Inside

All Time Top 50 News

न्यू योर्कमा नेपालका प्रथम शहीद लखन थापा मगरको १४० औं स्‍मृति दिवस सम्पन्न PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Administrator   
Monday, 13 February 2017 23:49

Exclusive: 39 photos, 1 video: न्यू योर्क- नेपालका प्रथम शहीद लखन थापा मगरको १४० औं  स्‍मृति दिवस न्यू योर्क शहरस्थित नेपाली कन्सुलेट जेनेरलको सभाकक्षमा सम्पन्न भएको छ । नेपाल आदिवाशी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा डाकिएको उक्त स्मृति सभाको सभापतित्व महावाणिज्यदूत पुष्पराज भट्टराईले गरेका थिए भने स्वागत मन्तब्य महासंघका उपाध्यक्ष मंगलदास श्रेष्ठले गरेका थिए । प्रथम शहीदबारे पत्रकार प्रदीप परियार थापा मगरले प्रकाश पारेका थिए । स्मृति सभालाई महावाणिज्यदूत भट्टराई, महासंघ संघीय परिशद अध्यक्ष बिनोद पोमो, नेपाली जनसम्पार्क समिती अमेरिका केन्द्रिय महासचिव मुनिद्रा नेम्बाङ र नेपाल मगर संघ अमेरिका महासचिव मान राना मगरले सम्बोधन गरेकाअ थिए । स्मृति सभाको संचालन महासंघका महासचिव प्रेम गुरुङले गरेका थिए ।

Nepal's First Martyr Lakhan Thapa Magar's 140th Memorial Day was celebrated in New York on February 13, 2017. Photos: Pradeep Pariyar Thapa

नेपालका प्रथम शहीद लखन थापा मगरको जन्म सन् १८३५ मा नेपालको गोर्खा जिल्लाको बुङ्कोटमा भएको थियो । प्रथम शहीद थापालाई जहाँनिया राणा शासनको बिरोध गर्दा श्री ३ जंगबहादुर राणाको ठाडो आदेशमा १४१ वर्ष अघि बिसं १९३३ (सन् १८७६) फागुनको पहिलो हप्ता उनकै गाउँ गोर्खा जिल्लाको बुङ्कोटमा झुन्ड्याई मारिएको थियो।

Nepali Consul General Pushpa Raj Bhattarai speaking at the 140th memorial ceremony of Nepal's First Martyr Lakhan Thapa Magar in New York on February 13, 2017. Photos: Pradeep Pariyar Thapa

नेपाल सरकारद्वारा प्रथम शहीद लखन थापालाई सन् २०१५ को सेप्टम्बर २० तारिख (बिसं २०७२ असोज ३ गते) औपचारिक रुपमा प्रथम शहीदको मान्यता प्रदान गरिएको थियो ।

Nepal's First Martyr Lakhan Thapa Magar's 140th Memorial Day was celebrated in New York on February 13, 2017. Photos: Pradeep Pariyar Thapa

नेपाल सरकारद्वारा सन् २०१६ को नोबेम्वर १६ तारिख (बिसं २०७३ मंसिर १ गते ) मा नेपालका प्रथम शहीद लखन थापा मगरको स्मृतिमा प्रथम हुलाक टिकट जारी गरिएको थियो । सूचना तथा सञ्चार मंत्री सुरेन्द्र कार्कीले प्रथम शहीद लखन थापा मगरको प्रथम दिवसीय आवरण (First Day Cover) हुलाक टिकटमा टाँचा लगाई प्रथम हुलाक टिकट जारी गरेका थिए ।

Read related news:

-http://www.usnepalonline.com/lakhan-thapa/

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.