Inside

All Time Top 50 News

एनआरएन अमेरिकाको अध्यक्षमा डा. केशब पौडेल बिजयी, राश्ट्रिय समितीकोको २५ पदमा निर्वाचित अगुवाहरु को को हुन् ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 25 April 2015 17:04

Exclusive: 31 photos: न्यू योर्क- दश हजार ७७४ साधारण सदस्य रहेको एनआरएन अमेरिकाको अप्रिल १६-२० तारिख बिच सम्पन्न अनलाईन र पेपर मेल मतदानबाट अध्यक्षमा डा. केशब पौडेल (NM) 3,644 मत ल्याएर बिजयी भएकाछन् । उनका निकततम प्रतिद्वन्दी गणेश कुवर (MD) ले 1,135 मत पाएकाछन् । अध्यक्ष पदका अन्य दाबेदारहरु क्रमश:  नगेन्द्रनाथ पौडेल (MD) ले 989 मत, श्री पराजुली (NY) ले 878 मत, रमा सिंह (NC) ले 481 मत र दुर्गाप्रशाद दाहाल (CA) ले 379 मत प्राप्त गरेकाछन् । राश्ट्रिय समितीको वरिस्ठ उपाध्यक्ष १ पदमा कृष्ण पोख्रेल (NY) ले 2,586 मत ल्याएर बिजयी बनेकाछन् । SVP प्रतिद्वन्दीहरु नेदेन दोङ्ला शेर्पा (NY) ले 2399 मत, बिश्व शाह (NY) ले 1,469 मत र शिव बिस्ट (VA) ले ... मत प्राप्त गरेकाछन् ।

क्षेत्रिय उपाध्यक्ष ४ पदकालागि १२ जना प्रतिस्पर्धी मध्ये- रबिना थापा (MD) 2,520, बन्दना कोईराला (NY) 2,417, दिल्लिराम भट्टराई (CA) 2,193 र रामचन्द्र पोख्रेल (TX) 2,176 ल्याएर बिजयी बनेकाछन् ।

महासचिब १ पदमा तिल (तिलक) बहादुर श्रेष्ठ (NY)  ले 4,416 मत ल्याएर बिजयी बनेकाछन् । प्रतिद्वन्दी कुन्ती थापा (NY) ले 2,076 मत प्राप्त गरेकाछन् ।

सचिब १ पदमा शंकर खड्का (CA) ले 2,503 मत ल्याएर बिजयी बनेकाछन् । प्रतिद्वन्दीहरु नेत्रप्रशाद पान्डे (TX) 2,326 राजेश सापकोटा (NY) 1,124 मत प्राप्त गरेकाछन् ।

त्यसैगरी, सह-सचिब १ पदमा संगिता लम्साल सिवाकोटी (CA) ले 3,069 मत ल्याएर बिजयी बनेकाछन् । प्रतिद्वन्दीहरु पुष्पलता भन्डारी (TX) 2,231 र प्रकाश बस्नेत (NY) 943 मत प्राप्त गरेकाछन् ।

उता राश्ट्रिय कोशाध्यक्ष १ पदमा बेदराज बस्नेत (TX) ले 3,917 मत ल्याएर बिजयी बनेकाछन् । प्रतिद्वन्दी प्रशन्न संग्रौला (TX) ले 2,422 मत प्राप्त गरेकाछन् । सह-कोशाध्यक्ष १ पदमा प्रकाश साप्कोटा (CO) 3,989 मत ल्याएर बिजयी बनेकाछन् । प्रतिद्वन्दी रबिनराज बज्राचार्य (NY) ले 2,010 मत प्राप्त गरेकाछन् ।



पब्लिक रिलेशन तथा स्पोक्सपर्सान १ पदमा रामप्रशाद खरेल (NY) ले 3,140 मत ल्याएर बिजयी बनेकाछन् । प्रतिद्वन्दी लक्ष्मी बजगाई (CT) ले ... मत प्राप्त गरेकाछन् ।

उता राश्ट्रिय समितिमा मिडिया कोअर्डिनेटर सर्बज्ञ वाग्ले (CA) युथ कोअर्डिनेटर बर्षा मोक्तान तामाङ (PA) र महिला राधा पौडेल (TN) निर्बिरोध बिजयी भएकाछन् ।

त्यसैगरी, राश्ट्रिय बोर्ड अफ डाइरेक्टर १० पदकालागि २१ जना प्रतिस्पर्धीहरु मध्ये- गोमा सेन (NY) 3,204, सुर्य (सल) लम्साल (NY) 3,140, हरिशचन्द्र हमाल (NY) 3,110, मोहनबहादुर ज्ञवाली (NY) 2,802, बिनोदकुमार तिवारी (CA), शिवराज पौडेल (MD), बिष्णुमान प्रधान (NY) 2,645, गोबिन्द श्रेष्ठ (GA) 2,606, सतेन्द्र शाह (NJ) 2,462 र सुशिल रेग्मी (MD) मत ल्याएर बिजयी बनेकाछन् ।



त्यसैगरी, १०० जना सदस्य भएको राज्यमा राज्य च्याप्टर समिती गठन गर्ने बिधानमा ब्याबस्था भएको भएपनि १५ वटा राज्यबाट मात्र उम्मेद्वारी परेको छ । उम्मेद्वारी परेका १५ राज्य च्याप्टरहरु मध्ये टेक्सास राज्य बाहेक अन्य सबै च्याप्टर प्रेसिडेन्टहरु निर्बिरोध बिजयी भएकाछन् भने अन्य च्याप्टर पदहरुमा पनि अधिकांश निर्बिरोध बिजयी भएकाछन् ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or,pradeepthapa@gmail.com







Read NRN USA related news:

-http://usnepalonline.com/nrnusa/

-एनआरएन अमेरिकाका उम्मेद्वारहरुले अनलाईनमा मत माग्ने काईदा यस्तो छ

लौ चिनौं एनआरएन अमेरिकाको ३० पदकालागि ७३ अनुहार, आईसिसी पदका ७ उम्मेद्वार अयोग्य ठहर, घोषणापत्र र प्रचार सामग्री कस्ता छन् ? अप्रिल १६-२० तारिख बिच अनलाईन मतदान हुँदै
NRN USA Candidates e-posters 2015: Part-I
NRN USA Candidates e-posters 2015: Part-II
NRN USA Candidates e-posters 2015: Part-III
NRN USA Candidates e-posters 2015: Part-III
All Pages

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.