Inside

All Time Top 50 News

जनसम्पर्क समिति अमेरिकाबाट जबाफ चाहियो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Friday, 21 November 2014 16:12

Exclusive: 2 photos: न्यू योर्क- नेपाली जनसम्पर्क समिती अमेरिकालाई सो सामितिको न्यू योर्क च्याप्टरका पूर्व सभापती सोमनाथ घिमिरेद्वारा गम्भिर आरोप लगाउँदै अमेरिकि सरकारका ५ निकायमा मुद्दा दायर गरिएको छ । उनले समिती मुनाफारहित संस्थाकोरुपमा दर्ता भएको तर राजनितिक गतिबिधी गर्ने गरेको र संस्थाको आर्थीक हिसाबकिताब चुस्तदुरुस्त नराखेको भन्दै अमेरिकि सरकारको कर असुली बिभाग आईआरएस (IRS), एफबिआई (FBI), न्यू योर्क एटोर्नी जनरल, अमेरिकि कानून बिभाग र न्यू योर्क मानब अधिकार बिभागमा न्यायोचित छानबिनको माग गर्दै मुद्दा हालेका हुन् । आईआरएसले उनको निबेदन उपर छानबिन शुरु गरेको जानकारी गराएको घिमिरेले बताएकाछन् ।

Nepali Janasamparka Samiti America New York Chapter ex-president Somnath Ghimire sued to the Samiti for financial irregularities, compliance with 501(c)3 not-for-profit status of the organization. He filed sued against the Samiti at IRS, FBI NY, US Dept. of Justice, NYS Dept. of Law (Attorney General) and Human Rights Division of NY. Photo by Pratha Magar for USNepalOnline

समितीको टेक्सास राज्यको डालस शहरमा नोबेम्बर २२ र २३ तारिखबीच दोश्रो केन्द्रिय महाधिबेशन हुँदैछ । यसै बीच, घिमिरेले समिती र त्यसका नेताहरुबाट जवाफ मागेका छन्- पढ्नुहोस् उनको ३ वटा अपील:

जबाफ चाहियो

नेपाली जनसंपर्क समिती अमेरिका न्यू योर्क च्याप्टर को दोर्सो अधिबेशन जुन २२ तारिक आईतबार का दिन भएको थियो जसमा ८०० भन्दा बडी साधारण सधस्य बनाइएको रहेछ। प्रतेक सधस्यहरुबाट $२१ सुल्क उठाईएको रहेछ, कुनै ट्यक्स एक्सेम्प्ट को राशिद नै न दिकन। जम्मा रकम $१६००।०० भन्दा माथि उठाईएको रहेछ, तर त्यो रकम काहा गयो त ? यस्तै अरु २७ च्याप्टरहरुबाट पनि त रकम उठाईयो होला ? न्यू योर्कको कुरा गर्दा, कती जनालाई त तेतिकै घरमई बसीबसी सधश्य बनाेछन साथी हरु ले , उनिहरु लाई थाहा नै रहेन छ ? न सधश्य फरम नै भरेका छन? मौखिक सधस्य भएछन, एस्तो त कुनै जनसंपर्क समिती को बिधान मा उल्लेख छैन होला ? अनी हाम्रो नाम चैइ पूर्व नीयोजित ढंग ले हटाउने। एस्को नाम त कुनै हालत मा पार्नु हुँदैन है साथी हो भनेर ग्रण्ड डिजाईन गर्ने ? ठिकै छ हेर्दै जाउ के के हुन्छ अरु कुन ग्रण्ड डिजाईन रचछन साथी हरु ले ? पार्टी अनुशाशन मा चल्ने गर्दछ, नेतृत्व बिधि बिधान अनुसार अधिबेशन बाट हुने गर्दछ । घरै बसी बसी अधिबेशन गरे भई हाल्यो नि, किन बिधी र बिधान मान्ने ? सबै काम कुरो गोप्य गरे भही हाल्यो नि अनी फलानो सभापति भनेर नै घोषणा गरी दिये भई हाल्यो नि साथी हो।

Nepali Janasamparka Samiti America New York Chapter ex-president Somnath Ghimire sued to the Samiti for financial irregularities, compliance with 501(c)3 not-for-profit status of the organization. He filed sued against the Samiti at IRS, FBI NY, US Dept. of Justice, NYS Dept. of Law (Attorney General) and Human Rights Division of NY. Photo by Pratha Magar for USNepalOnline

हामी साथी हरु मिलेर पार्टी अफिस को ईस्थापना गरेयूँ, जुन कार्य पार्टी लाई खुसि को खबर थियो भने नेपाली जनसम्पर्क अमेरिका ले एउटा ईतिहास रचीसकेको थियो, धेरै सामाजिक काम, जए नेपाल भन्ने पुस्तक को पनि बिमोचन गर्‍यो, अनी बिबिद लोक सन्स्कृतिक कार्यक्रम ढाका क्लब कुईन्स न्यू योर्क मा भब्यता पूर्वक सम्पन्न भयो। पार्टी लाई पनि चुनाव ताका केही रकम  सहयोग गरेउ। एस पार्टी अफिस मा उुप-सभापती राम चन्द्र पौडेल, केन्द्रिय सधश्य हरु स्वर्गिय भिम बहादुर तमाङ, राम शरण महत, प्रदिप गिरी, चित्र लेखा यादव, गोपाल मान श्रेष्ठ, अर्जुन जोशी, सुजता कोइराला, कबिता सर्दार, उशा गुरुङ, सिता गुरुङ, महेन्द्र धोज जी सी,केशब बुढाथोकी, पूर्व सांसदहरु राम बहादुर बिष्ट र केशब थापा,  विद्यार्थी नेता  टिका चौधरी र बिश्व प्रकाश शर्मा हरु को उपस्थिती थियो तर केही साथी हरु ले तेस्बेला कार्य बाहक सभापति सुशिल कोइराला दाई लाई एउटा चार तारे झन्डा फराएर एस्थापना गरेको पार्टी अफिस मा आउन त दिएनन दिएनन अनी एक डोल्लर को पनि पार्टी अफिस को भाडा मा सहयोग गरेनन।

अब जनसंपर्क समिती अमेरिका न्यू योर्क च्यप्टर को पूर्व पार्टी अफिस को भाडा बपात बाँकी रकम कस्ले चुक्ता गर्ने हो ? कृपया हेर्नुस त्यो पार्टी अफिस को बाँकी भाडा तिर्न रहेको रकम, जम्मा $ ३२५०।००

-Somnath Ghimire
Hello: 1-917-742-7566

Teach this triple truth to all: A generous heart, kind speech, and a life of service and compassion are the things which renew humanity. --Buddha


रामचन्द्र दाईलाई चिट्ठी

आदर्णीय रामचन्द्र पौडेल दाई,
उुप-सभापती
नेपाली कांग्रेस पार्टी, नेपाल
हाल अमेरिका।                    

दाई जए नेपाल।

तपाईं एउटा असल र ईमान्दार नेता भनेर जानेको चिनेको थिए। सबै को समस्या बुज्ने र कुनै पनि समस्या को समाधान गर्ने तपाईं आज हाम्रो समस्या को हल नगरि किन नेपाली जन्संपर्क समिती अमेरिका को दोस्रो एकता को अधिबेशन मा रिबोन काटन आउन्दै हुनुहुन्छ रे। तपाईं लाई स्वागतम कालो रिबोन काटनलाई।

तपाईं हाम्रो आदर्णीय नेता, तथा उप-सभापती, बिध्वान नेता पढे लेखेको नेता किन नेपाली जनसंपर्क समिती अमेरिका मा भएका समस्या तथा त्रुती हरु को समाधान नगरिकन अधिबेशन मा उपस्थिती जनाउन आउदै हुनुहुन्छ ? राम चन्द्र दाई, तपाईले हाम्रो समस्या न बुज्न नै खोज्नु भयो न त पार्टी भित्र आत्मसमीक्षाको कुरा नै गराउन सक्नु भयो ? नेपाली कांग्रेस समर्पित जनसम्पर्कमा आबद्ध सबैलाई न्याय पाउन म यस अमेरीकी कानूनको सहयोग र साहरा  लिन बाध्य हुँदै अमेरिका को बिभिन्न सरकारी कार्यलय तथा न्युयोर्कका संबन्धित कानुनि निकायमा उजुरी दायर भएको ब्यहोरा तपाईंलाई  जानकारी गराउन चाहान्छु र तपाईं पनि एस्को जबाब देही हुन सक्ने सम्भावना बडदो छ ।

यो नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति अमेरिका, लागि उल्लेखित विधी र विधान अनुसार  कुनै पनि कार्य हरु  भएका छैनन ? अमेरिका मा दुईटा जनसंपर्क समिती दर्ता छन, एउटा टेक्सस राज्य मा अर्को न्यू योर्क राज्य मा , किन एसो गर्न दिईयो ? नेपाली जनसंपर्क समिती अमेरिका को ट्यक्स एक्सेम्प्त नोन प्रोफित हो कि होइन ? ५०१(सी)३ लिएको छ  छैन ? तपाईं ले अमेरिकि कानुन अनुसार दर्ता गरिएका कगजात हरु निहाल्नु भएको छ कि छैन ? दुइटै जनसंपर्क समिती ले सधश्य सुल्क बापत उठाएको हजारौं डोल्लर काहा गये? कि तपाईं को अमेरिका भ्रमण मा खर्छ गर्छन ति सन्कलन रकम हरु ?

यो एकताको दोस्रो अधिबशनको तयारी समिति , यसले सदस्य वितरण कार्यलाई अमेरीकाको सबै राज्यहरूमा तिब्र पारिएको थियो साथै अन्य चन्दा संकलन कार्यलाई पनि त्यही गतिमा अगाडी बढाएको थियो, अमेरीको सबै राज्यवाट लगभग हजारको संख्यामा सदस्य वितारण गर्नको साथै क्रियासील सदस्य संख्या पाँच सय सम्म पुराई नेपाली कांग्रेसको केन्द्रीय कार्यलयमा बुझाएको  र विवादहरू यथावात हँुदा हुँदै पनि केही महत्वकाँक्षी व्यक्तिहरू प्रजातन्त्रका निम्नतम् मुल्य मान्यता समेत पुरा नगरि अत्यन्तै गोप्यरूपमा महासमिति सदस्य तथा प्रतिनिधी छनौट गरि महाधिबेशनमा भाग लिन नेपाल गएका थिए तर  विवादले झन् चार्कोरूप लियो / विष्णु सुबेदी संयोजक तोकी आर्को नयाँ तयारी समिति गठन गरियो, यस तयारी समितिले पनि हजारौका संख्या सदस्य वितारण गर्नको साथै चन्दा संकलनलाई त्यसरी नै तिब्र पारिएको थियो । अधिबेशनका नाममा सदस्य शुल्क मात्रै लाखौ डलर उठाएको छ भने चन्दा रकम पनि लाखौ उठाएको छ, न्युयोर्कमा स्थित सनि साईडमा जनसम्पर्क समितिको कार्यलय स्थापना भएको थियो, यो हाम्रो कार्यलय मा तपाईं को पनि उपस्थिती थियो, तर नेतृत्व परिवर्तन पछि कार्यलय को भाडा बापत $३२५० तिर्न अजै बाँकी छ? यो कस्ले तिर्ने हो? हाल सम्मको सारा हिसाब किताब कुनै पारदर्सित छैनन्, क्रियासील सदस्यता कार्ड हाल सम्म कसैको हातमा दिएको छैन साल सालै लिएको सदस्यता निवकरण शुल्क रकम काहँा खर्च गरयो वा कसरी संचालन भएको छ ? यस संस्था हाल सम्मका कर दिएको छ वा छैन ? किन यस जनसम्पर्कको नाममा झगडा ह्ुन्छ ? कसरी एउटै देशमा दुईटा जनसम्पर्क समिति दर्ता छ ? एउटा प्रजातन्त्रिक पार्टीका भातृ संगठनमा प्रधिस्प्रदाको राजनितिलाई कुन्ठित पार्दै सिमित व्यक्तिहरूको पेवाको रूपमा यो जनसम्पर्क किन संचालन गरिन्दै छ ? यस भित्र किन यति मात्रमा आर्थिक घोठला हुन्छन ? जनतावाट उठाएको सदस्य शुल्कमा किन नेपाल तथा अमेरीकाको   भ्रमणहरू गरिन्छ , गराईन्छन ? साथै किन अधिवेशनमा जान हार्टफोर्ट अधिवेशन देखि कृयाशिल रहेका ईमान्दार कांग्रेसका साथीहरू नाम नियोजित ढंगले हाटाउने गरिन्छ ? आफु र आफ्ना ले नेतृत्व गर्न नपाएसम्म पार्टी संगठन लाई भकुण्डो झैँ खेलाउन र जे जस्ता अप्रजातान्त्रिक कार्य गर्न पनि नलजाउने स्वघोसित महोदयहरुका बिगत का गतिबिधि हरु केलाएर हेर्ने हो भने संगठन नेतृत्व मा तिनीहरुलाई नई पुर्याउनु कोंग्रेस कै लागि दुर्भाग्यसिद्ध हुनेछ । पार्टी अनुशाशन मा चल्ने गर्दछ, नेतृत्व बिधि बिधान अनुसार अधिबेशन बाट हुने गर्दछ । आफ्नै खुसि समिति बनाई संगठन का खिलाफ जाँदा पनि केन्द्र ले तिनीहरु लाई सचेत अथवा कारबाही नगरिकन पुरस्कृत गर्ने परम्परा को थालनी ले संगठन भित्र अनुशासन को खडेरी पर्न थालेको छ । तपाईं नै अनुशासन को पाठ सिकाउने अनी कारबाही चाँही अमेरिका का कङ्रेसी साथी हरु लाई छुट ?

हिजो पार्टी को १२ अधिबेशन मा जो कथित १० लाख रकम सन्कलन गरेर पठाएको भन्ने खबर के यो साचो हो? हो भने कसरी र कस्को नाम बाट पठाएको हो, तेसको हिसाब किताब हामी सामु चाहिन्छ। कृयासिल सदश्य हरु को नाम किन अजै पनि सार्बजनिक नगरेको? को को सँग कती कती रकम लिएको छ ति सबै को ईस्पस्ट हिसाब किताब हुनु पर्यो।

नेपाली जनसंपर्क समिती अमेरिका न्यू योर्क च्याप्टर को दोर्सो अधिबेशन जुन २२ तारिक आईतबार का दिन भएको थियो जसमा ८०० भन्दा बडी साधारण सधस्य बनाइएको रहेछ। प्रतेक सधस्य हरु बाट $२१ सुल्क उठाईएको रहेछ, कुनै ट्यक्स एक्सेम्प्ट को राशिद नै न दिकन। जम्मा रकम $१६००।०० भन्दा माथि उठाईएको रहेछ, तर त्यो रकम काहा गयो त ? यस्तै अरु २७ च्याप्टर हरु बाट पनि त रकम उठाईयो होला ? न्यू योर्क को कुरा गर्दा, कती जना लाई त तेतिकै घरमई बसी बसी सधश्य बनाएे छन साथी हरु ले , उनिहरु लाई थाहा नै रहेन छ ? न सधश्य फरम नै भरेका छन? मौखिक सधस्य भएछन, एस्तो त कुनै जनसंपर्क समिती को बिधान मा उल्लेख छैन होला राम चन्द्र दाई ?

यि माथि उल्लेखित प्रश्नहरू खडा गर्ने काम खगेन्द्र जि सि हुदै हालका विष्णु सुवेदी नेतृत्वका समितिले सृजना गरिएको हुँदा नेपाली समुदाय भित्र जनसम्पर्क नाममा थप तनाव सृजना गरिनुको साथै नेपाली नेपाली माझमा पक्ष र विपक्ष सृजना गरि आपासमा झगडाको बिउ रोप्दै नेपाली सामाजका आपसि माया र सदभाव विथोल्ने कार्य समेत गरिएको हँुदा यथाशिघ्र यसै २०१४ को नोभेम्वर २२ र २३ मा हुन गईरहेको अधिबेशन अगाडी यस प्रश्नको जावाफ तपाईं ले दिनु हुनेछ भन्ने आशा छ। राम चन्द्र दाई को अमेरिकि भ्रमण कालो रिबोन काटने कैचई चै सफल होस।

जए नेपाल।

सोमनाथ घिमिरे

पुर्ब अध्यक्ष
जनसम्पर्क समिति अमेरिका , न्युयोर्क च्यापटर
ने बि संघ अमेरिका क्यानाडा च्याप्टर
पूर्व केन्द्रिय सधश्य नेपाली जनसंपर्क समिती अमेरिका, (टेक्सस)

मिति: नोभेम्वर १८, २०१४

प्रेस विज्ञप्ती

आदरणिय पत्रकार ज्यूहरू,

नेपाली जनसम्पर्क समिति उत्तर अमेरीका नेपाली कांग्रेस पार्टीका एक भातृ संगठन भएको ब्यहोरा यहाँहरू सबैलाई अवगद  गराउन चाहान्छु । टेक्सास् राज्यको डल्लास शहरमा सन् २००६ साल को मे महिनाको २० तारिखका दिन नेपालको  नेपाली कांग्रेस पार्टीको आबद्धता प्राप्त अनुमति पत्र अनुसार दर्ता भएको व्यहोरा जानकारी समेत गराउन चाहान्छु । यो नेपाली कांग्रेसको विदेश स्थित जनसम्पर्क समितिहरूका लागि उल्लेखित विधी र विधान अनुसार अमेरीकावासीहरू जो कांग्रेस प्रति समर्पित तथा आबद्ध हुनु हुन्छ वहाँबरू माझ सामाजिक तथा राजनैतिक कार्यक्रमहरू संचालन गर्दै मातृ भुमि तथा पार्टीलाई समेत सहयोग र सेवा पुुर्याउने मुल उदेश्य राखि एउटा विशुद्ध नाफा रहित (not-for- profit) सामाजिक संस्थाको रूपमा स्थापना भएको कुरा अबगद गराउन चाहान्छु ।

सन २००७ साल सेप्टेम्वर ३ मा कनेक्टिकट राज्यको हार्टफोर्टमा आयोजित प्रथम अधिवेशन का निर्वाचित समितिले केन्द्रका निर्देशन अनुसार विभिन्न उल्लेखित सामाजिक तथा राजनैतिक कार्यहरू गरिनुको साथै जनसम्पर्क समितिको सामाजिक साथै राजनैतिक हैसियतलाई थप उच्चाईमा पुराई रहेको क्रममा मातृ पार्टी र जनसम्पर्कमा आबद्ध कार्यकर्ता तथा नेताहरूको चासो र सम्पर्क पनि त्यस्तै प्रकारले बढी रहेको अवस्था थियो तर केही महत्वकांक्षी साथीहरूका कारणले गर्दा जनसम्पर्क समिति भित्र विवाद सृजना गरिएको हुँदा नेपाली कांग्रेसका कार्य वाहक सभापति सुशिल कोईरालाले यसै विवादलाई देखाउदै हार्टफोर्ट अधिबेशनवाट निर्वाचित डां सुरेन्द्र राज देवकोटा नेतृत्वका समितिलाई विघठन गरि खगेन्द्र घर्ति क्षेत्रीलाई संयोजक तोकी नयाँ अधिबेशन तयारी समिति गठन गरिनुको साथै उक्त समितिमा हार्टफोर्ट अधिबेशन विरोधी आनन्द विष्ट समुह समेत समावेश गराएको थियो ।

यो एकताको दोस्रो अधिबशनको तयारी समिति थियो, यसले सदस्य वितारण कार्यलाई अमेरीकाको सबै राज्यहरूमा तिब्र पारिएको थियो साथै अन्य चन्दा संकलन कार्यलाई पनि त्यही गतिमा अगाडी बढाएको थियो, अमेरीको सबै राज्यवाट लगभग हजारको (१०००.००) संख्यामा सदस्य वितारण गर्नको साथै क्रियासील सदस्य संख्या पाँच सय (५००.००) सम्म पुराई नेपाली कांग्रेसको केन्द्रीय कार्यलयमा बुझाएको िथयो र विवादहरू यथावात हँुदा हुँदै पनि केही महत्वकाँक्षी व्यक्तिहरू प्रजातन्त्रका निम्नतम् मुल्य मान्यता समेत पुरा नगरि अत्यन्तै गोप्यरूपमा महासमिति सदस्य तथा प्रतिनिधी छनौट गरि महाधिबेशनमा भाग लिन नेपाल गएका थिए तर  विवादले झन् चार्कोरूप लियो आखिर सभापति सुशिल कोईरालाले यो खगेन्द्र नेतृत्वका समितिलाई पनि विघठन गर्न बाध्य भो र पुन: विघठन गरि विष्णु सुबेदी संयोजक तोकी आर्को नयाँ तयारी समिति गठन गरियो, यस तयारी समितिले पनि हजारौका संख्या सदस्य वितारण गर्नको साथै चन्दा संकलनलाई त्यसरी नै तिब्र पारिएको थियो । अधिबेशनका नाममा सदस्य शुल्क मात्रै लाखौ डलर उठाएको छ भने चन्दा रकम पनि लाखौ उठाएको छ तर हाल सम्म अधिबेशन हुन सकेको छैन नत अन्य सामाजिक कार्यहरू नै भएका छन्, सुरेन्द्र नेतृत्वमा हुँदा न्युयोर्कमा स्थित सनि साईडमा जनसम्पर्क समितिको कार्यलय स्थापना भएको थियो तर नेतृत्व परिवर्तन पछि कार्यलयमा भएका सबै फर्निचर तथा कार्यलय भित्रका अन्य ईलोक्ट्रोनिक सर सामान टि. भी तथा फायलहरू सबै काहाँ छन्? हाल सम्मको सारा हिसाब किताब कुनै पारदार्सित छैनन्, क्रियासील सदस्यता कार्ड हाल सम्म कसैको हातमा दिएको छैन साल सालै लिएको सदस्यता निवकरण शुल्क रकम काहँा खर्च गरयो वा बैंक खाता कसरी संचालन भएको छ ? यस संस्था हाल सम्मका कर दिएको छ वा छैन ? किन यस जनसम्पर्कको नाममा झगडा ह्ुन्छ ? किन आनन्द विष्ट ( गोराक बहादुर विष्ट) नाममा न्युयोर्कमा आर्को जनसम्पर्क दर्ता गरियो ? आनन्दको जनसम्पर्क समितिमा संकलन भएको रकम कहाँ खर्च गरयो वा बैंक खातामा छ ? कसरी एउटै देशमा दुईटा जनसम्पर्क समिति दर्ता छ ? यो समितिहरू सिमित मानिसहरू मात्र किन ? घेरावन्दी  भित्र मात्र यो संस्था काव्ज गरि राखेको छ किन ? एउटा प्रजातन्त्रिक पार्टीका भातृ संगठनमा प्रधिस्प्रदाको राजनितिलाई कुन्ठित पार्दै सिमित व्यक्तिहरूको पेवाको रूपमा यो जनसम्पर्क किन संचालन गरिन्दै छ ? यस भित्र किन यति मात्रमा आर्थिक घोठला हुन्छन ? जनतावाट उठाएको सदस्य शुल्कमा किन नेपाल तथा अमेरीकाको विभिन्न राज्यहरूमा आफु खुसि अधिवेशनको नाममा भ्रमणहरू गरिन्छ ? साथै किन अधिवेशनमा जान हार्टफोर्ट अधिवेशन देखि कृयाशिल रहेका ईमान्दार कांग्रेसका साथीहरू नाम नियोजित ढंगले हाटाउने तथा नाम छुटाउने गर्छ ? यि माथि उल्लेखित प्रश्नहरू खडा गर्ने काम खगेन्द्र जि सि हुदै हालका विष्णु सुवेदी नेतृत्वका समितिले सृजना गरिएको हुँदा नेपाली समुदाय भित्र जनसम्पर्क नाममा थप तनाव सृजना गरिनुको साथै नेपाली नेपाली माझमा पक्ष र विपक्ष सृजना गरि आपासमा झगडाको बिउ रोप्दै नेपाली सामाजका आपसि माया र सदभाव विथोल्ने कार्य समेत गरिएको हँुदा यथाशिघ्र यसै २०१४ को नोभेम्वर २२ र २३ मा हुन गईरहेको अधिबेशन अगाडी यस प्रश्नको जावाफ संबन्धित व्यक्तिहरू ( जनसम्पर्क तयारी समिति) वाट प्राप्त गर्न म लगायत प्रजातन्त्र प्रेमी नेपाली कांग्रेस समर्पित जनसम्पर्कमा आबद्ध सबैलाई न्याय पाउन म यस अमेरीकी कानूनको सहयोग र साहरा  लिन बाध्य हुँदै अमेरिका को बिभिन्न सरकारी कार्यलय तथा न्युयोर्कका संबन्धित कानुनि निकायमा मुद्धा दायर भसकेको ब्यहोरा याहाँहरूलाई जानकारी गराउन चाहान्छु । आशा छ अमेरीकी कानुनि निकायवाट हामी माथि सही न्याय र निसाफ दिने छ । धन्बाद

सोमनाथ घिमिरे

पुर्ब अध्यक्ष
जनसम्पर्क समिति, न्युयोर्क च्यापटर

मिति: नोभेम्वर ५, २०१४

Read related news about Nepali Jana Samparka Samiti America:

-http://usnepalonline.com/janasamparka/

-अमेरिकामा काँग्रेस जनसम्पर्क समितिको चुनावी भिडन्त: अन्तत: सुबेदी र बिस्टबीच कडा प्रतिस्पर्धा हुने सम्भावना

-न्यू योर्कमा जनसम्पर्क समिति अमेरिकाको अध्यक्ष पदमा अनन्द बिस्टद्वारा घोशणा: अन्य ४ प्रत्यासीहरु दाबेदार

-न्यू योर्कमा दोहोरी नागरिकताको सवालमा अलमल्ल परेका काँग्रेस सभापति कोईरालाको अनुरोध: "मलाई सन्त नेता नभन्नोस्"

-न्यू योर्कमा काँग्रेस सभापति कोईरालासंगको अन्तरकृयामा लिम्बुवान राज्यको माग गर्दै कालो झन्डा

-न्यू योर्कमा आई पुगे काँग्रेस सभापति सुशिल कोईराला, क्यान्सर उपचार जुलाई २ तारिख हुँदै

-न्यू योर्कमा नेपाली काँग्रेसका नेताहरु अर्जुन नर्सिंह केसी, डा. प्रकाशशरण महत र पूर्व सभामुख दमननाथ ढुंगानासंग अन्तर्कृया सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितीद्वारा १०२ औं अन्तररश्ट्रिय नारी दिवस २०१३ सम्पन्न

-न्यू योर्कमा स्व. नेता भीमबहादुर तामाङको दुई जनसंपर्क समिति समूहद्वारा स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा ९९ औं बिपि जयन्ती सम्पन्न

-न्यू योर्कबाट जनसम्पर्क समितिद्वारा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजिनामा माग

-न्यू योर्कका काँग्रेसी बन्धुहरुबिच नेपाली नयाँ बर्ष २०६९ को अबसरमा भेटघाट

-न्यू योर्कमा स्व. गिरिजाप्रशाद कोइरालाको दोश्रो वार्षिक स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०१ औं अन्तरराश्ट्रिय नारी दिवस सम्पन्न

-न्यू योर्कमा बिपीलाई सम्झिदै राहत कोषकोलागि ८ हजार डलर संकलन

-अमेरिकि जन संपर्क समितीका संयोजक खगेन्द्र जिसिद्वारा राजिनामा

-न्यू योर्कका काँग्रेसी बन्धुहरुले काँग्रेस सभापति सुशिल कोइरालालाई हात जोड्न वाध्य पारे

-न्यू योर्कमा नेपाल पर्यटन बर्ष २०११ को प्रचारप्रसार अभियान सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा नयाँ बर्ष २०६८ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा तरुण दलको पदस्थापन तथा अन्तर्कृया कार्यक्रममा काँग्रेसीहरुबिच सत्तोसराप

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०० औं अन्तरराश्ट्रिय महिला दिवसको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा गिरिजा बाबुको प्रथम वार्षिकी पारिवारिक वातावरणमा यसरी मनाइयो

-न्यू योर्कमा किसुनजिको १३ दिने तथा गिरिजा बाबुको वार्षिकी संयुक्त स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा स्व. किसुन जिलाई सम्झिदा, श्रद्दान्जली सभामा २० बक्ताहरुले यसरी सम्झे

-न्यू योर्कमा किसुन जिको श्रद्दान्जली सभा आज, जनसंपर्क समितीको अधिबेशन स्थगित

-"म राजिनामा दिन तयार छु"- कृष्ण पोख्रेल, संयोजक, जन संपर्क समिती अमेरिका, न्यू योर्क च्याप्टर

-न्यू योर्कमा काँग्रेसी रडाको झनै चर्किदो, मार्च ६ मा फेरी दुई छुट्टाछुट्टै अधिबेशन गर्ने घोषणा

-न्यू योर्कमा काँग्रेसी बन्धुहरुको राजिनामाको अर्को लहर

-अमेरिकामा नेपाली काँग्रेस समर्थकहरुबिच फेरी पर्‍यो चिरा
न्यू योर्कमा नेपाली कांग्रेस समर्थकहरुको दुई छुट्टा छुट्टै अधिबेसन हुने

-न्यू योर्ककि काँग्रेसी नेत्री मृदुला कोइरालासंग बिशेष अन्तर्वाता: उनी किन आगो भएकिछिन्?

-न्यू योर्कमा जनसंपर्क समितीको अधिबेसन नोभेम्बर २७ मा हुने, बिबाद चुलिदो
जनसंपर्क समिती अमेरिका संयोजक खगेन्द्र जिसीको राजिनामा माग

-नेपाली जनसर्म्पर्क समिति अमेरिकाको बैठक कोरम नपुगेर स्थगित
न्यू योर्क च्याप्टरको अधिवेशन अनिश्चितकालकालागि स्थगित

-न्यू योर्कमा नेपाली जनसंपर्क समिती अमेरिका न्यू योर्क च्याप्टरद्वारा स्वागत तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

-समानान्तर अधिबेसनकालागि नेपाली जनसम्पर्क समिती क्यालिफोर्नियाको अधिबेसन तयारी समिती गठन

-क्यालिफोनियामा जनसम्पर्क समिति चाप्टरको अधिबेसनको बारेमा रडाको

-न्यू योर्कमा गिरिजा बाबुलाई उनकी 'अर्की' छोरीले यसरी सम्झिन्

-अमेरिकामा नेपाल तरुण दल अमेरिका च्याप्टर गठन

-न्यू योर्कमा जनसम्पर्क समिति अमेरिकाद्वारा नेपालबाट आएका नेपाली काँग्रेस सभासदहरुको स्वागत

-न्यू योर्कमा नेपाली काँग्रेस समर्थक महिलाहरुद्वारा नारी दिवस मनाइयो

-अमेरिकामा जनसंपर्क समितीले गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ती पुरस्कार दिलाउन जनमत निर्माण गर्ने

-अमेरिकाको नेपाली जनसम्पर्क समितिको एकताको दोश्रो महाधिवेशन मार्चको २७ र २८ मा गर्ने निर्णय

-न्यू योर्कमा नेपालको पितातन्त्र संस्क्रितीबारे गम्भिर बिबेचना

"पितातन्त्रको बोलवाला छ"- प्रदिप गिरी, नेका बौद्धिक नेता तथा सभासद

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.