Inside

All Time Top 50 News

न्यू योर्कको 'नेपाल डे परेड-२०१८' नै धरापमा, महासंघको ट्याक्स आईडी प्रयोग गरेर उठाएको $६७ हजार डलरको हिसाब नबुझाएपछि कानूनी उपचार खोजिंदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Monday, 09 April 2018 12:17

Exclusive: न्यू योर्क- नेपाल डे परेड २०१६ र २०१७ मा नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) र महासंघका १६ वटा संघ संस्थाहरुको समन्बय र संयोजनमा महासंघकै ट्याक्स आईडी नम्बर प्रयोग गरी नेपाल डे परेडका नाममा अमेरिकी डलर $६७,३८१ डोनेसन उठाएको र त्यो उठेको रकमको हिसाब किताब महासंघको नयाँ कार्यसमितिलाई नबुझाएको भन्दै महासंघले आफ्नो पूर्व अध्यक्ष  र उपाध्यक्ष तथा तत्कालिन कन्भेनरहरु लुसाईङ वाईबा तामाङ र उपाध्यक्ष मंगला दाश श्रेष्ठलाई कानूनी कठघरामा उभ्याउन लागेको महासंघ सुत्रले जनाएको छ । महासंघले प्रेष-बिज्ञप्ति जारी गरी बिगत दुई वर्शका नेपाल डे परेडहरुमा जस्तै महासंघले आफ्ना १६ संघीय परिशद सदस्य संगठनहरु र अन्य नेपाली संस्थाहरु सम्मिलित आयोजक समिती निर्माण गर्न टाउन हल भेलाको तयारी गरिरहेकै बेला केही ब्यक्तिहरुले नेपाल डे परेड २०१८ को नाममा समाजिक सन्जाल र नेपाली समाजमा अवान्छित गतिबिधीहरु गरेको जानकारी भएको भन्दै महासंघको गम्भिर ध्यानाकर्शण भएको जनाएको छ । पढ्नुहोस महासंघद्वारा जारी प्रेष-बिज्ञप्तिको पूर्ण पाठ:


स्मरण रहोस्, महासंघका अन्य कार्य समिती सदस्यहरु र सदस्य संस्थाहरुलाईलाई सुईंकोसम्म नदिई फिप्नाका निवर्तमान अध्यक्ष लुईसाङ वाईबा तामाङ र उपाध्यक्ष मंगला दाश श्रेष्ठले सन् २०१७ को नेपाल डे परेड (मे २२) सम्पन्न गरेको ४ दिन पछि "नेपाल डे परेड ईङ्क" नाम गरेको संस्था रिजवूड नेपाली सोसाईटीका वर्तमान अध्यक्ष रवी किरण कोईरालासंग मिलेर तीन जनाको नाममा दर्ता गरेका को खुलासा केही समय अघी मात्र भएको थियो । महासंघले न्यू योर्क राज्यको महान्याधिवक्ता (एटोर्नी जनरल) को मुनाफा रहित 501(c)3 संस्थाहरुको आर्थिक हिनामिना हेर्ने शाखामा महासंघ जस्तो साझा सामाजिक संस्थाको ट्याक्स आईडीको दुरुपयोग गरेको र नेपाल डे परेडको नाममा उठाईएको अनुदान रकम महासंघकै नाममा छुट्टै बैंक खाता खोली संचालन गरी हिसाब किताब नबुझाएको भने मुद्दा हाल्ने तयारी रहेको जनाएको छ ।


प्रेष-बिज्ञप्ति

नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को समन्बय र सम्योजनमा नेपाल डे परेड २०१६ र २०१७ कार्यक्रम भब्य तथा एतिहासिक रुपमा सम्पन्न गरिएको कुरा सम्पूर्णमा अवगत नै छ ।

यसै सन्दर्भमा, सम्पूर्ण नेपाली अमेरिकन संघ संस्था तथा समुदायको उपस्थितिमा बृहद छलफल गरी नेपाल डे परेड २०१८ को लागि टाउन हल मिटिङ राख्ने तयारी गरिरहँदा केही ब्यक्तीहरुबाट नेपाल डे परेड २०१८ को बारेमा सामाजिक सन्जाल र नेपाली समाजमा फैलाईएको अफवाहका बारेमा नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को गम्भिर ध्यानाकर्शण भएको छ ।

बिगतमा सम्पन्न भएको नेपाल डे परेड २०१६ र २०१७ को लागि महासंघको ट्याक्स आईडी तथा अफिसियल कागजात प्रयोग गरी महासंघकै नाममा छुट्टै ब्याङ्क एकाउण्ट र बिलभर्पाई प्रायोजन र संचालन गरिएको थियो । जस अनुसार, नेपाल डे परेड सम्बन्धित सम्पूर्ण आयब्यय तथा अर्थीक हिसाब किताब फर्छ्यौट गर्न सम्बन्धित ब्यक्तिहरुलाई महासंघले पटक पटक अनुरोध गर्दा बेवास्ता गर्दै तिनै ब्यक्तिहरुबाट भएको नेपाल डे परेड २०१८ सम्बन्धी गतिबिधिहरु प्रति महासंघको गम्भिर ध्यानाकर्शण भएको छ । यसबाट उत्पन्न हुने कानूनी तथा अन्य अड्चनबारे सम्बन्धित ब्यक्तिहरुनै जिम्मेवार हुनु पर्ने यसै प्रेस बिज्ञप्ती मार्फत जानकारी गराउँदछौं ।

अप्रिल ८, २०१८

मान बहादुर रानामगर
अध्यक्ष, फिप्ना

राजकुमार बिष्ट
बरिष्ठ उपाध्यक्ष, फिप्ना
संयोजक, नेपाल डे परेड २०१८
टाउन हल बैठक

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.