Inside

All Time Top 50 News

न्यू योर्कमा नेपाली आदिबासिहरुको महासंघको दोश्रो अधिबेशनद्वारा नयाँ नेतृत्व चयन, महासंघको नाम फेरियो- "फिप्ना" PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pratha Magar and Bel Bhujel   
Tuesday, 22 July 2008 13:45

Exclusive: 11 photos: न्यू योर्क- 'ग्लोबल नेपाल आदिबासी जनजाति महासंघ' को जुलाई १३ तारिख सम्पन्न दोश्रो महाधिबेशनले आफ्नो संस्थाको नाम बदलेर 'नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना)' अर्थात Federation of Indigenous Peoples of Nepal in America (FIPNA) नामाकरण गरेको छ।


The newly elected FIPNA Executive Members at the 2nd convention of Federation of Indigenous Peoples of Nepal in America (FIPNA) in New York on July 13, 2008. Photos: eEyeCam

महाधिबेशनले अर्को दुई बर्षकालागि पुन: कर्मा ग्य्लाजेन शेर्पाको अध्यक्ष्यतामा १३ सदस्यिय केन्द्रिय कार्य समिति र बिभिन्न आदिबासी जनजातिय संघ सस्थाहरुको ३ /३ प्रतिनिधिहरु रहने गरी संघीय परिषद गठन गरेको छ।



Karma Gyaljen Sherpa, newly reelected President of Federation of Indigenous Peoples of Nepal in America (FIPNA). Photos: eEyeCam

महासंघका नब निर्बाचित अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष शिवकुमार राई, दोश्रो उपाध्यक्ष बिनोद पोमो लिम्बु, महासचिब अर्जुन गुरुङ, सचिब सुमन राई, कोषाध्यक्ष छेपक दोर्जी, र सह-कोषाध्यक्ष मनास्लु गुरुङ निर्बाचित भएका छन्‌ भने सदस्यहरुमा यज्ञलाल श्रेष्ठ, कुन्साङ शेर्पा योल्मो र आदित्य महर्जन निर्बाचित भएका छन्‌।

प्रथम उपाध्यक्ष पदकालागि दुई उमेदवारी परेको हुँदा मतदानबाट ३५ मत ल्याई शिवकुमार राई बिजयी भएका थिए भने उनका प्रतिद्वन्दी सुबाश तामाङले २७ मत प्राप्त गरेका थिए।

उता ३ सदस्य पदकालागि ६ जनाको उमेदवारी परेपछि मतदान हुँदा यज्ञलाल श्रेष्ठ, कुन्साङ शेर्पा योल्मो, र आदित्य महर्जन निर्बाचित भए भने लीला राई, प्रेम थोकर तामाङ र ध्याग्याल्पो पुनेल पराजित भए ।

अझ रोचक के भो भने आदित्य महर्जन र ध्याग्याल्पो पुनेलको मत बराबर भएको हुँदा गोला प्रथाबाट निर्णय गरिदा पुनेलले बिजयी पत्र चुन्न नसक्दा पराजित हुन पुगे।


Pasang Dorchi Sherpa announcing his withdrawal from President candidacy. Photos: eEyeCam

अन्य पदहरुमा सर्बसम्मती भएको भए पनि अध्यक्ष्य पदकालागि पासाङ दोर्ची शेर्पा र कर्मा ग्य्लाजेन शेर्पाको बिच मतदान हुनै लाग्दा संस्थागत हितकालागि पासाङले उम्मेदवारी फिर्ता लिएका थिए।

यसरी निर्बिरोध र चुनाबि गरी मिश्रित प्रकृयाबाट महासंघको नयाँ नेतृत्व चुनिनुलाई महाधिबेशनमा उपस्थित प्रतिनिधि र पर्यवच्क्षकहरुले साकारात्मकरुपमा लिएको जनाएकाछन्। सहभागि एक प्रतिनिधिले युएस नेपाल अनलाइनलाई भने "अब भने जनजाति आदिबासीहरु नेतृत्वकालागि सचेत र उत्साहित भएछन्, यो खुशीको कुरो हो।"


Manaslu Gurung making her points. Photos: eEyeCam

अर्को उल्लेख्य कुरा, उपस्थित एक मात्र महिला प्रतिनिधि मनास्लु गुरुङ भए पनि महासंघको नयाँ बिधानमा ३३ प्रतिशत महिला आरक्षण गराएरै छाडिन्‌ ।

महाधिबेशनको उद्घाटन सत्रमा अशोक गुरुङ, राम नेपाली, मुनिन्द्र नेम्बाङ, शुरेश चाम्लिङ, टेक गुरुङ, महेश गुरुङ, प्रदीप थापा मगर जय राईले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

कार्यक्रमको सन्चालन महासचिब नारदमणि किरातीले गरेका थिए।

-Pratha Magar, contributed by Bel Bhujel in New York.


Nagendra Rana presenting federation's yearly budget as outgoing treasurer. Photos: eEyeCam


Election commissioners Ram Tamang, Munindra Nembang and Dr. Krishnakumar Rai.






Outgoing General Secretary Naradmani Kirati preparing for to cast his vote. Photos: eEyeCam



Photos: eEyeCam

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.