Inside

All Time Top 50 News

'न्यू योर्क समाचार' पाक्षिकको शुरूवात PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Saturday, 14 May 2016 23:24

Excluive: 5 photos: न्यू योर्क- न्यू योर्क शहरबाट नयाँ नेपाली पत्रिका 'न्यू योर्क समाचार' पाक्षिकको शुरूवात भएको छ। 'खुला विचार, बहस र बिमर्शको नयाँ परिवेश' भन्दै प्रकाशन शुरू गरिएको 'न्यू योर्क समाचार' पाक्षिकको प्रधान सम्पादक गोकुल श्रेष्ठ हुन्। उनी नेपालकको सगरमाथा टेलिभिजनका पूर्व समाचार सम्पादक, अष्ट्रेलियाबाट प्रकाशित पत्रिका 'नमस्ते नेपाल' र न्यू योर्कबाट प्रकाशित खसोखास साप्ताहिकका पूर्व सम्पादक हुन्। न्यू योर्क मेडिया ईन्टरनेशनल ईंकद्वारा प्रकाशित 'न्यू योर्क समाचार' पाक्षिकको कार्यकारी निर्देशक मानबहादुर राना मगर हुन्। उनी नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का पूर्व महासचिव र मगर संघ अमेरिकाका वर्तमान महासचिव पनि हुन्। अतिथि सम्पादक प्रदीप परियार थापा मगर हुन्। उनी युएसनेपालअनलाईन डट कमका प्रधान सम्पादक हुन्। साहित्य सम्पादक कवि मनु लोहोरुङ राई हुन् भने मधेश उपसम्पादक अनन्त अनुराग हुन् ।

New York Samachar (fortnightly) Nepalese print news paper launched in New York on May 14, 2016.

प्रकाशक संस्थाले लेखक स्तम्भकारहरुद्वारा वर्ष भरी लेखिएका प्रकाशित लेखहरूलाई पुस्तकाकारको रूपमा प्रकाशन गरिदिने घोषणा गरेको छ । अतिथि सम्पादक थापाले पहिलो अङ्कदेखि नियमित स्तम्भ शुरु गरेकाछन् । अन्य स्तम्भकारहरुमा शैलेश श्रेष्ठ, अन्जन श्रेष्ठ, जसकुमार राई, राजेन्द्र महर्जन र ससांग लामा छन् ।

The Editorial Team of New York Samachar (fortnightly) Nepalese print news paper which was launched in New York on May 14, 2016.

प्रकाशनको सल्लाहकारहरुमा डा. जीवन गुरुङ, प्रोफेसर डा. महेन्द्र लावती, डा. गङ्गाप्रशाद पुन मगर र अधिवक्ता रमेशकुमार श्रेष्ठ छन् ।

प्रकाशनको बोर्ड अफ डाईरेक्टरहरुमा सुर्य श्रेष्ठ महर्जन, रामकुमार राई, बेलुमाया तामाङ, रुबिना शाह, बिजेता थेबे लिम्बु, सिता देवि परियार, तारा देवि चिडी मगर, बिरेन्द्र लाबुङ लिम्बु, दिपेश बाराकोटी मगर र कुलबहादुर राना मगर छन् ।

New York Samachar (fortnightly) Nepalese print news paper Team Members in New York on May 14, 2016.

Gokul Shrestha, Editor-in-Chief of New York Samachar (fortnightly) Nepalese print news paper. Photo by Pradeep Thapa Pariyar Magar

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.