Inside

All Time Top 50 News

न्यू योर्कमा नेपाली पत्रकारहरुको संस्था 'नेजा' र 'एन्मा' बीच सहकार्य गर्ने सम्झौता सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Wednesday, 01 January 2014 23:02

Exclusive: 4 photos: न्यू योर्क- नयाँ बर्षको दिन न्यू योर्क शहरमा नेपाली पत्रकारहरुको संस्था 'नेपाल-अमेरिका पत्रकार संघ (नेजा)' र 'नेपाली संचार सन्जाल (एन्मा), युएसए' बीच सहकार्य गर्ने सम्झौता सम्पन्न भएको छ।


New Year 2014 resolution: Nepalese American journalists affiliated to Nepal-America Journalists Association (NeAJA) and Nepali Media Alliance (NMA), USA hosted a New Year greeting program in New York on January 1, 2014. Photo: Ashok Pant (NepalPhotoNews.com)

जनवरी १ तारिख बुधवार न्यू योर्कको कुइन्स ज्याक्सन हाइट्सस्थित थकाली किचन रेस्टुरेन्टमा आयोजना गरिएको उक्त शुभ-कामना आदान प्रदान कार्यक्रममा दुई संस्थाबीच सहकार्य गरेर अघि बढ्ने सहमती भएको हो।



उक्त कार्यक्रममा नेजाका अध्यक्ष आङछिरिङ्ग शेर्पा र एन्मा युएसएका अध्यक्ष प्रदीप थापा मगरले दुई संस्थाका अन्य पदाधिकारी र सदस्य पत्रकार र संचारकर्मीहरुको उपस्थितीमा दुई संस्थाले जारी गरेको ४ बुँदे सम्झौता पत्र Memorandum of Understanding (MoU) मा हस्ताक्ष्यर गरेका थिए।


Nepal-America Journalists Association (NeAJA) president Ang Chhiring Sherpa and Nepali Media Alliance (NMA), USA president Pradeep Thapa Magar shaking hands after signing Memorandum of Understanding (MoU) between NeAJA and NMA, USA in New York on January 1, 2014. Photo: Ashok Pant (NepalPhotoNews.com)

उपस्थित पत्रकारहरुमा एन्मा युएसएका कार्यकारी प्रेसिडेन्ट बिजय पौडेल, महासचिब प्रशान एलुङ राई, कोशाध्यक्ष मनु लोहोरुङ राई, बोर्ड अफ डाइरेक्टरहरु मणी बाङ्देल राई र मानबहादुर राना मगर थिए भने नेजाका महासचिब किशोर पन्थी, कोशाध्यक्ष गीता पन्थी उपस्थित थिए। उपस्थित अन्य पत्रकारहरुमा व्हाइट हिमाल सम्प्रेशण कार्यक्रम प्रस्तोता शैलेश श्रेष्ठ, खसोखास साप्ताहिकका विश्व शाह, निमा पाख्रिन, नेपाल फोटो न्यूज डट कमका फोटो पत्रकार अशोक पन्त, हिमाली श्वरहरुका सहदेब पौडेल, प्रतिमा लामिछाने पौडेल र योगेश आदी थिए।

Memorandum of Understanding between NeAJA and NMA, USA conducted in New York on January 1, 2014.

नेजा र एन्माबीच भएको ४ बुँदे सम्झौता पत्र निम्नानुसार रहेको छ:

Memorandum of Understanding (MoU)

सर्वप्रथम नयाँ बर्ष २०१४ को सालको पावन अवसरमा सबैमा हार्दिक मंगलमय शुभ-कामना। नयाँ बर्षको आगमनसंगै अमेरिकामा कृयाशिल पत्रकारहरुको संगठन नेपाल अमेरिका पत्रकार संघ (नेजा) र अमेरिकामा सन्चालित संचार गृहहरुको साझा संस्था नेपाली संचार सन्जाल (एन्मा) बीच निम्न लिखित बुँदाहरुमा सहमती जनाउँदै भबिश्यमा अझ मजबूँद एकता र सौहाद्रता जाहेर गर्ने प्रतिबद्दता गर्दछौं:

बुँदाहरु:

१. नेपाल अमेरिका पत्रकार संघ (नेजा) अमेरिकामा कृयाशिल नेपाली पत्रकारहरुको साझा संगठनमा सबै पत्रकारहरुले यो संघको उद्देश्य प्राप्तिकोलागि सदस्यता लिने र आबश्यक सहयोग गर्ने प्रतिबद्दता गर्दछौं।

२. नेपाली संचार सन्जाल (एन्मा), युएसए अमेरिकामा कृयाशिल नेपाली संचार माध्यम, प्रकाशन संस्था र संचार माध्यममा कृयाशिल नेपाली संचार गृहहरुको साझा संगठनमा सबै प्रकाशन/प्रशारण संस्थाहरुले सदस्यता लिने र सन्जालको उद्देश्य प्राप्तिकोलागि आबश्यक सहयोग गर्ने प्रतिबद्दता गर्दछौं।

३. भबिश्यमा माथि उल्लेखित दुबै संस्थाले आयोजना गर्ने कुनै पनि कार्यमा सहयोग गर्ने गराउने र अमेरिकामा नेपाली पत्रकारिताको बिकास र श्रीबृदिमा सहकार्य गर्दै जाने प्रतिबद्दता गर्दछौं।

४. नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आगामी मे महिनामा हुन लागेको आसन्न महाधिबेशनलाई सफल पार्न सबै पत्रकारहरुले सहयोग गर्ने र निकट भबिश्यमा  नेपाली संचार सन्जाल (एन्मा), युएसए को प्रथम अधिबेशनमा पनि सन्जालमा आबद्ध संस्था र संचार कर्मीहरुले साथ र सहयोग गर्ने प्रतिबद्दता जाहेर गर्दछौं।

दिनाङ्क: जनवरी १, २०१४
स्थान: थकाली किचन, ज्याक्सन हाइट्स, न्यू योर्क, अमेरिका

Read related news:

-न्यू योर्कमा नेपाली पत्रकारहरुको रमाइलो बनभोज सम्पन्न

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.