Inside

All Time Top 50 News

एआरएन अमेरिका (NRN USA) मा चुनावी भिडन्त: अध्यक्षमा ४ प्रतिस्पर्धी, सहमतीमा नेत्र्तिव चयन हुने सम्भावना PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 20 February 2014 14:14

Exclusive: 12 photos: न्यू योर्क- गैर आवासीय नेपाली संघ अमेरिका उर्फ एआरएन अमेरिका (NRN USA) को न्यू ह्याप्सायर राज्यमा आगामी मार्च २९ र ३० तारिख हुन लागेको बिशेष अधिबेशनको पूर्व सन्ध्यामा नयाँ नेत्रित्वकोलागि आ-आफ्नो उम्मेद्बारी घोषणा गर्ने होड चलेको छ । तर आगामी १ बर्षकोलागि मात्र मध्याबधी चुनाव हुने भएकोले 'कू' र धोखाघडीबाट गुज्रेका अमेरिकि नेपाली अगुवाहरुले सन् २०१५ मा हुने पूर्णाबधी निर्वाचनसम्म मिलेर नेत्रित्व बाँडिचुँडी गर्ने सम्भावना बढ्दो छ।


The Candidates: for presidential (1st row: L to R): Shiva K. Rai, Bishnu Hari Deurali, Bishwa B. Shah & Nabin Sherchan. (2nd row: L to R): for Senior VP: Lok Tiwari, for VPs: Shree Parajuli & Banita Katila, for General Secretary: Baburam (BR) Lama & Krishna Pokhrel. Photos compiled for www.usnepalonline.com from eEyeCam & fb profile

चुनावी भिडन्त: अध्यक्षमा ४ प्रतिस्पर्धी

अध्यक्ष पदमा बर्तमान कार्यबाहक अध्यक्ष शिवकुमार राई (न्यू ह्याप्सायर) ले आफ्नो उम्मेद्बारी घोषणा गरेका छन्।

उता कार्यबाहक अध्यक्ष राईलाई चुनौती दिदै विश्वबहादुर शाह (न्यू योर्क), बिष्णुहरी देउराली (बोस्टन) र नबिन शेरचन (न्यू योर्क) ले पनि अध्यक्ष पदमा उम्मेद्बारी घोषणा गरेका छन्।

कार्यबाहक अध्यक्ष राई र शाहले आ-आफ्नो उम्मेद्बारीको घोषणा एनआरएन आईसिसी उत्तर अमेरिकि क्षेत्रीय उपसंयोजक (DRC) सोनाम लामाद्वारा फेब्रुवरी १६ तारिख न्यू योर्कको ज्याक्सन हाइट्सस्थित उनकै नेपाली चमेना गृह हिमालयन याक रेस्टुरेन्टमा डाकेको भेटघाट एबं रात्रीभोजमा गरेका हुन् भने देउरालीले ईमेलमार्फत आफ्नो उम्मेद्बारी घोषणा गरेका हुन्।

अध्यक्ष पदका उम्मेद्वारहरु मध्ये शिवकुमार राई नेपालमा कृषि तालिम सम्बन्धी प्रशासक थिए भने हाल उनी आप्रबासी मामिला सम्बन्धी कार्य गर्दछन्। उनले अमेरिकाबाट ४ वटा बिषयमा मास्टर्स गरेकाछन्। अध्यक्ष उम्मेद्वार राई नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का पूर्व अध्यक्ष पनि हुन्।

उता बिष्णुहरी देउराली नेपालमा प्रहरी सेवामा वरिस्ठ अधिकारी थिए भने अमेरिकामा अमेरिकि सेनाका अबकास प्राप्त भेटेरान हुन्। उनी हाल इन्जिनियरिङ्ग पेशामा छन्। उनी ग्रेटर बोस्टन नेपाली सोसाइटी (GBNC) का सल्लहकार पनि हुन्। यता विश्वबहादुर शाह नेपालमा तत्कालिन शाही नेपाली सेनाका मेजर र्‍याङ्कमा अबकास प्राप्त हुन् भने हाल उनी खसोखास साप्ताहिक पत्रिकाको म्यानेजिङ डाइरेक्टर र न्यू योर्क लाइफ इन्सुरेन्सका एजेन्ट हुन्। अध्यक्ष पदका अर्का प्रत्यासी नबिन शेरचन न्यू योर्कका रेस्टुरेन्ट ब्याबसायी र नेपाली काँग्रेसको भात्री संगठन नेपाली जनसंपर्क समिती न्यू योर्क च्याप्टरका पूर्व सभापति हुन्।

अरु को को भिड्दै छन्?

एआरएन अमेरिकाको नयाँ नेत्रित्वकोलागि वरिस्ठ उपाध्यक्ष पदमा मेरिल्यान्ड निवासी लोक तिवारीले आफ्नो उम्मेद्वार घोषणा गरेका छन्। उनी रेस्टुरेन्ट ब्याबसायी तथा अमेरिकामा Farm to Table ओर्गानिक फार्मिङ शुरु गरेका कृषक हुन्।

उता उपाध्यक्ष पदमा श्री पराजुली (रिज्वूड, न्यू योर्क) र बनिता कतिला (न्यू योर्क) ले आ-आफ्नो घोषणा गरेकाछन्।

श्री पराजुली नेपालीको अमेरिकि गाउँ भनेर चिनिरे न्यू योर्क शहरस्थित रिज्वूड शहरमा कृयाशिल नेपाली संस्था 'रिज्वूड नेपालीज सोसाइटी' का पूर्व अध्यक्ष र एआरएन अमेरिकाका बर्तमान सल्लाहकार हुन्। उनी एक प्रतिस्ठित कानूनी फर्मका परामर्शदाता पनि हुन् भने बनिता कतिला एआरएन अमेरिकाका बर्तमान मिडियाको अर्डिनेटर र युनाइटेड नेपालीज डेमोक्रेटिक फोरुम (UNDF) न्यू योर्क च्याप्टरकि सचिब हुन्।

महासचिब पदमा बाबुराम उर्फ बिआर लामा (न्यू योर्क) र कृष्ण पोख्रेल (न्यू योर्क) ले उम्मेद्बारी घोषणा गरेका छन्। लामा इज्राइलका पूर्व महासचिब र एआरएन अमेरिकाका बर्तमान सल्लाहकार हुन् भने पोख्रेल न्यू योर्क लाइफ इन्सुरेन्सका एजेन्ट हुन्। पोख्रेल नेपाली जनसंपर्क समिती न्यू योर्क च्याप्टरका पूर्व सभापति हुन्।

कार्य समितिको संख्या

एआरएन अमेरिकाको संशोधित बिधानअनुसार अध्यक्ष १ जना, वरिस्ठ उपाध्यक्ष १ जना, उपाध्यक्ष २ जना, महासचिब १ जना, सचिब १ जना, कोशाध्यक्ष १ जना, जनसंपर्क तथा प्रबक्ता १ जना, मिडिया कोअर्डिनेटर १ जना र कार्यकारी सदस्यहरु आदिबासी, मधेसी, महिला र सिमान्तक्रित (disadvantaged) गरी ४ जना रहने ब्याबस्था छ।

सहमतीमा नेत्र्तिव चयन हुने सम्भावना

आगामी १ बर्षकोलागि मात्र मध्याबधी चुनाव हुने भएकोले कू र धोखाघडीबाट गुज्रेका अमेरिकि नेपाली अगुवाहरुले सन् २०१५ मा हुने पूर्णाबधी निर्वाचनसम्म मिलेर नेत्रित्व बाँडिचुँडी गर्ने सम्भावना बढ्दो छ।

उसो त फ्रेन्डस अफ नेपाल, लस एन्जेलसका उपाध्यक्ष एबं सम्भावित कुनै पदाधिकारी पदका उम्मेद्वारकोरुपमा चर्चामा आएका मुकुन्ड ढुङ्गानाले युएस नेपाल अनलाइनसंग टेलिफोनवार्ता गर्दै आगामी बिशेष अधिबेशनमा अन्तिम समयसम्म एक बर्षकोलागि सहमतीमै नेत्रित्वको चयन गर्ने प्रयास गरिने जानकारी गराए।

हाम्रो समाज डट नेट, सान्फ्रान्सिसको बे एरियाका सम्पादक एबं रेस्टुरेन्ट ब्याबसायी ध्रुब थापाले एनआरएन अमेरिकाको नयाँ नेत्रित्वकालागि वेष्ट कोस्टमा उती सारो उत्साह नदेखिएकोप्रति गुनासो गर्दै एनआरएन अमेरिकालाई ग्रासरुटमा लैजान नेत्रित्वले पहल गर्नु पर्ने बताए।

झन्डै २ लाखको हाराहारीमा जनसंख्या रहेको मानिएको र सन् २०१० को अमेरिकि जनगणना अनुसारनै ५९ हजार संख्या रहेका नेपालीहरुको साझा संस्था मानिने एनआरएन अमेरिकामा हाल ३२९ मात्र साधारण सदस्य रहेकाछन्।

तर उता बर्तमान कार्यबाहक अध्यक्ष शिवकुमार राईकाअनुसार हाल सदस्यता नबिकरण र नयाँ सदस्यता बनाउने कार्य तीब्रद्रुतगतिमा अगाडि बढेको छ। उनकाअनुसार उनको गृह राज्य न्यू ह्याप्म्सायरमा मात्र झन्डै ५ सय नेपालीहरुले सदस्यता लिई सकेको र संस्थाको वेब्साइड www.nrnpnousa.org मा अप्डेट गर्न बाँकी रहेको जानकारी गराए।

बुझिनसक्नुको कुरा, न्यू योर्क शहरमा सन् २०११ मा सम्पन्न संघको प्रथम अधिबेशनमा २ हजार २५ जना सदस्यता बनेका थिए भने हाल झन्डै २ सय जना मात्रले सदस्यता लिएको अनुमान गरिएको छ। सदस्यता नबिकरणको म्याद यही फब्रुवरी २५ तारिखसम्म तोकिएकोले न्यू योर्कबाट उम्मेद्बारी दिएका उम्मेद्वारहरुले थप केही सय नेपालीहरुलाई सदस्यता बनाउने सम्भावना छ।

बोस्टन म्यासाचुसेट्समा १०० देखि १५० जनासम्म सदस्यता बनाउने प्रयास रहेको अध्यक्ष पदका उम्मेद्वार बिष्णु देउरालीले जानकारी गराएकाछन्।

बर्तमान कार्यबाहक अध्यक्ष तथा अध्यक्ष पदका उम्मेद्वार शिवकुमार राईको गृह राज्य न्यू ह्याप्म्सायरमा मात्र झन्डै ५ सय नेपालीहरुले सदस्यता लिई सकेको अवस्थामा र उनकै गृह शहरमा संघको अधिबेशन हुन लागेको अवस्थामा संघको संशोधित बिधानअनुसार हरेक साधारण सदस्यले निर्वाचनमा मतदान गर्न पाउने ब्याबस्थालाई मध्यनजर गर्दा यदी मतदान भयो भने अध्यक्ष पदका उम्मेद्वार राईले सजिलै अध्यक्ष पदमा जित्ने सम्भावना देखिएको छ।

तर जानिफकारहरु अन्ततोगत्वा सहमतीमा नेत्रित्त्वको बाँडफाँड गरी नयाँ नेत्रित्व चुनिने कुरा बताउँछन्।

बैधानिकताको संकट

गत बर्ष मे महिनामा सम्पन्न एनआरएन अमेरिकाको दोश्रो अधिबेशनको बैधानिकताउपर र उक्त अधिबेशनबाट निर्बाचित भनिएका अध्यक्ष प्रल्हाद केसीलाई बर्तमान कार्य समितिको दुई तिहाई बहुमतद्वारा निस्कासन गरिएपछि बरिस्ठ उपाध्यक्षबाट कार्यबाहक अध्यक्ष बन्न पुगेका शिवकुमार राईको कार्य समितीलाई एनआरएन आईसिसीले मान्यता दिन कन्जुस्याई गरेको थियो। त्यो कारण संघको अन्तरराश्ट्रिय समन्बय समिती (आईसिसी) संगको सम्बन्ध धरापमा पर्न गएको थियो भने उता जिवा लामिछाने अध्यक्ष हुँदाको आईसिसीले जनवरी ३१ तारिखभित्र अधिबेशन गरेर नयाँ कार्यसमितिको चयन नगरे आईसिसीसंगको आबद्धता तोड्ने चेतावनी पत्रसमेत काटेको थियो। तर उक्त समयमा संघको हालको बिधानअनुसार (समयाभाव) निर्वाचन गराउन सम्भव नहुने कानूनी अड्चनको कारण निर्वाचनको मिती सार्नु परेको थियो।

NRN USA leaders in crisis?: Shiva K. Rai, Pralhad KC and Suman R. Timsina. Photos: eEyeCam.com


यसबीच, आईसिसीमा नयाँ अध्यक्षकोरुपमा शेश घले निर्बाचित भएपछि मार्च ३१ सम्मको थप समयमा आईसिसीले सहमती जनाएको थियो। उता एनआरएन अमेरिकाको फेब्रुवरी १ तारिख बसेको बोर्डको बैठकले फेब्रुवरी २५ तारिखसम्मकोलागि सदस्यता नविकरण र नयाँ सदस्यता बितरणको म्याद थपेको छ।

'कू' को ब्रितान्त

स्मरण रहोस्, एनआरएन अमेरिकाको साढे दुई बर्षभित्र २ जना अध्यक्षहरु बर्खास्तगी (कू) मा परिसकेकाछन्।

सन् २०११ को सेप्टेम्बर १० तारिख तत्कालिनका अध्यक्ष सुमनराज तिम्सिनाले कार्य समितिको दवाबका कारण राजिनामा दिन वाध्य पारिएका थिए भने तत्कालिन बरिस्ठ उपाध्यक्ष प्रल्हाद केसी कार्यबाहक अध्यक्ष बनेका थिए।

यता सन् २०१३ को अगस्ट १ तारिख बसेको कार्य समितीको बैठकले अध्यक्ष प्रल्हाद केसीलाई एक्लैलाई मनमौजी निर्णय गरेको भन्दै अध्यक्ष पदबाट अपदस्त गरेको थियो। त्यसपछि बरिस्ठ उपाध्यक्षबाट शिवकुमार राई कार्यबाहक अध्यक्ष बन्न पुगेका थिए।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read NRN USA related news:

-http://usnepalonline.com/nrnusa/

-एआरएन अमेरिकाको चुनावी सरगर्मी, आईसिसी अगुवाहरु नै लागेर नयाँ नेत्रित्व चुन्न आतुर

-एनआरएन अमेरिकाको चुनावी भाँड्भैलो: एनआरएन आईसिसीद्वारा आबद्धता तोड्ने चेतावनी, अब के होला?

-न्यू योर्कमा एनआरएन अमेरिकाद्वारा एनआरएन एसिया प्यासिफिक क्षेत्रीय संयोजक गंगाराज राईको स्वागत

-न्यू योर्कमा एनआरएन अमेरिकाद्वारा अबसर र चुनैतीबारे अन्तर्कृया सम्पन्न

-एनआरएन अमेरिका प्रेसिडेन्ट प्रल्हाद केसी र ७ जना आईसिसी प्रतिनिधीहरुद्वारा सामूहिक राजिनामा, अब के होला?

-अब सुनौं एनआरएन अमेरिका अध्यक्ष प्रल्हाद केसीको भनाई

-एनआरएन अमेरिका अध्यक्ष प्रह्लाद केसी बहुमत सदस्यद्वारा निष्कासित

-एनआरएन अमेरिकाद्वारा "एनआरएन हिरो-२०१३" पुरस्कारद्वारा ४ जना नेपाली व्यक्तित्वहरु सम्मानित

-एनआरएन अमेरिका (NRN USA) को दोश्रो वार्षिक अधिवेसन सम्पन्न, अध्यक्ष केसीद्वारा अन्तरराश्ट्रिय उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा

-एनआरएन अमेरिका (NRN USA) को नयाँ कार्य समिती २०१३-१४ को घोषणा

-एनआरएन अमेरिका (NRN USA) को सदस्यता नबिकरण गर्ने होइन?

-नेपालमा "गैरआवासीय नेपाली दिवस" (NRN Day) यसरी मनाइयो

-Make your New Year 2012 wish by donating for charitable causes of NRN USA

-एनआरएन अमेरिका (NRN USA) र अमेरिकि राजदूत स्कट डेलिसीबिच भेटघाट

-एनआरएन अमेरिका (NRN USA) बाट ५ औं एनआरएन विश्व सम्मेलनमा ९८ जना प्रतिनिधिहरुले भाग लिने

-First NRN NCC USA Annual General Meeting sucessfully held in New York

-न्यू योर्कमा गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) को प्रथम वार्षिक साधारण सभा सम्पन्न

-न्यू योर्कमा एनआरएन अमेरिका (NRN USA) को वार्षिक अधिबेशन र निर्वाचन आज हुँदै

-न्यू योर्कमा एनआरएन अमेरिकाको केन्द्रिय कार्य समितिको निर्वाचन हुँदै तर न्यू योर्कबासी बेखबर

-न्यू योर्कमा एनआरएनद्वारा "नेपालको संबिधान निर्माण प्रकृया र चुनौतीहरु" अन्तर्कृया सम्पन्न

-एनआरएन अमेरिकाका महासचिब शिवकुमार राईलाई किन जङ्गेको जङ्ग चलेको छ?

-एनआरएन अमेरिका (NRN USA) को नयाँ कार्य समितिको पदस्थापनसंगै एकताको सन्देश दिने प्रयास

-एनआरएन अमेरिका (NRN USA) का प्रेसिडेन्ट सुमनराज तिम्सिनाद्वारा राजिनामा

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.