Inside

All Time Top 50 News

न्यू योर्कमा बहुचर्चित 'नेपथ्य' म्यूजिक ब्याण्डले सेप्टेम्वर २४ तारिख 'शान्तिको लागि संगित' लाईभ कन्सर्ट गर्दै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 24 September 2016 11:33

Special: न्यू योर्क- नेपाली बहुचर्चित गीतहरु "छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले", "जोमसोमै बजारमा बार्‍ह बजे हावा सरर", "चरी मर्‍यो सिसैको गोलीले", "तालको पानी माछीले खानी पिरिम सित जानेकि नजाने", "खान्न म त लाम्पाते सुरती, लामकि नलामी जुग जाने पिरती", रेशम", "यो जिन्दगानी", "आँगनै भरी", "भेंडाको उन जस्तो" जस्ता दर्जनौं लोकपप गीतहरुको सर्जक बहुचर्चित म्यूजिक ब्याण्ड 'नेपथ्य' र त्यस ब्याण्डका संस्थापक एबं गायक अमृत गुरुङको सांगितिक टोलीले सेप्टेम्वर २४ तारिख न्यू योर्कको म्यान्हट्टन शहरस्थित ३११ वेस्ट ३४ स्ट्रीटमा रहेको ३५ सय श्रोता अट्ने ह्यामर्स्टिन बलरूम हलमा 'शान्तिको लागि संगित' लाईभ प्रस्तुती गर्ने छ ।

नेपथ्यले सन् २०१३ को अगस्ट ३ तारिख बृटेनको विम्बले एरीनामा नेपालीहरुमा पहिलो पटक लाईभ कन्सर्ट गर्न सफल भएको थियो जहाँ ८ हजार भन्दा बेशी नेपाली श्रोताहरु गायक अमृत गुरुङका लोकप्रिय र सुमधुर गितहरु सुन्न भेला भएका थिए ।

नेपथ्य समूहको नालीबेली

नेपथ्य म्यूजिक ब्याण्डको स्थापना बिसं २०४७ सालमा भएको हो अर्थात २५ बर्श अघि । 'नेपथ्य' को नाम संगितकार दीपाकजंग राणाले जुराएका हुन् । यो समूहका संस्थापक सदस्यहरुमा गायकबेस गिटारिस्ट अमृत गुरुङ, लिड गिटारिस्ट भीम पुन मगर र रिदम गिटारिस्ट दीपक जंग राणा हुन् । त्यसको लगत्तै गायक रबिन श्रेष्ठ, किबोर्डिस्ट बुद्धी गुरुङ, ड्रमर सुरेश पुन मगर, रिदम गिटारिस्ट रत्नमान गुरुङ नेपथ्यको अभिन्न अङ्ंग बन्न पुगे । यो समूहमा केहि पछि लिड गिटारिस्ट असिम शेरचन, गायक गौतम गुरुङ र बेस गिटारिस्ट महेश (माईकल) पुन मगरले नेपथ्यको उर्जाशील टीम बनेर काम गरेका थिए । गायक अमृत गुरुङको 'जोमसोमै बजारमा' गीत सुपर हिट बन्नु भन्दा अघि रबिन श्रेष्ठले गाएको 'छेक्यो छेक्यो देउराली डाँडा' नेपथ्य ब्याण्डको पहिलो सुपर हिट लोकपप हो । 'छेक्यो छेक्यो' गीत गीतकार सुक गुरुङ, जो अहिले आँखा र मृगौलाको रोगबाट पीडित छन्, ले रचना गरेका थिए । दश बर्स अघी देखि देउसी भैलोमा यो गीत गाउँदै आए पनि यो गीतलाई नेपथ्यको दोश्रो एल्बम मात्र समेटिएको कुरा संगितकार भीम पुन मगरले यो पंक्तिकारलाई सन् १९९६ मा अन्तरवार्ता दिंदा खुलाशा गरेका थिए ।

अन्य पेशा छाडेर पलायन: अमृत एक्लो बृहस्पती

नेपथ्यका स्थापना कालका प्राय: सबै जसो संगितकारहरुले आफ्नो पेशा छोडेर जापान, हङकङ, जर्मनीतिर काम गर्न पलायन भएका थिए । अहिलेसम्म नेपथ्यलाई बचाई राखेका संस्थापक सदस्य एबं गायक अमृत गुरुङले सन् १९९६ मा यो पंक्तिकारसंगको भेटवार्तामा "गीत र संगितमा लागेर जिबिकोपार्जन गर्न त्यती सजिलो छैन । नेपाल जस्तो सानो मुलुकमा कति नै श्रोता होलान् र ? अर्कोतिर सरकारी तवरबाट पनि समुचित प्रोत्साहन मिलिरहेको छैन । यस्तो अवस्थामा आफ्नो केहि न केहि अर्को आय श्रोतको माध्यम त हुनै पर्दछ" भनेका थिए । तर अहिले १५ बर्स पछि नेपथ्यलाई फर्केर हेर्दा गायक गुरुङले संगितमा लागेरै देशलाई भरपूर चिनाए र आफ्नो मात्र हैन दर्जनौंको रोजिरोटीको सुनिच्चितता कायम गर्न सफल भएकाछन् । समाज शास्त्रामा एमए र फोटोग्राफीमा डिप्लोमा गरेका गायक अमृत नेपाली लोक गीत र संगीतलाई पप संगितमा समृश्रण गरेर पस्किन खप्पिस छन् ।

हाल नेपथ्य ब्याण्डमा अमृत गुरुङका अलावा ध्रुब लामा, सुरज थापा, सुबिन शाक्य, निखिल तुलाधार, निरज गुरुङ र शान्तिबहादुर रायमाझी रहेकाछन् ।

नेपथ्यले अहिलेसम्म प्रकासित एल्वमहरुमा नेपथ्य (१९९१), हिमाल चुचुरे (१९९३), मीन पचास मा (१९९५), श्रृंगार (१९९७), रेशम (२००१), भेडाको उन जस्तो (२००३), घटना (२००५), मेरो देश (२०१०) र ऐना झ्याल (२०१०) छन् ।

-Pradeep Pariyar Thapa Magar in New York. Comments? 917-570-1098, or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.