Inside

All Time Top 50 News

एनआरएन अमेरिका (NRN USA) को निर्वाचनमा २ पदमा निर्बिरोध, अब अध्यक्षका ३ जना प्रतिपर्धी मैदानमा, न्यू योर्कको १,२८७ मत निर्णायक PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 01 May 2014 21:00

Exclusive: 3 Data, 39 photos: न्यू योर्क- गैर आवासीय नेपाली संघ अमेरिका उर्फ एआरएन अमेरिका (NRN USA) को आगामी जुन ४-९ तारिखवीच अनलाइन र हुलाकी चिठ्ठीद्वारा हुने मतदानकोलागि उम्मेद्वारी फिर्ता लिने अन्तिम मिती अप्रिल ३० तारिखसम्म २ पदमा निर्बिरोध भएको छ भने अब अध्यक्षका ४ मध्ये ३ जना प्रतिपर्धीहरु बिष्णुहरी धौराली (मासाचुसेट्स), खगेन्द्र छेत्री (न्यू जर्सी) र शिवकुमार राई (न्यू ह्याम्प्सायर) चुनावी मैदानमा छन् भने कृष्ण पि कोइराला (क्यालिफोर्निया) प्रतिस्पर्धाबाट हटेका छन् । उता ४३ राज्य मध्ये सबैभन्दा धेरै मतदाता रहेको न्यू योर्क राज्यको १,२८७ मत निर्णायक हुने देखिएको छ। हेर्नुहोस् युएस नेपाल अनलाइनले तयार पारेको बिशेष डाटासहितको रिपोर्ट:

महिला कोअर्डिनेटरमा उमा कार्की थापा (क्यालिफोर्निया) निर्बिरोध निर्वाचित भएकिछिन् भने युवा संयोजकमा बर्षा मोक्तान निर्बिरोध बनेकिछिन्। मोक्तानलाई उनका प्रतिद्वन्दी कृष्णकुमार श्रेष्ठ (फ्लोरिडा) र डिल्लिराम भट्टराई (क्यालिफोर्निया) ले समर्थन गर्दै आ-आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए।

युएस नेपाल अनलाइनले ३,९८८ मतदाता मध्ये गरेको अनुसन्धानअनुसार महिला मतदाता संख्या १,२४४ अर्थात ३१ प्रतिशत र पुरुष मतदाता संख्या २,७४४ अर्थात ६९ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ।

त्यसैगरी, एनआरएन अमेरिकाको असन्न निर्वाचनमा उम्मेद्वारी दिएका ५२ जना उम्मेद्वारहरु मध्ये ३ जना महिला अर्थात ६ प्रतिशत महिला प्रतिनिधित्व रहेको छ भने पुरुष ४९ जना अर्थात ९४ प्रतिशत पुरुष बर्चस्व रहेको तथ्याङ्कले देखाउँछ।

युएस नेपाल अनलाइन (USNepalOnline.com) ले NRN USA को कूल ३,९८८ मतदाताहरुबाट यो डाटा तयार पारेको हो।

त्यसैगरी, वरिस्ठ उपाध्यक्ष (१ सिट) पदबाट छिरिङ्ग राप्के लामा (न्यू योर्क) र डा. केशब पौडेल (न्यू मेक्सिको) ले आ-आफ्नो उम्मेदवारी फिर्ता लिएकाछन्। अब यो पदकोलागि चुनावी मैदानमा लोक तिवारी (मेरिल्यान्ड), घनप्रशाद दबाडी (क्यालिफोर्निया) र सानुबाबु सिलवाल (नर्थ क्यारोलिना) छन्।



उता उपाध्यक्ष पद (२ सिट) कालागि ५ प्रतिस्पर्धीहरु श्री पराजुली (न्यू योर्क), बनिता कतिला (न्यू योर्क), शेशराज खतिवडा (मासाचुसेट्स), सुर्य (सल) लम्साल (न्यू योर्क) र मुकुन्द ढुङ्गाना (क्यालिफोर्निया) भिडन्त गर्दैछन्।

महासचिब (१ सिट) पदमा प्रतिस्पर्धी रहेका ५ उम्मेद्वारहरु कृष्ण पोख्रेल (न्यू योर्क), प्रेम गुरागाई (क्यालिफोर्निया), तिल (तिलक) श्रेष्ठ (न्यू योर्क), बाबुराम लामा (न्यू योर्क) र पुरुसोत्तम बोहोरा (आयोया) बीच टक्कर पर्दैछ।

उता कोशाध्यक्ष (एक सिट) कोलागि ४ प्रतिस्पर्धीहरु मिलनकुमार शाही (न्यू योर्क), सुमनराज सापकोटा (न्यू योर्क), बेदराज बस्नेत (टेक्सास) र गोकर्ण दाहाल (टेक्सास) बीच भिडन्त हुँदैछ।

त्यसैगरी, उपसचिब (एक सिट) कोलागि सतेन्द्र शाह (न्यू जर्सी), उपेन्द्रराज भट्ट (न्यू योर्क), नारायण छेत्री र दिलबहादुर श्रेष्ठ (क्यालिफोर्निया) बीच प्रतिस्पर्धा हुँदैछ। उता सह-कोशाध्यक्षका प्रतिस्पर्धीहरुमा सन्जिब श्रेष्ठ (न्यू जर्सी) र प्रकाश सापकोटा (कोलोराडो) छन्।

कार्य समिती सदस्य (७ सिट) पदमा १४ जना प्रतिस्पर्धीहरु बलराम थापा (क्यालिफोर्निया), लक्ष्मीप्रशाद बजगाई (कनेक्टिकट), सुक्रराज घिमिरे (न्यू योर्क), सरोजकुमार श्रेष्ठ (न्यू योर्क), रविन बज्राचार्य (न्यू योर्क), बिमल ज्ञवाली (टेक्सास), धर्म भट्टराई (मिचिगन), बैकुण्ठ खनाल (क्यालिफोर्निया), राधा पौडेल (टेन्नेसी), बिष्णुमान प्रधान (न्यू योर्क), युबराज खनाल, चेत भट्टराई (नर्थ क्यारोलिना), देवीप्रशाद पाण्डे (टेक्सास) र बेदनिधी दाहाल (टेक्सास) बीच प्रतिस्पर्धा हुँदैछ।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read NRN USA related news:

-http://usnepalonline.com/nrnusa/

-Update: एनआरएन अमेरिका (NRN USA) को निर्वाचनमा १९ पदकालागि ५२ जना उम्मेद्वार प्रतिस्पर्धामा, अध्यक्षमा ४ जना प्रत्यासी

एनआरएन अमेरिकाको निर्वाचनमा उम्मेद्वारी दिने अन्तिम मिति अप्रिल १५ तारिख, मतदाता सदस्य ३,९८८, अनलाइन भोटिङ जुन ४-९ तारिखवीच हुँदै

NRN USA Final Voters List Published as of Apr 11, 2014 NRN NCC OF USA ELECTION NOTICE All Pages

-एनआरएन अमेरिकाको ४ हजार २०२ सदस्यहरु मध्ये ९२८ जनाको विवरण अपुरो, सच्याउने समय मार्च ३१ तारिख मध्यरातसम्म, तपाईंको नाम छुट्ला है !

-एआरएन अमेरिकाको निर्वाचन दुई महिनापछि सर्ने, ७ पदाधिकारी पदकालागि २० उम्मेद्वार, सदस्यता नविकरणको म्याद मार्च ४ तारिखसम्म थप, अनलाइन भोटिङ हुने

-एआरएन अमेरिका (NRN USA) मा चुनावी भिडन्त: अध्यक्षमा ४ प्रतिस्पर्धी, सहमतीमा नेत्र्तिव चयन हुने सम्भावना

-एआरएन अमेरिकाको चुनावी सरगर्मी, आईसिसी अगुवाहरु नै लागेर नयाँ नेत्रित्व चुन्न आतुर

-एनआरएन अमेरिकाको चुनावी भाँड्भैलो: एनआरएन आईसिसीद्वारा आबद्धता तोड्ने चेतावनी, अब के होला?

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.