Inside

All Time Top 50 News

न्यू योर्कमा नेपालका प्रथम शहीद लखन थापा मगरलाई नेपालीहरुले यसरी सम्झिए, १३४ औं लखन स्‍मृति दिवस सम्पन्न PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 14 February 2011 10:20

गुन्जियो "सेनानी हे मुक्तिका, युग पुरुष लखन"
Exclusive: 2 videos & 26 photos:
न्यू योर्क- नेपालको आधुनिक ईतिहासमा निरंकुश राणाशाहीहरुको बिरोध गर्दा राष्ट्र द्रोहको आरोपमा बि.सं. १९३३ को फागुन पहिलो साता आफ्नै जन्मस्थल गोर्खा जिल्लाको बुङ्कोट गाउँमा झुन्ड्याइ मारिनु भएका नेपालका प्रथम शहीद लखन थापा मगरको १३४ औं स्‍मृति सभामा न्यू योर्कका नेपालीहरुले शहीद थापाको सम्झना गर्दै उनको बलिदानको मुक्त कन्ठले चर्चा र प्रसंसा गरे।


उक्त स्‍मृति सभा फेब्रुअरी १३ तारिख आइतबार अपरान्ह न्यू योर्कको कुइन्स शहरस्थित हिमालयन याक रेस्टुरेन्टमा मगर संघ अमेरिकाद्वारा डाकिएको हो।

सभाको शुभारम्भ प्रथम शहीद थापा र अन्य ज्ञात अज्ञ्यात शहीदहरुप्रति १ मिनेट मौन धारण र शहीद लखन थापा मगरप्रति समर्पित सुमधुर स्‍मृति गीत "सेनानी हे मुक्तिका, युग पुरुष लखन" गाएर गरिएको थियो।

उक्त गीतको रचना एक हप्ता अघी मात्र मगर संघ अमेरिकाका महासचिब तथा साहित्यकार टिकाकुमार पुन मगर र संघका उपाध्यक्ष तथा गायक राजेश थापा मगरले गर्नुभएको थियो भने संगित चर्चित गायक जगदिश समाल मगरले भर्नु भएको थियो। गीतको प्रस्तुतीमा गायक द्वय थापा र समालकासाथ तिलक श्रेष्ठ, यशोदा खालिङ राइ र विश्वले साथ दिनु भएको थियो भने संगितमा बिष्णु पुन मगरले गिटारमा साथ दिनुभएको थियो।

Nepal's First Martyr Lakhan Thapa Magar. Imaginative portrait by Tekbir Mukhiya for Laaphaa cultural magazine



Artists Bishwa, Tilak Shrestha, Yashoda Khaling Rai, Jagdish Samal Magar, Rajesh Thapa Magar & Bishnu Pun Magar performing a song dedicated to Nepal's First Martyr Lakhan Thapa Magar in New York on February 13, 2011. Photos: eEyeCam.com


प्रथम शहीद लखन थापा मगरप्रति समर्पित उक्त भावपूर्ण स्‍मृति गीतबारे युएस नेपाल अनलाइनले तयार पारेको बिशेष भिडियो प्रस्तुती हेर्नुहोस्:

"सेनानी हे मुक्तिका, युग पुरुष लखन - २
चढाउँछौं, हार्दिक मनले, श्रद्दा सूमन -२


उठायौ हतियार मुक्तिकालागि, ज्यानको नगरी प्रवाह
बन्न सकेन निरंकुश कालमा, ईतिहास गवाह
छामी हेर आलै छ रगत, गोर्खाको भीर पाखामा
सबै मिली उठाऔं आवाज, एउटै भाकामा

मुक्ती योद्दा जनताका लखन थापा मगर -२
प्रथम शहीद नेपालका, 'घोषणा गर' -३

स्वतन्त्रता अनि न्याय, थियो सधैं उनको, एउटै मूलमन्त्र
जहानियाँ शासन, हटाई ल्याउनकालागि, देशमा प्रजातन्त्र
बन्धन मुक्त
पार्न खोजे, जगत यो सारा
तराईदेखि हिमालसम्म, गुन्जियोस् यो नारा

मुक्ती योद्दा जनताका लखन थापा मगर -२
प्रथम शहीद नेपालका, 'घोषणा गर' -३

"सेनानी हे मुक्तिका, युग पुरुष लखन - २
चढाउँछौं, हार्दिक मनले, 'श्रद्दा सूमन' -४"


रचना: टिकाकुमार पुन मगर, राजेश थापा मगर
संगित: जगदिश समाल मगर
गिटार: बिष्णु पुन मगर
हार्मोनियम: जगदिश समाल मगर
मादल: राजेश थापा मगर
गायन: जगदिश समाल मगर, राजेश थापा मगर, तिलक श्रेष्ठ, यशोदा खालिङ राइ, विश्व


को हुन् यि प्रथम शहीद ?

मगर संघ अमेरिकाले सभामा प्रमुख अतिथीकोरुपमा आउनुभएका संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई नियोग उपप्रमुख शंकर बैरागीलाई नेपाल सरकारकोलागि बुझाएको आफ्नो ज्ञापन पत्रमा नेपालका प्रथम शहीद लखन थापा मगरबारे लेखेको छ:

"शहीद लखद थापा मगरको जन्म सन् १८३५ मा नेपालको गोर्खा जिल्लाको बुङ्कोटमा भएको थियो भने उनी बिसं १९३३ (सन् १८७६) को फागुनको पहिलो हप्ता जहानीयां राणा शासकहरुद्वारा तत्कालिन शासन सत्ताको बर्खिलाप सशस्त्र बिद्रोह गरी जनतालाई अन्याय र दसताबाट मुक्ती दिलाउने प्रयास गर्दा राष्ट्र द्रोहको आरोप लगाई उनकै गाउँ काहुले, गोर्खामा राणाशाही सैनिक पठाइ झुन्ड्याइ मारिनु भएको थियो। यसरी आधुनिक नेपालको ईतिहासमा पहिलो साँगठनिक जन बिद्रोहकोरुपमा ईतिहासकारहरुद्वारासमेत चर्चित उक्त घटनाबाट शहीद लखन थापा मगर नेपाली आधुनिक ईतिहासका पहिलो शहीद बन्नु भएको थियो।"



Nepal's First Martyr Lakhan Thapa Magar. Imaginative portrait by Tekbir Mukhiya for Laaphaa cultural magazine (www.laaphaa.com). Download large size image for poser print


हिमाल मिडियाद्वारा प्रकासित Nepali Timesको अनलाइन संस्करण www.nepalitimes.com मा शहीद लखन थापा मगरबारे लेखिएको छ:

"In 1874 (1932 BS), Lakhan Thapa gathered people in Gorkha in protest against the Ranas, Jang Bahadur in particular. All the protesters were arrested and most, including Lakhan Thapa, were killed. Lakhan Thapa was killed for political reasons and so is considered Nepal's first martyr."
Source: www.nepalitimes.com

स्‍मृति सभामा प्रमुख अतिथीकारुपमा निम्त्याइनु भएका संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई नियोग उपप्रमुख शंकर बैरागीले प्रथम शहीद थापाको तस्बिरमा श्रद्दा सुमन अर्पण गर्दै मगर संघ अमेरिकाले नेपालका प्रथम शहीद थापालाई सम्मान गर्ने कार्य गरेकोमा सराहना गर्दै शहीद थापाले सुचना प्रबिधीको अभाबको त्यो जमानामा जहानियाँ राणा शासनको बिरुद्ध नेपाली जनतालाई एकिक्रित गराउन संघर्सको बिकुल फुक्नु र सशस्त्र आन्दोलन गर्नु चानेचुने काम नभएको बताउनु भयो।


Shankar Bairagi, Deputy Permanent Representative of Nepal Mission to the UN at the 134th memorial of Nepal's First Martyr Lakhan Thapa Magar in New York on February 13, 2011. Photos: eEyeCam.com.

उहाँले मन्तब्यकै क्रममा आफुले पनि नेपालका प्रथम शहीद लखन थापा मगर भनेर पढेको भन्दै शहीद थापाले एक महान प्रजातन्त्र सेनानीको रुपमा आफ्नो पहिचान स्थापित गर्नु भएको चर्चा गर्नु भयो।

सभामा मगर संघ अमेरिकाले नेपाल सरकारका नब निर्बाचित प्रधानमन्त्री झलनाथ खनाललाई सम्बोधन गरी शहीद लखन थापा मगरलाई नेपालको प्रथम शहीदको मान्यता प्रदान गर्न माग गरिएको ज्ञापन पत्र प्रमुख अतिथी बैरागीलाई हस्तान्तरण गरिएको थियो।

नेपाल सरकारकोतर्फबाट उक्त पत्र सहर्श स्विकार्दै प्रमुख अतिथी बैरागीले ज्ञापन पत्र सम्बन्धित निकायमा पुग्ने कुरामा ढुक्क हुन आयोजकहरुलाई अनुरोध गर्नु भयो। (ज्ञापन पत्रको पूर्ण पाठ यसै समाचारको पुच्छारमा हेर्नुहोस्।)



Shivakumar Rai, President, Federation of Nepalese Indigenous Peoples of Nepal in America (FIPNA) & General Secretary, Non-Resident Nepalese Association USA at the 134th memorial of Nepal's First Martyr Lakhan Thapa Magar in New York on February 13, 2011. Photos: eEyeCam.com.

उक्त स्‍मृति सभामा न्यू योर्कका नेपाली संघ संस्थाहरुका अगुवा प्रतिनिधीहरुले प्रथम शहीदको कदर हुनु पर्ने कुरामा जोड दिदै आगामी बर्षदेखी सबै नेपालीहरुले मिलेर स्‍मृति सभाको आयोजना गर्नु पर्ने प्रस्ताब राख्नु भयो जुन कुरा मगर संघ अमेरिकाका आयोजकहरुले त्यसै कारण बिगत दुई बर्षदेखी स्‍मृति सभाको आयोजना गर्दै आएको भएपनि यसपाली सबै नेपालीहरुलाई निम्त्याएर कार्यक्रमको आयोजना गरिएको प्रस्ट पार्नु भयो।

यस अघी सभाको शुरुमा युएस नेपाल अनलाइनका प्रधान सम्पादक तथा मगर संघ अमेरिकाका सल्लाहकार प्रदीप थापा मगरले शहीद लखन थापा मगरको जीवनी र उनको देनबारे प्रकाश पार्दै नेपालमा शहीदहरुको राजनितिक गिन्ती कित्ताका आधारमा गरिनुले शहीदको अबमुल्यन भएको तथ्य बताउनु भयो।

नेपालका शहीदहरु ११ हजार बेशी?

स्मरण रहोस्, माओवादी नेत्रित्वको सरकारको पालामा माओवादी जन युद्धको दौरान मारिएका ७ हजार ६ सय ६४ जनालाई शहीद घोषणा गरिएको थियो भने माधवकुमार नेपालको नेत्रित्वमा गठित माओवादी इतरको सरकारले माओवादी र राज्यद्वारा मारिएका पहिलो किस्तामा २ हजार र हालसालै थप १ हजार ६ सय २६ जनालाई शहीद घोषणा गरेको थियो।

यसैबिच, शहीदका परिवारहरुको संस्था 'शहीद प्रतिक स्‍मृति केन्द्र' ले मोदनाथ प्रश्रित संयोजक रहेको शहीदहरुबारे ल्यागत पत्ता लगाउन सरकारद्वारा गठित समितीले तयार पारेको शहीद प्रतिबेदनमा ७ हजारबेशी शहीदहरुको नाम उल्लेख भएपनि वास्तविक शहीदहरुको नाम छुटेको जनाउँदै उक्त प्रतिबेदन आफुहरुलाई मान्य नहुने बताउँदै बिरोधमा उत्रने चेतावनी दिएको छ।

 


Mridula Koirala, Nepali Congress North America Representative at the 134th memorial of Nepal's First Martyr Lakhan Thapa Magar in New York on February 13, 2011. Photos: eEyeCam.com.

उक्त स्‍मृति सभामा नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष तथा गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) का महासचिब शिवकुमार राइ, नेपाली काँग्रेसकि नर्थ अमेरिका प्रतिनिधी म्रिदुला कोइराला, नेपालीज डेमोक्रेटिक युथ काउन्सिल अमेरिकाका अध्यक्ष प्रमोद सिटौला, युनाइटेड नेपालीज डेमोक्रेटिक फोरम (युएनडिएफ) का केन्द्रिय उपाध्यक्ष टेक गुरुङ, अधिकारकि सिनियर कम्युनिटी अर्गनाइजर नर्बदा छेत्री, नेवा गुठी न्यू योर्कका अध्यक्ष आदित्य महर्जन, काँग्रेसका युबा नेता बंशलाल तामाङ, फिप्नाका उपाध्यक्ष बिनोद पोमो, फिप्ना महासचिब दिपेश लिम्बु र युएनडिएफकि न्यू योर्क च्याप्टर उपाध्यक्ष सिता खरेलले सम्बोधन गर्नु भएको थियो।

The guests at the 134th memorial of Nepal's First Martyr Lakhan Thapa Magar in New York on February 13, 2011. Photos: eEyeCam.com.

उक्त स्‍मृति सभाबारे युएस नेपाल अनलाइनले तयार पारेको बिशेष भिडियो प्रस्तुती:

Nepal's 1st Martyr Lakhan Thapa Magar 134th Memorial NY Feb13 2011 (Duration: 45 min. 45 sec)




सभाको अन्तमा स्‍मृति सभाको सभापतित्व गरिरहनु भएका मगर संघ अमेरिकाका अध्यक्ष लेफ्टिनेन्ट महेन्द्रकुमार थापा मगरले आमन्त्रित अतिथीहरुलाई धन्यवाद दिदै सभाको बिसर्जन गर्नुभएको थियो। सभाको सन्चालन संघका सचिब मानबहादुर राना मगरले गर्नुभएको थियो।

म्रिगौला फेल भएका शेरबहादुर बुढाथोकीलाई आर्थिक सहयोग संकलन र प्रदान

यसैगरी, सभामा दुइटै म्रिगौला फेल भएका इनरुवा, सुनसरी घर भएका, हाल न्यू योर्कमा रहेका ३३ बर्शिय शेरबहादुर बुढाथोकीले आफ्नो रोगकोबारे मन्तब्य ब्यक्त गर्नुभएको थियो। उहाँलाई सभामा उपस्थित पाहुनाहरुबाट संकलित सहयोग रकम अमेरिकि डलर ६८७ हस्तान्तरण गरियो।

 


Sherbahadur Budhathoki whose both kidneys  were failed, is receiving money collected from the guests at Lakhan Memorial in New York from Magar Association USA, Inc President Lt. (Rtd.) Mahendrakumar Thapa Magar. Photos: eEyeCam.com.

सन् २००९ को अक्टोबरमा डिभी लटरी परेपछि श्रीमती र हाल ५ बर्शिय छोरोसहित अमेरिका आएका बुढाथोकीको किड्नीले शिर्फ ३.५ प्रतिशतले काम गरिरहेको छ र उनी छिट्टै न्यू दिल्ली, भारत किड्नी ट्रान्स्प्लान्टकोलागि जाने तरखरमा छन्। उनलाई उनकी दिदीले किड्नी दिने भएकिछिन्।

तर बिरामी बुढाथोकीसंग उपचारकालागि पर्याप्त रकम छैन। उनलाई सहयोग गर्न चाहनेहरुले निम्नानुसारको विवरणमा संपर्क गर्न सक्नुहुनेछ:

Name: Sher B. Budhathoki
Age: 33 Yrs
Home address: Inaruwa-3 Sunsari Nepal
Current Address: New York - Flushing (Queens)
Entrance in USA: Oct-2009
Job: Security Guard-NY (Bowles Security)
Bank of America
Account # (Checking): 483029994989
Routing # : 021000322
Contact # : 917-756-1300
Email Address: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


--Pradeep Thapa Magar in New York. Comments? 917-570-1098 . Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Magar Association USA, Inc President Lt. (Rtd.) Mahendrakumar Thapa Magar. Photo: Lab K. Budhamagar.


Pramod Sitaula, President, Nepalese Democratic Youth Council USA. Photos: eEyeCam.com.

 

Tek Gurung, President, NY Chapter & VP Central Committee, United Nepalese Democratic Forum (UNDF). Photo: Lab K. Budhamagar.

Bangshalal Tamang, Congress leader. Photos: eEyeCam.com.


Narbada Chhetri, Senior Community Organizer, Adhikaar for Human Rights & Social Justice, New York. Photos: eEyeCam.com.


Binod Pomo, VP, FIPNA. Photos: eEyeCam.com.

 

Aditya Maharjan, President, Newa Guthi New York & Senior VP, FIPNA. Photos: eEyeCam.com.

 

Dipesh Limbu, General Secretary, FIPNA. Photos: eEyeCam.com.

 

Sita Kharel, VP, UNDF, NY Chapter. Photos: eEyeCam.com.

 

Manbahadur Rana Magar, Joint Secretary, Magar Association USA, Inc. Photo: Lab K. Budhamagar.


Pradeep Thapa Magar, Editor-in-Chief, www.usnepalonline.com. Photo: Lab K. Budhamagar.

 

Sherbahadur Budhathoki. whose both kidneys  were failed. Photos: eEyeCam.com.


Rajesh Thapa Magar, singer & VP, Magar Association USA, Inc. Photos: eEyeCam.com.




The guests at the 134th memorial of Nepal's First Martyr Lakhan Thapa Magar in New York on February 13, 2011. Photos: eEyeCam.com.


The organizers of the event: Nagendra Rana Magar, Rajesh Thapa Magar, Manbahadur Rana Magar, Lt. Mahendra K. Thapa Magar & Lab K. Budhamagar. Photos: eEyeCam.com.

 

मगर संघ अमेरिकाले नेपाल सरकारसमक्ष्य बुझाएको आफ्नो ज्ञापन पत्र:


सम्माननीय प्रधानमन्त्री झलनाथ खनाल ज्यू,
प्रधानमन्त्रीको कार्यालय
सिंहदरबार, काठमाडौं, नेपाल
मार्फत,
महामहिम ज्ञानचन्द्र आचार्य ज्यू,
संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई नियोग
न्यू योर्क, अमेरिका

बिषय: नेपालका प्रथम शहीद लखन थापा मगरलाई मान्यता दिइयोस्

सर्बप्रथम यहाँ नयाँ नेपालको तेश्रो प्रधानमन्त्रीकोरुपमा निर्बाचित हुनुभएकोमा मगर संघ अमेरिका यहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै तपाईंको कार्य काल पूर्ण सफल होस् भन्ने कामना गर्दछ।

जहानीयाँ राणा शासनको बिरुद्ध लड्दा तत्कालिन राणा शासकहरुद्वारा झुन्ड्याइ मारिनु भएका कप्तान लखन थापा मगरलाई नेपालको प्रथम शहीदको मान्यता प्रदान गर्न बिगत दुई दशकदेखी नेपाल र विश्वभर रहेका नेपालका आदिवासी जनजाति मगर समुदायले नेपाल सरकार समक्ष्य माग गर्दै आएको मागलाई बिगतका सरकार र नयाँ नेपालको सरकारलेसमेत पुरा नगरेको हुँदा मगर संघ अमेरिका कप्तान लखन थापा मगरलाई यथाशीघ्र नेपालको प्रथम शहीदको मान्यता प्रदान गर्न माग गर्दछ।

शहीद लखद थापा मगरको जन्म सन् १८३५ मा नेपालको गोर्खा जिल्लाको बुङ्कोटमा भएको थियो भने उनी बिसं १९३३ (सन् १८७६) को फागुनको पहिलो हप्ता जहानीयां राणा शासकहरुद्वारा तत्कालिन शासन सत्ताको बर्खिलाप सशस्त्र बिद्रोह गरी जनतालाई अन्याय र दसताबाट मुक्ती दिलाउने प्रयास गर्दा राष्ट्र द्रोहको आरोप लगाई उनकै गाउँ काहुले, गोर्खामा राणाशाही सैनिक पठाइ झुन्ड्याइ मारिनु भएको थियो। यसरी आधुनिक नेपालको ईतिहासमा पहिलो साँगठनिक जन बिद्रोहकोरुपमा ईतिहासकारहरुद्वारासमेत चर्चित उक्त घटनाबाट शहीद लखन थापा मगर नेपाली आधुनिक ईतिहासका पहिलो शहीद बन्नु भएको थियो। उनलाई प्रथम शहीदको मान्यता दिनु शिर्फ उनको मात्र सम्मान गरेको ठहर्दैन बल्की देशकोलागि बलिदान गर्ने सम्पूर्ण शहीदहरुप्रति सच्चा आदर र श्रद्दान्जली हुनेछ।

अन्तमा, पुनश्च: मगर समुदायका मात्र नभै देशकै प्रथम शहीद लखन थापा मगरलाई प्रथम शहिदको मान्यता प्रदान गर्नुहुनेछ भन्ने विश्वाशकासाथ,

फेब्रुवरी १३, २०११

लेफ्टिनेन्ट महेन्द्रकुमार थापा मगर
अध्यक्ष
मगर संघ अमेरिका
केन्द्रीय सचिबालय, न्यू योर्क, युएसए

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.