Inside

All Time Top 50 News

अमेरिकामा के गर्दैछिन् नेपालकि पहिलो ब्याचको मोडेल मिलन थापा पौडेल? PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Wednesday, 03 July 2013 19:48

Special; 6 photos: बोस्टन- नेपालमा सन् १९९४ सालमा मोडेलिङ गरेर र्‍याप्ममा क्याट वाक गर्ने पहिलो ब्याचकि मोडेल मिलन पौडेल थापा मगर यतीखेर अमेरिकाको बोस्टन शहरमा ग्रिहिणी र समाज सेवामा ब्यस्तछिन् ।


Nepal's fist batch model Milan Thapa Poudel featured at Sunday Dispatch news paper from Kathmandu in 1996. Photos courtesy: Milan

मोतिकला देवानले सन्चालनमा ल्याएको पहिलो मोडेलिङ एजेन्सी Ramp Fashion & Designing Agency मा तालिम लिएर नेपालमै पहिलो ब्याचकोरुपमा र्‍याम्पमा उत्रेर ईतिहास रचेकि मिलनले २०५१ र ५३ कोबिचमा शिर्फ ३ पटक फेसन शोमा भाग लिएको जानकारी गराइन्।

नेपाल टेलिभिजनको एउटा म्यूजिक भिडियोमा कला सुब्बा, दिलिप रायमाझीहरुसंगै न्रित्य गरेको बताउने मिलन यतिखेर भने गृहस्ती जीवन मै रमाउन पुगेको बताउँछिन्।


Nepal's fist batch model Milan Thapa Poudel in 1996. Photos courtesy: Milan

उनको बिहे रामेछापका खान्दानी मगर परिवारका सुर्य थापा मगरसंग बिसं २०५३ सालमा भएको थियो। सुर्य थापा अमेरिका आएपछि ग्रेटर बोस्टन नेपालीज सोसाइटी (GBNC) को सन् २००४ देखी ६ बिचको अध्यक्ष पनि हुन्। थापाका माइला, साइला, कान्छा काका र कान्छी फूपूको बेलायतमा  मुनाल तन्दुरी रेस्टुरेन्ट र  नेपाली टिभी युके सन्चालनमा छ।

थापा बेलायतमा अध्ययन सकेर नेपाल फर्किदा एक जना साथीमार्फत पहिलो पटक भेट भएका यि जोडीको जन्म मिती, साल एउटै जुरेको उनिहरुले रोमान्चित हुँदै बताए।

जात फरक परेको कारण बिशेष गरी रवाफी थापा परिवारले नस्विकार्ने देखेपछि सुटुक्क प्रेम विवाह गरेका यो जोडीको जन्म सन् १९७२ को अप्रिल २८ तारिख भएको थियो। "शायद, एउटै जन्म दिन, साल परेको हुँदा हामी भावनात्मकरुपमा छिटोनजिक भयौं होला" दुइटैले एक स्वरमा भने।

उनले जात जातिको कुरा उप्काउँदा भनिन्- "हामी दुई जात हौं- एक लोग्ने मान्छे र अर्को स्वास्नी मान्छे।"


Milan Thapa Poudel with her husband Surya Thapa Magar in Boston. Photos courtesy: Sajha.com

इटहरी, सुन्सरी माइती घर भएकी मिलनकि आमा स्व. राधिकादेबि पौडेल हुन् भने बुवा स्व. रामकुमार पौडेल हुन्। यिनका एक दाजु, एक भाई, एक दिदी र एक बहिनी छन्।

यि जोडीको एक मात्र सन्तान छोरी सुर्याङ्काको जन्म १९९८ मा भएको हो। सुर्याङ्काले अहिले बेल्मोन्ट हाइस्कूल, बोस्टनबाट ग्रेड ९ को पढाई पुरा गरेकिछिन्।

मिलन सन् २००५ मा अमेरिका आएकी हुन् भने उनका श्रीमान सुर्य सन् १९९८ देखि अमेरिकामा जमेकाछन्। उनिहरुको काठमाडौंको स्वयम्भूमा पनि बसोबास रहेको छ।

अरुको निम्ती काम गरेर समाजसेवा गर्ने यि जोडीको भावना बोस्टनबासीबिच जगजाहेर छ।


Suryangka Thapa Magar announcing her donation to Empower Dalit Women of Nepal (EDWON) for needy children in Nepal during her birthday celebration on July 21, 2013. Photo courtesy: Milan

उनिहरुकी छोरी सुर्याङ्काले पनि समाजसेवाको पहिलो पाइलो भर्खरै जुन २११ मा उनको जन्म दिनको पार्टीमा उपहार स्वरुप सङ्कलन भएको रकम मध्येबाट नेपालका गरीब परिवारका विद्यार्थीलाई सहयोग गर्ने घोषणा गरेकिछिन्।

उनले बोस्टनस्थित इम्पावोर दलित वूमन अफ नेपाल (EDWON) मार्फत बालबालिका स्पोन्सर गर्न उक्त संस्थाकि संस्थापक बिष्णुमाया परियारलाई रकम हात पारिन्।

Milan Thapa Poudel with her daughter Suryangka Thapa Magar in Boston. Photos courtesy: Sajha.com

मिलनले युएस नेपाल अनलाइनसंग आफ्नो नेपाल प्रतिको भावना बाँड्दै भनिन्- "नेपालको अति माया लाग्छ। यहाँ यस्तो राम्रो भएको देख्दा नेपाल पनि त्यस्तै भई दिएहुन्थ्यो जस्तो लाग्छ। हाम्रो पालामा नभएपनि छोरी नातिनीको पालामा भएपनि भईदिएहुन्थ्यो।"

प्रबासमा नानीहरु हुर्काउँदा आफ्नो नेपाली संस्कार र संस्क्रिती उनिहरुलाई सिकाउनु पर्ने सुझाव उनको छ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.