Inside

All Time Top 50 News

अमेरिकि नेपाली पत्रकारहरुको संस्था "नेजा" का अध्यक्ष पौडेलद्वारा राजिनामा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sushil Neupane   
Tuesday, 19 October 2010 14:28

Exclusive: वासिंटन डिसी- नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष नगेन्द्र पौडेलले कार्य समितीद्वारा संस्था छोड्ने कि बस्ने भनी दिइएको तीन दिने अल्टिमेटमपछि "पछिल्लो समयमा आएको मेरो ब्यक्तिगत परिबर्तित अवस्थालाई मध्यनजर राख्दा संस्थाको नेत्रित्वलाई प्रभाबकारी रुपमा निरन्तरता दिन असमर्थ हुने अनुभुती भएको" भन्दै "यो गरिमामय संस्थालाई सकृय नेत्रित्व दिन सक्ने बैकल्पिक ब्यक्तित्वको खोजी हुनु पर्ने वास्तबिकताको महसुस भएको र सोकालागि मार्गप्रसस्त गर्न" आफ्नो पदवाट राजिनामा दिएको नेजा कार्यसमितीलाई प्रेशित राजिनामा पत्रमा उल्लेख गरेकाछन्।


गत अप्रिलको अन्तिम हप्ता सम्पन्न नेजाको दोश्रो अधिवेशनबाट अध्यक्षमा निर्बाचित पौडेलले नेजाको कार्यसमितिलाई कुनै औपचारिक जानकारी नगरार्ई वासिंटन डिसी मेट्रो क्षेत्रको सामुदायिक संस्था "अमेरिका नेपाल सोर्साईटी" (ANS) को अध्यक्ष पदमा उम्मेद्बारी दिएपछि नेजा कार्यसमितिले  "नेजा" र "एएनएस" को उम्मेद्बारी मध्ये कुन चाँही रोज्ने हो भन्दै ३ दिन भित्र चित्त बुझ्दो जवाफ दिन स्पष्टिकरण सोधेको थियो । (पढ्नुहोस् उक्त पत्रको पूर्ण पाठ र समाचार)

नेजाको नेत्रित्व सम्हालेको ६ महिना नपुग्दै अर्को गैर पत्रकार नेपाली संघको अध्यक्ष पदमा उम्मेद्बारी दिएपछि अध्यक्ष पौडेललाई पद लोलुप मात्र होइन आफ्नो पेशागत संस्थालाई लात मारेर अन्तर्घात गरेको कुरा अमेरिकि नेपाली पत्रकारहरुबिच अहिले निक्कै गर्मागर्मी चर्चा र बहसको बिषय बनेकोछ।

विशेष सुत्रकाअनुसार अक्टोवर २१ तारिख नेजा कार्य समितिको बैठक बसेर अध्यक्ष पौडेलको राजिनामा स्वीकृत गर्ने योजना नेजाको रहेको छ ।

अध्यक्ष पौडेलको राजिनामाको पूण पाठ:

नेपाल अमेरिका पत्रकार संघ
अमेरिका

१९ अक्टोबर २०१०, २ कार्तिक २०६७

आदरणीय मित्रहरु

भर्खरै तपाईं हाम्रो घर आङ्गनबाट बिदा लिएको महान पर्ब बडा दशैं तथा संघारमा मुस्कुराइरहेको
दीपावलीको सुखद उपलक्ष्यमा सबै मित्रहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।

अप्रिल २०१० को तेश्रो सातामा अमेरिकाको एट्लान्टिक सिटिमा सम्पन्न संघको दोश्रो महाधिबेसन मार्फत यो गरिमामय संस्थाको अध्यक्ष पदमा निर्बाचित गराइ संस्थाको नेत्रित्व गर्ने जिम्मेवेरी प्रदान गर्नु भएकोमा सम्पूर्ण पत्रकार साथीहरुप्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु। निर्वाचनदेखी आजसम्म आइपुग्दा संस्थाको मर्यादा तथा पहिचान फैलाउने काम कारवाही बाहेक अन्य केही उल्लेख्य कार्यसम्पादन भएका कुरा जगजाएर छन्। संख्यात्मक हिसाबले न्युन भएपनि सम्पादित कार्यहरु एतिहासिक भएको भन्ने मेरो ठहर छ। बिसुद्ध पेशागत समूहको मर्यादा उत्तर अमेरिकामा फैलाउने तथा राजनीतिक सोच र आग्रह-पुर्बाग्रहभन्दा माथि उठेर यो पेसामा अतितमा संलग्न अनी बर्तमानमा कार्यरत सबैको मनोबल बढाएर सामुहिक चौतारीको निर्माण गर्ने अभियानमा मेरो अल्पकालिन कार्यकालका उपलब्धी सहयोगी सिद्ध हुने नै छन् भन्ने मेरो अर्को अनुमान छ। यहाँसम्मको यात्रामा मैले पाएको सद्भाव र सहयोगकालागि सबै मित्र तथा शुभचिन्तक प्रती क्रितज्ञानता जाहेर गर्दछु।

संस्थाको नेत्रित्व गर्दा केही आरोह अबरोह अपेक्षित हुन्छन् नै। म त्यसको अपबाद हुन सक्दिन। तर मेरो कार्यकाल तुलनात्मक हिसाबले सन्तुलित रहेको निस्कर्शमा पुगेकोछु र यसकालागि मेरो कार्यसमितिका पदाधिकारी मित्रहरु तथा सल्लाहकारहरु सबैमा आभार ब्यक्त गर्न चाहन्छु।

समग्रमा पूर्ण निस्ठा एबं संस्थाप्रतिको आस्थालाई आत्मसाथ गर्दै संघको नेत्रित्व दिने मेरो एक मात्र अभिप्राय थियो। तर पछिल्लो समयमा आएको मेरो ब्यक्तिगत परिबर्तित अवस्थालाई मध्यनजर राख्दा संस्थाको नेत्रित्वलाई प्रभाबकारी रुपमा निरन्तरता दिन असमर्थ हुने अनुभुती भएकोछ।

यसै पृष्‍ठ भूमिमा, यो गरिमामय संस्थालाई सकृय नेत्रित्व दिन सक्ने बैकल्पिक ब्यक्तित्वको खोजी हुनु पर्ने वास्तबिकताको महसुस भएको र सोकालागि मार्गप्रसस्त गर्न आजकै दिनदेखी लागुहुने गरी राजिनामा गर्दछु। यसबाट हुने असुबिधाकालागि क्षमाप्रार्थी पनि छु। अन्तमा यो संस्थाको गरिमा समग्र रुपमा उच्च बनाउन म लगायत सबै क्षेत्रबाट सहयोग र सद्भाव मिलोस भन्ने कामना पनि गर्दछु।

अध्यक्ष

नगेन्द्र पौडेल

नेपाल अमेरिका पत्रकार संघ
(NEAJA)
अमेरिका

-Sushil Neupane in Washington D.C.

Note: समाचार सम्प्रेसक सहकर्मी न्यौपाने वासिङ्टन डिसीबाट सन्चालित न्यूज पोर्टल NepalMediaCafe.com का प्रधान सम्पादक तथा नेजाका पूर्व उपाध्यक्ष हुन्।

Read our related news:

-अमेरिकि नेपाली पत्रकार संघको अध्यक्ष पौडेललाई तीन दिने अल्टिमेटम

  • कट्वाल बने अमेरिकि नेपाली पत्रकारहरुको गल्पासो र प्रेस स्वतन्त्रताको हाँसो
  • अमेरिकि नेपाली पत्रकारहरुको दोश्रो अधिबेसन सम्पन्न, पौडेल बिजयी
    न्यू योर्कका केही पत्रकारहरुले अन्तिम घडीमा प्यानेल बदल्नु अघी र पछिको पेचिलो चुनाबी खेलको रमाइलो अनुभब
  • Comments

    Please login to post comments or replies.
     

    Be the first to know

    Member Login





    OUR COMMITMENT

    USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.