Inside

All Time Top 50 News

अमेरिकामा नेपालका प्रथम शहीद लखन थापा मगरको १३३ औं स्मृति दिवस तथा २८ औं मगर दिवस सम्पन्न PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Lab K. Budhamagar   
Wednesday, 03 March 2010 17:44

अमेरिकि नेपाली मगरहरुले मनाए २८ औं मगर दिवस
Special 30 photos: न्यू जर्सी- लांघाली परिवार यू.एस.ए.ले फेब्रुअरी २८ मा न्यू जर्सी राज्यको मेसल्यान्डिङ शहरको सामुदायिक भवनमा नेपालका प्रथम शहीद क्या. लखन थापामगरको १३३ औं स्मृति दिवस तथा २८ औं मगर दिवस संयुक्तरुपमा एक कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनायो ।


 

An elderly Magar woman paying tribute to Nepal's first Martyr Capt. Lakhan Thapa Magar in New Jersey where Langhali Association USA Inc commemorated 133rd Lakhan Thapa Memorial Day and 28th Magar Day. Photos: Lab K. Budhamagar

शहीद थापामगरको स्मृतिमा एक मिनेट मौन धारण गरी उहाँको तस्बिरमा भावपूर्ण श्रदान्जलीका साथ खादा लगाइदिएर कार्यक्रमको शुरुवात गरिएको थियो ।


Nepal's first Martyr Capt. Lakhan Thapa Magar. Illustration by Tekbir Mukhiya. Photo courtesy: Laaphaa Magazine

कार्यक्रमा उपस्थित सहभागीहरुलाई सुश्री अनिता थापामगरले स्वागत गरेपछि संस्थाका प्रथम उपाध्यक्ष टिकाकुमार पुनमगरले लखन थापा मगर स्मृति दिवसको महत्वकोबारेमा प्रकाश पार्दै आज यो दिवस मगर समुदायले मात्र मनाउनु उहाँले राज्यप्रति गरेको योगदानको अवमूल्यन गर्नु हो र सार्है दु:खको कुरा हो भन्नु भयो ।


Tika Pun Magar. Photos: Lab K. Budhamagar

"मगरहरुको इतिहास लेखने मगर इतिहासविद्हरु नभएका र अन्य इतिहासकारहरुले मगरहरुको सही इतिहास लेखन कन्जुस्याई गरेकै कारणले यस्तो परिस्थितिको सृजना भएको हो" - पुनमगरले उल्लेख गर्नु भयो । "यसर्थ बिगतमा झैँ हामीहरुले अझै पनि हामीहरुकोबारेमा अरुले बोलिदेलान्, लेखिदेलान् भन्ने आशा गर्नु हुन्न । अब हामी मगरहरुले हाम्रोबारेमा आफैले बोल्नु पर्दछ, आफैले लेखनु पर्दछ । इतिहास साक्षी छ, लखन थापामगर नेपालका प्रथम शहीद थिए, हुन् र हुनु पर्दछ ।" उहाँलाई राज्यले अझै पनि प्रथम शहीदको मान्यता नदिएकोमा आक्रोश ब्यक्त गर्दै जति सक्दो चांडो उहाँलाई प्रथम शहिद घोषणा गर्न नेपाल सरकारसंग माग गर्नु भएको थियो । अन्यथा नेपाल मगर संघले दबावकालागि सशक्त आन्दोलन गर्न सक्ने चेताउनी पनि उहाँले दिनु भएको थियो ।

बहुप्रतिभाशाली ब्यक्तित्व टिकाकुमार पुनमगर, जो संस्थाका बर्तमान प्रथम उपाध्यक्ष पनि हुनुहुन्छ । उनी एक सफल कवि, दोहोरी गायक, नृत्यकार, प्रखर बक्ता र लोकप्रिय उद्घोशक (एम.सी.) कोरुपमा चर्चित हुन्हुन्छ।

कार्यक्रममा कबियत्री कुन्ता थापा मगरले "प्रथम शहीद लखन थापा" नामक कविता वाचन गर्नु भएको थियो । त्यस पश्चात सहसचिव मानबहादुर राना मगरले मगर दिवस मनाउनुको एतिहासिक पृष्ठभूमिको चर्चा गर्दै यसको महत्व मगर समुदायबीच दिनप्रतिदिन बढ्दै गैरहेकोमा खुशी ब्यक्त गर्नु भएको थियो ।


Swekshya Thapa Magar. Photos: Lab K. Budhamagar

सांस्कृतिक कार्यक्रमको संचालन टिकाकुमार पुनमगरले बडो रोचक ढंगले गर्नु भएको थियो जसमा नव गायक सन्दर्भ थापा मगरले "बीरताको चिनो बीरको सन्तान, शहीदको रगत, लाहुरेको निशानी" र केशब थापा मगर, जबिन्द्र थापामगर र हिरासिंह मल्लले "देउरालीको चौतारीमा संगिनीले आँखा छोपेको" बोलको गीत गाएका थिए भने सुश्री स्वेक्षा थापा मगरले "न बिर्से तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएँ तिमीलाई" गीतमा राम्रो निर्त्य प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रमको अन्ततिर संस्थाका दोस्रा उपाध्यक्ष तथा गायक राजेश थापा मगरले सालैजोलगायत अन्य लोक गीतहरु गाएर सबैलाई भरपुर मनोरंजन दिदै सबैलाई नचाउनु भएको थियो ।


VP and Singer Rajesh Thapa Magar

कार्यक्रम संचालन भैरहेको समयमा प्रोजेक्टरको स्क्रिनमा "नेपालका प्रथम शहीद लखन थापामगरको १३३ औं स्मृति दिवस तथा २८ औ मगर दिवसमा तपाईहरुलाई हार्दिक स्वागत गर्दछौ" , "क्या. लखन थापामगरलाई नेपालको प्रथम शहीद घोषणा गरियोस", "२८ औ मगर दिवसको उपलक्षमा संसारभर छरिएर रहेका सम्पूर्ण मगर बन्धुहरुलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ", "अमेरिकी जनगणना २०१० मा भाग लिऔ" जस्ता ई-प्लेकार्डहरु डिस्प्ले भैरहेका थिए भने मगर संस्कृति झल्काउने कौडा, सालैजो, नचरी, हुर्रा जस्ता अति लोकप्रिय गीत र नांचहरुको भिडियोहरु पनि त्यसै स्क्रिनमा हेर्न सकिन्थ्यो ।

संस्थाको आगामी मार्च महिनाको २८ तारिकमा न्यूयोर्कमा हुन गइरहेको रक्तदान कार्यक्रमलाई कम्प्लिमेन्ट गर्ने गरेर Blood Donors of America का महासचिव तथा MetLife Insurance का आर्थिक प्रतिनिधि यम अधिकारीले ओरिन्टेसन दिनु भएको थियो । उक्त अवसरमा Blood Donors of America द्वारा प्रकाशित "Blood" नामक पुस्तक पनि नि:शुल्क वितरण गरिएको थियो ।

MetLife Insurance's Financial Representative Yam Adhikari. Photos: Lab K. Budhamagar

अधिकारीले जीवन बिमाको महत्वमाथि प्रकाश पार्दै इन्सिरेन्स सम्बन्धी सेवाहरु लिएर आफूलाई सुरक्षित राख्न आग्रह गर्दै त्यसकोलागि आफूले सक्दो सहयोग गर्ने कुरा राखनु भएको थियो ।

संस्थाका सल्लाहाकार रुद्रबहादुर आले थापा मगरले "अमेरिकामा रोजगारी, अवसर र चुनौतीहरु" बिषयमा उपस्थित सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । साथै अमेरिकी जनगणना २०१० कोबारेमा जानकारी गराउंदै यस जनगणनामा सबैलाई भाग लिन आग्रह पनि गरिएको थियो ।

यस कार्यक्रमको संयोजकहरुमा द्वय देवेन्द्र थापा मगर (न्यू जर्सी) र राजेश थापा मगर (न्यू योर्क) रहनु भएको थियो भने विभिन्न राज्यहरुबाट करिब ७० जनाको उपस्थिति रहेको थियो ।



President Mahendra Thapa Magar. Photos: Lab K. Budhamagar

संस्थाका सहसचिव मानबहादुर राना मगरले संचालन गरेको र अध्यक्ष महेन्द्रकुमार थापा गरले सभापतित्व गर्नु भएको यस कार्यक्रमलाई बरिष्ठ सदस्य क्या. दलबहादुर रोका मगरले शुभकामना मन्तब्य दिनु भएको थियो भने अर्का जेष्ठ सदस्य निर्मलकुमार थापा (लाटो) मगरले मगर भाषामा बोल्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।

-Lab K. Budhamagar
General Secretary,
Langhali Association USA Inc
in New York
www.magarusa.org

Related news:

-अमेरिकि राज्य जर्जियामा भुटानिज अमेरिकन मगरहरुको वार्षिक भेला सम्पन्न

-जापानमा लखन थापा मगरलाइ प्रथम शहिद घोषणा गर्न माग राख्दै मगर दिवस सम्पन्न



President Mhendra Thapa Magar, Nirmal Thapa Magar, Manbahadur Rana Magar and Dalbahadur Roka Magar. Photos: Lab K. Budhamagar







Magar women. Photos: Lab K. Budhamagar



Poet Kunti Thapa Magar



VP Rajesh Thapa Magar and Treasurer Bishnu Pun Magar









Narbahadur Budha Magar. Photos: Lab K. Budhamagar





Tanka Thapa Magar



Dalbahadur Roka Magar





Padam Pun Magar



Rudrabahadur Ale Magar



Anita Thapa Magar





Nirmal Thapa Magar



Joint Secretary Manbahadur Rana Magar


Photos: Lab K. Budhamagar

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.