Inside

All Time Top 50 News

नेपाली आहारको ओर्गानिक चिरफार PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Shailesh Shrestha   
Wednesday, 07 February 2018 07:09

-शैलेश श्रेष्ठ
आफू संधै सुकेनास (स्लिम) संचारकर्मी, अधिकारकर्मी र नायक शैलेश श्रेष्ठ को नेपालीहरूको ‘फुड ह्याबित’बारे रोचक र जानकारीमुलक आलेख।
Exclusive: न्यू जर्सी, अमेरिका- हामी नेपालीहरु आहार बिहारमा निक्कै कमजोर छौं, पौष्टिक तथ्य (न्युट्रीसन फ्याक्ट) को चेतना पटक्कै छैन । गरुङ्गो आहार (ह्याभी मिल) को पुरातनिक बानीमा हामी हतारमा मिठो, गुलियो, चिल्लो र 'जङ्क फूड' खाएर फुर्सदमा पछुताउँछौँ । मिठो लाग्यो भने भाँडो नै रित्याउने हाम्रो आम बानी छ । मिठो लाग्दालाग्दै खान ट्याक्क रोक्ने सन्त 'त्याग' हामीमा छैन । टन्न खाने भन्दै कोखा चर्किने गरि खाने पुरानो अम्मल र आदत प्रबासमा समेत जस्ताको तस्तै छ । भातको लत र आदतलाई संसारभरका अरु कुनै किसिमको खानाले अझै प्रतिस्थापन गर्नै सकेको छैन । हामीलाई गरुङ्गो खाना अथवा भात र त्योसंग जाने परिकार नै चाहिन्छ । हल्का खाना खाएर सुतेको दिन मध्य रातमा पेटमा डुगुरे मुसा दौडिन्छ ।

Nepali food habits: Good or Bad? Shailesh Shrestha explores for USNepalOnline.com

करिब दुई हप्ता अघि क्यानाडाका एकजना सचेत अनि शिक्षित मित्रले फेसबुक स्टाटसमा लेखेका थिए "तौल घटाउनु परयो भनेर बेलुका हल्का खाना खाएर सुत्न लागेको पेटमा मेघ गर्जन सहित चट्याँङ् परेर सुत्न सकिएन, डेढ बजे उठेर टन्न ह्याप्स देर आईयो, त्यसपछि म नमोटाए को मोटाउला त!"

बर्सौं क्यानाडा जस्तो बिकसित देशमा बसेको एक जना सचेत अनि शिक्षित व्यक्तिको त यो हालत अनि हविगत छ भने बाँकि आम मान्छेको सोंच कस्तो होला? कल्पना गर्नुस त दिनभरीको कामको थकान र नेपालीपाराको भोकको झोंकमा टन्न दुई थाल भात कोखा चर्कने गरि बजाएर सुत्दा त्यसले तपाई हाम्रो शरीरमा कति सुगरको मात्रा पैदा गर्दछ?

कार्यव्यस्तता र हरेक बहानामा एक्काईसौं शताब्दीका मान्छेहरु क्रमश यान्त्रिक बन्दैछन । यथार्थ अनि सत्य त्यहि हो हाम्रा अधिकांश मान्छेहरु शारीरिक श्रम गर्दछन त्यसमा पनि पछिल्लो दशक अमेरिकाका सहरी बस्तिहरुमा सामान्य जीवनयापन गर्ने बहुमत आप्रवासीहरु सवारी चालक पेशामा बाँचेका अथवा रमाएका छन । त्यो काममा तुलनात्मकरुपमा कमाई त राम्रै हुनेगर्दछ तर लामो कालसम्म काम गर्नको लागि त्यो पेशा अझ बिशेष गरेर शरीरको लागि राम्रो हुँदै होइन | तर तेश्रो बिश्वका हामी औसत आप्रवासीहरुसंग अर्को अनि राम्रो बिकल्प पनि हुने गर्दैन ।

लामो समयसम्म गाडी भित्र कुंजिनु, समयमा चाहेको बेला मुत्रत्याग गर्न नमिल्ने अनि चाहेको बेला स्वस्थ्यकर भोजन गर्न नपाईने हुनाले त्यस्तो विषम अनि अप्ठेरो परिस्थितिले शरीरलाई निरन्तर गाल्दै लैजाने गर्दछ । अझ चौध सोह्र घण्टाको लामो थकान मेट्ने बहानामा खाली पेटमा गर्ने गरिएको चर्को मध्यपानले शरीरलाई निरन्तर दुर्बल बनाउँदै लैजान्छ । अत्याधिक भोकले सिर्फ पेट भर्ने अथवा भोक मेट्ने खानाको मात्र अपेक्षा गर्दछ फलस्वरूप त्यस्तो अवस्थामा अवस्थामा अक्सर खाईने र पाईने भनेको फास्ट फुड स्टोरमा लाईनमा पाईने "जंक फुड" हरुनै हुन । हामी भाते संस्कारमा हुर्किएका कारण भात बाहेकले हाम्रो भोकनै मेट्दैन भने त्यो घाँसपात (सलाद) भनेको त गाई भैंसीको खाना पो हो भन्ने सोंच हाम्रो अव्यक्त मनमा अझै जरो गाडेर बसेको छ । घरमा बनाएको खना "टिफिन बक्स" मा हाल्यौं भने पनि हाम्रो घरमा अक्सर बन्ने र पाक्ने भनेकै चिल्लोसहितको रातो मासु, कालो दाल अनि भातनै हो । त्यस्ता खानाहरु बासी हुँदा अझ अस्वस्थकर हुने निश्चित छ ।

मलाई पनि मेरी नदिया सालीनानीले फेसबुकमा पस्किएको फाक्सा (च्वांचेको बाड सहितको मासु) अनि चिल्लो टलक्क टल्किएको चाउमिन देखेर दुई प्लेट बजाउँ बजाउँ लाग्छ अनि ज्याक्सन हाईट्स गएको बेला यो जाडोमा मुस्ताङ्ग थकाली किचेनमा गएर फापरको ढीडो थपी थपी दुई थाल हसुर्न त मन लाग्छ नि तर त्यसको मुल्य मेरो ज्यानलाई कति भारी र महँगो पर्छ त्यो मलाई थाहा छ । त्यता बस्ने साथीसंगी र आफन्तहरु निक्कै भाग्यमानी छन् किनकी त्यता सरल मुल्यमा छानीछानी सिजनल भेजिटेबल र फलफुलहरु किन्न पाईन्छ । म अक्सर त्यहाँबाट घर फर्कंदा वाटरक्रेस, बकच्वाई, केल (अत्याधिक आईरन पाईने सागहरु), तितेकरेला (त्यसैले म तितो लेख्छु), पिंडालु अनि अनार किनेर घर फर्कन्छु । पाँच डलरमा दुईटा मझौला साईजको अनार पाईन्छ जसको महिमाका बारेमा लेख्ने हो भने अर्को पचास शब्द सजिलै खर्च हुन्छ तर त्यतैका मेरा रैथाने भाईहरु हातमा कोकाकोलाको क्यान अनि साँझ छिप्पिए पछि अंगुरको रस (रक्सी), जौको झोल (बियर) अनि आलुको रस (भोड्का) मा निर्लिप्त रमाईरहेका हुन्छन । मध्यपान दुनिया सारा संसारमा अरुहरुले पनि गर्छन तर उनीहरुले त्यसलाई भद्र र शालीन तरिकाले समय लिएर पिउँछन तर हाम्रा मान्छेहरुलाई चाँही त्यसले (मध्यपान) ले पिएको मात्र होइन खाएको अनि सकेको छ । घर-परिवार अनि सामाज त्यहि झोलले बिगारेको छ ।

आहार बिहारमा अब समयानुकुल हामी अनुशासित बन्नै पर्छ अनि आफुले के खाँदा आफ्नो शरीरलाई कस्तो पौष्टिक पदार्थ प्राप्त हुन्छ त्यसको सामान्य हिसाबकिताब राख्ने पर्छ । हिजोआज सुनिने गरेका प्राय हरेक घटनाहरुको जड र कारक यिनै कुलतहरु हुन । मिठो लागेको कुरो खान्न भन्नु र खाँदा खाँदै पुग्यो भन्नु सजिलो छैन तर अब ढिला नगरी हामीले आफुलाई चाहिने आहारबिहार मिठो अनि स्वादिलो हैन स्वस्थ्य र आफ्नो अनुकुलको रोज्नु पर्दछ । एउटा सत्य नभुलौं तपाईनै तपाईको शरीरको मालिक अनि डाक्टर पनि हो । रोग लागेर डाक्टर कहाँ जानु भन्दा आफुलाई रोग लाग्न नै नदिउँ । आफ्नो ईच्छाशक्तिलाई निरन्तर बढाउँदै लान सके त्यसो गर्न किमार्थ सम्भब छ । शरीरनै नरहे अरु के नै बाँकी रहन्छ र हाम्रो यो दुई दिने जिन्दगानीमा !

-Shailesh Shrestha in New Jersey

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.