Inside

All Time Top 50 News

न्यू योर्कमा 'नेपाली लेडिज साँझ-६ भब्यतापूर्वक सम्पन्न: नेपाली दिदिबहिनीहरुको रोमान्चक फेशन शो हेर्ने होईन ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 03 June 2018 20:56

Updated: Exclusive: 20 photos; 1 video: न्यू योर्क- सन् २०१२ देखि न्यू योर्कका नेपाली महिलाहरुले मनाउँदै आएको "नेपाली लेडिज साँझ-६" भब्यतापूर्वक सम्पन्न भएको छ । जुन २ तारिख शनिवार न्यू योर्कको ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा आयोजना गरिएको उक्त लेडिज साँझमा युवतीदेखि अधबैंशे दिदिबहिनीहरुले कम्मर मर्काउँदै क्याट वाक गरेको मोहक र रोमान्चक फेशन शोले दर्शक दीर्घामा रहेका दिदिबहिनीहरुको निक्कै वाहवाही पायो ।

Nepali Women's Fashion Show: Nepali Ladies Sanjh-6 hosted in New York on June 2, 2018. Photos by Pradeep Pariyar Thapa

यसैबिच, 'नेपाली लेडिज साँझ' लाई जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारोले छैठौं वर्शसम्म निरन्तर कार्यक्रम सन्चालन गरी मानवीय सहयोग र नेपाली नारीहरुको शसक्तिकरण गर्नमा योगदान पुर्याएको उच्च कदर गर्दै सिटी साईटेशनद्वारा सम्मान गरेकाछन् । उक्त सम्मान जर्सी सिटी शहरको मेयरकि सल्लाहकार डा. बिष्णुमाया परियारले आयोजकहरुलाई प्रदान गरेकी थिईन् ।

Jersey City Council President Rolando Lavarro Jr. honored Nepali Ladies Sanjh with City Citation. Jersey City Mayor's Advisor Dr. Bishnu Maya Pariyar presented the award. Photos by Pradeep Pariyar Thapa



नेपालकि पूर्व मोडेल डेजी शेर्पाले कोरियोग्राफी गरेको फेशन शोमा कविता, सोनु, डोल्मा, साङ्गे, हिशि, बसन्ती, एलिजा, बिनि, सुजु, डेजि, करुणा र ऐस्वर्याले नेपाली सारी पहिरन र आधुनिक ड्रेसमा मन्चित दुई शोले रोमान्चित बनेका दर्शकहरु कुनै पूर्व  तयारी बिना आ-आफ्नो टेबल समूहबाट एक एक जना चुनेर क्याट वाक गर्दाको दृश्य उत्तिकै मनोरन्जनात्मक बन्यो । धेरै दिदिबहिनीहरु पहिलो चोटी फेशन शोको र्याम्पमा उत्रेका थिए । एक जना दिदिले युएसनेपालअनलाईनलाई दुखेसो पोख्दै भनिन्- "यस्तो मन्च मै उतृनु पर्छ भन्ने थाहा भएको भए त अरु २, ४ पाउण्ड घटाएर आईन्थ्यो नि", उनले थपिन्- "अर्को साल हेर्नु होला जिउडाल बनाएर आईन्छ ।"

Nepali Women's Fashion Show: Nepali Ladies Sanjh-6 hosted in New York on June 2, 2018. Photos by Pradeep Pariyar Thapa

उता कलाकार बसन्ती राई,मेलिशा राई र अलिशा राईको समूहले किराती राई परम्परागत पहिरन र साकेला गीतमा सुन्दर साँस्कृतिक फेशन शो गरे । आयोजकहरुले आउँदो सालदेखि नेपालका बिबिध जाति जनजातिहरुको पहिरनको फेशन शो थपिदै जाने जानकारी गराए ।

Nepali Ladies Sanjh-6 hosted in New York on June 2, 2018. Photos by Pradeep Pariyar Thapa

साहित्यकार गीता खत्रीले आफ्नै गीतमा मोहक नृत्य प्रस्तुत गरिन् भने नायिका बिनिता बास्कोटा पौड्यालले आफ्नो सुन्दर नृत्यले दर्शकहरुलाई मनोरन्जन दिलाईन् । सुजाता श्याङ्देन र अर्चना मगरको फ्यूजन नेपाली नृत्यलाई दर्शकले खुब मन पराए । साँझको सन्चालन संगिता उप्रेतीले गरेकी थिइन् ।

नेपाली लेडिज साँझ आयोजक समितिले हरेक वर्षको आयोजनाको मुनाफाबाट नेपाल र अमेरिकामा सामाजिक सेवामा सहयोग पुर्याउँदै आएको छ । उक्त साँझले सन् २०१३ मा नेपालकि साबिका थापालाई किड्नी ट्रान्स्प्लाण्टको लागि सहयोग गरेको थियो भने सन् २०१४ मा न्यू योर्क कि प्रासा तुलाधरलाई फोक्सोको उपचारको लागि सहयोग पुर्‍याएको थियो । सन् २०१७ मा एनआरएन महिला उम्मेद्वारहरुको स्वायत तथा अन्तरकृया कार्यक्रम र गोर्खाअल्याण्ड आन्दोलनका पिडितहरुलाई राहत पुर्‍याएको थियो ।

त्यसैगरी, सन् २०१६, २०१७ र २०१८ मा नेपाली बालबालिकाहरुको किड्स ट्यालेण्ट कार्यक्रम सफलता पूर्वक सम्पन्न गरिसकेको छ जसमा डेढ सयभन्दा बढी न्यू योर्कका बालबालिकाहरु सहभागी भएर आ-आफ्नो प्रतिभा प्रदर्शन गर्ने र नयाँ कुरा सिक्ने मौका पाएका थिए ।

नेपाली लेडिज साँझको अफिसियल वेबसाईट हेर्नुहोस्: www.NepaliLadiesSanjh.com

-Pradeep Pariyar Thapa Magar. Comments? 917-570-1098, or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-न्यू योर्कमा 'नेपाली लेडिज साँझ-६ आगामी जुन २ तारिख हुँदै, स्लिमिङ बन्ने लहर

-Nepali Children showcased their talents in New York

-न्यू योर्कमा 'नेपाली लेडिज नाईट-५' भव्यतापूर्वक सम्पन्न

-न्यू योर्कमा तेश्रो नेपाली लेडिज नाइट सम्पन्न

-न्यू योर्कमा दोश्रो 'नेपाली लेडिज् नाइट' को रमाइलो हेर्ने हैन?

-न्यू योर्कमा दोश्रो वार्षिक लेडिज नाइट सम्पन्न, क्याट वाकदेखि इलेफेन्ट वाक !

-न्यू योर्कमा रमाइलो 'नेपाली लेडिज नाइट' सम्पन्न

-न्यू योर्कमा नेपाली महिलाहरुको रत्यौली "लेडिज नाइट" को रमझम हेर्ने होइन?

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.