Inside

All Time Top 50 News

सुन ए सुन- No Human Is Illegal ! राष्ट्रपति ट्रम्प, तिम्रा पूर्खाहरू पनि यहाँका हैनन् PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 20 January 2018 13:39

Exclusive: न्यू जर्सी- तिमी बस्ने ह्वाईट हाउस तिम्रा पूर्खाहरूले अफ्रिकाबाट दास बनाई लिएका काला जातिका श्रमजिवीहरूको रगत पसिनाले बनाएको बिर्स्यौ? तिम्रा पूर्वजहरू जर्मन र स्कटल्याण्डबाट सन् १८८५ तिर हामी जस्तै आप्रवासीको रूपमा त आएका हुन्। तिम्री अहिलेकी फर्स्टलेडी मेलानिया स्लेभेन्याबाट सन् १९९६ मा हामी जस्तै आप्रवासीको रूपमा B1/2 भिसामा त आएकी हुन्। उनले सन् २००१ मा हामीले जस्तै ग्रिनकार्ड र २००६ मा अमेरिकी नागरिकता लिएकी हुन्। अनि तिमी भन्दैछौ हामीलाई चैं ईलिगल (अबैधानिक)?


U.S. President Donald Trump's Tweet on January 20, 2018.

सन् १८५० देखि १९३० बिच ५० लाख जर्मनहरू अमेरिका आएका थिए हामी जस्तै। सन् १९२०-१९३० बिच ३५ लाख ब्रिटिशहरू र ४५ लाख आईरिसहरू अमेरिका आएका थिए हामी जस्तै। त्यस अघि र पछि लाखौंलाख युरोपियनहरू अमेरिका छिरे हामी जस्तै। हामी त शिर्फ ८ लाख हौं जसलाई ड्रिमर भनिन्छ, जो बाल्यकालमा अमेरिका ल्याईए । हाम्रो दोष के छ हामीलाई अबैधानिक भन्नु पर्ने र देश निकाला गर्नु पर्ने? हामी त सवा करोड मात्र छौं जो तिम्रा पूर्खा जस्तै यहाँ आयौं अमेरिकी सपना देख्दै सुन्दर संसार बनाउन र सुखजिलो जिउने जिजीबिसामा र हामीलाई पनि तिम्रा पूर्खालाई जस्तै बैधानिकता चाहिएकोछ। हामीले बढ्ता मागेका कहाँ छौं र !

No human is illegal.

तिमीले तिम्रो पूर्वजको ईतिहास नबिर्स बस्। तिम्रा पूर्वजकै पदचाप पछ्याउँदै हामी पनि यहाँ आयौं, के यो अपराध भयो र ? उहीं बाटो पहिल्याएर आउने हामीलाई तिम्रा पूर्वजको बिरासतमा उभिएर तिमी कसरी हामीलाई ईलिगल (अबैधानिक) भन्ने दुस्साहस गरिरहेछौ? मानवताको कुरा गर राष्ट्रपति ट्रम्प। यो देश महान बनेको त तिम्रा पूर्वजहरू र अहिलेका मिहिनेती हामी आप्रवासीहरूको रगत पसिनाले पो बनेको हो त। No Human Is Illegal ! (कुनै पनि मानव अबैधानिक होईन) राष्ट्रपति ट्रम्प, तिम्रा पूर्खाहरू पनि यहाँका हैनन्।

-Pradeep Pariyar Thapa

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.