Inside

All Time Top 50 News

न्यू योर्कमा रमाइलो 'नेपाली लेडिज नाइट' सम्पन्न PDF Print E-mail
Share
User Rating: / 7
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 22 April 2012 08:13

इम्पावोर दलित वुमन अफ नेपाल (EDWON) बोस्टनकि संस्थापक बिष्णुमाया परियार सम्मानित

Updated: Updated: Special: 1 video; 19 photos: न्यू योर्क- न्यू योर्कका नेपाली महिलाहरुले अप्रिल २१ तारिख बेलुकी रमाइलो 'नेपाली लेडिज नाइट' साँझ सम्पन्न गरेकाछन्।


Nepali Ladies Night celebration in New York on April 21, 2012. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com

न्यू योर्कको कुइन्सस्थित उड्साइडमा रहेको सगरमाथा रेस्टुरेन्ट हलमा आयोजित इक्त लेडिज नाइटमा नेपाली महिलाहरुले गायिका अन्जना श्रेष्ठ, शान्ता घिमिरेको गीतमा कम्मर मर्काएभने नेपाली डिजेको नेपाली गीतहरुको सुमधुर धुनमा धितमरुन्जेल नाँचेका थिए। उता सरिता श्रेष्ठले मोहक न्रित्य प्रस्तुत गरेकी थिईन्।

Dance ladies dance: Nepalese women at the event. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com

कार्यक्रमको आयोजना मुना राई गुरुङ, मीरा गुरुङ, अनिता तामाङ, निमा लामा, जय श्रेष्ठ, मनिता गुरुङ र सिद्धार्थ गुरुङलगायतको अनौपचारिक महिला समूहले गरेको थियो।

Mira Gurung, one of the organizers of the Nepali Ladies Night celebration. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com

आयोजक मध्येकि मिरा गुरुङले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै लेडिज नाइट नेपाली दिदिबहिनीहरुबिच चिनाजान गर्ने, आ-आफ्नो कलाको प्रदर्शन र अनुभबको आदान प्रदान गर्ने रहेको उल्लेख गरिन्। "आजको साँझ हामीहरुको साँझ हो, तपाईंहरुको साँझ हो। तपाईंहरु नाँच्नुहोस्, गाउनुहोस्। रमाइलो गर्नुहोस्।"

उनले नारीबादी कुरा गर्दै अगाडि भनिन्- "हामी पनि पुरुष बर्ग झै अगाडि बढौं, हामी पनि किन पछि मात्र पर्ने? ...हामी पनि हातमा हात काँधमा काँध समातेर जाउँ न।"

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Nepali Ladies Night, New York, April 21, 2012

बिशिस्ट अतिथीकोरुपमा इम्पावोर दलित वुमन अफ नेपाल (EDWON) बोस्टनकि संस्थापक बिष्णुमाया परियार उपस्थित थिइन्। उनलाई आयोजकहरुले नेपालमा सिमान्त्क्रित महिलाहरुको शसक्तिकरण र बाल बालिकाहरुको शिक्षाकोलागि पुर्याएको योगदानको कदर गर्दै परम्परागत खादाद्वारा सम्मान गरेका थिए।

Empower Dalit Women of Nepal (EDWON) founder Bishnu Maya Pariyar being welcome & honored at the Nepali Ladies Night. Photo: eEyeCam.com

उता बिशिस्ट अतिथी बिष्णुमाया परियारले आफूलाई न्यू योर्कका महिलाहरुले यसरी सम्मान गरेकोमा आभार ब्यक्त गर्दै नेपाली महिलाहरुको एकता हुनु पर्ने कुरामा जोड दिईन्।

उनले आफूले नेपालमा आफ्नो संस्था एड्वान खोल्दा समाजले यो केटीले कसरी खोल्न सक्छ भनेर औँला ठड्याएको उल्लेख गर्दै आफूले अरु महिलाहरुसंग मिलेर संस्था खोलेरै छाडेको र आज १० हजारभन्दा बेशी सिमान्तक्रित महिला र बाल बालिकाहरुको निम्ती काम गर्न सफल भएको जानकारी गराइन्। उपस्थित महिलाहरुलाई लक्षित गर्दै उनले भनिन्- तपाईंहरु पनि एक जना बाल बालिका, एक जना महिलालाई सहयोग गरेर काम शुरु गर्नुस्, त्यसकोलागि तपाईंहरु आँफै इम्पावोर (शसक्रित्क्रित) हुनुस् यो नै सबैभन्दा ठूलो कुरा हो।"

The organizers of the Nepali ladies Night. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com

कार्यक्रमको सन्चालन मुना राई गुरुङ र सिद्धार्थ गुरुङले गरेका थिए।

पोहर साल अप्रिल ९ तारिख न्यू योर्कको अर्को महिला समूहले पहिलो लेडिज नाइट सम्पन्न गरेको थियो (हेर्नुहोस्) भने गन्तीको हिसाबले यो लेडिज नाइट न्यू योर्कमा आयोजित दोश्रो नेपाली लेडिज नाइट हो। पोहर सालको समूहले आगामी जून महिनामा आयोजना गर्ने तयारी गरिरहेको छ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-न्यू योर्कमा नेपाली महिलाहरुको रत्यौली "लेडिज नाइट" को रमझम हेर्ने होइन?


Singer Anjana Gurung. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com

Dancer Sarita Shrestha. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com


Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com

Bishnu Maya Pariyar. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com

Emcee & co-organizer Muna Rai Gurung. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com


Emcee & co-organizer Siddharth Gurung. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com





Singer Santa Ghimire. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com





Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com





The organizers. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.