Inside

All Time Top 50 News

न्यू योर्कमा हुने नेपाल डे परेडमा २८ नेपाली संघसंस्थाहरुद्वारा भाग नलिने घोशणा, आर्थिक अपारदर्शिता र ब्यक्तिवाद कारण PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Friday, 18 May 2018 15:58

ईंकाका त्रय लुइसांग वाईबा तामाङ र मंगलदास श्रेष्ठ किन निलम्बनमा परे ? रबि किरण कोइरालालाई बैंकको हिसाब बुझाउन चिठ्ठी काटियो ?
Exclusive:
न्यू योर्क- यो वर्शको तेस्रो नेपाल डे परेडमा न्यू योर्कका बिबिध साँस्कृतिक झाँकी निकाल्ने प्रभावशाली २८ नेपाली संघसंस्थाहरुद्वारा भाग नलिने घोशणा गरिएको छ । परेड आयोजक ईंक तीन जनाको नाममा सुटुक्क दर्ता गरी परेडको नाउँमा जनजाति महासंघ फिप्नाको ट्याक्स आईडी प्रयोग गरेर उठाएको दुई वर्शको $६७,००० हजार डलरको हिसाबकिताब नबुझाएको, फिप्नाको बैंक एकाउण्टबाट उब्रेको झण्डै १५ हजार डलर कसैलाई जानकारी नगरी रातारात ईंकको खातामा सारी स्टेकहोल्डर संस्थाहरु र समाजलाई गुमराहमा राखी सामाजिक आर्थिक अपराध गरेको ठहर गर्दै परेडमा भाग नलिने घोशणा गरिएको छ । यसरी परेडमा भाग नलिने संस्थाहरुमा नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना), शेर्पा किदूग युएसए, मुस्ताङ किदूग युएसए, मनाङ किदूग युएसए, घ्याल्सुम्दो सेवा संस्था युएसए, गुरुङ (तमु) सोसाईटी अफ अमेरिका, मगर एशोसिएसन युएसए, ह्योल्मो सोसाइटी अफ अमेरिका, न्यू योर्क न्यूआ गुठी, युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका लगायत छन् । संगसंस्थाहरुको पुरा लिस्ट यसै समाचारको तल हेर्नुहोस् । न्यू योर्कमा क्रियाशील २८ वटा साँस्कृतिक संस्थाहरुले नेपाल डे परेड २०१८ मा सहभागी नहुनेबारे जारी संयुक्त वक्तव्यको पूर्ण पाठ तल पढ्नुहोस् ।


स्मरण रहोस्- 'नेपाल डे परेड' २०१६ र २०१७ मा फिप्ना महासंघकै ट्याक्स आईडी प्रयोग गरी नेपाल डे परेडका नाममा अमेरिकी डलर $६७,३८१ डोनेसन उठाएको र त्यो उठेको रकमको हिसाब किताब महासंघको नयाँ कार्यसमितिलाई नबुझाएको भन्दै महासंघले निवर्तमान अध्यक्ष लुइसांग वाईबा तामाङ र निवर्तमान उपाध्यक्ष मंगलदास श्रेष्ठलाई आगामी दिनमा फिप्नाको तर्फबाट प्रतिनिधि तथा पर्यबेक्षक हुन नपाउने गरि निलम्बन गरेको छ भने निवर्तमान अध्यक्ष वाईबालाई सल्लाहकार पदबाट समेत वर्खास्त गरिसकेको छ । उता परेड २०१७ को संयोजक रहेका ईंकका अर्का सदस्य तथा रिजउड नेपाली समाजका अध्यक्ष रबि किरण कोइरालालाई फिप्नाले बैंकको हिसाब बुझाउन चिठ्ठी काटेको छ ।

 



नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले उक्त दुई परेडहरुको हिसाब किताब ईंकका तीन जना वाईबा, श्रेष्ठ र कोइरालाबाट पटक पटकको वार्ता र सहमतिपछि पनि हिसाब फर्छयौट नभएकोले आईआरएसलाई ट्याक्स फाईलिङ गर्दा बुझाउनु पर्ने भएकोले सम्बन्धित सरकारी निकायहरुमा मुद्दा दायर गरिसकेको जनाएको छ ।

न्यू योर्कमा क्रियाशील २८ वटा साँस्कृतिक संस्थाहरुले नेपाल डे परेड २०१८ मा सहभागी नहुनेबारे जारी संयुक्त वक्तव्यको पूर्ण पाठ पढ्नुहोस्:

२८ वटा न्युयोर्कका क्रियाशील सास्कृतिक संस्थाहरुले नेपाल डे परेड २०१८ बहिस्कार गर्ने

संयुक्त वक्तव्य

बिगतका दुई वर्षहरूमा फिप्ना महासंघको नेतृत्व र समग्र नेपाली संघसंस्थाहरूको सकृय सहभागितामा नेपाल डे परेड भब्यतापूर्वक सम्पन्न भएको सर्वविदित छ तर यो वर्षको परेड दुर्भाग्यवश तीन जना व्यक्तिको नाममा गठित ईंकद्वारा तिनै व्यक्तिको आत्मतुष्टीको माध्यम बन्न पुगेको कुरालाई मनन् गर्दै,

फिप्नाको ट्याक्स आईडी प्रयोग गरी पहिलो र दोस्रो नेपाल डे परेडमा झण्डै ६७ हजार डलर संकलन गरी फिप्नाको नाममा परेड सन्चालनका लागि बैंक एकाउण्ट खोलिए पनि हालसम्म परेडको आयब्यय, बैंकको पुरा स्टेटमेण्ट र बैंक एकाउण्ट र आयब्यय सम्बन्धी फिप्नाको नयाँ कार्यसमितिलाई कुनै हिसाबकिताब नबुझाएको, संकलित रकमबाट उब्रेको रकम तीन जना व्यक्तिको नाममा खोलिएको ईंकको बैंक एकाउण्टमा सुटुक्क ट्रान्फर गरेको प्रति फिप्नाले कानूनी कार्यवाही अघि बढ़ाईसकेको अवस्थालाई मध्य नजर गर्दै;

फिप्नाले सामाजिक आर्थिक अपचलन गरी संस्थाको हीत बिपरित कार्य गरेको निस्कर्ष निकाल्दै निवर्तमान अध्यक्ष लुईसांग वाईवा र निवर्तमान उपाध्यक्ष मंगलदास श्रेष्ठलाई क्रमश: सल्लाहकार र फिप्नाको प्रतिनिधित्व गर्नबाट निलम्बन गरिसकेको अवस्थामा फिप्नाले कानूनी कार्याबाही प्रकृया अघि बढाई सकेको ईंक र यसका तीन संचालकहरू वाईवा, श्रेष्ठ र रविकिरण कोईरालाको नेतृत्वमा हुने परेडमा जानु सामाजिक आर्थिक अपचलनलाई बढावा दिनु र सामाजिक अपराधलाई प्रोत्साहन हुने ठहर गर्दै;

अत: आगामी वर्षहरूमा सामूहिक नेतृत्व र सहभागितामा परेडलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै निहित स्वार्थपूर्तिका लागि निज तीन व्यक्तिहरूको नाममा दर्ता भएको ईंकद्वारा डाकिएको तेस्रो नेपाल डे परेडमा सहभागी नहुने सामूहिक निर्णय हामी देहायका नेपाली संघसंस्थाहरू र तिनका प्रतिनिधिहरूले गरेको सरोकारवाला सबैमा जानकारी गराउँदछौं।

मे १७, २०१८

1) The Federation of Indigenous Peoples of Nepal in America
2) United Sherpa Association USA (Sherpa Kyidug)
3) Gyalsumdo Sewa Sanstha Inc, USA
4) Gurung (Tamu) Society of America
5) Hyolmo Society of America
6) Magar Association USA, Central Committee
7) Manang Society USA
8) Mustang Kyidug USA
9) Newa Guthi, New York
10) United Mugum Organization USA
11) Kirat Yakthung Chumlung, America
12) Walung Kyidug North America
13) Nupri Association USA
14) Dokpya Kyidug USA
15) Thakali Samaj America
16) Himalayan Buddhist Community of Nepal in USA
17) United Kirat Rai Organization of America, Central Committee
18) Sunuwar Samaj America
19) Marpha Thakali Samaj USA
20) Myagdi Samaj America
21) Dolpo Samaj America
22) United Kirat Rai Organization of America, New York Chapter
23) Nepali Federal Society USA
24) Bhojpur Samaj America
25) HeavenlyPath USA
26) Kirat Manghim Manghim USA
27) Magar Association, New York Chapter
28) Tamang Society of New York Chapter

नेपाल डे परेड कोलियसन सन्जाल
(Coalition for Nepal Day Parade)
In solidarity with our coalition

नोट: नयाँ थपिने संस्थाहरूको नाम अपडेट गरिदै जानेछ।

Read related news:

-यो हो फिप्नाको नाममा खोलिएको नेपाल डे परेड २०१६ र २०१७ को बैंक एकाउण्ट

-न्यू योर्कमा हुने 'नेपाल डे परेड' को हिसाब फर्छौट नहुँदासम्म परेड स्थगनको लागि कानूनी उपचार खोज्ने निर्णय, फिप्नाको निवर्तमान अध्यक्ष लुइसांग वाईबा तामाङ र निवर्तमान उपाध्यक्ष मंगलदास श्रेष्ठको निलम्बन

-न्यू योर्कको 'नेपाल डे परेड-२०१८' नै धरापमा, महासंघको ट्याक्स आईडी प्रयोग गरेर उठाएको $६७ हजार डलरको हिसाब नबुझाएपछि कानूनी उपचार खोजिंदै

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.