Inside

All Time Top 50 News

अमेरिकि नेपाल पत्रकार संघ (नेजा) का बर्तमान अध्यक्षबाटै कीर्ते कामहरु? PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Administrator   
Friday, 30 May 2014 12:27

Updated: Exclusive: 2 photos, 1 document: न्यू योर्क- नेपाल अमेरिका पत्रकार संघ (नेजा) का बर्तमान अध्यक्ष गौतम दाहालले आफू वरिस्ठ उपाध्यक्ष हुँदा संघको नाम दुरुपयोग गर्दै निबर्तमान नेजा कार्य समितीलाई थाहै नदिई नेपालबाट पत्रकारको नाउँमा केही आफ्ना मान्छेहरु अमेरिका घुसाएको प्रमाण प्राप्त भएको छ। उनले आफूले नेपालमा कहिल्यै पाउँदै नपाएको पत्रकारिताको पुरस्कारहरु पाएको भन्दै फर्जी कागजपत्रको आधारमा अमेरिकि सरकारको USCIS संग 'एक्ट्रा अर्डिनरी ग्रिन कार्ड' कोलागि निबेदन दिँदा उनको उक्त निबेदन अस्विक्रितमा परेकोसमेत परेको खुलाशा हुन आएको छ।


गत मे २, ३ र ४ तारिख अमेरिकि राज्य टेक्सासको हूस्टन शहरमा सम्पन्न नेजाको चौँथो महाधिबेशनमा भाग लिन भन्दै तत्कालिन वरिस्ठ उपाध्यक्ष गौतम दाहालले संघको नाम दुरुपयोग गर्दै निबर्तमान नेजा कार्य समितीलाई थाहै नदिई नेपालबाट पत्रकारको नाउँमा केही आफ्ना "पत्रकार" मान्छेहरुलाई झिकाउन अमेरिकि दूताबास काठमाडौंलाई पत्राचार गरेको पत्र युएस नेपाल अनलाइनलाई प्राप्त भएको छ। उक्त पत्रमा उनले आमन्त्रित ति पत्रकार महानुभावहरु (नाम गोप्य राखिएको) लाई अधिबेशनमा खान, बस्न र यातायातको ब्याबस्था गरिएको उल्लेख गर्दै अधिबेशनको रिपोर्टिङ गर्न भिसा उपलब्ध गराई दिनु हुन अनुरोध गरिएको छ। हेर्नुहोस् तत्कालिन वरिस्ठ उपाध्यक्ष गौतम दाहालले अमेरिकि दूताबास काठमाडौंलाई पत्राचार गरेको उक्त पत्रको नमूना:



नेजाका निबर्तमान कार्यसमितिका पत्रकारहरु दाहालको यो फर्जी कार्यको पर्दाफास भएपछि आगो बनेकाछन्।

यसैबीच, दाहालले सन् २००६ को जुलाई २७ तारिख अमेरिकि सरकारको United States Citizenship and Immigration Services (USCIS) मा 'एक्ट्रा अर्डिनरी ग्रिन कार्ड' कोलागि निबेदन दिँदा आफूले नेपालमा कहिल्यै पाउँदै नपाएको पत्रकारिताको पुरस्कारहरु पाएको भन्दै फर्जी कागजपत्रहरु पेश गरेको भेटिएको छ। स्मरण रहोस्, उनको उक्त अपिल निबेदन सन् २००९ को अगस्ट ४ मा खारेज (dismissed) मा परेकोसमेत खुलाशा हुन आएको छ।

दाहालले आफ्नो उक्त निबेदनमा आफू नेपालमा बरिस्ठ पत्रकारकोरुपमा काम गरेको प्रमाणित गर्न पेश गरेको प्रमाणहरुमा तत्कालिन श्री ५ को सरकारले सन् २००३ को डिसेम्बर ७९ मा Foremost Reporter Award पुरस्कार दिएको सर्टिफिकेट बुझाएको उल्लेख छ। नेपालस्थित हाम्रा सम्बाददाता र सहयोगी पत्रकारहरुसंग बुझ्दा त्यस्तो पुरस्कार तत्कालिन सरकारले कहिल्यै जारी नगरेको जानकारी प्राप्त भएको छ। दाहालले पेश गरेका अन्य पुरस्कार र ति पुरस्कारहरु प्रदान गर्ने भनिएका संस्थाहरु पनि अहिले अस्तित्वमा नरहेको अवस्थामा उनले दाबी गरेका पुरस्कारहरुको सत्यता र बैधानिकतामाथि प्रश्न चिन्ह खडा भएको छ। दाहालले यि अनुत्तरित प्रश्नहरुको जवाफ दिने अपेक्षा युएस नेपाल अनलाइनले गरेको छ। हेर्नुहोस् दाहालले USCIS समक्ष पेश गरेका पुरस्कारहरुको सूची:


अध्यक्ष दाहालले पेश गरेका डकुमेन्टहरुका आधारमा उनी एक्स्ट्रा अर्डिनरी प्रमाणित नभएपछि युएससीआईएसले निबेदन रद्द गरेको निर्णय कागजात उनले बुझाएका कागजपत्रहरुको सुचीसहित प्रकाशित गरेकोछ, युएससीआईएसले सार्वजनिक गरेको उक्त डकुमेन्ट हेर्न यो लिंकमा क्लिक गर्नुहोस्:

यसैबीच, न्यू योर्कबाट सन्चालित ह्वाईट हिमाल टेलिभिजनको चर्चित कार्यक्रम सम्प्रेशण सन्चालनकर्ता संचारकर्मी शैलेश श्रेष्ठले नेजाको "संस्थापन पक्षले निरन्तर सक्रिय संचारकर्मीहरुको मानमर्दन गर्ने तर निष्कृयहरुको भींड जम्मा गर्ने गरेको छ, साधारण सभा र निर्वाचनको करिब एक महिना अगाडी गैर पत्रकार (संचारकर्मी) हरुको ठुलो जत्थालाई बिशेष आमन्त्रण गरेर सदस्यता वितरण गरियो, ठिक त्यहि बेला मैले प्रमाणीकरण गरेर मात्र सदस्यता दिनु पर्ने माग गरेपछि नेपालको "मल्लिक आयोग" या "रायमाझी आयोग" कै शैलीमा प्रमाणीकरण टोली बनाईयो तर तत्कालिन कार्यसमिति र अधिकारप्राप्त टोलीले कार्यान्वयन गर्ने साहास गरेन" आदी इत्यादी भन्दै आफूले नेजाको साधारण सदस्यबाट राजिनामा दिएको कुरा आफ्नो फेसबुक स्टाटस वालबाट सार्वजनिक घोषणा गरेकाछन्।

पढ्नुहोस्, संचारकर्मी शैलेश श्रेष्ठद्वारा प्रकासित गरिएको नेजा सदस्यताबाट राजिनामा गरिएको घोषणा गरिएको फेसबुक पोस्टिङको पूर्ण पाठ:

"एउटा गरुङ्गो भारी बिसाउदैछु:

मेकिङ्ग लङ्ग स्टोरी सर्ट भन्छन नि हजुर त्यसरी भन्नु पर्दा हिजोको मितीबाट मैले नेपाल अमेरिका पत्रकार संघको संस्थापक र साधारण सदस्यको हैसियतमा अब नरहने गरि औपचारिक र विधिवत राजिनामा पेस गरें। कहिले काँही मनले भनेको मान्नु पर्ने रहेछ, "सल सर्चिंग डिसिजन" भन्ने चलन छ अमेरिकामा, हो मेरो पनि मनले अह्राएको निर्णय हो यो!

आफु बसेको अझ आफैले बनाएको घर छाड्ने एच्छिक निर्णय गर्न त्यति सहज नहुने रहेछ त्यो अनुभूति हिजो राती राजिनामा पत्र लेखिरहँदा मलाई निरन्तर भईरह्यो तर जब राजिनामा पत्र औपचारिकरुपमा वर्तमान अध्यक्ष र महासचिब ज्यूलाई उहाँहरुको निजि र अफिसियल इमेल मार्फत प्रबाह गरें मैले आफुलाई "चंगा", स्वतन्त्र, स्वायत्त र उदात्त भएको महसुस गरें, एउटा गरुङ्गो भारी स्थायीरुपमा बिसाए।

हामी यानेकि संचारकर्मी जो अरुका बारेमा धेरै लेख्छौं र पहरेदारी गरिरहन्छौं तर बिडम्बना आफुहरु निरन्तर अन्जान र नियतबस चुकिरहन्छौँ कुरा नलुकाई भन्दा हामी निरन्तर चुकेको र फुटेको अवस्था हो।

यसमा मेरो भागमा परेको जिम्मेवारी लिन म सधै तयार छु। हामीले निरन्तर जग हसाएका छौं लज्जास्पद गुटबन्दीमा जानी नजानी सामेल पनि भएका छौं तर निजिरुपमा भन्नु पर्दा मैले निरन्तर पक्ष विपक्ष भनिएकाहरु बिच वार्ता र सम्बाद गराएको छु। दुई बर्ष अगाडी न्युयोर्कमा भएको बार्षिक साधारण सभा र निर्वाचनमा न्युयोर्कका थप्रै संचारकर्मीहरुले साधारणसभा र निर्वाचन बहिस्कार गर्दा मैले निर्वाचन कमिटीमा बसेर निर्वाचन गराएको छु र यसपालीको ह्युस्टनको साधारण सभासम्म आईपुग्दा त्यसताका बाहिरिएका भनिएका सम्पूर्ण सक्रिय संचारकर्मीहरु नेजाको छाता संगठनमा समाहित भएको सुखद क्षणलाई पनि हामीले यो बेला सम्झनु पर्छ। म जति चेपुवा र अचानोमा सायद कोहि परेका होलान तर यति गर्दा पनि संस्थापनपक्षको नीति र नियत सुध्रिने संकेत नदेखिएकोले यी सारा कुकर्महरुको निरिह साक्षी बसिरहन मलाई उपयुक्त लागेन, यस अर्थमा मैले आफैले बनाएको घर छाड्ने निर्णय गरेँ।

चुनाब आए गए, जिते हारे यी तपशिलका कुराले मेरो संचारकर्मलाई केहि फरक या असर पार्दैन। न मलाई सम्प्रेषण चलाउन नेजाको सदस्यता चाहिन्छ न नेपाली दुतावासको सिफारिस र अनुमोदन! जिन्दगीभर अहिलेसम्म कुनै कार्यकारी पदमा नबसेको मेरा लागि नेजाको संस्थापक सदस्यको "बिल्ला" पनि भारी भो, त्यसैले बिसाएँ यो गरुङ्गो र अनुत्पादक भारी!

संस्थापन पक्षले निरन्तर सक्रिय संचारकर्मीहरुको मानमर्दन गर्ने तर निष्कृयहरुको भींड जम्मा गर्ने गरेको छ, साधारण सभा र निर्वाचनको करिब एक महिना अगाडी गैर पत्रकार (संचारकर्मी) हरुको ठुलो जत्थालाई बिशेष आमन्त्रण गरेर सदस्यता वितरण गरियो, ठिक त्यहि बेला मैले प्रमाणीकरण गरेर मात्र सदस्यता दिनु पर्ने माग गरेपछि नेपालको "मल्लिक आयोग" या "रायमाझी आयोग" कै शैलीमा प्रमाणीकरण टोली बनाईयो तर तत्कालिन कार्यसमिति र अधिकारप्राप्त टोलीले कार्यान्वयन गर्ने साहास गरेन। आफु साधारण सभा र बन्द सत्रमा सामेल हुन नसके पनि मैले फोन गरेर निर्वाचित अध्यक्ष ज्यूलाई सोधे "के भयो त प्रमाणीकरण र नयाँ सदस्यता वितरणको बिषय?" उहाँले जवाफ दिनु भो "...दाई म त चुनाबमा व्यस्त भएँ मलाई त थाहै भएन।" अब ढिलै भए पनि बुझ्न थालेको छु हाम्रो संगठन पनि "चुनाब" अनि "पद" कै लागि मात्र रहेछ। त्यसैले "पद" नचाहिने मलाई यो साधारण सदस्यता पनि चाहिएन।

गैर पत्रकारहरुलाई सदस्यता वितरण पनि त्यहि "ग्रान्ड डिजाईन" रहेछ, त्यसै ताका अर्को अस्त्र प्रहार गरेर चिमोटी चिमोटी घोंची घोंची सक्रिय सदस्य, पुर्व क्षेत्रीय अध्यक्ष तथा बद्रि-कुल मेमोरिअल अवार्ड (एक लाख एघार हजार एक सय एघार रुपैयाको नेपालमा दिईने ग्रामिण पत्रकारिता पुरस्कार) का संस्थापक शेखर ढुंगेललाई राजिनामा दिन बाध्य पारियो, जसलाई अध्यक्ष पदका दावेदारका रुपमा हेरिएको थियो। अब आईन्दा नेजाको कुनै पनि कार्यक्रममा उपस्थिति समेत नहुने भन्दै शेखर ढुंगेलले सम्पूर्ण पद या जिम्मेवारीबाट अप्रिल २९ तारिखमा राजिनामा गरिसकेका छन्, पछि कार्यसमितीका मित्रहरुसंग बुझ्दा अनाधिकृतरुपमा बिधानको पहिलो संसोधन २०१३ भन्दै "अब आईन्दा पुरस्कार स्थापना गरेका पुरस्कारका संस्थापक या सम्रक्षक जो कोहिले पनि कार्यसमितीको नेतृत्वका लागि योग्य हुने छैनन् भनिएको रहेछ"। त्यसैले मैले पनि भारी बिसाएँ, यी यावत कुकर्महरुको मुक दर्शक या रमिते नबन्ने स्वनिर्णय गरेँ।

संगठनमा औपचारिकरुपमा नरहे पनि एक जना सक्रिय संचारकर्मीका हैसियतले तपाई संगठन भित्र या बाहिर रहनु भएका सम्पूर्ण सहकर्मीहरुसंग निरन्तर सहकार्य भईरहने छ र बिशेष गरि हामीले बनाएको गरिमामय घर नेजालाई हाक्ने अनुमोदन पाउनु भएका सारथीहरुलाई रथ नियमसंगत हाक्न हार्दिक अनुरोध सहित शुभकामना ब्यक्त गर्दछु।

सबैको भलो होस, जय संचारकर्म!"

Read related news about NEAJA & NMA:

http://www.usnepalonline.com/neajanma/

-अमेरिकि नेपाली पत्रकार संघको नयाँ नेत्रित्वमा काँग्रेस समर्थकहरुको बर्चश्व

-अमेरिकि दुई नेपाली पत्रकार संघद्वारा खेद ब्यक्त, पीत पत्रकारिता गर्नेलाई कार्यबाहीको माग

-अमेरिकि नेपाली संचार माध्यमको साख गिराउने काम किन भईरहेछ?

-न्यू योर्कमा नेजाद्वारा आधारभूत पत्रकारिता तालिम सम्पन्न

-न्यू योर्कमा नेपाली पत्रकारहरुको संस्था 'नेजा' र 'एन्मा' बीच सहकार्य गर्ने सम्झौता सम्पन्न

-न्यू योर्कमा नेपाली पत्रकारहरुको रमाइलो बनभोज सम्पन्न

- न्यू योर्कमा "नेपाली संचार सन्जाल" (Nepali Media Alliance), USA को २१ सदस्यीय तदर्थ कार्यसमिति गठन

- न्यू योर्कमा नेपाल अमेरिका पत्रकार संघ 'नेजा' को तेश्रो महाधिबेसन सम्पन्न, बिभाजनको रेखा अझ चर्किदो

-कान्तिपुर अब अमेरिकाबाट प्रकासित गरिने, ५ बर्समा ७ करोड ८० लाख लगानी गर्ने योजना

-अमेरिकि नेपाली पत्रकारहरुको संस्था "नेजा" का अध्यक्ष पौडेलद्वारा राजिनामा

-अमेरिकि नेपाली पत्रकार संघको अध्यक्ष पौडेललाई तीन दिने अल्टिमेटम

-कट्वाल बने अमेरिकि नेपाली पत्रकारहरुको गल्पासो र प्रेस स्वतन्त्रताको हाँसो

-'कान्तिपुर' मा अमेरिकि नेपाली पत्रकारहरुको अन्तर्घातको पिडाको ब्रितान्त

-अमेरिकि नेपाली पत्रकारहरुको दोश्रो अधिबेसन सम्पन्न, पौडेल बिजयी
न्यू योर्कका केही पत्रकारहरुले अन्तिम घडीमा प्यानेल बदल्नु अघी र पछिको पेचिलो चुनाबी खेलको रमाइलो अनुभब

-अमेरिकामा नेपाली पत्रकारहरुको चुनावि चहल पहल शुरु

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.