Inside

All Time Top 50 News

न्यू योर्कमा नेजाद्वारा आधारभूत पत्रकारिता तालिम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Mohan Bista   
Monday, 13 January 2014 16:09
Article Index
न्यू योर्कमा नेजाद्वारा आधारभूत पत्रकारिता तालिम सम्पन्न
More photos of Basic Journalism Training 2014
All Pages

Special: 30 photos: न्यू योर्क- अमेरिकामा रहेका नेपाली पत्रकारहरुको साझा संगठन 'नेपाल-अमेरिका पत्रकार संघ (नेजा)' ले न्यू योर्कमा आधारभूत पत्रकारिता तालिम सम्पन्न गरेकोछ।


Nepal-America Journalists' Association (NEAJA) hosted "Basic Journalism Training" in New York on January 12, 2014. Photos: Ashok Pant (NepalPhotoNews.com)

जनवरी १२ तारिख आईतवार न्यू योर्कको ज्याक्सन हाइटसस्थित शेर्पा किदूग भवनमा आयोजित उक्त तालिममा १९ जना प्रशिक्षार्थी नेपालीहरुलाई तालिम पुरा गरेपछि प्रमुख अतिथीकोरुपमा निम्त्याईएका संयुक्त राष्ट्र संघकालागि स्थायी प्रतिनीधी दुर्गाप्रसाद भट्टराईले प्रमाण पत्र प्रदान गरेका थिए।

The participants at the "Basic Journalism Training" by NEAJA in New York on January 12, 2014. Photos: Ashok Pant (NepalPhotoNews.com)

उक्त पत्रकारिता तालिममा प्रशिक्षक पत्रकारहरुले पत्रकारिताका बिबिध पक्षमा तालिम दिएका थिए।

नेजाका अध्यक्ष तथा एभरेस्ट टाइम्स पाक्षिक पत्रिका का प्रधान सम्पादक आङछिरिङ्ग शेर्पाले "Basic Principles of Journalism" बिषयमा, नेजाका महासचिब तथा खसोखास साप्ताहिकका प्रधान सम्पादक किशोर पन्थीले "News on Television" बिषयमा, नेपाली संचार सन्जाल (एन्मा) का अध्यक्ष तथा युएस नेपाल अनलाइन डट कमका प्रधान सम्पादक प्रदीप थापा मगरले "Community Journalism and Social Network" बिषयमा प्रशिक्षण दिएका थिए।

The journalist trainers L to R: Nepal Media Alliance (NMA) General Secretary & PressChautari.com Editor-in-Chief Prashan Alung Rai, NMA Chairperson & USNepalOnline.com Editor-in-Chief Pradeep Thapa Magar, NEAJA General Secretary & Khasokhas newspaper Editor-in-Chief Kishor Panthi, NEAJA Chairman & Everest Times newspaper Editor-in-Chief Ang Chhiring Sherpa and NEAJA Media Coordinator & White Himal Television Executive Director Surya Thapa at the "Basic Journalism Training" in New York on January 12, 2014. Photos: Ashok Pant (NepalPhotoNews.com)

त्यसैगरी, एन्माका महासचिब तथा प्रेस चौतारी डट कमका प्रधान सम्पादक प्रशान एलुङ राईले "Online Journalism and Easy ways" बिषयमा, ह्वाइट हिमाल टेलिभिजनका निर्देशक सूर्य थापा ले "Television Programming, Field and Live reporting" बिषयमा, पत्रकार सुरेश शाहीले "Television Hosting and MC" बिषयमा, हिमाली स्वरहरु अनलाइन रेडियोका सँचालक तथा उत्पादक सहदेब पौडेलले "Radio Journalism in Modern Time" बिषयमा, पत्रकार निमा पाख्रिनले "Community Radio Journalism" बिषयमा र फोटो पत्रकार अशोक पन्तले "Photography and easy method to send to media" बिषयमा प्रशिक्षण दिएका थिए।


NEAJA General Secretary Kishor Panthi (center) and NEAJA Media Coordinator Surya Thapa (right) giving training at the "Basic Journalism Training" in New York on January 12, 2014. Photos: Ashok Pant (NepalPhotoNews.com)

पत्रकार किशोर पन्थीले समाचार के हो र यो कसरी निमार्ण हुन्छ भन्दै सुरु गरेको प्रशिक्षण कार्यक्रममा पत्रकार आङछिरिङ्ग शेर्पाले एक पूर्ण समाचार मानब शरीर जस्तै भएको उदाहरण प्रस्तुत गर्दै समाचार लेखनबारे प्रकास पारेका थिए । समाचारमा पत्रकारले निजि धारणहरु प्रस्तुत गर्न पाउँदैन भन्दै समाचारमा आवश्यक रहेका विबिध अँगहरु 5 W (Where, When, Why, What, Who), +1 H (How) को परिचय र कार्यहरुको महत्वबारे बताएका थिए।

पत्रकार प्रशान एलुङ राईले हाल बजारमा रहेका पत्रकारहरुको कमी कमजोरीहरुलाई औल्याउँदै त्यस्ता ससाना असाबधानीले समाचारको गरीमामा आँच आउनेतर्फ सचेत रहन सिकाए । साथै व्यवसायीक पत्रकारीताका खम्बाहरु एबिसी तर्थात एकुरेसी, ब्यालेन्स र क्रिडिबीलीटीमा ध्यान दिनुपर्ने बताए ।

अनलाईन पत्रकारितामा ६ वर्षदेखि कार्यरत र नेपालमा १० वर्ष पत्रकारितामा विताएका पत्रकार प्रदिप थापा मगरले असल पत्रकार हुनकोलागि चाहिने अनिवार्य अध्ययन सामाग्रीहरुको जानकारी दिदै समाचार श्रोत र त्यसको विश्वशनियतालाई आफ्नो अध्ययनको कसीमा जोखेर मात्र प्रकासन गर्नु पर्नेमा जोड दिएका थिए । उनले कम्यूनिटी पत्रकरिता समाजको हरेक पक्षलाई उजागर गर्ने भएको कारण समाजमा लोकप्रिया र स्थापित रहने बताउँदै बदलामा समाजले पनि कम्यूनिटी संचारलाई सहयोग गर्ने र गर्नु पर्ने बताए।

Nepal Media Alliance (NMA), USA Chairperson and USNepalOnline.com Editor-inChief Pradeep Thapa Magar giving training at the "Basic Journalism Training" in New York on January 12, 2014. Photos: Ashok Pant (NepalPhotoNews.com)

पत्रकार सूर्य थापाले लाईभ टेलीभिजन समाचार कसरी बनाइन्छ र त्यसकालागि आधारभूत आवश्यकताहरु के के हुन् भन्ने जानकारी दिदै भविश्यमा यस क्षेत्रमा आउन चाहने सहभागिहरुलाई उत्साहीत गर्दै चुनौतीकाबारेका जानकारी दिए ।

टेलीभिजनमा समाचार बाचनमा अनुभबहरु लिएर सगरमाथा टेलीभिजनमा अनुभव सँगालेका सुरेश साहीले समाचार कसरी बन्छ र कसरी बाचन गरिन्छ भन्ने बारेमा बताएका थिए। उनले उद्घोषणा कलाकालागि आवश्यक जानकारीको चाखलाग्दो तालीम सँचालन गरेका थिए ।

Journalist Suresh Shahi giving training at the "Basic Journalism Training" in New York on January 12, 2014. Photos: Ashok Pant (NepalPhotoNews.com)

पत्रकार संचारकर्मी सहदेब पौडेलले रेडीयो कार्यक्रम आफैले कसरी बनाउने र हाल सबैका हातहातमा भएका उपकरण (मोबाइल) लाई कसरी पत्रकारितामा हतियारकोरुपमा प्रयोग गर्न सकिन्छ भन्ने सटिक जानकारी दिएका थिए।

Journalist Sahadev Poudel giving training at the "Basic Journalism Training" in New York on January 12, 2014. Photos: Ashok Pant (NepalPhotoNews.com)

नेपालमा सामुदायिक रेडियोका प्रर्वतक निमा पाख्रीनले सामुदायिक रेडियोले जनमानसमा ल्याएको सामाजिक सचेतना र बहुआयामीक विकासको चर्चा गर्दै सोलु एफएमको इतिबृती बताएका थिए।

Journalist Nigma Pakhrin giving training at the "Basic Journalism Training" in New York on January 12, 2014. Photos: Ashok Pant (NepalPhotoNews.com)

सहभागीहरुकोतर्फबाट नवाङ्ग शेर्पाले ब्लग लेखनकोबारेमा जानकारी दिदै ब्लगले दिने सामाजिक सुचनाको रोमान्चक अनुभब प्रस्तुत गरेकी थिईन् ।

फोटोपत्रकार असोक पन्तले आफ्नो फोटो पत्रकारिताको अनुभव सुनाएका थिए।

समापन कार्यक्रममा तालिमबारेमा युवा प्रशिक्षार्थीहरुलाई आ-आफ्नो धारणा राख्ने अबसर दिईएको थियो।  प्रशिक्षार्थी मिङ्गमा डोल्माले पत्रकारिता सिक्न पाइने भनेर आएको कार्यशालामा अनलाईनदेखि टेलीभिजन र एमसीदेखि ब्लगसम्मको जानकारी पाउन सकेकोमा आयोजकलाई धन्यवाद दिईन्। अर्का प्रशिक्षार्थी समिर ठोकरले अब पत्रपत्रिका र टेलीभिजन हेर्दा त्यस प्रस्तुतीमा कति मिहेनत र हातहरुको सँयोजन रहेको हुन्छ भन्ने जानकारी पाएकाले यो कार्यशाला अत्यन्तै उपलव्धीमुलक रहेको बताए । उनले यस्ता कार्यक्रमले जिवनको लक्षलाई नै प्रभावित पार्न सक्ने धारण व्यक्त गरे भने प्रशिक्षार्थी आशिष तामाङ्गले ब्लग र फोटोग्राफीसमेत सिक्न पाएकोमा आयोजकलाई धन्यवाद दिए ।

Chief Guest Nepalese Ambassador to UN H.E. Durga P. Bhattarai (center) handing over Certificate of Completion of Basic Journalism Training Mohan Bista while NEAJA Chairman Ang Chiiring Sherpa (left) looks on. Photos: Ashok Pant (NepalPhotoNews.com)

प्रमुख अतिथी संयुक्त राष्ट्र संघकालागि स्थायी प्रतिनीधी दुर्गाप्रसाद भट्टराईले आफु पनि पत्रकारिताबाट करीअर सुरु गरेको स्मरण गर्दै पत्रकारमा निहित समाज परिवर्तन गर्न सक्ने शक्तिको स्मरण गराए । उनले जसरी पत्रकारितामा समाजलाई नेतृत्व गर्न सक्ने शक्ति निहित हुन्छ, त्यसैगरी उत्तरदायित्व विनाको पत्रकारिता समाजकोलागी अत्यन्तै खतरनाक हुनेतर्फ सचेत गराए ।

नेजाका मिडिया कोअर्डिनेटर सूर्य थापाले सहभागी सबैलाई तालिम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे भने प्रशिक्षक पत्रकाहरुकोतर्फबाट सुरेश शाहीले मन्तब्य ब्यक्त गरेका थिए।

कार्यक्रममा सभापति तथा नेजा अध्यक्ष आङ्ग छिरिङ्ग शेर्पाले यस किसिमका कार्यक्रमहरु आगामी दिनमासमेत गर्दै रहने बचनबद्धता जाहेर गर्दै तालिम सफल बनाएकोमा प्रशिक्षक पत्रकारहरु, सहभागी प्रशिक्षार्थी र अतिथीहरुलाई धन्यवाद ब्यक्त गरे।

समापन समारोहमा बिशिस्ट अतिथीकोरुपमा कन्सुलर घनश्याम लम्साल उपस्थित थिए बिभिन्न नेपाली संघ संस्थाहरुका अगुवाहरु उपस्थित रहेका थिए।


Nepalese community leaders and participants at the "Basic Journalism Training" in New York on January 12, 2014. Photos: Ashok Pant (NepalPhotoNews.com)

करीब ७ घण्टासम्म सँचालित कार्यशालामा पत्रकारिताका विबिध आयामहरु प्रिन्ट मिडिया, रेडीयो पत्रकारीता, टेलीभिजन तथा एमसी तथा अनलाईन पत्रकारिताका आधारभूत जानकारी दिईएको थियो ।

उक्त तालिममा प्रशिक्षार्थीहरु बुद्ध चेम्जोङ्ग, मोहन बिष्ट, शान्त ठोकर, दुर्लभ मगर, समिर ठोकर, आशिष तामाङ्ग, लाक्पा शेर्पा, सन्तोष मर्हजन, अनुपलाल श्रेष्ठ, मिङ्गमा डोल्मा शेर्पा, नवाङ्ग शेर्पा, कमला प्रसाई, सिता खरेल, सुनिता सर्मा, बन्दना कोइराला, पवनकुमारी श्रेष्ठ, डिकी वामो योल्मो, मनु लोहोङ्ग राई, र मानबहादुर राना मगरले तालिम लिएका थिए।

मोहन विष्ट
प्रशिक्षार्थी

-Mohan Bista in New York

Read related news:

-न्यू योर्कमा नेपाली पत्रकारहरुको संस्था 'नेजा' र 'एन्मा' बीच सहकार्य गर्ने सम्झौता सम्पन्न

-न्यू योर्कमा नेपाली पत्रकारहरुको रमाइलो बनभोज सम्पन्न

न्यू योर्कमा नेजाद्वारा आधारभूत पत्रकारिता तालिम सम्पन्न
More photos of Basic Journalism Training 2014
All Pages
Page 1 of 2

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.