न्यू योर्कमा नेपाली आदिवासी जनजाति चलचित्र महोत्सव अगस्ट २५-२७ बिच हुँदै, ९ आदिवासीका ११ वटा चलचित्र हेर्न छुट्नुहोला है ! Print
Share
User Rating: / 0
PoorBest 
Thursday, 24 August 2017 22:04

Exclusive: न्यू योर्क- २३ औं विश्व आदिवासी दिवसको अवसरमा न्यू योर्कमा नेपालका आदिवासी जनजातिको भाषा, कला, संस्कृति, परम्परा र भेषभूषालाई अन्तरराश्टृयकरण गर्नका लागि पहिलो पटक न्यू योर्कमा अगस्ट २५-२७ तारिख बिच 'आदिवासी चलचित्र महोत्सव २०१७' आयोजना गर्न लागिएको महोत्सवकी सञ्चार संयोजक मच्छे गुरुङले बताएकी छिन् । चलचित्र महोत्सव न्यू योर्कको उडसाईडस्थित ढाका क्लवमा हुनेछ । तीन दिने महोत्सवमा चलचित्र र लघु चलचित्र गरि ११ वटा चलचित्र प्रर्दशन गरिनेछ । उक्त महोत्सवमा गुरुङ भाषाको ‘मैंरिमो, तामाङ भाषी चलचित्र 'सेम ताबा म्ही', लिम्बु भाषाको 'हेलुक्वा', मगर भाषाको 'लोम्बा', नेवारी चलचित्र 'कृषा गौतमी', राई भाषाको 'सुम्निमा' मुस्ताङी चलचित्र 'शेरढाक' चलचित्र र लघु चलचित्रहरुमा नेवारको 'कल्ली', थारुको 'लाज', माझीको 'बन्ठी', मुगालको 'फेके' को प्रर्दशन गरिने छ।

First Nepali Indigenous Film Festival being held in New York between August 25-27, 2017.

महोत्सवमा, सन् २०१७ मा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सवमा पब्लिक चोईस अवार्ड जितेको गुरुङ भाषाको 'कर्म क्या' र सन् २०१५ मा उत्कृष्ट आदिवासी राष्ट्रिय पुरुस्कार जितेको राई भाषाको 'मतान' को बिशेष प्रर्दशन गरिने महोत्सवका संयोजक मणि वाङदेलले जानकारी गराए ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा हुने महोत्सवले आदिवासी जनजातिको हक, अधिकारलाई सुनिश्चित गराउन र पहिचानको मुद्दालाई स्थापित गराउन सहयोग पुग्ने फिप्नाका अध्यक्ष लुइसाङ वाइवाले बताए। मूलधारको चलचित्रबाट ओझेलमा परेका आदिवासी जनजातिका कथावस्तुमा आधारित चलचित्रहरुको प्रवर्दन गर्ने उदेश्यले आदिवासी चलचित्र महोत्सव आयोजना गरिएको अध्यक्ष वाइवाको भनाइ छ ।

महोत्सवमा विभिन्न एघारवटा विधामा उत्कृष्ट हुनेलाई  पुरुस्कार र सम्मानस्वरुप प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट चलचित्रलाई एक लाख नगद, ट्रफी सहित प्रमाणपत्र दिइने छ ।

चलचित्र महासंघ (फिन्फी) र ईन्डिजिनियस फिल्मस् अकाईभ सह–आयोजक  रहेको महोत्सवमा नेपाली महावाणिज्य दूतावास, न्यू योर्क र नेपाल चलचित्र विकास बोर्ड बिशेष सहयोगी संस्था रहने फिप्नाले जनाएको छ ।

Comments

Please login to post comments or replies.