर्दै "छानविनका लागि सहज वातावरण बनाउनका लागि आजका मिति (जुन ८, २०१५) देखि लागुहुनेगरी एनआरएन एनसीसी अमेरिकाको कार्यसमिति र त्यस माताहतका अन्य सम्पूर्ण कमिटिहरुलाई कुनै कामकारवाही नगर्न निर्देश गरिएको छ" भनि निर्देशन दिएकाछन् । डिआरसी लामाले आफूले एनआरएन अमेरिकाको कार्य समितिलाई निलम्बन नगरेको स्पस्ट पार्दै आफूले आईसिसीमा परेको गत निर्वाचनमा अनिमियतता भएको सम्बन्धी निबेदनमा छानबिन गरेर आईसिसी सेक्रेटरियटमा पेश गर्ने जानकारी गराए । तर एनआरएन अमेरिकाका नवनिर्वाचित अध्यक्ष डा. केशब पौडेलले आफूले आईसिसी महासचिब कुमार पन्तसंग टेलिफोन कुराकानी गरेको बताउँदै आईसिसीको एनआरएन अमेरिकासंग आबद्दता (affiliation) सम्बन्ध मात्र रहेको र दुई संस्थाबीच सहमती र सहकार्यमा कार्य गर्नु पर्ने कुरा भएको युएस नेपाल अनलाईनलाई जानकारी गराए । डा. पौडेलले 'मुढेबल र मनगढन्ते आधारको भरमा संस्थालाई अबरुद्ध गर्न आफूहरुले नदिने' र 'प्रकृयागत र नियमसंगत कानून 'फलो' गरेर आएमा गत निर्वाचनको सम्पूर्ण डाटा सार्बजनिक गरिने' बताए । उनले जुन १३ मा मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा हुन लागेको भेला नरोकिने दृढ्ता पनि प्रकट गरे । उता एनआरएन अमेरिकाको निबर्तमान अध्यक्ष एबं वरिस्ठ वकिल खगेन्द्र जिसीले "एनआरएन अमेरिकाले बिधानमै निर्बाचनमा चित्त नबुझे केहि शुल्क तिरेर जुडिसीयल कमिटिमा उजुरी गर्न प्रस्ट भनेकोमा हालसम्म कुनै उजुरी नपरि एकै पटक आईसीसीमा पुग्नु पनि ब्यवहारीक देखिएको छैन" भन्दै "आवेशबाट होइन, बिधी र बिधानबाट समाधान खोजौं" भनेकाछन् । यूएसनेपालअनलाईनले यहिं कचिङलका बिशयमा केन्द्रीत रहेर अमेरिकि नेपाली समाजका केहि अगुवाहरुलाई प्रश्नहरु सोधेको थियो । नेपाली जनसम्पर्क समिती अमेरिका जस्तै अर्को शक्तिशाली नेपाली संस्था 'प्रवासी नेपाली मन्च' का अध्यक्ष सन्जय थापाले प्रश्नहरुको जवाफ दिंदै "एनआरएन अमेरिका अमेरिकामा रहेका सवै नेपालीको साझा संस्था हो, यो सवैको मुल घर हुन जरुरी छ" भने । उनले "गलत सदस्य वनाई सम्पन्न भएको निर्वाचन कसरी मान्ने ? गल्ती जहॉवाट सुरु गरियो त्यहीवाट सच्याउनु पर्छ नत्र कुनै नाटक मन्चनको अर्थ छैन" भन्दै खबरदारी गरे । उता १७ वटा नेपाली आदिबासी जनजाति संगठनहरुको छाता संस्था 'नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना)' अध्यक्ष लुईसाङ वाइवा तामाङले "धाधली भएको भन्ने यदि कुनै किसिमको निवेदन एनआरएनआईसिसीमा परेको छ भने निस्पक्षता र विश्वसनीयताकोलागि एउटा स्वतन्त्र उच्च स्तरीय छानविन समिति गठन गरेर त्यस आरोपबारे स्पष्ट पार्न जरुरी छ" भन्दै "स्वतन्त्र छानविन समिति बन्नु पर्छ र सत्य-तथ्य बाहिर ल्यायिउनु पर्छ" भन्ने माग गरेकाछन् । के छ त आईसिसीमा परेको उजुरीमा ?


NRN USA: Leaders: What is Inside Story?

आईसिसीले उत्तर अमेरिकि छेत्रीय उपसंयोजक (डिआरसी) सोनाम लामाद्वारा जारी प्रेस वक्तब्य:

"एनआरएन एनसीसी अमेरिकाको चुनावमा पारदर्शिताका सम्बन्धमा एनआरएन आईसीसीमा परेको उजुरीपछि एनआरएन आईसीसीले छानविनका लागि अमेरिका क्षेत्रका लागि आरसी नवराज गुरुङ र डीआरसी सोनाम लामालाई जुन ८ , २०१५ मा जिम्मेबारी दिएको छ । आईसीसीले दिएको सोही जिम्मेवारी र निर्देशन अनुशार जुन ८, २०१५ देखि नै लागु हुनेगरी छानविनका लागि प्रकृया सुरु गरिसकिएको छ ।



छानविनका लागि सहज वातावरण बनाउनका लागि आजका मिति (जुन ८, २०१५) देखि लागुहुनेगरी एनआरएन एनसीसी अमेरिकाको कार्यसमिति र त्यस माताहतका अन्य सम्पूर्ण कमिटिहरुलाई कुनै कामकारवाही नगर्न निर्देश गरिएको छ । साथै छानविन प्रकृया पुरा नहुन्जेलसम्मका लागि एनआरएन एनसीसीका तर्फबाट कुनै सार्वजनिक तथा औपचारिक कार्यक्रम नगर्न , बैंक खाता संचालनमा कुनै गतिविधि नगर्न तथा  एनआरएनका तर्फबाट कुनै कामकाज नगर्न समेत निर्देश गरिएको छ ।



चुनावमा अनियमितता भए नभएको छानविनका लागि आवश्यकता अनुशार निकट भविश्यमा छानविन कमिटि गठनका लागि छलफल चलिरहेको र छानविनपछि यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछौं । छानविनपछि त्यसको रिपोर्ट एनआरएन आईसीसीबाट माग भएबमोजिम अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयमा पेश गरिनेछ ।

आईसीसीमा प्राप्त उजुरी र आईसीसीका तर्फबाट प्राप्त पत्र यसैसाथ संलग्न छ ।

सोनाम लामा
डीआरसी, अमेरिका क्षेत्र
एनआरएन, आईसीसी

जुन ८, २०१५"

प्रेस वक्तब्य: एनआरएन एनसीसी अमेरिकाको चुनावमा पारदर्शिता छानविन सम्बन्धमा

प्रेस वक्तब्य

उपरोक्त विषयमा एनआरएन एनसीसी अमेरिकाको चुनावमा पारदर्शिताका  सम्बन्धमा एनआरएन आईसीसीमा परेको उजुरीपछि एनआरएन आईसीसीले छानविनका लागि अमेरिका क्षेत्रका लागि आरसी नवराज गुरुङ र म डीआरसी सोनाम लामालाई जुन ८ , २०१५ मा जिम्मेबारी दिएकोमा त्यसै अनुशार छानविनको प्रकृया अगाडि बढाइएको र त्यसै क्रममा एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिलाई कुनै कामकारवाही अगाडि नबढाउन निर्देशन दिइएकोमा यसबारेमा विभिन्न संचारमाध्यममा आएका समाचार र टिकाटिप्पणीबारे ध्यानाकर्षण भएको छ । छानविनबारे फैलाइएका विभिन्न भ्रमहरु निवारणका लागि र छानविनबारे अहिलेसम्मको अवस्थाबारे स्पष्ट पार्न यो वक्तब्य जारी गरिएको छ ।

१, छानविनको थप प्रकृया अगाडि बढाउनका लागि निकट भविश्यमा आवश्यकता अनुशार छानविन कमिटि गठन गर्ने योजनासहित छानविनको प्रकृया सहज बनाउन र छानविनको प्रकृया प्रभावित हुन नदिन एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिलाई कुनै कामकारवाही नगर्न जानकारी दिइएको छ । एनआरएन अमेरिकाको कार्यसमितिकै विघटन वा सम्पूर्ण कार्यसमितिलाई खारेज वा निलम्बन गरिएको नभई कार्यसमितिलाई औपचारिक कामकारवाही रोक्नमात्र निर्देश गरिएको हो ।

२, एनआरएन एनसीसी अमेरिकाको चुनावमा पारदर्शिताका सम्बन्धमा प्रश्न उठाउदै एनआरएन आईसीसीमा परेको उजुरीपछि उजुरीकर्ताले थप प्रमाणहरु पेश गरेका छन् । थप प्रमाणमा एउटै आईपीबाट ६ वटाभन्दा धेरै मतदान भएका कागजातहरु समेटिएका छन् । ६ वटा भन्दा धेरै मतपत्रहरु एउटै खामभित्र आएको सन्दर्भमा त्यस्ता मतपत्रहरु रद्द गरिएको थियो, गणना गरिएको थिएन । तर एउटै आईपीबाट ६ वटाभन्दा धेरै मतदान भएका र त्यसलाई मान्यता दिइएका कागजातहरु उजुरीकर्ताले पेश गरेका छन् । कागजात यसैसाथ संलग्न छ ।

३, एउटै क्रेडिट कार्ड प्रयोग गरी ६ सय २३ जनालाई एनआरएन अमेरिकाको साधारण सदस्य बनाइएको र त्यसबापत एउटै क्रेडिट कार्डबाट ६ हजार २ सय ३० डलर तिरिएको प्रमाण उजुरीकर्ताले पेश गरेका छन् । एउटै क्रेडिट कार्ड प्रयोग गरेर अरुलाई पनि यसरी थानका थान सदस्य बनाएको उजुरीकर्ताको दावी छ ।  तर थप कागजात प्राप्त भएको छैन । एउटै क्रेडिट कार्डबाट ६ सय २३ जनालाई सदस्य बनाइएको बैंकको कागजात यसैसाथ संलग्न छ ।

४, पाँच सय ७ जना मतदाताहरुका तर्फबाट अध्यक्षमा केशव पौडेललाईमात्र मतदान गरिएको छ । अन्य पदमा उठेका कुनैपनि उम्मेदवारहरुलाई मतदान गरिएको छैन । यसरी अन्यपदमा उठेका कुनै पनि उम्मेदवारहरुलाई मतदान नगरी अध्यक्षमा केशव पौडेललाई मात्र मतदान गरिनु शंकास्पद भएको भन्दै उजुरीकर्ताहरुले छानविनको माग गरेका छन् । नक्कली मतदाता बनाएर उनीहरुका नाममा अरुले नै केशव पौडेलका लागि मतदान गरेको उजुरीकर्ताको दावी छ । तर त्यसबारे उजुरीकर्ताको थप प्रमाण प्राप्त भएको छैन ।  अध्यक्षमा केशव पौडेललाई मात्र ५ सय ७ जनालाई मतदान गरिएको कागजात यसैसाथ संलग्न छ ।

५, एउटाको भोट अर्कैले हालिदिएको सम्बन्धमा मतदाताहरुले नै कम्प्लेन गरेका छन् । क्यालिफोर्नियाका एकजना मतदाताले आफ्नो मत अरु कसैले न्युयोर्कबाट हालिदिएको उजुरी गरेका छन् भने कनेक्टिकटका अर्का मतदाताको उजुरी पनि यस्तै खालको छ । यस्ता मतदाताहरु धेरै भएको उजुरीकर्ताको दावी छ ।  यस सम्बन्धि कागजात यसैसाथ संलग्न छ ।

६, उजुरीकर्ताले यसअगाडि नै छानविनको माग गर्दै निर्वाचनकै बेलादेखि निर्वाचन आयोग लगायत सम्बन्धित निकायमा उजुरी गरेका थिए । तर त्यसबारे छानविन गरी हालसम्म  कुनै जानकारी नदिएको हुनाले उनीहरुले आईसीसी समक्ष उजुरी दिएको जानकारी दिएका छन् । यसबारे उजुरीकर्ताहरुले निर्वाचन आयोग, त्यसलगत्तै कानुन व्यवसायीमार्फत निर्वाचन आयुक्तलाई लेखिएको पत्र, त्यसपछिका अन्य उजुरीका कागजात यसैसाथ संलग्न छन् ।

७, आईसीसीले पनि छानविनका लागि पहल नगरेमा उजुरीकर्ताहरु न्यायका लागि

अमेरिकी अदालतमा जाने अवस्था सृजना भएको हुँदा एनआरएन संस्थालाई अदालतसम्म पुग्न नदिन समस्या समाधानका लागि पहल गरिएको हो । संस्थाको गरिमालाई बचाउनका लागि र भविश्यमा  यस्ता विवादहरु आउने अवस्था नै सृजना नहोस् भनी सबै पक्षलाई समेटी एनआरएन अमेरिकालाई अझ बलियो बनाउने उद्देश्यका साथ छानविनको प्रकृया अगाडि बढाइएको हो । यसका लागि पुन एनआरएन अमेरिकाका वर्तमान कार्यसमितिबाट कुनै पनि कामकाज नगरी छानविन प्रकृयामा सहयोग हुने अपेक्षा गर्दछु । साथै सम्पूर्ण सरोकारवालाहरुसँग सल्लाह सुझाव लिदै र समन्वय कायम गर्दै छानविनलाई निष्कर्षमा पुर्याउनका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

सोनाम लामा

डीआरसी, अमेरिका क्षेत्र
एनआरएन, आईसीसी

जुन ९, २०१५

NRN USA: Inside Story: What they want? :Presidential candidates: Ganesh Kunwar (MD, Nagendra Nath Paudel (MD), Shree Parasad Parajuli (NY), Rama Singh (NC) & Durga Prasad Dahal (CA)
Senior VP candidates: Neden Dongla Sherpa (NY), Shiva Bista (VA), Bishwa B Shah (NY). VP candidates: Gyandip Lama (CA), Uma K. Thapa (CA), Mohan Thapa (MD), Sita Kharel (NY) & Gopendra Raj Bhattrai (IN). General Secretary candidate: Kunti Thapa (NY), Secretary candidate: Rajesh Sapkota (NY), Board of Directors: Meena K Shrestha (NY), Maheshwar Pant (MA), Satendra Shah (NJ) & Sita Uprety Prasai (CA). Photos courtesy: facebook profiles. www.usnepalonline.com


अमेरिकाबाट १८ जना पराजित र १ बिजयी उम्मेद्वारले गैर आवासीय नेपाली संघ (एनआरएनए) को अन्तरराश्टृय समान्बय परिशद (आईसिसी) अध्यक्ष शेष घले समक्ष पेश परेको निबेदन

श्रीमान शेष घले ज्यु,
अध्यक्ष
गैर आवासिय नेपाली संघ
अन्तरास्ट्रिय सम्मन्वय परिषद

30 May 2015

बिषय: राष्ट्रिय सम्मन्वय परिषद संयुक्त राज्य अमेरिकाको निर्वाचन अनियमितताका सम्बन्धमा !

महोदय,

अप्रिल २५ तारिख २०१५ का दिनमा मातृभूमी नेपाल प्रलयकारी भुकम्पबाट क्षत बिक्षत भएको कुरा जग-जाहेर नै छ। त्यसको लगत्तै केही घण्टाभित्रै गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय सम्मन्वय परिषदले नेपाल गएर पीडितहरुलाई प्रत्यक्ष रुपमा राहत बितरण गर्ने भनि गरिएको निर्णय अत्यन्तै स्वागतयोग्य थियो। सोहि मुताबिक यहाँ स्वयंको नेत्रित्वमा भुकम्पबाट  अती प्रभाबित क्षेत्रमा गएर गरिएको उद्धार तथा राहत बितरण कार्यको देशभित्र र बाहिर रहेका आम नेपालीले मुक्त कंठले प्रसँशा गरिरहेका छन! यो पबित्र कार्यले आम नेपालिहरुका बिचमा गैर-आवासीय नेपाली संघको प्रतिष्ठा ऐतिहासिक रुपमा उचो भएको छ ! साथै यो सँस्थाप्रतिको लगाब र आदर अभुतपूर्व रुपमा बढेको पनि छ ! यसै क्रममा हामि अमेरिकाबासी आप्रवाशी नेपालीहरु जसको यो संस्थाप्रति सध्भाब र प्रेम छ, सबैका तर्फबाट तपाई र तपाईको बर्तमान कार्यसमितिलाई अभिनन्दन गर्न चाहन्छौ ! र भबिस्यमा यो संस्थाको अझ उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछौ!



यो विषम परिस्थितिका बीच हामि हाम्रा मस्तिस्क र मुटुलाई भारि बनाउदै आजको पत्राचारको मुख्य बिषयमा प्रवेश गर्ने अनुमति लिन चाहन्छौ ! गत अप्रिल १६ देखि २०, २०१५ मा अमेरिका रास्ट्रीय सम्मन्वय परिषदको निर्बाचनमा हामि निम्नलिखित उम्मेदवारहरुले पनि भाग लिएका थियौँ ! निर्वाचनको परिणाम घोसणा गरेको दिन २५ अप्रिल नै थियो ! परिणाम आम उम्मेदवार तथा मतदाताहरुले अनुमान गरेको भन्दा अत्यन्तै अस्वाभाविक भए पछि निर्बाचन आयोग समक्ष हामि केहि उम्मेदवारहरुले परिणामको पारदर्शिताका सम्बन्धमा प्रस्न राखेका थियौँ ! सो प्रस्नको जबाफमा प्रमुख निर्वाचन आयुक्तले चित्त नबुझे अदालत जानु भन्ने ठाडो जबाफ दिएको ब्योहरा अबगत गराउन चाहन्छौ ! यद्धपी हाम्रा माग हरु सामान्य र प्रजातान्त्रिक परिपाटी भित्रका अन्तर्निहित बिसेषताहरुसँग सम्बन्धित थिए ! उदाहरणका लागि-

१) हामी उम्मेदवारहरुले कुन स्टेटबाट कति मत प्राप्त गरेका छौ, सो को जानकारी पाँउ !

२) कागजी मतपत्र गणना गर्दा बढीमा ६ वटा सम्म मतपत्र एउटै बन्द लिफापामा हुलाकबाट प्राप्त भएकोलाइ एकै परिवारको मत भनि गणनामा संलग्न गराउने तर सो भन्दा बढी आएमा (सम्पुर्ण मत) बदर गर्ने निर्णय सर्बसम्मतिबाट गरिएको थियो ! जस अनुसार सँयौ को संख्यामा एउटै खाममा बन्द भएर आएका कागजी मतपत्रहरु गणनापूर्व नै रद्द गरिएका थिए ! सोहि मापदण्ड बिद्धुतिय मत पत्रमा पनि लागु हुनुपर्ने र लागु भए नभएको जानकारी पाउने अधिकार उम्मेदवारलाई भएको हुँदा सोको बिस्तृत जानकारी जनसमक्ष ल्याउन अनुरोध गरीन्छ !

३) बुँदा २ मा उल्लेख भए अनुसारको जानकारी चुनाब सम्पन्न गराएको कम्पनिले (Simply Voting) आंशिक रुपमा मात्र सार्बजनिक गरेको अबस्थामा, मतदाताको परिचय बाहेक मतपत्रमा भएका समस्त सुचनामुलक जानकारीहरु उपलब्ध गराई पाँउ भनि उम्मेदवारद्वारा आवहान गर्न पाइने प्रजातान्त्रिक परिपाटी अन्तर्गत सो को लागि जिकिर गरिन्छ !

४) अमेरिकाजस्तो प्रजातान्त्रिक मुलुक जहाँ व्यक्तिगत गोपनियतालाइ उच्च प्राथमिकता दिईन्छ, यद्दपी आन्तरिक रुपमा सामाजिक तथा राजनीतिक संघ संस्था भित्र घुष-पैठ र अनाधिकृत कार्य नहोश भन्नका लागि हर काममा पारदर्शिता अपनाइन्छ (The rule of check and balance) ! हामि उम्मेद्वारहरु सो पारदर्शिमुलक काम भए नभएको जाँच गर्न चाहँन्छौ !

५) यी सबै माग गरिए अनुसारका सर्त पुरा गर्नका लागि उम्मेदवारको हैसियतमा प्रसस्त दस्तुर बुझाएका छौ र आवश्यक भएमा थप दस्तुर बुझाउन तयार छौ !

यी माथि उल्लेख गरिएका जायज माग हरु निर्बाचन आयोग र सो ले उपयोग गरेको निर्बाचन गराउने कम्पनी (Simply Voting) मार्फत नै पुरा गर्न सकिने प्रकृतिका रहेका छन ! यिनको प्राप्तिका लागि यो संस्थाका कर्मठ सदस्य तथा शुभचिन्तकलाइ अदालतको ढोका ढकढक्याउनु भन्ने जस्तो गैर जिम्मेवार पुर्ण जवाबले हामि दुखि छौ ! अझ स्पस्ट रुपमा भन्नुपर्दा हामिहरुद्वारा बिगतमा तिन पटक सम्म अनुरोध गर्दा निर्वाचन आयोग र तत्कालिन कार्य समितिले हाम्रो अनुरोधप्रति मौन रहेको पनि जानकारी गराउन चाहन्छौ !

हामि चाहन्नौ कि सामान्य प्रजातान्त्रिक अधिकार अन्तर्गत निर्बाचनमा भाग लिएका उम्मेद्वारहरु सोहि अधिकार अन्तर्गत पाउनु पर्ने सामान्य (Fundamental Information) जानकारीका लागि न्यायालयको ढोकामा गुहार माग्न परोस ! हामीलाई यो संस्थाको असिम माया छ, र यस कर्म भूमिमा लाखौ दाजुभाइ तथा दिदि बहिनीहरुको आस्थाको धरोहरको रुपमा यसलाई बिकसित पनि गराउदै लानु पर्ने आजको आवस्यकता छ ! यस अवस्थामा हामिलाइ लाग्छ कि तपाइँ यो संस्थाको शिर्ष पदमा विराजमान हुनुहुन्छ र तपाइँबाट नै यसको निकाश निस्कनसक्छ ! सारांशमा घरभित्रको असहमतिको निकाश घर भित्रबाटै निस्केमा सँस्थाको बृहत्तर हितमा हुन्छ भन्ने हामीलाई  लाग्छ! यो संस्था भित्रका बिकृति र निरङ्कुश प्रवृतिको अन्त तथा सामान्य नागरिकले पनि यो संस्थामा रहेर सेवा गर्ने बातावरण बिकाशका लागि गरिएको प्रयत्नका रुपमा लिनुहुनेछ भन्ने बिस्वास लिएका छौ !

अन्तमा यो पत्र संगै बिगतमा गरिएका पत्राचारहरु पनि संलग्न गरिएका छन ! साथै सम्बन्धित सबैलाई यो पत्र बोधार्थका रुपमा पनि सम्प्रेसण गरिएको छ !

निवेदक

गणेश कुँवर तथा

देहाय बमोजिमका उम्मेदवारहरु

1.  Ganesh Kunwar              Presidential Candidate (443-980-8221)
2.  Nagendra Nath Paudel     Presidential Candidate (202-744-4225)
3.  Shree Prasad Parajuli-      Presidential Candidate (347-449-4753)
4.  Rama Singh- Presidential Candidate (720-320-0681)
5.  Durga Prasad Dahal         Presidential Candidate (530-750-9999)
6.  Neden Dongala Sherpa    Candidate for Senior VP
7.  Shiva Bista                      Candidate for Senior VP
8.  Biswa Bahadur Shah       Candidate for Senior VP
9.  Gyandip Lama                Candidate for Regional VP
10. Uma Karki Thapa           Candidate for Regional VP  
11. Mohan Thapa                Candidate for Regional VP
12. Sita Kharel                     Candidate for Regional VP
13. Gopendra Bhattarai        Candidate for Regional VP
14. Kunti Thapa                  Candidate for General Secretary  
15. Rajesh Sapkota             Candidate for Secretary   
16. Meena Shrestha             Candidate for Board of Director
17. Maheswor Panta           Candidate for Board of Director
18. Satendra Shah              Candidate for Board of Director
19. Sita Upreti                    Candidate for Board of Director

एनआरएन अमेरिकाका नवनिर्वाचित अध्यक्ष डा. केशब पौडेलद्वारा जारी प्रेस वक्तब्य:

June 9, 2015

Mr. Shesh Ghale
President
NRN ICC

Re: Response of NRN NCC of USA Executive Board 2015-2017 (the Board) to the request of NRN ICC (the ICC)

Dear Mr. President:

It came to the Board’s attention that the ICC would like to address the situation it currently has by looking into the matter through regional authorities. We understand that the growth of NRN as a whole is possible only by working together and resolving issues and challenges logistically as they appear.

NRN NCC of USA has been working closely with other NCCs and the ICC in the past including the recent rescue and relief operations during the aftermath of devastating earthquake in Nepal. The current board is also abided by our wonderful relationships and will, without doubt, continue to support and work together with ICC per the norms and guidelines set by the respective bylaws and the governing state and federal laws of the United State of America. It is our understanding that the specific request made by Deputy Regional Coordinator (DRC) does not fall under the jurisdiction of the Board or the ICC and is not guided by the protocol set by the bylaws. The Board is eager to support your valid concerns that are properly addressed and also inform you that the Board will continue its mandated duties and responsibilities to the NRNs of the United States of America and promote its friendly relationship to the ICC.

As a separate note, we humbly invite  ICC and its regional authorities to participate in the upcoming Town Hall Meeting organized by the Board and its state counterparts in Baltimore on June 13th, 2015. The invitations have already been sent and the Board is looking forward to your honored presence and continued support.

Finally, I, as the President of the Board, respect the communication initiated by the ICC to address the public concerns. The Board has always been and will be dedicated, informative and responsive to every concern that comes to its attention.

Thank you for giving us an opportunity to address the concern you have.

Respectfully,

Dr. Keshab Paudel
President
NRN NCC of USA

एनआरएन अमेरिकाको निबर्तमान अध्यक्ष एबं वरिस्ठ वकिल खगेन्द्र जिसीद्वारा जारी वक्तब्य:

आवेशबाट होइन, बिधी र बिधानबाट समाधान खोजौं ।

आदरणिय अमेरिकामा रहनु भएका सम्पुर्ण एनआरएन साथीहरु नमस्कार,

यतिबेला भर्खर मात्र निर्बाचित भएको एनआरएन अमेरिकाको नयां कार्य समितिलाई एनआरएन आईसीसीका क्षेत्रीय उप संयोजकले छानबिनका लागि सहयोग गर्न भन्दै नया समितिलाई कुनै औपचारीक कार्य नगर्न भनि पत्र काटेपछि नयां तंरग र बहसको शुरुवात भएको छ । सदस्यता निर्माण र निर्बाचनको बारेमा असहमती जनाउंदै केहि साथीहरुले आईसीसीमा उजुरी गर्नुभएको र उक्त उजुरी माथी आईसीसीले छानबिन गर्न आरसी र डिआरसीलाई जिम्मा दिएकोले डिआरसीले यस्तो पत्र काटेको जनाइएको छ । हो एनआरएन अमेरिकामा आम जनताबाट दोश्रो पटक मात्र चुनाब भएको र नयां नयां अनुभब भएकोले पर्याप्त श्रोत र साधनको अभाव या अनुभबको अभाबले केहि कमजोरी हुन पनि सक्दछन् । साथै निर्बाचनमा पराजय भोगेका साथीहरुलाई यो परिणाम र प्रकृया चित्त नबुझको हुन सक्दछ तर त्यसका लागि पनि बिधानले प्रस्टसंग उजुरी गर्न र छानबीन गर्न न्यायिक समितिको ब्यवस्था गरकै छ । अहिलेको निर्बाचनमा म आफु पनि सम्मीलित रहेको निर्बाचन अनुगमन समिति समेत बनेको र अनुगमन समितिले अध्यन गर्दा कुनै उम्मेदवारले पनि पकृयाको बारेमा बिरोध गरेका थिएनन् । एनआरएन अमेरिकाले बिधानमै निर्बाचनमा चित्त नबुझे केहि शुल्क तिरेर जुडिसीयल कमिटिमा उजुरी गर्न प्रस्ट भनेकोमा हालसम्म कुनै उजुरी नपरि एकै पटक आईसीसीमा पुग्नु पनि ब्यवहारीक देखिएको छैन । एनआरएन अमेरिकाको बिधानले प्रस्टसंग देखाएको मार्गलाई पालना गर्दै अगाडि बढेर यसको समाधान निकाल्यौ भने यसले दिर्घकालसम्म सबैलाई हित गर्दछ । बिधी र बिधान कुनै एकजना या एक कार्यकालको हितका लागि भन्दा पनि सबैका लागि मान्दै र आत्मसात गर्दै गएमा मात्र संस्था बलियो हुन्छ । आफ्ना असहमतीहरुलाई प्रकृयागत ढंगले समाधान गर्न खोज्यौ भने सबैलाई मान्य पनि हुन्छ र गल्ती गर्नेलाई कारबाहि पनि हुन्छ तर हामीहरुले हाम्रा बिबादलाई बिधानभन्दा बाहिर गएर हतारमा समाधान गर्न खोज्यों भने कसैलाई पनि हित गर्दैन र संस्थालाई पनि दिर्घकालसम्म असर गर्दछ ।

अन्त्यमा,

एनआरएन साथीहरु,

एनआरएन अमेरिकाको आफ्नै बिधान र ब्यवस्था छ अनि एनआरएन आईसीसीको पनि आफ्नै बिधान र परिपाटी छ । निर्बाचित समितिलाई निलम्बन या काम कारबाही गर्न मिल्ने बिधानमा कुनै ब्यवस्था नरहेको र एनआरएन अमेरिकाले आफ्नो काम कारबाहि रोक्नु पर्ने कुनै बैधानिक कारण देखिदैन । त्यसैले साथीहरु, आउनुहोस् हामी सबै जनाले बिधी र बिधानलाई राम्ररी हेरौं बुझौ र पालना गरौ अनि त्यहि भित्र रहेर यंहा भएका असहमतीको समाधान खोजौं र संस्थालाई थप मजबुत र एकताबद्ध बनाऔं यहि नै हामी सबै र हाम्रो संस्थालाई हिताकारी हुनेछ ।

धन्यबाद सहित

खग्रेन्द्र क्षेत्री
निबर्तमान अध्यक्ष
एनआरएन अमेरिका ।

यूएसनेपालअनलाईनले यहिं कचिङलका बिशयमा केन्द्रीत रहेर सोधेका ४ प्रश्नहरु र प्राप्त जवाफ

प्रश्न १): एनआरएन अमेरिकाको गत अप्रिलमा सम्पन्न निर्वाचनमा धाँधली भएको भन्ने १९ उम्मेदवारहरूद्वारा आईसीसीमा दिईएको निवेदनबारे यहाँको धारणा के हो?

जवाफ:
Sanjaya Thapa: NRN NCC USA को गत अप्रिलमा सम्पन्न निर्वाचनमा अघिल्लो कार्य समिती र त्यो संग सम्वन्धित विभिन्न समितिहरुलाई सदस्य वनाउने प्रकृयामा अलि टाईट गर्नु पर्छ कमसेकम त्यो मान्छे अमेरिकामा छ कि छैन वास्तविक मान्छे हो कि होईन भन्ने वारेमा पहिचान हुने कुनै न कुनै विधी अपनाउनु पर्छ भनेर प्राय सधैका भेटमा औपचारिक कार्यक्रमहरु हामीले उठाएको प्रस्नहरुलाई वेवास्ता गर्दाको परिणाम हो यो ।

Luisang Waiba: धाधली भएको भन्ने यदि कुनै किसिमको निवेदन NRN ICC मा परेको छ भने निस्पक्षता र विश्वसनीयताकोलागि एउटा स्वतन्त्र उच्च स्तरीय छानविन समिति गठन गरेर त्यस आरोपबारे स्पष्ट पार्न जरुरीछ ! छानविन समितिले दिएको निर्णयलाई समुदायका सबैले मान्नु पर्ने हुन्छ !

प्रश्न २): उम्मेदवार मध्ये एक जनाको नाममा ५०० भन्दा बढी एक छापे मत खसालिएको प्रमाण यूएसनेपालअनलाईनलाई प्राप्त भएकोछ, यस्तो हुनु गलत र अबैधानिक मान्नु हुन्छ कि एक छापे मत खसाल्न पनि मिल्छ?

जवाफ:

Sanjaya Thapa: एक छापे मत कुनै हालतमा खसाल्न पाईन्न त्यो आफुले आफैलाई र आफ्नो टिमलाई समेत विस्वास गर्न नसकेको अवस्था हो ।

Luisang Waiba: जहाँसम्म एक छापे मत खसालिएको कुरो छ त्यो मतदाताको अधिकारको कुरा हो तर यहाँ सशंकित ढंगले ५०० मत एक छापे हुनु धाधलीको आरोप लगाउने पक्षलाई शंका गर्ने  स्पष्ट आधार प्राप्त गर्नु हो किन भने यति ठूलो संख्यामा एक छापे मत एक जना उम्मेदेवरलाई मात्र खस्नु भनेको निर्वाचन प्रणालीप्रतिको विश्वासनियता घट्नु हो !

प्रश्न ३): यदि एउटै इण्टरनेट आईपीबाट पेपर ब्यालेटमा जस्तो ६ भन्दा बढ़ी मत एउटै परिवार बाहेकको मत खसेको पाईएमा या ६ भन्दा बढ़ी सदस्यहरूको सदस्यता शुल्क एउटै क्रेडिट कार्डबाट तिरिएको सुन्न मा आएको छ, त्यसरी तिरेर बनेका सदस्यहरुको मत बैधानिक हुन्छन् कि हुँदैनन्?

जवाफ:

Sanjay Thapa: हाम्रो निर्वाचन आयोगले नियम वनायो ६ जना सम्म एउटा परिवारमा सदस्य हुन सक्छन भनेर हामी नेपाली परिवारमा नै वस्ने संस्कृतिवाट आएको हुनाले ल त्यसलाई मान्न सकिन्छ भनियो अनि क्रडिट कार्ड पनि विभिन्न कारण कोहि कोहि संग नभएकोले पैसा लिई आफ्नो कार्डवाट चार्ज गरिदिएको भन्ने अवस्था पत्याउन सकिएला तर त्यस्तो अवस्था १/२, ५।१० हुन सक्ला ५००/६००/७०० अनि एउटै मान्छोको सम्पर्कमा यो हुनै सक्दैन त्यो अवैधानिक नै हो ।

Luisang Waiba: हामीले (महासंघ) बारम्बार उठाएको विषय सदस्यताको प्रमाणीकरणको आधारभूत मान्यताहरु के के हुन् ? आज त्यसै बिषयमा धाधलीको बहाना अथवा समस्या सृजना भएको छ ! यो निर्वाचन आयोगले जानकारी हुदा हुदै पनि लापरवाही गरेको र निर्वाचन संयन्त्रको आधारभूत loopholes भने हुन्छ ! निर्वाचन आयोगले एउटा निश्चित मापदण्ड  नबनाएको कारणले आज यो समस्या सृजना भएको छ ! सदस्यता प्रमाणीकरणको वैज्ञानिक संयन्त्र निर्माण गर्न नसक्नु नै आजको समस्याको जड हो ! जहाँसम्म एउटा क्रेडिट कार्डबाट ६ भन्दा बढीको सदस्यता शुल्क तिरिएको भन्ने छ त्यो अनियाम्त्ताको आधार भने पक्कै हो जुन कमी कमजोरी निर्वाचन आयोगले दिएको उपहार हो धाधली अथवा अनियामत्ता गर्न चाहनेहरुलाई ! बैधानिक हुने कि अवैधानिक हुने भन्ने चाही छानविन समितिले निर्धारण गर्नु पर्छ !

प्रश्न ४): चनावमा भएका कमीकम्जोरी र ट्रुटीहरूलाई सच्याउँदै नवनिर्वाचित कार्यसमितिलाई निरन्तरता दिलाईनु पर्छ कि फेरी निर्वाचन प्रक्रियामा जानु उचित हुन्छ?

जवाफ:

Sanjay Thapa: गलत सदस्य वनाई सम्पन्न भएको निर्वाचन कसरी मान्ने? गल्ती जहॉवाट सुरु गरियो त्यहीवाट सच्याउनु पर्छ नत्र कुनै नाटक मन्चनको अर्थ छैन ।
NRN NCC USA अमेरिकामा रहेका सवै नेपालीको साझा संस्था हो, यो सवैको मुल घर हुन जरुरी छ, यसलाई हामी सवै मिलेर मजवुद वनाउन गर्छ सक्दा यसको चोटामा कोठामा वस्ने प्रयत्न गर्ने हो, नसक्दा छिडीमा पिडीमा, त्यो पनि नसक्दा आगन मै वसेर भए पनि पहरेदारी गर्नु पर्छ भन्ने हाम्रो मान्यता छ । सवैले यसो गरे कसो होला?

Luisang Waiba: NRN ICC र NRN DRC सोनाम लामाज्यूले NRN NCC USA लाई निर्देशन सहितको पत्रचार भएको छ त्यो समस्य सृजना गर्न नभएर समस्याको समाधान गर्नको लागि भएको भन्ने मेरो बुझाई छ ! त्यसो हुदाँ नव-निरबचित समितिको निरन्तरता कि नयाँ निर्वाचन भन्ने भ्रममा तपाई हामी कोही रहनु हुन्न ! कुनै पनि समस्याको समाधानको पाटो हुन्छ जुन त्यो संस्थाको बिधान र उच्च निकायले निर्धारण गरेको हुन्छ र त्यो तपाई हामी सबैले अनुसरण गर्नु पर्छ ! अहिले NRN ICC ले NRN DRC सोनाम लामाज्यू मार्फत जुन निर्देशन जारी गरेको छ त्यो नै अहिलेकोलागि उत्तम विकल्प हो ! अब यो निर्देशन सँगै एउटा स्वतन्त्र छानविन समिति बन्नु पर्छ र सत्य-तथ्य बाहिर ल्यायिउनु पर्छ र त्यहि अनुसार NRN NCC USA ले निरन्तरता पाउनु पर्छ ! नयाँ निर्वाचनमा जाने भन्ने कुरो संगठनलाई तहसनहस पार्नेहरुको षड्यन्त्र हो  त्यसको हामी विरोध गर्छौं !

Bishwa Shah: चुनाव एउटा प्रकिया हो यसलाई स्वीकार गरिनु पर्दछ तर चुनावको नाममा गरिएका ग़लत क्रियाकलापहरुलाई हामि सबैको गलत सोचको वा भनौ चुनाव जित्नु नै मुख्य उदेश्य हो भन्ने विक्रित मनःस्थिति हो भन्ने मनन् गरि अब कसरि अगाडि बढ़ने भन्ने विषयमा छलफल र सुधारकों ज़रूरी छ । यो कुनै आजीवन पद होइन तसर्थ भई सकेको चुनावलाई मान्यगरि अहिलेको कार्यसमितिलाई काम गर्न दिनु उपयुक्त होला । चुनावमा मतदाताहुनको लागि हामि अमेरिकामा बस्ने प्रवासिहरुले कसरि आफ्नो व्यक्तिगत विवरण सहजै तेस्रो पक्षलाई उपलब्ध गराइयो यो कमजोरि व्यक्तिगत हो भन्ने मेरो बुझाई छ ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read NRN USA related news:

-http://usnepalonline.com/nrnusa/

-एनआरएन अमेरिकाको अध्यक्षमा डा. केशब पौडेल बिजयी, राश्ट्रिय समितीकोको २५ पदमा निर्वाचित अगुवाहरु को को हुन् ?

--एनआरएन अमेरिकाका उम्मेद्वारहरुले अनलाईनमा मत माग्ने काईदा यस्तो छ

-लौ चिनौं एनआरएन अमेरिकाको ३० पदकालागि ७३ अनुहार, आईसिसी पदका ७ उम्मेद्वार अयोग्य ठहर, घोषणापत्र र प्रचार सामग्री कस्ता छन् ? अप्रिल १६-२० तारिख बिच अनलाईन मतदान हुँदै

-एनआरएन अमेरिकाको आरोह-अबरोह: यसरी जन्मियो एनआरएन अमेरिका

-एनआरएन अमेरिका (NRN USA) को सदस्यता ११ हजार ९८८: बिश्वमै सभैभन्दा धेरै एनाआरएन सदस्य भएको देश बन्यो अमेरिका

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.