Inside

All Time Top 50 News

न्यू योर्कमा नेपाली महिलाहरुको रत्यौली "लेडिज नाइट" को रमझम हेर्ने होइन? PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Administrator   
Sunday, 10 April 2011 08:43

Exclusive: 28 photos: न्यू योर्क- अमेरिकि महिलाहरुले मनाएको सम्भबत: पहिलो महिला मात्रको रमाइलो "लेडिज नाइट" साँझको युएस नेपाल अनलाइनकि आजीवन सदस्य लक्षिन लामाले आफ्नो आइफोनबाट र पुनम राना मगर मल्लले डिजिक्यामबाट चट्ट खिचेर झट्ट पठाएको पुरुषहरुले हेर्न नपाएको फोटोहरुको बिशेष फोटो फिचर हेर्नुहोस्:

 


Nepalese-American women celebrated Nepali New Year 2067 as "Ladies Night" in New York on April 9, 2011. Photos: Lakshin Lama

न्यू योर्क शहरको कुइन्सस्थित चौतारी रेस्टुरेन्टमा आइतबार बेलुकी आयोजना गरिएको यो "लेडिज नाइट" पार्टी न्यू योर्क र न्यू जर्सी राज्यका नेपाली अमेरिकि महिलाहरुको ईतिहासमा बिशेष महत्व राख्दछ। केही आयोजक महिलाहरुले यसलाई नेपालमा नव दुलाहाको घरमा पुरुषहरु दुलही लिन जन्त गएको बेला महिलाहरुले मात्र रमाइलो गर्ने रत्यौलीसंग दाँजेर "लेडिज नाइट" लाई अमेरिकामा रत्यौली गर्न लागेको भनेर ठट्टा पनि गरे।


Bharati Silawal-Giri (seated), Narbada Chhetri (in center with black dress) and Brinda Rai speaking about Ladies Night. Photos: Lakshin Lama

तर यो पार्टी वास्तवमा न्यू योर्क र न्यू जर्सीका महिलाहरुले नेपाली नयाँ बर्षको पूर्व सन्ध्यामा उत्तरी अमेरिकाबाट भाग्दै गरेको जाडोको बिदाइ र समरको न्यानोपनको स्वागतको अबसरमा डाकेको एक रमाइलो महिला मात्रको साँझ थियो।

अमेरिकाको ग्रिस्म कालमा महिलाहरुको फेशनको भौसागर हुने गर्दछ- छोटा र टिमिक्क परेका राम्रा राम्रा पहिरन गरेका महिलाहरु न्यू योर्क शहरको बिशेष आकर्शण नै बन्दछन्।


Singer Nalina Chitrakar (right). Photos: Lakshin Lama

उक्त साँझको अर्को बिशेषता चाँही यो पार्टी कुनै संस्थाले आयोजना गरेको थिएन । यही समूहको आयोजनामा बिना संस्था पनि पोहर सालको तीजमा ४ सय नेपाली महिलाहरु एक ठाउँमा जोल्टिएर नाँचेको पनि देखियो (हेर्नुहोस्) । आयोजक मध्येका केही महिलाहरुको एक महिला संस्था थियो तर त्यसमा 'पोलिटिक्स' मा राजनीति घुसेपछि बरु उल्टै उनीहरु आफैले उक्त संस्थालाई बैठकबाटै निर्णय गरी बिधिबत बिघटन गरेका थिए।


Renu Sharma Sapkota (3rd from left) with Lakshin Lama and friends. Photos: Lakshin Lama

उसो त न्यू योर्कमा ३६ वटा नेपाली संस्थाहरु कृयाशिल छन्। त्यसमा नेपाली पुरुषहरु नै धेरैजसो संस्थामा हालीमुहाली छन्। राजनीतिदेखि धेरै टाढा महिला मात्रको शुद्ध "लेडिज नाइट" को आयोजना पदकोलागि सिंगौरी खेल्ने अमेरिकि नेपाली पुरुषहरुकोलागि सिक्नु पर्ने एउटा गतिलो उदाहरण बनेको छ भन्दा अतियुक्ती नहोला।


Mridula Koirala (center), Renu Sharma Sapkota (right) with a friend. Photos: Lakshin Lama

उक्त लेडिज नाइटमा बिघटित महिला संस्था 'नेपाली वोमेन वेल्फेर अर्गनाइजेसन' कि पूर्व अध्यक्ष रेणु शर्मा सापकोटा, संयुक्त राष्ट्र संघीय महिला 'युएन वोमेन' कि बिशेषज्ञ भारती शिलवाल-गिरी, अधिकारकि नर्बदा छेत्री, जनेश गुरुङ, शारदा छेत्री, पुनम राना मगर मल्ल, निमा याङ्जी शेर्पा, सुनिता हमाल, युनाइटेड नेपालीज डेमोक्रेटिक फोरम न्यू योर्ककि अध्यक्ष सीता खरेल, नेपाली काँग्रेसकि उत्तर अमेरिका प्रतिनिधि म्रिदुला कोइराला, कमला प्रसाई, रेणु सुबेदी, गायिका नलिना चित्रकारलगायतका न्यू योर्क र न्यू जर्सीका परिचित महिला हस्तीहरुको जम्काभेट थियो।

-लक्षिन लामा र पुनम राना मगर मल्लको रिपोर्टका आधारमा प्रथा मगरद्वारा तयार पारिएको समाचार।

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Read related news:

-न्यू योर्कमा नेपाली महिलाहरुले १०० औं अन्तरराश्ट्रिय नारी दिवस धुमधामसंग मनाए

-न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित



Photo: Punam Rana Magar Malla


Photo: Punam Rana Magar Malla



Ishwari Maskey. Photo: Punam Rana Magar Malla



Nalina Chitrakar. Photo: Punam Rana Magar Malla





Photo: Punam Rana Magar Malla


Photo: Punam Rana Magar Malla



Photos: Lakshin Lama





Photos: Lakshin Lama





Nima yanji Sherpa. Photos: Lakshin Lama



Sita Kharel (right). Photos: Lakshin Lama



Sarada Chhetri. Photos: Lakshin Lama





Photos: Lakshin Lama









Bharati Rai, Lakshin Lama and Prabha Acharya. Photos: Lakshin Lama




Photos: Lakshin Lama

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.