Inside

All Time Top 50 News

नयाँ नेपालको कलंक: तथाकथित दलित भएकै आधारमा तिरस्कार, कुटपिट र मारिनु पर्ने ? हामी अझै नेपाली भन्न गर्व गर्ने ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 31 December 2016 20:59

Exclusive: 7 photos: न्यू योर्क- नयाँ वर्श २०१७ को स्वागत गर्दै गर्दा हामी नेपालीको मनबाट जातीय विभेदको अन्त्य होस् भन्ने कामना गरौं । नयाँ नेपालमा दलित भएकै आधारमा तिरस्कार, कुटपिट र मारिनु पर्ने अवस्था अझै बिद्यामान छ । हामी ढुङ्गालाई देउता भनी पूजा गर्छौं तर आफू जस्तै मानवलाई दलित मान्छौं र विभेद गर्छौं । समाजमा विभेद हुँदा हामी मुकदर्शक हुन्छौं । कानूनले वर्जित गरेको जातीय विभेद र छुवाछुतलाई आफ्नो मनबाट हटाउन सक्दैनौं । हामी नेपाली भन्न गर्व गर्ने ठाउँ खै कहाँ राख्यौं ?

Three orphaned children of late Laxmi Pariyar who was killed after she was bitten up and fed human feces by upper caste people in Kavre, Nepal in 2016. Photo courtesy: Dalit Human Rights Portal

जातीय विभेद घटना र हत्याको प्रकरण

बिसं. २०७३ मङसिर २४ गते बोक्सी र दलित भएकै आरोपमा काभ्रेपलाञ्चोकको सानो वाङथलीकी ३३ वर्षीया लक्ष्मी परियारलाई मलमुत्र खुवाएर निर्घात कुटियो र हत्या गरियो । काभ्रे, पाँचखालका १८ वर्शीय अजित मिजारलाई आफ्नो तथाकथित उपल्लो जातिकी प्रेमिका कल्पना पराजुलीलाई बिहे गरेको आरोपमा सन् २०१६ को जुलाई १४ तारिख धादिङमा झुण्ड्याई मारियो ।

Laxmi Pariyar who was killed after she was bitten up and fed human feces by upper caste people in Kavre, Nepal in 2016. Photo courtesy: Dalit Human Rights Portal

बिसं. २०६८ मंसिर २७ गते कालिकोटमा तथाकथित उपल्लो जातको चिया पसलमामा चुरोट सल्काउन लाग्दा चुलो छोएको आरोपमा मनबिरे सुनारको कुटपिटबाट ज्यान गुम्यो । बिसं २०६८ सालमै छोराले अन्तरजातीय विवाह गरेको निहुँमा दैलेख तोलीका सेते दमाइको हत्या गरियो । बिसं. २०७० साल साउन ७ गते मोरङ्ग जिल्ला बेलाबारी गाविस वार्ड नं.-३ का माया सार्की र मनोज विश्वकर्मामाथि उपल्लो जातकाले जातीय उचनीच, घृणा र अवहेलना हुने गरी गालीगलौज गर्दै कालोमोसो दली जुत्ताको माला लगाई कुटपीट गरियो ।

Manbire Sunar who was killed by the upper caste men. They accused him of touching the stove of a so-called upper caste woman in Kalikot, Nepal in 2011. Photo courtesy: Kantipur daily

केही समय अघि, दैलेख, रानीवन गाविस-१ लामिडाँडाकी २९ वर्षीया सरिता सुनारलाई गैरदलित महिलाहरूद्वारा जातीय अपमानका साथै कुटपिट गरियो । त्यस्तै गुल्मीको अर्वेनी गाविस वडा नम्वर-५ का ८१ वर्षिय बृद्ध लालबहादुर सुनारलाई दलित भएकै कारण अपमानित गर्दै बाँधेर निर्घात कुटपिट गरियो ।

संबिधान र ऐनमा जातीय भेदभाव तथा छुवाछुतको कसुर र सजायको संबन्धमा व्यबस्था

नेपालको संबिधान २०७२ को प्रस्तावनामै "बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्र्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प" गरिएको छ ।

जातीय भेदभाव तथा छुवाछुतको कसुर र सजायको संबन्धमा व्यबस्था गर्न बनेको ऐन २०६८ ले "कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, जाति, वंश, समुदाय वा पेशाका आधारमा यस दफा बमोजिमको कुनै काम गरे वा गराएमा जातीय भेदभाव तथा छुवाछुत गरेको मानिनेछ"  भन्दै जातीय विभेद "कसूर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीनवर्षसम्म कैद वा एकहजार रुपैयादेखि पच्चीसहजार रुपैयासम्म जरिवाना वा दुवै सजाय" हुने व्यबस्था गरेको छ । अझ ऐनमा नेपाल बाहिर बसेर जातीय विभेद गर्ने नेपालीलाई समेत यो नियम लागु हुने यसरी व्यबस्था गरिएको छ: "यो ऐन नेपालभर लागु हुनेछ र नेपाल बाहिर बसी नेपाली नागरिक विरुद्ध यस ऐन बमोजिमको कसूर गर्ने नेपाली नागरिकलाई समेत लागु हुनेछ ।"

नयाँ नेपालमा हाम्रो आफ्नो गाउँ ठाउँमा घटेका यि र यस्ता दर्जनौं जातीय विभेदका आधार भएका घटनाहरु र हत्याका शृङ्खलाहरुले हामी नेपालीहरुको जातीय सदवाभ र धार्मिक सहिश्णुता सम्बन्धी दावीलाई झुठो साबित गरिएको छ । परिवर्तन ल्याउने हामीले हो । हामी सचेत भयौं र खबरदारी गर्यौं भने हाम्रो समाजमा जातीय विभेद र अपमानका यस्ता घटनाहरु घट्न पाउने छैनन् ।

-Pradeep Pariyar Thapa Magar in New York. Comments? 917-570-1098, or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

House of late Laxmi Pariyar who was killed after she was bitten up and fed human feces by upper caste people in Kavre, Nepal in 2016. Photo courtesy: Bindu Pariyar Thapa Magar

The pole at local school where late Laxmi Pariyar was tied up and later killed after she was bitten up and fed human feces by upper caste people in Kavre, Nepal in 2016. Photo courtesy: Bindu Pariyar Thapa Magar

Laxmi Pariyar who was killed at this her house after she was bitten up and fed human feces by upper caste people in Kavre, Nepal in 2016. Photo courtesy: Bindu Pariyar Thapa Magar

दलित नागरिक समाजद्वारा काभ्रे सानो वाङ्थली ७ की लक्ष्मी परियारको हत्या सम्बन्धमा तयार गरिएको स्थलगत अध्ययन प्रतिवेदनको शारांश

मितिः ३० मङ्सिर २०७३

मिति २०७३ मङ्सिर २० गते काभ्रेपलाञ्चोक सानो वाङथली ७ की वर्ष ३२ की लक्ष्मी परियारको स्थानीय सूर्योदय माध्यमिक विद्यालयका सामाजिक शिक्षा विषयका शिक्षक गोदामचौर निवासी हिरा लामा र निजकी आमा काइँलीमायाँ लामालगायतको कुटपिट तथा मलमूत्र खुवाउने कार्यबाट मिति २०७३ मङसिर २४ गते मृत्यु भएको थियो । घटनापछि दलित नागरिक समाजको बैठक बसी घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा भन्दा कडा कानुनी कारवाही गर्नुपर्ने निर्णय भएको थियो । सो निर्णयअनुसार समता फाउण्डेशनको संयोजकत्वमा दलित गैरसरकारी संस्था महासंघ, जागरण मिडिया सेन्टर, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ (एनएनडिएसडब्लूओ), दलित महिला केन्द्र नेपाललगायतका सङघसंसथाहरूको सक्रियतामा पाँच सदस्यीय स्थलगत भ्रमण टोली घटनास्थलमा स्थलगत भ्रमण गरी सरोकारवाला निकाय, पीडित तथा पीडक परिवारका सदस्यहरु, प्रदत्यदर्शी, स्थानीय बासिन्दासँग मिति २०७३ मङ्सिर २८ र २९ गते गरिएकोे छलफल तथा स्थलगत अवलोकनका आधारमा यो प्रतिवेदन तयार पारिएको हो ।

अध्ययनका क्रममा भेटिएका तथ्यहरुः

• लक्ष्मी परियार गाउँस्तरीय विभिन्न उपभोक्ता समिति र समूहमा रहेर स्थानीय स्तरका कार्यक्रमहरुमा दलित पक्षमा पैरवी गर्दै आएको देखिन्छ । यसअघि पनि हिरा लामाले लक्ष्मी परियारका माइला जेठाजुलाई दोस्रो संविधानसभाको चुनावमा आफू समर्थित दललाई भोट नदिएको भनी खाना खाँदै गरेको अवस्थामा घरबाहिर निकाली कुटपिट गरेका थिए । हिरा लामाको मनपरीविरुद्ध प्रश्न उठाउँदा लक्ष्मी परियारलाई उनले यसअघि पनि विभिन्न समयमा लखेट्दै कुटपिट गर्ने प्रयास गरेका थिए ।
• घटनाको सम्बन्धमा गरिएको स्थलगत अध्ययन, मृतक लक्ष्मी परियारका माइला छोरा सुमन र प्रत्यक्षदर्शीहरुको भनाइका आधारमा घटना भएको दिन मङ्सिर २० गते लक्ष्मी परियार ४ बजेतिर च्याङ्वा तामाङको मेलाबाट फर्किँदै थिइन् । विद्यालय छुट्टी भएपछि मोटरसाइकलमा घर फर्किँदै गरेका लामालाई परियारले “लामा चढेको मोटरसाइकल चोरीको भएको” भनेकी थिइन् । त्यसपछि लामाले परियारलाई “जातीय विभेद हुने खालका गालीगलौज” गरेका थिए । त्यहीँ विषयमा केहीबेर भनाभन भएको थियो । त्यसपछि लामाले घरमा गई आफ्नी आमा काइँलीमायाँ लामालाईसमेत मोटरसाइकलमा राखी विद्यालयसम्म ल्याएका थिए ।
• लामाका आमाछोराले परियारलाई हातखुट्टा बाँधी छाति, टाउको र खुट्टामा लात्ति, चिर्पट र लठ्ठी प्रयोग गरी “तँ दमिनी”लगायतका शब्दहरु प्रयोग गर्दै निर्घात कुटपिट गर्नुका साथै काइँलीमायाले चाउचाउको खोलमा दिसा ल्याई मुखमा कोचिदिने प्रयास गरेकी थिइन् । लक्ष्मी परियारले त्यसको प्रतिकार गरेपछि उनीहरुले जबरजस्ती अनुहारभरि दिसा दलिदिएका थिए । उनलाई बाँध्ने कार्यमा विद्यालय नजिकै चियापसल चलाउँदै आएकी निरमाया तामाङ्ले प्रत्यक्ष सहयोग गरेकी थिइन् ।
• मङ्सिर २१ गते बुधबार उल्टै लामा परिवारले झुठा आरोप लगाउँदै लक्ष्मी परियार विरुद्ध निरमाया तामाङ्को भैंसी काटिदिएको भन्दै प्रहरी चौकी चौवासमा उजुरी गरेका थिए । यता काठमाडौंमा सिलाइकाम गर्दै आएका लक्ष्मीका श्रीमान मिलन नेपाली घटना बारे थाहा पाइसकेपछि आफ्ना साला लोकबहादुर परियारलाई बुधबार विहान ८ः३० मा फोन नं. ९८१८९२९१६० मा ९८२३६३०५८१ बाट खबर गरी बुधबारै घर पुगेका थिए । तर, बुधबार प्रहरी नआइसकेपछि श्रीमती कुटिएकोबारे छलफल गर्न उनी २३ गते बिहीबार विहानै ससुराली गए ।
• मिलन ससुराली गएपछि प्रहरी चौकी चौबासका इन्चार्ज प्रेमपुकार चौधरीको नेतृत्वको टोली घटनास्थल पुग्यो । तर, प्रहरीले लक्ष्मीमाथि भएको कुटपीट र अमानवीय व्यवहारबारे आफ्नो विषयक्षेत्र नभएको भन्दै भैंसी काटेवापत १ हजार रुपैयाँ र २०७२ बैशाख १ गते स्थानीय एक महिलासँग भएको झगडामा लक्ष्मीले ५ हजार रुपैयाँ तीर्नुपर्ने भन्दै ६ हजार रुपैयाँ पीडक पक्षलाई जरिवाना गरी मिलापत्र गराएको थियो ।
• मिलापत्रपछि सोही दिन लक्ष्मी छोरी नाता पर्ने आफन्तको विवाहमा गई मादकपदार्थ सेवनगरी फर्किएकी थिइन् । मिलन ससुराली भएकै समयमा जेठान राजकुमार परियारले ९८०३५७८५९१ बाट आफ्नी बहिनी लक्ष्मीलाई ९७४१३०८९९६ मा फोन गर्दा उनी फोनमै रुँदै गहिरो चोट लागेको र सरिरभरी निलडाम भएको बताएकी थिइन् ।
• सोही दिन ४ बजे ससुरालीबाट घरजान फर्केका मिलन करिब १० बजेतिर घर फर्किएर आमाको घरमा बसेका थिए । मिलन घर नपुग्दै ९ बजे दाजु राजकुमारले बहिनी लक्ष्मीलाई पुुनः फोन गरी शान्त्वना दिँदै धुलीखेल गएर उपचार गराउन सल्लाह दिएका थिए ।
• लक्ष्मीकी देउरानी सरिता परियारले दिएको बयानका आधारमा २४ गते विहान मिलन सानो छोरालाई बिस्कुट किन्न भन्दै पसल तिर लागेका थिए भने लक्ष्मी माइती जानेभन्दै बाटो लागेकी थिइन् । तर घरदेखि करिब ३०० मिटरभन्दा पर रहेको गोठभन्दा उता लक्ष्मी नगएको देखेपछि देउरानी र सासूले छोरा सुमनलाई “आमा कता गइ ?” भन्दै अलिपरसम्म हेर्न जान अह्राएका थिए ।
• करिब ७ बजेतिर सुमनले गोठको सुरनेरै ममी ढलेको भन्दै हजुरआमा, बाबु र काकीलाई खबर गरेका थिए । गोठको ढोकाभित्र टाउको र बाहिर शरिर रहेको अवस्थामा लक्ष्मीको लास फेला परेको थियो । त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । त्यत्तिबेलासम्म लक्ष्मीको मृत्यु भएपनि शरिर तातै रहेको देउरानीले बताइन् ।
• जिल्ला प्रहरी कार्यालय काभ्रेले मिति २०७३ मङ्सिर २६ मा गरेका पत्रकार सम्मेलनमा कुटपिट गरी मलमुत्र खुवाएको होइन लक्ष्मीको झुण्डिएर आत्महत्या भएको भन्ने खबर आएकोले उनका श्रीमान मिलन नेपालीलाई समेत पक्राउ गरिएको भन्ने आशयको जानकारी गराएको थियो । जबकि प्रहरीले २४ गते तयार गरेको लासको मुचुल्कामा झुण्डिएर आत्महत्या गरेको विषयमा केही उल्लेख गरिएको छैन ।
• जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका लक्ष्मीका श्रीमान् मिलन नेपालीले आफूलाई प्रहरीले चरम यातना दिएर श्रीमतीलाई कुटेको हुँ भन्न बाध्य पारेको बताएका छन् ।
• हाल प्रहरीले हिरा लामा, काइँलीमाया तामाङ, निरमायातामाङ र मिलन नेपालीलाई अदालत पेश गरी थुनामा राख्ने म्याद दिएर अनुसन्धान अघि बढाएको छ ।
• जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका मृतक लक्ष्मी परियारका श्रीमान मिलन नेपाली संग संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजका प्रतिनीधिहरुले कुराकानी गरेका थिए । कुराकानीको संदर्भमा आफुले श्रीमतिलाई कुटपिट नगरे पनि प्रहरीले जर्वजस्ती कुटपीट गरी यातना दिएर हत्या गरेको स्वीकार गर्न वाध्य पारेको बताएका छन् ।
निष्कर्षः
• लक्ष्मी परियार हत्या सम्बन्धमा बोक्सीको आरोप लगाइएको भन्ने खालको कुरा बाहिर आएपनि प्रत्यक्षदर्शी, पीडित परिवार तथा स्थानीयको भनाइअनुसार त्यस्तो कुनै तथ्य भेटिएन । लक्ष्मीको हत्या घटनामा बाहिरी रुपमा कुटपिट तथा मलमूत्र खुवाउने कार्य गरेको देखिएपनि घटनाको मुख्य कारणको रुपमा दलित समुदायमाथि हुने जातीय भेदभाव तथा छुवाछूत र सार्वजनिक जीवनमा उनीहरुको अस्तित्वलाई अस्वीकार गर्ने प्रवृत्तिले काम गरेको छ ।
• प्रहरीले पत्रकारसम्मेलनमा लक्ष्मी परियारको झुण्डिएर आत्महत्या गरेको भन्ने दाबी तथ्यसंगत देखिँदैन । र, आत्महत्या गर्न प्रयोग गरिएको डोरी वा अन्य कुनै साधनहरुको प्रमाण भेटिँदैन । लक्ष्मी परियारको मृत्यु स्थानीय सूर्योदय माध्यमिक विद्यालयका सामाजिक शिक्षा विषयका शिक्षक लाहुरेबजार निवासी हिरा लामा र निजकी आमा काइँलीमाया लामालगायतको कुटपिटको असर स्वरुप चारदिनपछि मृत्यु भएको देखिन्छ ।
• लामा परिवारले झुठा आरोप लगाउँदै लक्ष्मी परियार विरुद्ध निरमाया तामाङ्को भैंसी काटिदिएको भन्दै प्रहरी चौकी चौवासमा गरेको उजुरीलाई प्रहरीले सत्यतथ्य नबुझि लामा परिवारको प्रभावमा परी उल्टो पीडीतलाई नै जरिवाना तिराउने कार्य गरी राज्यपक्षबाट गम्भीर मानवअधिकार उल्लङ्घन भएको छ । काटिएको भनिएको भैंसी स्थलगत अध्ययनको क्रममा सकुसल पाइएको छ ।
• प्रहरीले मिलापत्र गर्ने क्रममा लक्ष्मी परियारमाथि भएको कुटपिट, दुव्र्यवहार र महिला हिंसाको सवाललाई बेवास्ता गरी एकतर्फी रुपमा पीडकलाई नै सहयोग गरेको देखिन्छ । यदि प्रहरीले त्यस्तो गम्भीर अपराधलाई मिलापत्र नगरी कानुनी कारवाहीको दायरामा ल्याएको भए यस्तो अप्रिय घटना नहुने सम्भावना थियो ।
• आरोपित मिलन नेपालीको घटनामा भएको संलग्नताको विषयमा तत्काल निश्पक्ष छानविन र सुनुवाई हुनु जरुरी छ । मृतकको पोस्टमार्टम ढिला गरिँदा प्रमाण नष्ट हुने जोखिम समेत देखिन्छ ।
• विगतको अनुभवका आधारमा विशेषगरी जातीय भेदभाव तथा छुवाछूत र दलित समुदायसँग सम्बन्धित सवालमा राज्य पक्ष त्यसमा पनि प्रहरीले उनुसन्धान तथा पीडितलाई न्याय दिने कुरामा देखाएको नैराश्यता र पूर्वाग्रहका कारण यस घटनामा पनि पीडितले न्याय दिलाउनका लागि विशेष गरी आमसञ्चार क्षेत्रले निरन्तर दबाब र खबरदारी गर्नु आवश्यक छ ।

NASO Community USA submitting memorandum letter to Nepali Ambassador Dr. Arjun B. Karki in Washington DC demanding the arrest and punishment of the killers of Laxmi Pariyar on December 21, 2016. Photo courtesy: NASO Community USA

नासो कम्यूनिटी अमेरिकाद्वारा काभ्रे सानो वाङ्थली ७ की लक्ष्मी परियारको हत्या सम्बन्धमा जारी प्रेस व्यक्तब्य

प्रेस विज्ञप्ति
मितिः १७  डिसेम्बर २०१६

सानोवाङथली ७, काभ्रेकी ३२ वर्षीय लक्ष्मी परियार, २०७३ मङ्सिर २० गते स्थानीय शिक्षक हिरा लामा र निजकी आमा काइलीमाया लामा लगायतले मलमुत्र खुवाइ कुटपिट गरिएका कारण मङ्सिर २४ गते मृत्यु भएको घटनाले नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्यूनिटी ९नासो० लयागत विश्वभरीका नेपालीहरु तथा आम न्यायप्रेमी विश्व समुदाय स्तब्ध भएका छन् । यो घटनाले हामी सवैको शिर झुकाएको छ र लोकतन्त्र र न्यायप्रति लज्जाबोध गराएको छ । यस घटनाको हामी घोर भत्सर्ना गर्दछौं ।

नासो कम्यूनिटी अमेरिकाले यस घटनालाई जातीय विभेदको आडमा भएको मानवता विरुद्धको घोर अपराधको रुपमा लिएको छ । एउटी दलित महिला माथि यति अमानवीय, क्रुर र बर्बर घटना हुनु अत्यन्त निन्दनीय छ । यसले राष्टि«««य र अन्तराष्टि««य कानुनको खिल्ली उडाएको छ । दलित तथा उत्पीडित समुदाय माथि श्रृंखलाबद्ध विभेद र हत्याले राज्यको उदाशिनताको वोध गर्दछ । जनताको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरी प्रशासनबाटै घटनाको ढाकछोप गरीनुले विधिको शाशन माथि प्रश्न उठेको छ । तसर्थ, प्रहरी प्रशासनको यस्तै प्रवृति कायमै रहे देश अमmै दण्डहिनतातिर लम्किने प्रस्ट छ । त्यसैले हामी नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं ।

घटना भएको यतिका दिन सम्म पनि सत्य तथ्य बाहिर नल्याउनु र घटनामा संलग्न दोषिहरुलाई कार्वाही प्रक्रिया अगाडि नबढाउनु राज्यको चरम लाचारीपना हो । त्यसैले घटनामा संलग्न दोषिहरुलाई यथाशिघ्र कार्वाहीको हामी जोडदार माग गर्दछौं । साथै, पिडित वस्तीमा डर, त्राश र प्रमाण मेटाउन अन्य अर्को अपराधिक घटना हुने प्रवल साम्भावना रहेको हुनाले, उक्त वस्तीमा शान्ति सुरक्षा कडा बनाईयोस् भनी नेपाल सरकारसंग जोडदार माग गर्दछौं । यस्ता घटनाहरुमा बारम्बार रज्यले उदासिनता देखाई रहे नासो कम्यूनिटी अमेरिका लगायतका संघसंस्थाहरु न्यायका लागि अन्तराष्टि««य अदालतसम्म जान सक्ने चेतावनी पनि दिन चाहान्छौं ।

पिडित परिवारलाई उचित क्षतिपूर्ति र मृतकको बाल बच्चाको संरक्षण राज्याबाट गरिनु पर्दछ । राज्यवाट उक्त पिडित बालबच्चाहरुको संरक्षण पाउनु उसको संविधान प्रद्धत्त र सर्वव्यापी वाल अधिकार हो । तसर्थ उक्त बालबच्चाहरुको निशुल्क शिक्षा र सम्पुर्ण लालनपालनको ग्यारेन्टि हामी नेपाल सरकारसंग माग गर्दछौं ।

संयुक्त राजनीतिक दलित संङघर्ष समिति र दलित नागरिक समाज लगायत विभिन्न अधिकारिकर्मी संघ- संस्थाहरुले गरेको आन्दोलन र मागहरु प्रति नासो कम्यूनिटी अमेरिका ऐक्यबद्धता जनाउदै यसप्रकारका घटनाहरु दोहोरिन नदिन निरन्तर दबाब र खबरदारीका लागि नेपालका आम राजनीतिक दल, राजनीतिक भातृ सङ्गठनहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्था, नागरिक समाज, प्रवासमा रहेका दलित तथा उत्पीडित संघ संस्था, गैरआवसीय संघ संगठन र आम सञ्चार क्षेत्रलाई हार्दिक अपील गर्दछौं ।


गोपाल विश्वकर्मा
अध्यक्ष
नासो कम्यूनिटी अमेरिका
४४३-३८६ -७०४९

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.