Inside

All Time Top 50 News

न्यू योर्कका नेपालीहरूबाट महावीरलाई महादानको शुरूवात PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 17 December 2016 23:47

Exclusive: 6 photos: न्यू योर्क- नेपालका सुपरिचित समाजसेवी डा. महावीर पुन मगरको महाअभियानमा न्यू योर्कका नेपालीहरूबाट महादान गर्ने अभियानको थालनी भएको छ। 'राष्ट्रिय आविस्कार केन्द्र' मार्फत नेपालमा परिवर्तन ल्याउने धोको बोकेर विश्वभरका प्रवासी नेपालीहरू बिच राष्ट्र निर्माणका लागि महादानको अपील गर्दै हिडेका सामाजिक अभियन्ता डा. पुनले एनआरएन अमेरिकाको विज्ञान, प्रविधि र आर्थिक नीति समितिले न्यू योर्कमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आफू चन्दा माग्न आएको नभई राष्ट्र निर्माणको लागि नयाँ आईडिया र आर्थिक महादान गर्ने सन्देश बोकेर आएको बताए।

Nepal's pioneer social entrepreneur Dr. Mahabir Pun Magar speaking in New York on December 17, 2016. Photos by Pradeep Pariyar Thapa

केन्द्रको अवधारणामाथि प्रकाश पार्दै डा. पुनले युवा नेपाली प्रतिभाहरूले गर्ने नयाँ नयाँ आविस्कारहरूलाई फण्डिंग र मेण्टरिंगमा लगानी गर्ने बताए। डा. पुनले केन्द्रको 'ईनोभेसन ईन्कुबेटर' नीतिको स्थायित्वको लागि नेपाली जनताबाट रू ५० करोड महादान संकलन गरी १० मेगावाटको बिजुली उत्पादन गर्ने र उक्त बिजुली बिक्रीबाट हुने वार्षिक रू. ३० देखि ४० करोड मुनाफाले लगानी गर्ने जानकारी गराए।

New Yorker Nepalis with Nepal's pioneer social entrepreneur Dr. Mahabir Pun Magar in New York on December 17, 2016. Photos by Pradeep Pariyar Thapa

यसैबिच, अन्तरक्रिया कार्यक्रम लगत्तै न्यू योर्कका नेपालीहरूले डा. पुनको सहभागितामा डाकेको सेल्फ पे डिनरमा केन्द्रको लागि अमेरिकी डलर $२,६६७ महादान संकलन गरे।त्यसैगरी, न्यू योर्कमा केन्द्रको अभियान र महादान संकलनबारे सम्पर्क र जानकारी गर्न तेम्बा दोंग्वा ह्योल्मो, लिला राई, राम राई, विनोद पोमो, विष्णु राना मगर र प्रदीप परियार थापा मगर रहेको सहज समिति निर्माण गरिएको छ। केन्द्रको अभियानमा महादान गर्न नेपालस्थिक केन्द्रको बैंक एकाउण्टमा सिधै डिपोजिट गर्न पनि सकिन्छ। 'राष्ट्रिय आविस्कार केन्द्र' को वेवसाईट www.nicnepal.org मा सम्पूर्ण विवरण दिईएकोछ: अमेरिकी महादानकर्ताहरूले ट्याक्स डिडक्टेवल महादान गर्न चाहेमा डा. पुनकै नेपाल वायरलेस प्रोजेक्ट www.nepalwireless.net को अमेरिकी सिस्टर संस्थाको खातामा डोनेसन गरेमा ट्याक्स रिटर्न पाउनेछन्।

New Yorker Nepalis with Nepal's pioneer social entrepreneur Dr. Mahabir Pun Magar in New York on December 17, 2016. Photos by Pradeep Pariyar Thapa

डा. पुनले आफ्नो नाममा भएको रू. ३ करोड पर्ने पोखराको बेगनास ताल नजिकै रहेको २७ रोपनी जग्गा 'राष्ट्रिय आविस्कार केन्द्र' लाई अनुदान दिई सकेकाछन्। डा. पुन पनि एक समय अमेरिका बसेका भूतपूर्व अमेरिकी नेपाली एनआरएन हुन्। उनी अमेरिकी विश्वविद्यालय युनिभर्सिटी अफ नेब्रास्काबाट शिक्षामा मास्टर्स गरेर नेपालमा केही गरौं भन्दै मातृभूमि फर्केका कर्मवीर नेपाली आमाका सच्चा भूमिपुत्र हुन्।

Token of Mahadan: Nepal's pioneer social entrepreneur Dr. Mahabir Pun Magar receiving iPad donation from Dr. Bishnu Maya Pariyar in New York on December 17, 2016. Photos by Punam Rana Magar Malla

डा. पुनले सन् २००२ देखि आफ्नो जन्मथलो म्याग्दी जिल्ला र वरिपरीका जिल्ला र गाउँलाई ईण्टर्नेटबाट जोड्ने वायरअलेस प्रोजेक्ट शुरु गरेका थिए जसबाट अहिले १५ जिल्लाका १७५ गाबिसहरुका लाखौं जनताहरु ग्रामिण वायारलेस ईण्टरनेट सुबिधाबाट लाभान्बित हुन पुगेका छन् ।

Token of Love: Nepal's pioneer social entrepreneur Dr. Mahabir Pun Magar receiving Commendation from NRN NCC of USA in New York on December 17, 2016. Photos by Punam Rana Magar Malla

डा. पुनलाई आफ्नो मातृभूमि नेपाल फर्केर उल्लेखनीय सामाजिक कार्य गरे वापत उक्त विश्वविद्यालयले सन् २००७ मा अनरेरी डाक्टर अफ लेटर्स बिद्यावारिधीबाट सम्मानित गरेको छ । सन् २००७ मै डा. पुनलाई एशियाको नोबेल पुरस्कार मानिने पूर्व फिलिपिनो राश्ट्रपतिको नाममा स्थापित मागसायसाय पुरस्कारद्वारा सम्मानित गरिएको थियो भने उनी सन् २००२ को अशोका फेलो पुरस्कार बिजेता पनि हुन् । त्यसै गरी, सन् २०१४ मा ईण्टरनेट सोसाईटीले डा. पुनलाई नेपालमा वायरलेस टेक्नोलोजी गाउँगाउँमा पुर्याउन महत्वपूर्ण भूमिका निभाएकोमा जोनाथन बि पोस्टेल सर्भिस पुरस्कारबाट सम्मानित गरेको थियो ।

Nepal's pioneer social entrepreneur Dr. Mahabir Pun Magar featured at Business 360 magazine in 2014

'राष्ट्रिय आविस्कार केन्द्र' को वेवसाईट www.nicnepal.org मा महादानबारे यस्तो भनिएकोछ:

"थोपा थोपाले समुन्द्र भरिन्छ। नेपालमा विज्ञान तथा प्रविधिको विकास प्रतिभाशाली नेपालीहरूबाट नै गर्ने र गराउने महान् अभियान र अति पुण्य कार्यमा भाग लिनुहोस् र देश विकासको लागि आफू सक्दो मद्दत गर्नुहोस्। हाम्रो सुरुवाती लक्ष्य रु. ५० करोड हो जसबाट १० देखी १५ मेगावाट सम्मको जल विद्युत् उत्पादन गर्ने हो। सो जलविद्युतबाट आएको आम्दानीले "राष्ट्रिय आविष्कार केन्द्र" लाई दिगो रूपमा सञ्चालन गर्ने हो। आर्थिक सहयोग गर्ने चाहनेहरूले यी बैङ्कहरूमा नगद जम्मा गरेर भौचरको फोटो This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it मा पठाउनु होला अथवा 9841592361 मा महाबीर पुन लाइ फोन गर्नुस ।
1. राष्ट्रिय आविष्कार केन्द्र, खाता नम्बर 00100105201853, एभरेष्ट बैङ्क, नयाँ बानेश्वर शाखा काठमाडौँ Swift Code - EVBLNPKA
2. राष्ट्रिय आविष्कार केन्द्र, खाता नम्बर 01906322060017, हिमालायन बैङ्क , ठमेल शाखा,काठमाडौँ Swift Code - HIMANPKA
3. नेपालमा eSewa मार्फत आविष्कार केन्द्रको लागि पैसा पठाउन यहाँ Click गर्नुहोस् - www.nicnepal.org/donation ( यसमा कुनै कमिसन काटिने छैन - सौजन्य eSewa Pvt. Ltd.)
4. बिदेश बाट gofundme.com मार्फत Credit Card प्रयोग गरी आविष्कार केन्द्रको लागि पैसा पठाउन यहाँ Click गर्नुहोस् - www.gofundme.com/nic-nepal ( तपाईंले दान गरेको रकममा Deerwalk Foundation ले रकम थपेर दिनेछ - सौजन्य Deerwalk Foundation)"

-Pradeep Pariyar Thapa Magar in New York. Comments? 917-570-1098, or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.