न्यू योर्ककि सुपरिचित मानब अधिकारकर्मी नर्बदा छेत्री 'कुईन्स एम्बासडर पुरस्कार-२०१७' द्वारा सम्मानित Print
Share
User Rating: / 0
PoorBest 
Thursday, 09 November 2017 23:19

Exclusive: 5 photos: न्यू योर्क- न्यू योर्क शहरकि सुपरिचित अधिकारकर्मी नर्बदा छेत्री 'कुईन्स एम्बासडर पुरस्कार-२०१७' द्वारा सम्मानित बनेकिछिन् । अधिकारकर्मी छेत्रीलाई न्यू योर्कस्थित सन् १९१९ देखि प्रकाशित प्रतिस्ठित टाइम्स लेजर पत्रिकाले उक्त पुरस्कारद्वारा सम्मान गरेको हो । अधिकारकर्मी छेत्रीलाई यस अघि सन् २०१२ मा न्यू योर्क शहर डिस्ट्रिक्ट २५ काउन्सिल सदस्य डानियल ड्रमले 'इमिग्रेन्ट हेरिटेज अवार्ड' द्वारा सम्मान गरेका थिए भने युएसनेपालअनलाईनले उनले गरेको समाज सेवाको उच्च कदर गर्दै सन् २०११ मा 'गेस्ट अफ अनर' द्वारा सम्मान गरेको थियो ।

New York's prominent rights activist Narbada Chhetri was honored with Queens Ambassador Award 2017 by Times Ledger Newspapers in New York on November 9, 2017. Photos courtesy: Priyanka Thapa

न्यू योर्क शहरको कुइन्सस्थित बिशेष गरी नेपाली दिदीबहिनीहरुको हक अधिकारको निम्ती कृयाशिल संस्था 'अधिकार' कि कार्यक्रम तथा संगठन निर्देशक अधिकारकर्मी छेत्रीसंग नेपालमा झन्डै १५ बर्ष मानब अधिकारको क्षेत्रमा काम गरेको अनुभब छ।

New York's prominent rights activist Narbada Chhetri was honored with Queens Ambassador Award 2017 by Times Ledger Newspapers in New York on November 9, 2017. Photos courtesy: Priyanka Thapa

अधिकारकर्मी नर्बदा छेत्रीकै सकृय नेत्रित्वमा अधिकारले न्यू योर्कका अन्य आप्रबासी कामदार सम्बन्धी कृयाशिल संघ संस्थाहरुसंग मिलेर सन् २०१० को जून १ तारिख न्यू योर्क राज्य संसदबाट घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक (Domestic Workers Bill of Rights Act) पास गराउन सफल भईसकेको छ। न्यू योर्क राज्यपछि हवाई, क्यालिफोर्निया, मासाचुसेट्स र ईलिनोई राज्यले घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक पारित गरिसकेको छ ।

New York's prominent rights activist Narbada Chhetri was honored with Queens Ambassador Award 2017 by Times Ledger Newspapers in New York on November 9, 2017. Photos courtesy: Priyanka Thapa

उता अन्तरराश्टृय श्रम संगठन (आईएलओ) ले सन् २०११ मा घरेलु कामदारहरुको हक अधिकारको ग्यारेण्टी गर्दै अन्तरराश्टृय कानून पास गरिसकेको छ । उक्त कानून पास गराउन दबाब दिन अधिकारकर्मी छेत्री पनि अमेरिकि प्रतिनिधिहरुसंग जेनेभा पुगेकी थिईन् । अमेरिकामा घरेलु कामदारहरु २५ लाख भएको र बिश्वभर दुई करोड ५ लाख भएको अनुमान गरिन्छ ।

अधिकार संस्थाको संगठन निर्देशकको रुपमा अन्य आप्रवासी हकका लागि संघर्सरत संघसंस्थाहरुसंग मिलेर न्यू योर्क राज्यबाट सन् २०१५ मा नेल्स सलुन टेक्निसियन कामदारहरुको हक अधिकार सम्बन्धी बिधेयक पास गराउन सक्नुलाई अधिकारकर्मी छेत्रीले अर्को सफलता र खुशीको कुरा ठान्दछिन् । जसको फलस्वरुप न्यू योर्क राज्यमा अहिले नेल्स सलुनमा काम गर्ने बैधानिक कागज भएका या नभएका कुनै पनि कामदारले नेपाली लगायत बिभिन्न भाशामा सर्टिफिकेसनको लागि परिक्षा दिन सकिने ब्यबस्था बनेको छ ।

अधिकारकर्मी नर्बदा छेत्रीलाई युएसनेपालअनलाईन परिवारको तर्फबाट हार्दिक बधाई छ ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

New York's prominent rights activist Narbada Chhetri with Adhikaar's Executive Director Pabitra Khati Benjamin after receiving Queens Ambassador Award 2017 by Times Ledger Newspapers in New York on November 9, 2017. Photos courtesy: Priyanka Thapa

New York's prominent rights activist Narbada Chhetri with her daughter Priyanka Thapa after receiving Queens Ambassador Award 2017 by Times Ledger Newspapers in New York on November 9, 2017. Photos courtesy: Priyanka Thapa

Read related news:

-न्यू योर्कमा मानब अधिकारकर्मी नेपाली नारी नर्बदा छेत्री न्यू योर्क शहरको 'इम्मिग्रेन्ट हेरिटेज अवार्ड'दवारा सम्मानित

Comments

Please login to post comments or replies.