Inside

All Time Top 50 News

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Friday, 19 June 2009 05:33
न्यू योर्क- संयुक्त राष्ट्र संघको जून १६ मा डाकिएको ६३ औं जेनेरल एसेम्बली प्लेनरीको ९० औं बैठकमा नेपालको तर्फबाट भाग लिन न्यू योर्क आइ पुग्नु भएकी संबिधान सभासद तथा चर्चित अधिबक्ता सपना प्रधान मल्लसँग हिजो साँझ अपर्झट आयोजित कार्यक्रममा नेपालको बर्तमान राजनीतिक अवस्था र नेपाली महिलाहरुको अवस्थाका बिषयमा गम्भिर छलफल भयो।
CA Member and Lawyer Sapana Pradhan Malla at the interaction program in New York. Photos: eEyeCam
उक्त कार्यक्रममा नेपालबाटै आउनुभएकी युएनएफपिए (United Nations Population Fund) नेपाल शाखाकि कार्यक्रम अधिक्रित सुधा पन्तको नेपाली नारीहरुको स्वास्थ्य सम्बन्धी दर्दनाक बेलिबिस्तारले आफु र आफ्नो परिवारको सुन्दर भबिश्यको लागि न्यू योर्कमा बरालिँदै गर्न वाध्य नेपालीहरुको लागि नेपाल सोच्न वाध्य बनाएको थियो।
उता कार्यक्रमको सभापतित्व गर्नु भएकी युनिफेम (United Nations Development Fund for Women) दक्षिण एशियाली बिभागकि लैङ्गिक बिज्ञ भारती शिलवाल-गिरीको
विश्व परिप्रेक्ष्यमा नेपाली महिलाको स्थिती र राजिनितिक बिश्लेशण पनि घत लाग्दो थियो।
Sudha Pant, Sapana Pradhan Malla, Bharati Silawal-Giri and Narbada Chhetri.
कार्यक्रम सन्चालिका मानबअधिकारकर्मी तथा न्यू योर्कको "अधिकार" संस्थाकि कम्युनिटी अर्गनाईजर नर्बदा छेत्रीको चुस्त सन्चालनले कार्यक्रमलाई सार्थक बनाउन सघाएको थियो।
सभासद मल्ल संयुक्त राष्ट्र संघको इन्टर पार्लियामेन्टरी युनियन (IPU) को एचआइभि एड्स सम्बन्धी राष्ट्र संघिय घोषणापत्रको कार्यन्बयन सम्बन्धी बैठकमा भाग लिन आउनु भएको हो। यो युनियनमा अहिले १५३ मुलुकका पार्लियामेन्टरियनहरु संलग्न छन् भने युरोपियन युनियन लगायतका ८ क्षेत्रीय संस्थाहरु एसोसिएट सदस्य छन्।
सभासद मल्लले १५३ मुलुकका सांसदहरुकोतर्फबाट राष्ट्र संघको साधारण सभामा सम्बोधन गर्नु भएको थियो। उक्त सम्बोधन 
पढ्नुहोस्
यता न्यू योर्क नेपालीहरुको कार्यक्रममा अमेरिकामा रहेका कती नेपालीहरु पहिचान हराएर यतै गुमनाम भएको प्रसँग उप्काउदै नेपालकोबारेमा सभासद मल्लले भनिन्- "हामी नेपालमा चाँही पहिचानको खोजी गरी राखेका छौं। र अहिलेको ठुलो मुद्धा नै पहिचानको मुद्दा हो। बिबिधताको मान्यता कसरी गर्ने र बिबिधता भित्र एकता कसरी ल्याउने भन्ने हाम्रो लडाईं रहेको छ।"
जनआन्दोलनपछि जनताले थुप्रै आशा र सपना देखेको स्मरण गर्दै अहिले त्यो पुरा हुन नसकेको हुँदा आफुसमेत हतोत्साहित भएको बताइन्। अहिलेको लोकतन्त्र भिड तन्त्र हो कि भन्ने भएको चर्चा गर्दै सभासद मल्लले तर नेपालमा केही सकारात्मक काम पनि भएको छ भन्नु भयो।
UNFPA Nepal Programme Office Sudha Pant. Photos: eEyeCam
उता युएनएफपिए कि सुधा पन्तले महिला स्वास्थ्यको बारेमा चर्चा गर्दै पित्रिसत्त्तात्मक समाजको कारण महिला प्रजनन् स्वास्थ्य सम्बन्धी प्रभाबकारी कार्यक्रम लागु हुन नसकेको बताइन्।
नेपाली महिलाहरुको आङ खस्ने (पाठेघर खस्ने) रोग प्रत्येक १० महिलामा १ जनामा हुने, जसअनुसार झन्डै ६ लाख महिला यो रोगबाट पीडित रहेको बताउदै उनले भनिन्- "२ लाख महिलालाई त तुरुन्त अप्रेसन गर्नु पर्ने जरुरी छ।"
UNIFEM's Gender Specialist Bharati Silawal-Giri at the event. Photos: eEyeCam
लैङ्गिक बिज्ञ गिरीले महिलाहरु बिभिन्न शोशण दमनमा परेको बताउदै त्यसै कारण महिलाहरु पित्रीसत्तात्मक मुल्य मान्यतालाई कायम राख्ने ससक्त माध्यम भएको उल्लेख गरिन्। उनको भनाइ छ- "यसरी जब महिलाहरु आफ्नो घर भित्र नै सुरक्षित हुँदैनन् भने बाहिर त हुने कुरै भएन।"
देशमा दिगो शान्तीका लागि आर्थिक रुपान्तरण हुनु पर्ने जरुरी औल्याउँदै उनले भनिन्- "जब पेटमा खाने नै छैन भने त देशको लागि के सोच्न सकिन्छ र। यदी आर्थिक रुपान्तरण भएन भने जति सुकै राजनीति गर्नुस्, जस्तो सुकै शासन प्रणाली ल्याउनुस्, जस्तो सुकै प्रगतिशिल संबिधान बनाउनुस् या जस्तो सुकै समान कानून बनाउनुस् त्यसको कुनै महत्व हुँदैन।"
सभाको मैझारो गर्दै गिरीले भनिन्- "हामीले मुलुकको रुपान्तरण खोज्दै छौं भने हामीमा पनि रुपान्तरण आउनु पर्‍यो भित्रैबाट, कुनै करकापले होइन। हामी सरकारबाट उत्तरदायित्व खोज्छौं तर हामी पनि केका लागि उत्तरदायी हुने त? सोच्नु जरुरी छ।"
-Pradeep Thapa Magar. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Read related news:

एक करोड ३० लाख रुपैयाँको पुरस्कारका लागि उनी न्यू योर्कमा
- America's Gruber Women's Rights Prize awarded to Nepalese Lawyer, CA Member Sapana Pradhan Malla

-Special feature: Less Than $ 2 Dollars: Woman’s Body Is on Sale! (5 Photos)
निधारमा लर्काएर सप्त रङ्गी टीका: यसरी मनाइयो भाईटीका-
-Special: तिहारको रमझम (125 photos): New York:-1234 Nepal:-1, 23 NJVABostonUK

-नेपालको इतिहासमा पहिलो महिला नेतृ बनिन्‌ रामकुमारी झाँक्री (5 Photos)
-Nepalese Women in Decision Making Role (4 photos)
-8 Month Old Baby Left at Home while Mother Fought On the Battle Field
Maoists Female CA Members share Their experiences about a decade long conflict in Nepal
-Teej special: चिटिक्कै 'भा छु रे चुरा र पोतेले, मै छक्क परें सङ्गीको कुराल (21 photos)

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.