Inside

All Time Top 50 News

न्यू योर्कमा नेपाली अमेरिकन कलाकार संघको तेस्रो अधिवेशन सम्पन्न: युवा लोकगायक एवं ब्यावसायी सुमन बुढा मगर पुन: अध्यक्षमा निर्वाचित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 11 March 2018 23:27

Special: न्यू योर्क- नेपाली अमेरिकन कलाकार संघको तेस्रो अधिवेशन सम्पन्न भएको छ। लोकगायक एवं ब्यावसायी सुमन बुढा मगर पुन: अध्यक्षमा निर्वाचित भएकाछन्। अध्यक्ष पदमा भएको मतदानमा सुमन बुढा मगरले ३५ मत ल्याएर बिजयी भएका थिए भने उनका प्रतिद्वन्द्वी लोकगायक अभय ढुंगेलले २५ मत प्राप्त गरेका थिए। त्यसैगरी, महासचिव पदको निर्वाचनमा लोकगायक बिमल डाँगीले ३६ मत ल्याएर बिजयी बने भने उनकी प्रतिद्वन्द्वी पूर्व मोडेल डेजी शेर्पाले २४ मत ल्याएकी थिईन्। उता, सचिव पदका लागि भएको मतदानमा नायक सौरमराज तुलाधरले ३७ मत प्राप्त गरी बिजयी बने भने प्रतिद्वन्द्वी गायक राजेन्द्र राईले २३ मत प्राप्त गरेका थिए।

Singer Suman Budha Magar was re-elected as President of Nepali American Artists Association on its 3rd Convention held in New York on March 11, 2018. Photos: Pradeep Pariyar Thapa

निर्विरोध निर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष लोकगायिक एवं मोडेल निशा विश्वकर्मा, उपाध्यक्ष म्यूजिक भिडियो निर्देशक खड्गबहादुर (विक्की) पुलामी मगर, उपाध्यक्ष गायिका एवं नृत्यङ्गना बसन्ती राई, उपाध्यक्ष गायिका गीता बिर्लाकोटी, उपाध्यक्ष मोडेल एट्ना कार्की र उपाध्यक्ष मोडेल एवं नृत्यङ्गना पार्वती राई, कोषाध्यक्ष लोकगायिका तुलकुमारी (संगिता) थापा मगर, सह-सचिव मोडेल एवं कोरियोग्राफर मुना भण्डारी, सह-कोषाध्यक्ष लोकगायक प्रेम सेन्चुरी र युवा संयोजक गायक रूबिन शर्मा छन्। क्षेत्रीय उपाध्यक्ष (वेष्ट कोश) गीतकार एवं निर्माता रवि सिंह बस्नेत छन्।

Nepali American Artists Association 3rd Convention held in New York on March 11, 2018. Photos: Pradeep Pariyar Thapa

त्यसैगरी, कार्य समिति सदस्यहरूमा गीतकार पुष्कर बराल, गायक सुवर्णकुमार शाक्य, गायक दिलिपकुमार स्रीस मगर, गायिका पूजा न्यौपाने, कमेडियन सुरेन्द्र बास्तोला, गायक एवं बासुरी बादक रामकुमार सिंह, गायिका दीपा थापा (ढुंगेल), नृत्यकार नविन स्रेष्ठ र वाद्यवादक सुवास चन्द्र मोक्तानछन्।

Nepali American Artists Association 3rd Convention held in New York on March 11, 2018. Photos: Pradeep Pariyar Thapa

उक्त अधिवेशनमा वरिष्ठ नायिका सुवर्ण क्षेत्री र गायक एवं संगितकार नरबहादुर दाहाललाई संघले 'लाईभटाईम अचिबमेन्ट पुरस्कार' द्वारा सम्मान गरिएको थियो।

-Pradeep Pariyar Thapa in New York

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.