Inside

All Time Top 50 News

न्यू योर्कमा नेपालीहरुद्वारा प्रधानमन्त्री प्रचन्डको भब्य स्वागत PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Wednesday, 24 September 2008 23:22
Article Index
न्यू योर्कमा नेपालीहरुद्वारा प्रधानमन्त्री प्रचन्डको भब्य स्वागत
More photos of Prime Minister Prachanda reception in New York 2008
All Pages

"Mr. Prachanda, You're a Legend."-Prime Minister of Bhutan
Exclusive: 27 photos: न्यू योर्क- नेपालकालागि संयुक्त राष्ट्र संघ स्थाई प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्य र श्रीमती डा. गीता आचार्यले आज साँझ (सेप्टेम्बर २४ तारिख) प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचन्ड र उहाकी श्रीमती सिता दाहालको सम्मानमा आयोजना गरेको रात्रीभोजमा भेला भएका न्यू योर्क र अन्य अमेरिकि राज्यबाट आएका नेपाली संघ संस्थाका अगुवाहरुले प्रधानमन्त्रीको दिल खोलेर स्वागत गरे।



Prime Minister Pushpa Kamal Dahal aka Prachanda at the reception party organized by H.E. Ambassador Madhuraman Achardya, Permanent Representative of Nepal to the United Nations. Prakash Dahal, son of Prime minister Prachanda (on the left). Photos: eEyeCam

प्रधानमन्त्रीलाई खादा पहिर्याउने, नमस्कार र हात मिलाउने अनि अन्तमा फोटो खिच्न थाल्‍दा समय निक्कै लम्बिए पनि केही समय अघीसम्मै माओवादी जनसेनाका सुप्रिम कमाण्‍डर रहेका प्रधानमन्त्री प्रचन्डको कसिलो "ह्यान्ड सेक" ले सबैसँग आत्मियता जोड्‍न सफल भएको देखिन्थ्यो।


UNMIN Chief Ian Martin and Prime Minister Prachanda sharing lighter moment at the reception. Photos: eEyeCam
रात्रीभोजको अन्तमा महामहिम आचार्यले प्रधानमन्त्री प्रचन्डलाई दुई शब्द बोली दिन अनुरोध गरेपछि क्यामेराको क्लिक क्लिक आवाजबाहेक अमेरिकि नेपालीहरु प्रचन्डको मन्तब्य सुन्न आतुर देखिन्थे।

प्रधानमन्त्री प्रचन्डले आफ्नो टाउकोलाई २/३ बर्ष अघीसम्म ५० लाखको मूल्य तोकिएको स्मरण गर्दै यतिखेर आफू संघीय गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्रीकोरुपमा देशको प्रतिनिधित्व गर्दै यहाँ आइपुग्दा सपना जस्तो लागेको बता

नेपालमा ५० औ बर्षदेखी नेपाली जनताले गरेको बलिदानीलाई बिर्सन नहुने उल्लेख गर्दै प्रधानमन्त्रीले
भने- "तर तपाईंहरु यहाँ सबैभन्दा शक्तिशाली र धनी भनेर मानिने देशमा बसेर पनि नेपालको माया ममता र नेपालमा सकारात्मक परिवर्तनको निम्ती यहाँहरु सबैको ठुलो योद्गान छ भन्ने मलाई राम्रो सँग थाहा छ।"


PM Prachanda was greeted by former Under-Secretary General UN Kulchandra Gautam. PM wife Sita Dahal and Ambassador Acharya looks on. Photos: eEyeCam

नयाँ सरकारको एउटा मुख्य ध्यान आर्थिक क्रान्ति गर्ने तिर केन्द्रित रहेको बताउदै प्रधानमन्त्री प्रचन्डले भने- "किनकि आर्थिक सम्‍बृद्धी बिना, आर्थिक प्रगती बिना शान्तिलाई दिगो बनाउन पनि सकिदैन र नेपाली जनताको जुन चाहना र आकाङ्क्ष्या छ परिवर्तनको त्यो चाहनालाई पुरा गर्न पनि सकिदैन। त्यस कारण मैले यो सरकारको नेतृत्व गरेदेखी र यो निर्वाचन प्रकृयामा पनि हामीले भन्ने गरेका छौं- हामीले केही म्याजिक जस्तै चमत्कार त गरीसकेका छौं तर अब हामीले आर्थिक चमत्कार गर्न बाँकी छ। र हामीले हाम्रो शक्ती अब आर्थिक चमत्कारमा लगाउनु पर्छ।"


Anil Shahi, Chair, Alliance for Democracy & Human Rights in Nepal USA. Photos: eEyeCam
नेपालको हिमालय श्रृङ्गखलाको सुन्दरता र नदी नाला हाम्रो बरदान भएको बताउदै प्रधानमन्त्री प्रचन्डले थपे- "चाहे त्यो हिरा भन्नुस् चाहे मोती भन्नुस् या सुन भन्नुस् हामी त्यस्मा पारिणत गर्न सक्छौं, सक्नु पर्छ र हामीले प्रस्तुत गरेको बजेटमा पनि बिद्युतलाई सबैभन्दा बढी प्राथमिकता दिएका छौं। अर्को हामीलाई प्रकृतीले दिएको बरदान भनौं शायद नेपालबाट टाढा बस्दा झन बढी माया लाग्छ होला। हाम्रो जस्तो सुन्दर देश शायद कही पनि छैन्... हामीले यो सुन्दरतालाई राम्रोसँग प्रयोग गर्न सक्छौं Tourism industry को रुपमा र आर्थिक क्रान्ति ल्याउन सक्छौं।"


K
arma G. Sherpa, Chairman, Federation of Indigenous Peoples of Nepal in America. Photos: eEyeCam
प्रधानमन्त्रीले नेपालका नदीहरुबाट दुई लाख मगावाट बिजुली उत्पादन गर्न सक्ने क्षमता भएको बताउँदै यसको र नेपालको सुन्दरताको भरपुर उपयोग गर्न सक्ने आफुले सपना देखेको र अबको १० बर्ष भित्र आर्थिक क्रान्ति गर्न सकिने उल्लेख गरे- "अब तपाईं हामी सबै नेपाल फर्केर यहाँ भन्दा राम्रोसँग जीवन बिताउन सक्छौं, यही शुभकामना छ र हामी सबै मिलौं र नयाँ नेपाल बनाउनको लागि अगाडि बढौं।"


Muna Belbase, Chair person, America-Nepal Friendship Association. Photos: eEyeCam

प्रधानमन्त्री प्रचन्डले आजै बिहान एशिया सोसाइटीले आयोजना गरेको A New Nepal: Challenges for Enduring peace and Democracy कार्यक्रममा पनि मन्तब्य ब्यक्त गरेका थिए

यता आजै संयुक्त राष्ट्र संघको मुख्यालयमा प्रधानमन्त्री प्रचन्डले ६३ औं साधारण सभामा भाग लिन आएका बिभिन्न मुलुकका राष्ट्रध्यक्ष्य र प्रतिनिधिहरुसँग भेट गरेका थिए

PM Prachanda with Prime Minister of Bhutan. During this meeting the royalist Bhutanese PM Jigme Thinley said, "Mr. Prachanda, you are a legend." Photos: eEyeCam

प्रधानमन्त्री प्रचन्डले श्री लङ्काका राष्ट्रपती महेन्द्र राजापक्ष्ये र टर्कीका राष्ट्रपती अब्दुल्ल गुलसँग भेटबार्ता गरेका थिए त्यसैगरी, उनले भुटानका प्रधानमन्त्री जिग्मे थिन्लेसँग भेट गर्दा भुटानी प्रधानमन्त्री थिन्लेले भने-"Mr. Prachanda, you're a legend."

प्रधानमन्त्री प्रचन्डले सेप्टेम्बर २५ तारिख सहस्राव्दी विकास लक्ष्य (UN Millenium Development Goals) का सम्बन्धमा डाकिएको उच्चस्तरीय कार्यक्रम Poverty and Hunger (गरिबी र भोक) सम्बन्धी गोलमेच छलफलमा सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीले सेप्टेम्बर २७ तारिखमा बिहानको General Assembly सेसनमा संयुक्त राष्ट्र सङ्घ महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it



PM Prachanda with President of Turkey. Photos: eEyeCam



PM with Sweden's minister. Photos: eEyeCam



Writer Barbara Adams with PM. Dr. Geeta Sharma Acharya, wife of Ambassador Acharya and Mrs Sita Dahal, wife of PM Prachanda. Photos: eEyeCam



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.