Inside

All Time Top 50 News

नेपाली छोरी तेरिया मगर "झलक दिखला जा सिजन-९" कि सर्बोत्कृत्ट नृत्यङ्गना बन्न सफल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 20 January 2017 16:15

Exclusive: 3 photos: न्यू योर्क/मुम्बई- नेपाली छोरी १३ वर्शिया नृत्याङ्गना तेरिया मगर भारतीय टेलिभिजन कलर्स टिभिको "झलक दिखला जा" सिजन-९ मा १८ जोडी प्रतिस्पर्धीलाई उछिन्न्दै बिजेता चुनिएकिछिन् । यो बिजय पछि उनी झण्डै एक अर्व भारतीयहरु बिच विश्वकै सर्बोत्कृत्ट नृत्यङ्गना बन्न सफल बनेकिछिन् । उनले ३० लाख भारु नगद पुरस्कार र रेनल्ट कार उपहार स्वरुप प्राप्त गरेकिछिन् । तेरियाले नृत्य बिधामा भारतमा देखाएको यो चमत्कारिक प्रतिभाले बिश्वभरका नेपालीहरु बिच हर्सोल्लास र युवा पुस्तामा प्रेरणाको उर्जा थपेको छ । यस अघी तेरियाले सन् २०१४ को जुन २१ तारिख भारतीय टेलिभिजन जि टिभी लियालिटी शो 'डान्स इन्डिया डान्सको लिटल मास्टर सिजन-३' न्रित्य प्रतियोगिताको उपाधी जित्न सफल भएकी थिईन् ।

 

Nepal's pride Teriya Magar won the Jhalak Dikha La Ja Season-9 dance competition of Aapka Colors TV Reality Show in Mumbai, India on January 20, 2017. Photo courtesy: Colors TV

को हुन् यि बालिका?

यो पङ्तिकारको गाउँ गुल्मी जिल्लाको ठूलो लुम्पेक वडा नं १ बुझुङ खोला पुर्खौली घर भएकी तेरियाको हालको बसाई रुपन्देही जिल्लाको रुद्रपुर-६ हरैयामा रहेको छ। उनी हरैयास्थित एक्स आर्मी बोर्डिङ स्कूलकि कक्षा ५ सकेर हाल नवि मुम्बईस्थित सेण्ट लरेन्स स्कूलमा अध्यायनरत छिन् । उनका बुवा बिजय फौँजा मगर अहिले दुबईमा कार्यरत छन् भने उनकी आमा अनिता फौँजा मगर अहिले तेरियालाई लिएर मुम्बईमा रहेकिछिन्। तेरियाका बाजे कृष्णबहादुर फौँजा मगर भारतीय गोर्खाली सेना ११ गोर्खा राइफल्सका अनरेरी नाईक सुबेदार हुन् भने उनका बाजे रुद्रबहादुर फौँजा मगर परिचित समाजसेवी हुन्। उनी सन् २०१२ मा काठमाडौंमा स्कूल वेल्फिल्ड्स काराभानद्वारा आयोजित एक लाख रुपैंयाँ नगद पुरस्कारको 'मेघा डान्स कन्टेस्ट' (१० बर्ष मुनिका) प्रतियोगितामा प्रथम भएकी थिईन् ।

Nepal's pride Teriya Magar won the Jhalak Dikha La Ja Season-9 dance competition of Aapka Colors TV Reality Show in Mumbai, India on January 20, 2017. Photo courtesy: Teriya's facebook profile

उसो त सन् २००७ को बहुचर्चित ईण्डियन आईडल गिती प्रतियोगितामा विश्वभरका झन्डै एक अर्ब भारतीयहरुबिच नेपाली मुलका भारतीय गायक प्रशान्‍त तामाङलाई जिताउन पनि नेपालीहरु यसरीनै लागि परेका थिए।

Nepal's pride Teriya Magar won the Jhalak Dikha La Ja Season-9 dance competition of Aapka Colors TV Reality Show in Mumbai, India on January 20, 2017. Photo courtesy: Teriya's facebook profile

भारतको आधुनिक ईतिहासमा नेपालीको देन

भारतको आधुनिक ईतिहास प्रशान्त र तेरिया जस्ता प्रतिभाशाली नेपाली र नेपाली मुलका भारतीयहरुको नाम नलिने हो भने पुरा हुन सक्दैन। तपाईं हामी कतिलाई थाहा छ कि भारतको राष्ट्र गान 'जन गण मन' को संगितका सर्जक नेपालीमुलका सुपुत्र क्याप्टेन रामसिंह ठाकुर थिए भन्ने?

"म भक्त छु आफ्नो जाति (नेपाली) को, मेरो बिन्ती फालाफाल नगर
चोट लागेर दुखेको यो दिललाई, नून छरी अझ बेहाल नगर
जाति धर्म बुझें जहिलेदेखि, जाति प्रेममा जोगी भएको छु
म अलख जगाउँदै डुल्दैछु, मलाई भिक्षु भनी अपगाल नगर"

-मास्टर मित्रसेन

माथि उद्ध्रित गरिएको गीतले दिएको 'हामी नेपाली' सन्देशको सम्बाहक-सर्जक १९ औं शताब्दीका बहुचर्चित लोक गायक एबं गीतकार मास्टर मित्रसेन थापा मगर (१८९५-१९४६) नेपाली लोक गीतका पहिलो सर्जक थिए जो भारतको हिमान्चल प्रदेशको धरमशालामा जन्मिएका थिए।

उनको उबेलाको लोकगीत-संगितले पहिलो पटक नेपालका नेपाली, भारत, बर्मा र विश्वभरका नेपालीलाई एक सुत्रमा बाँध्न सफल भएको थियो।

ब्रिटिश साम्राज्यबाट मुक्तिकोलागि भएको भारतको स्वतन्त्रताको लडाईंमा हजारौं नेपाली र नेपाली मुलका भारतीय नेपालीहरुले आफ्नो प्राणको बाजीलगाएर लडेका थिए। नेपाली मुलका मेजर दुर्गा मल्ललाई सन् १९४४ को अगस्ट २४ तारिख इन्डिया गेट नजिकै मारिएको थियो भने क्याप्टेन दलबहादुर थापालाई दिल्लीको लाल किल्ला नजिकै सन् १९४५ को मे ३ तारिख मारिएको थियो। उसो त सन् १९३० मा महात्मा गान्धीले ब्रिटिश राजको बिरुद्ध प्रशिद्द नमक सत्यग्रह (साल्ट मार्च) शुरु गर्दा ७८ जना यात्रीहरु मध्ये दुई जना नेपालीहरु थिए- महाबिर गिरी र खरगबहादुर सिंह गिरी।

तेती मात्र कहाँ हो र, २५ सय बर्ष अघि शान्तीका अग्रदूत नेपालकै महामानव गौतम बुद्धले भारतको बोध गयामा बोधी ज्ञान (इन्लाइटन्मेन्ट) प्राप्त गरेका थिए र आफ्नो विश्व शान्तीको पहिलो ज्ञान भारतीय अनुयायीहरुबीच बाँडेका थिए।

भारतीयहरु हरेक साँझ आफ्नो घरमा निश्चिन्त सुत्न सक्नुको पछाडि अहिले पनि हाम्रा हजारौं गोर्खाली सेनाहरु कार्गिल र कश्मिरमा भारतीय सीमा र सार्बभौमताको रक्षार्थ अहोरात्र पहरेदारी गरिरहेका कारण होभन्दा अतियुक्त हुनेछैन।

हो, प्रशान्त र तेरियाहरुहरुले फेरी आधुनिक भारतको ईतिहास रच्न सफल बने । बधाई छ तेरिया र प्रशान्तहरुलाई !

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-नेपाली छोरी नृत्याङ्गना तेरिया मगरलाई "झलक दिखला जा" मा जिताउने होईन ?

-तेरियाले सिडनीबासी नेपालीहरुको मन जितिन्

-नेपाली छोरी ११ बर्शिय तेरिया मगर भारतका ४० हजार प्रतिस्पर्धीलाई उछिन्दै 'डान्स ईन्डिया डान्स लिटल मास्टर' उपाधी जित्न सफल भईन्

-भारतलाई नचाउने नेपाली छोरी तेरिया मगरको आफ्नो गाउँमा भब्य स्वागत

-नेपालकि प्रतिभाशाली ११ बर्शिय बालिका तेरिया मगर भारतीय Zee TV को टप टेन डान्स ईन्डिया डान्स लिटल मास्टरमा छनौट, भोट दिने होईन?

-Manose Treats New Yorkers to Sounds of Nepalese Mountain Music

-"हामी सबै जना मिलेर माया बाटौं"- Prashant Tamang, Indian Idol-III 2007 winner

-Indian Idol winner Prashant Tamang Idolized by His fans in New York

-Prashant Tamang & Other Nepalese Indian Heroes Who Made us Proud

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.