Inside

All Time Top 50 News

न्यू योर्कमा नेपालका प्रथम शहीदको सम्झना: १३७ औं लखन थापा मगर स्‍मृति दिवस सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 16 February 2014 23:08
Article Index
न्यू योर्कमा नेपालका प्रथम शहीदको सम्झना: १३७ औं लखन थापा मगर स्‍मृति दिवस सम्पन्न
More photos from 137th Memorial of Nepal's 1st martyr Lakhan Thapa Magar in New York 2014
All Pages

"लखन थापालाई मगर होइन मन्डेला बनाऔं, गोर्खालाई ग्लोबल बनाऔं"
नेपालसंग शहीद लखन थापा मगरलाई प्रथम शहीद घोषणा गर्न माग

Updated: Special: 70 photos, 1 video: न्यू योर्क- न्यू योर्क शहरका नेपालीहरुले नेपालका प्रथम शहीद लखन थापा मगरको १३७ औं स्‍मृति दिवस मनाएकाछन्।


Nepal's first martyr Lakhan Thapa Magar's 137th memorial was celebrated by Nepalese organizations in New York on February 16, 2014. Photos: eEyecam.com

फेब्रुवरी १६ तारिख आईतवार न्यू योर्कको ज्याक्सन हाइट्सस्थित ओम शक्ती मन्दिरमा आयोजित उक्त स्‍मृति दिवस संयुक्तरुपमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना), गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA), नेपाली जनसम्पर्क समिति अमेरिका, प्रवासी नेपाली मंच अमेरिका, नेपाली तराईन संघ अमेरिका र संघिय लिम्बुवान समाज अमेरिकाद्वारा आयोजना गरिएको थियो।


The participants at the 137th memorial or Nepal's first martyr Lakhan Thapa Magar in New York on February 16, 2014. Photos: eEyecam.com

स्‍मृति समारोहमा संयुक्त राष्ट्र संघकोलागि नेपालका स्थायी प्रतिनिधि महामहिम राजदूत दुर्गाप्रसाद भट्टराई प्रमुख अतिथिकोरुपमा उपस्थित थिए भने बिशेष अतिथि मिनिस्टर काउन्सिलर घनश्याम लम्शाल उपस्थित थिए । समारोहमा ३५ वटा संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित थिए ।

Chief Guest and Ambassador to UN H.E. Durga P. Bhattarai (left) and Federation of Indigenous Peoples of Nepal in America (FIPNA) President Luisang Waiba Tamang paying tribute to Nepal's first martyr Lakhan Thapa Magar at his 137th memorial in New York on February 16, 2014. Photos: eEyecam.com

प्रथम शहीद लखन थापा मगर को हुन्?

नेपालका प्रथम शहीद कहलिएका लखन थापा मगरको जन्म सन् १८३५ मा नेपालको गोर्खा जिल्लाको बुङ्कोटमा भएको थियो । प्रथम शहीद थापालाई जहाँनिया राणा शासनको बिरोध गर्दा श्री ३ जंगबहादुर राणाको ठाडो आदेशमा १३७ बर्ष अघी बिसं १९३३ (सन् १८७६) फागुनको पहिलो हप्ता उनकै गाउँ गोर्खा जिल्लाको बुङ्कोटमा झुन्ड्याई मारिएको थियो। शहीद थापाबारे बिस्त्रित जानकारीकोलागि यो लेख पढ्नुहोस्: यस कारण हुन् लखन थापा मगर (द्वित्तीय) नेपालको प्रथम शहीद


Nepal's First Martyr Lakhan Thapa Magar. Imaginative portrait by Tekbir Mukhiya for Laaphaa cultural magazine (www.laaphaa.com). Download large size image for poser print

उक्त स्‍मृति दिवस समारोहमा देशकोलागि जीवन बलिदान दिने ज्ञात अज्ञात शहीदहरुको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरि सुरु गरिएको थियो भने प्रथम शहीद लखन थापा मगरको तस्बिरमा परम्परागत खादा चढाई श्रध्दा सुमन ब्यक्त गरिएको थियो ।


The participants at the 137th memorial or Nepal's first martyr Lakhan Thapa Magar in New York on February 16, 2014. Photos: eEyecam.com

स्‍मृति समारोहमा प्रथम शहीद लखन थापा मगरप्रति समर्पित बिशेष शहीद गीत "सेनानी हे मुक्तिका युग पुरुष लखन, चढाउँछौं, हार्दिक मनले, श्रध्दा सुमन" भन्ने गित बजाईएको थियो । उक्त गीतको रचना सन् २०११ मा टिका पुन मगर र राजेश थापा मगरले गरेका हुन् भने गायक एबं संगीतकार जगदीश समाल मगरले संगित कम्पोज गरेका हुन्।

Song of Nepal's First Martyr Lakhan Thapa Magar:


नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को अध्यक्ष लुईसाङ वाईबा तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिषय वक्ताकोरुपमा समाजसेवी एबं ईम्पावोर दलित वूमन अफ नेपाल (एड्वान) बोस्टनकि संस्थापक डा. बिष्णुमाया परियारले प्रथम शहीद लखन थापा मगरकोबारेमा प्रकास पारेकी थिईन्।


Dr. Bishnu Maya Pariyar speaking at the 137th memorial of Nepal's first martyr Lakhan Thapa Magar in New York on February 16, 2014. Photos: eEyecam.com

समाजसेवी डा. परियारले आफू प्रथम शहीद लखन थापा मगरकै गृह जिल्ला गोर्खा र छिमेकी गाउँको भएकोमा खुशी ब्यक्त गर्दै तर प्रथम शहीद लखन थापा कुनै क्षेत्र, जाति बिशेष मात्रको नभै सम्पूर्ण राष्ट्रकै नायक रहेको उल्लेख गरिन्। उनले प्रथम शहीद लखन थापा जन्मेको स्थानलाई पर्यटकीय स्थलकोरुपमा बिकास गर्नु पर्ने, गोर्खा जिल्लालाई राष्ट्र निर्माता प्रिथ्बीनारायण शाहको नामले मात्र नभै प्रथम शहीद लखन थापाको नामले चिनाउनु पर्ने, गोर्खा नगरपालिकालाई प्रथम शहीदको नाममा नामकरण गर्नु पर्ने, बिद्यालय पाठ्यक्रममा प्रथम शहीद थापाबारे राखिनु पर्ने र उनको नाममा एक अक्षय कोश स्थापना गरी प्रथम शहीद थापाको गाउँका गरीब बालबालिकाहरुलाई छात्रब्रिती प्रदान गर्नु पर्ने माग गरिन्।

Chief Guest and Ambassador to UN H.E. Durga P. Bhattarai (center) receiving a photo frame of  Nepal's first martyr Lakhan Thapa Magar from Federation of Indigenous Peoples of Nepal in America (FIPNA) President Luisang Waiba Tamang at the 137th memorial of martyr Thapa in New York on February 16, 2014. Photos: eEyecam.com

प्रमुख अतिथी महामहिम राजदूत दुर्गाप्रसाद भट्टराईलॆ शहीद थापाबारे ईतिहासका पुस्तकहरुमा गरिएको चर्चाबारे उल्लेख गर्दै आयोजकहरुले बुझाएको ज्ञापन पत्र यथाशिघ्र नेपाल सरकारको प्रधानमन्त्री शुसिल कोईराला समक्ष पुर्याउने प्रतिबध्दता जनाउदै प्रथम शहीद लखन थापा मगरलाई मान्यता दिनेबारेमा बिभिन्न प्रकियाहरुबाट पनि सक्रिय पहल गर्नु पनि उत्तिकै आवस्यक रहेको जानकारी गराए ।

The organizers submitting memorandum to Chief Guest and Ambassador to UN H.E. Durga P. Bhattarai (center) demanding from Nepal Government to recognize martyr Thapa as Nepal's first martyr at in New York on February 16, 2014. Photos: eEyecam.com

स्‍मृति समारोहमा आयोजक संस्थाहरुकोतर्फबाट राजदूत दुर्गाप्रसाद भट्टराईसमक्ष्य नेपाल सरकारकोलागि ज्ञापन पत्र हस्तान्तरण गरिएको थियो।

सोही समारोहमा संयुक्त राष्ट्र संघकोलागि स्थायी नियोग न्यू योर्क कार्यालयकोलागि आयोजकहरुकोतर्फबाट चिनोस्वरुप प्रथम शहीद लखन थापा मगरको रंगिन फोटोमा आयोजक सस्थाहरुको नाम लेखेर महामहिम राजदूत भट्टराईलाई प्रदान गरिएको थियो ।


Shailesh Shrestha & Shiva K. Rai. Photos: eEyecam.com

स्‍मृति समारोहमा संचारकर्मी एबं अधिकारकर्मी शैलेश श्रेष्ठले लखन थापालाई मगर र नेपालीको मात्र नभै दक्षिण अफ्रिकी विश्व प्रसिद्ध अश्वेत राजनेता नेल्सन मन्डेलाको स्तरमा उठाउन लाग्नु पर्ने उल्लेख गर्दै गोर्खालाई नेपालमा मात्र सिमित नराखी ग्लोबल (बिश्वब्यापी) बनाउनु पर्ने बताए।

Durga P. Bhattarai & Luisang Waiba Tamang.

Dr. Tara Niraula & Ramesh K. Shrestha. Photos: eEyecam.com

Man B. Rana Magar & Krishna Lamichhane. Photos: eEyecam.com


Buddha Chemjong & Aniket Shah. Photos: eEyecam.com

स्‍मृति समारोहमा गैर आवासीय नेपाली संघ अमेरिका अध्यक्ष शिवकुमार राई, शिक्षाविद डा. तारा निरौला, कानुनविद रमेश श्रेष्ठ, संघिय लिम्बुवान समाज अमेरिकाको प्रतिनिधि बुध्द चेम्जोङ्ग लिम्बु, नेपाली तराईन संघ न्यू योर्क अमेरिका अध्यक्ष अनिकेत शाह, प्रबासी नेपाली मंच अमेरिका केन्द्रिय सदस्य कृष्णप्रसाद लामिछानेले आ-आफ्नो मन्तब्य राख्दै शहीद थापालाई प्रथम शहीद घोषणा गर्न माग गरेका थिए।

स्‍मृति समारोहमा यहि फेब्रुवरी ५ र ६ मा संयुक्त राष्ट्र संघमा आयोजना भएको अन्तराष्ट्रिय युवा सम्मेलन (UN Winter Youth Assembly) मा नेपालकोतर्फबाट सहभागी भएको नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको युथ ककस टिमको सहभागी युवा प्रतिनिधिहरुलाई प्रमुख अतिथिको हातबाट प्रसंसा पत्र वितरण गरिएको थियो ।

FIPNA Youth Caucus with the Cheif Guest who participated at UN Youth Forum on February 5 & 6, 2014. Photos: eEyecam.com

स्‍मृति समारोहको संचालन फिप्ना महासचिब मानबहादुर राना मगरले गरेका थिए ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

आयोजक संस्थाहरुद्वारा नेपालका प्रधानमन्त्री सुशिल कोईरालाई पठाएको ज्ञापन पत्र !

सम्माननीय प्रधानमन्त्री सुशिल कोईराला ज्यू,
प्रधानमन्त्रीको कार्यालय
सिंहदरबार, काठमाडौं, नेपाल
मार्फत,
महामहिम दुर्गाप्रसाद भट्टराई ज्यू,
संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई नियोग
न्यू योर्क, अमेरिका

बिषय: नेपालको प्रथम शहीद लखन थापा मगरलाई मान्यता दिइयोस् ।

सर्बप्रथम यहाँ नेपालको सैतिसौ प्रधानमन्त्रीकोरुपमा निर्बाचित हुनुभएकोमा अमेरिकाबाट यहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै तपाईंको कार्य काल पूर्ण सफल होस् भन्ने कामना गर्दछौं ।

जहानीयाँ राणा शासनको बिरुद्ध लड्दा तत्कालिन राणा शासकहरुद्वारा झुन्ड्याइ मारिनु भएका कप्तान लखन थापा मगरलाई नेपालको प्रथम शहीदको मान्यता प्रदान गर्न बिगत दुई दशकदेखि नेपाल र विश्वभर रहेका नेपालका बिभिन्न समुदाय र संघ संस्थाहरुले नेपाल सरकार समक्ष्य गर्दै आएको मागलाई नेपालको बिगतका सरकारले पुरा नगरेको हुँदा हामी (नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, गैर आवासीय नेपाली संघ अमेरिका, नेपाली जनसम्पर्क समिति अमेरिका, प्रवासी नेपाली मंच अमेरिका, नेपाली तराईन संघ अमेरिका र संघिय लिम्बुवान समाज अमेरिका)  कप्तान लखन थापा मगरलाई यथाशीघ्र नेपालको प्रथम शहीदको मान्यता प्रदान गर्न माग गर्दछौं ।

शहीद लखद थापा मगरको जन्म वि. सं. १८९१ मा नेपालको गोर्खा जिल्लाको बुङ्कोटमा भएको थियो भने उनी बि. सं १९३३ (सन् १८७६) को फागुनको पहिलो हप्ता जहानीयां राणा शासकहरुद्वारा तत्कालिन शासन सत्ताको बर्खिलाप सशस्त्र बिद्रोह गरी जनतालाई अन्याय र दासताबाट मुक्ती दिलाउने प्रयास गर्दा राष्ट्र द्रोहको आरोप लगाई उनकै गाउँ काहुले, गोर्खामा राणाशाही सैनिक पठाइ झुन्ड्याइ मारिनु भएको थियो। यसरी आधुनिक नेपालको ईतिहासमा पहिलो साँगठनिक जन-बिद्रोहकोरुपमा ईतिहासकारहरुद्वारासमेत चर्चित उक्त घटनाबाट शहीद लखन थापा मगर नेपाली आधुनिक ईतिहासका पहिलो शहीद बन्नु भएको थियो। उनलाई प्रथम शहीदको मान्यता दिनु शिर्फ उनको मात्र सम्मान गरेको ठहर्दैन बल्की देशकोलागि बलिदान गर्ने सम्पूर्ण शहीदहरुप्रति सच्चा आदर र श्रद्दान्जली हुनेछ।

सम्माननीय प्रधानमन्त्री ज्यू,

यहाँलाई जानकारी रहोस, अमेरिकाबाट फेब्रुवरी १३,२०११ मा मगर संघ अमेरिकाले आयोजना गरेको १३४ औं स्मृति दिवस कार्यक्रमको प्रमुख अतिथि संयुक्त राष्ट्र संघकोलागि नेपालको स्थायी उपप्रतिनिधि शंकर बैरागीज्यूमार्फत तत्कालिन सम्माननीय प्रधानमन्त्री झलनाथ खनालज्युलाई र फेब्रुअरी १०, २०१३ मा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले आयोजना गरेको १३६ औं स्मृति दिवस कार्यक्रमको प्रमुख अतिथि संयुक्त राष्ट्र संघकोलागि नेपाली स्थायी नियोग कार्यलय न्यू योर्ककी कार्यकारी प्रमुख सेवा लम्साल अधिकारीज्यूमार्फत तत्कालिन सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यूलाई यसै व्यहोराको ज्ञापन पत्र पठाई सकिएको छ ।

अत: नेपालको प्रथम शहीद लखन थापा मगरको १३७ औं स्मृति दिवस मनाई रहेको अवस्थामा तपाई नेपालको ३७ औं सम्माननीय प्रधानमन्त्रीज्यूबाट नेपालको प्रथम शहीद लखन थापा मगरलाई प्रथम शहीदको मान्यता प्रदान गर्नुहुनेछ भन्ने विश्वाशकासाथ,

फेब्रुअरी १६,२०१४

लुईसाङ वाईबा तामाङ
अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना), अमेरिका

शिवकुमार राई
अध्यक्ष, गैर आवासीय नेपाली संघ, अमेरिका (NRN USA)

सुबर्ण लामा
प्रतिनिधि, नेपाली जनसम्पर्क समिति, अमेरिका

कृष्ण लामिछाने
केन्द्रिय सदस्य, प्रबासी नेपाली मंच, अमेरिका

अनिकेत शाह
अध्यक्ष, नेपाली तराईन संघ - न्युयोर्क, अमेरिका

बुध्द चेमजोङ लिम्बु
प्रतिनिधि, संघिय लिम्बुवान समाज, अमेरिका

न्यू योर्कमा नेपालका प्रथम शहीदको सम्झना: १३७ औं लखन थापा मगर स्‍मृति दिवस सम्पन्न
More photos from 137th Memorial of Nepal's 1st martyr Lakhan Thapa Magar in New York 2014
All Pages
Page 1 of 2

Read related news on Nepal's 1st Martyr (प्रथम शहीद) Lakhan Thapa Magar:

-http://www.usnepalonline.com/lakhan-thapa/

-न्यू योर्कमा नेपालका प्रथम शहीद लखन थापा मगरको १३६ औं स्‍मृति दिवस (२०१३) सम्पन्न

-यस कारण हुन् लखन थापा मगर (द्वित्तीय) नेपालको प्रथम शहीद

-न्यू योर्कमा नेपालका प्रथम शहीद लखन थापा मगरको १३५ औं स्‍मृति दिवस सम्पन्न

-नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी लखन थापा मगर (द्वितीय) लाई प्रथम शहीद मान्नु पर्ने कारणहरुको खोजी

-न्यू योर्कमा नेपालका प्रथम शहीद लखन थापा मगरलाई नेपालीहरुले यसरी सम्झिए, १३४ औं लखन स्‍मृति दिवस सम्पन्न

-काठमाडौंमा प्रथम शहीद लखन थापा मगरको १३४ औं स्मृति दिवस सम्पन्न

-अमेरिकामा नेपालका प्रथम शहीद लखन थापा मगरको १३३ औं स्मृति दिवस तथा २८ औं मगर दिवस सम्पन्न

-जापानमा लखन थापा मगरलाइ प्रथम शहिद घोषणा गर्न माग राख्दै मगर दिवस सम्पन्न

-लखन थापा मगरलाई प्रथम शहिद घोषणा गर्न माग

-न्यू योर्कमा १३२ औं प्रथम शहिद शहिद लखन थापा मगर स्मृति दिवस सम्पन्न

-न्यू योर्कमा प्रथम शहिद लखन थापा मगरको १३१ औं स्मृति दिवस तथा २६ औं मगर दिबस सम्पन्न

The participants at the 137th memorial or Nepal's first martyr Lakhan Thapa Magar in New York on February 16, 2014. Photos: eEyecam.com

Martyr Diwan Singh Rai's daughter Brinda Rai speaking with Ambassador Durga P. Bhattarai while Adhikaar's Narbada Chhetri looks on at the 137th memorial or Nepal's first martyr Lakhan Thapa Magar in New York on February 16, 2014. Photos: eEyecam.com

The participants at the 137th memorial or Nepal's first martyr Lakhan Thapa Magar in New York on February 16, 2014. Photos: eEyecam.com

न्यू योर्कमा नेपालका प्रथम शहीदको सम्झना: १३७ औं लखन थापा मगर स्‍मृति दिवस सम्पन्न
More photos from 137th Memorial of Nepal's 1st martyr Lakhan Thapa Magar in New York 2014
All Pages
Page 1 of 2



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.