Inside

All Time Top 50 News

न्यू योर्कमा जनसम्पर्क समितिद्वारा पूर्व मन्त्री केसीको स्वागत PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 11 January 2015 01:11

"तर म जे बोल्छु त्यो कुरा गर्छु, म म्यान अफ दि एक्सन हूँ । ...म बलबहादुर हूँ बुद्धी बहादुर होईन । अझै पनि म बुद्धी बहादुर भईसकेको छैन" -पूर्व मन्त्री, नेपाली काँग्रेस केन्द्रिय सदस्य एबं सभासद बलबहादुर केसी
Special: 9 photos:
न्यू योर्क - नेपाली जनसम्पर्क समिती अमेरिका न्यू योर्क च्याप्टरले पूर्व मन्त्री, नेपाली काँग्रेस केन्द्रिय सदस्य एबं सभासद बलबहादुर केसीको स्वागत गरेको छ ।

Nepali Jana Samparka Samiti America New York Chapter hosted a reception program to Nepali Congress leader and ex-minister Balbabadur KC in New York on January 10, 2015. Photos by Pratha Magar for USNepalOnline

जनवरी १० तारिख न्यू योर्क ज्याक्सन हाइट्सस्थित थकाली किचन रेस्टुरेन्ट हलमा आयोजित स्वागत कार्यक्रममा काँग्रेस नेता केसीलाई न्यू योर्क च्याप्टरका सदस्यहरुले पुष्प गुच्छा र परम्परागत खादाद्वारा स्वागत गरेका थिए ।

न्यू योर्क च्याप्टर उपसभापती अमर तामाङको सभापतित्वमा आयोजित उक्त समारोहमा सदस्य बृन्दा राईले स्वागत मन्तब्य ब्यक्त गरेकी थिईन् ।

समारोहका बक्ताहरुमा नेपाली जनसम्पर्क समिती अमेरिका केन्द्रिय अध्यक्ष आनन्द बिष्ट, जनसम्पर्क समिती अमेरिका पूर्व संयोजक बिष्णु सुबेदी, एनआरएन आईसिसी महिला सशक्तिकरण टास्क फोर्स प्रमुख एबं एड्वन संस्थापक डा. बिष्णुमाया परियार, लुम्बिनी बिकाश कोषका पूर्व सचिब आङ्ग दावा शेर्पा, सिन्धु युएस्ए वेल्फेयार सोसाइटीका अध्यक्ष बंशलाल तामाङ, नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रिय महासचिब शिब भुर्तेल, जनसम्पर्क समिती अमेरिका पूर्व केन्द्रिय उपसभापती मिङ्मार शेर्पा, जनसम्पर्क समिती अमेरिका केन्द्रिय महासचिब मुनिद्र नेम्बाङ, एनआरएन अमेरिका महासचिब कृष्ण पोख्रेल, जनसम्पर्क समिती अमेरिका केन्द्रिय सचिब भोजराज थोकर, जनसम्पर्क समिती अमेरिका केन्द्रिय कोशाध्यक्ष बिजय थुलुङ राई, शिक्षाबिद डा. तारा निरौला, जनसम्पर्क समिती अमेरिका केन्द्रिय सदस्य प्रमोद सिटौला, नेपाली काँग्रेस महासमिती सदस्य सिंहबहादुर राना मगर र पूर्व महासमिती सदस्य बुद्धीप्रशाद श्रेष्ठ थिए ।

Nepali Congress leader and ex-minister Balbabadur KC paying homage to BP Koirala at his reception event by Nepali Jana Samparka Samiti America New York Chapter in New York on January 10, 2015. Photos by Pratha Magar for USNepalOnline

समारोहमा नेपाल बिद्यार्थी संघको पूर्व अध्यक्षसमेत रहिसकेका काँग्रेस नेता बलबहादुर केसीले भने- "नेपाल बिद्यार्थी संघ नेपाली काँग्रेसको नर्सरी हो । ब्याड भन्छन् नि । नेपाल बिद्यार्थी संघ भएन भने नेपाली काँग्रेस हुँदैन । एक दिन गएर त्यो सून्य हुन्छ ।" आफू ओरेटर नभएको र काम गर्ने ब्यक्ती भएको उल्लेख गर्दै पूर्व मन्त्री केसीले आफ्नोबारे दावी गरे- "तर म जे बोल्छु त्यो कुरा गर्छु, म म्यान अफ दि एक्सन हूँ । म काम गर्ने ब्यक्तीकोरुपमा म आफूलाई ठान्छु ।"

"म बलबहादुर हूँ बुद्धी बहादुर होईन । अझै पनि म बुद्धी बहादुर भईसकेको छैन" भनेर आफ्नै कटाक्ष गरेर हँसाएका काँग्रेस नेता केसीले कुनै पनि राजनैतिक दल संचालन गर्न बिचार, संगठन र नेतृत्व चाहिने बताए ।

Nepali Congress leader and ex-minister Balbabadur KC speaking at his reception event by Nepali Jana Samparka Samiti America New York Chapter in New York on January 10, 2015. Photos by Pratha Magar for USNepalOnline

युएसआईडिको निम्तोमा अमेरिका भ्रमणमा जाने पक्का भएपछि ७ दिन सुत्न नसकेको बताएर सबैलाई गलल हँसाउँदै नेता केसीले 'त्यस्तो देश अमेरिकामा बसेका तपाईंहरु" भन्दै न्यू योर्कमा उनको भाशण सुन्न भेला भएका काँग्रेसी बन्धुहरुलाई मख्खा पारे । तर उनले जब जनसम्पर्क समितिको खिचलो आफ्नै सामून्ने बिस्ट र सुबेदीको जुवारी सुनेपछि 'मुहानै धमिलो भयो भने चुहान तल संगलो हुँदैन' भन्दै नेपाली काँग्रेसमा बिधी र बिधान मिच्ने, समझदारी र अनुशानको कमीको कारण हामी नेपाली काँग्रेसले उपलब्धिलाई बचाउन नसकेको बताए । नेता केसी नेपाली काँग्रेसमा ३६४ दिन काँग्रेस हुने ३६५ औं दिन अन्तै पोईल जाने अनि ३६४ दिन बिरोध गर्नेहरुलाई आफ्नो स्वार्थकोलागि ३६५ औं दिन पार्टीमा हुल्ने दुइटै कुरा गलत भएको बताए ।

सभासदसमेत रहेका नेता केसीले भने- "दोश्रो संबिधान सभाको निर्बाचनपछि दिन हाउस चलाईयो, त्यो दिन एउटा समझ्दारी भएको थियो, त्यो के भने संबिधान एक बर्सभित्र भनेपछि प्रधान्मन्त्रीले पनि राजिनामा दिनु पर्ने, राश्ट्रपतिले पनि राजिनामा दिनुपर्ने, सभामुखले पनि राजिनामा दिनुपर्ने, उपराश्ट्रपतिले पनि राजिनामा दिनुपर्ने, संबिधान सभाका सदस्यहरुले पनि जाने भन्ने थियो । तर यती चाँडै यिनिहरुले आफ्नो डेथ सर्टिफिकेटमा सही गर्लान् ? म जस्तो बलबहादुरले गर्दिन्थें हूँला तर त्यहाँ थुप्रै बुद्धीबहादुरहरु छन् ।" टेक्निकल्ली समस्या परेको भएपनि संबिधान म्यान्डेटेड समय ४ बर्सभित्र आउने बताउँदै नेता केसीले नयाँ संबिधानमा जनजातिका कुरा, दलितका कुरा, महिलाका कुरा, मधेसका कुरा समेटिने उल्लेख गरे ।

समारोहको सन्चालन न्यू योर्क च्याप्टर महासचिब महेश मल्लले गरेका थिए ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news about Nepali Jana Samparka Samiti America:

-http://usnepalonline.com/janasamparka/

-अमेरिकामा काँग्रेस जनसम्पर्क समितिको सभापतिमा आनन्द (गोरखबहादुर) बिस्ट निर्वाचित, महासचिबमा मुनिन्द्र नेम्बाङ (लिम्बु), २ जना महिला माया कडायत पौडेल र गायिका पबिता परियार बिजयी

-जनसम्पर्क समिति अमेरिकाबाट जबाफ चाहियो

-न्यू योर्कमा जनसम्पर्क समितिद्वारा दीपावली (तिहार) को अवसरमा शुभकामना आदान प्रदान

-न्यू योर्कमा नेपालका प्रधानमन्त्री सुशिल कोईरालाको नेपालीहरुद्वारा स्वागत, उनले यसरी मन जिते

-न्यू योर्क जनसम्पर्क समिति च्याप्टरद्वारा कार्य समिति पदाधिकारीहरुको चयन

-न्यू योर्कमा १०१ औं बिपि जन्मजयन्ती सम्पन्न



Amar Tamang. Photos by Pratha Magar for USNepalOnline

Anand Bist.

Shiva Bhurtel. Photos by Pratha Magar for USNepalOnline

Bishnu Subedi. Photos by Pratha Magar for USNepalOnline

Munindra Nembang.

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.