Inside

All Time Top 50 News

अमेरिकि दुई नेपाली पत्रकार संघद्वारा खेद ब्यक्त, पीत पत्रकारिता गर्नेलाई कार्यबाहीको माग PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Thursday, 24 April 2014 17:15

Exclusive: 4 photos: न्यू योर्क- अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था 'नेपाल अमेरिका पत्रकार संघ (नेजा)' र अमेरिकाबाट प्रकासित हुने नेपाली प्रकाशन गृहहरुको संस्था 'नेपाली संचार सन्जाल (एन्मा) अमेरिका' ले दुई छुट्टाछुट्टै प्रेस बिज्ञप्ती जारी गरी अमेरिकाबाट प्रकासित हुने पत्रिकाहरुहरुका बिषयमा नेपालबाट कान्तिपुर प्रकाशनको नेपाल साप्ताहिकमा चन्द्र खतिवडाद्वारा भ्रामक लेख लेखेको भन्दै खेद ब्यक्त गरिएको छ।

अप्रिल २२ तारिख नेजाद्वारा जारी प्रेस बक्तब्यमा भनिएको छ:

"कान्तिपुर पब्लिकेशनबाट प्रकाशित हुने नेपाल साप्ताहिकमा अमेरिकाको नेपाली समुदाय, अमेरिकाको नेपाली संचार जगत  र न्यू योर्कबाट प्रकाशित हुने साप्ताहिक तथा पाक्षिक पत्रिकाहरुलाई बदनाम गर्ने नियतका साथ प्रकाशित सामाग्रीप्रति नेपाल अमेरिका पत्रकार संघ (नेजा) को ध्यानाकर्षण भएको छ । सामाग्रीमा न्युयोर्कबाट प्रकाशित हुने नेपाली पत्रिकाहरु खसोखास साप्ताहिक, विश्वसन्देश साप्ताहिक र एभरेष्ट टाइम्सलाई बदनाम गर्ने गरी पत्रिकाकै  तस्विर प्रयोग गरिएकोमा ति पत्रिकाहरुले व्यक्त गरेको खेदप्रति नेजाको पूर्ण समर्थन छ ।"

त्यसैगरी, एन्माद्वारा अप्रिल २३ तारिख प्रेस बक्तब्यमा भनिएको छ:

"अमेरिकामा बसेर बिभिन्न समस्या र अफ्ठयाराका बाबजुद पनि नेपाली पत्रकारितालाई निरन्तररुपमा अघि बढाउँदै विकसित बन्दै गएको सञ्चार गृह र समग्र पत्रकारहरुकै मानहानी हुने गरी प्रकाशन भएको उक्त सामाग्रीप्रति घोर भत्सर्ना गर्दै यथाशिघ्र जवाफदेहिताकोलागि सम्बन्धित प्रकाशन संस्था कान्तिपुर पब्लिकेसन, नेपाल साप्ताहिक र लेखकलाई अविलम्ब अनुरोध गर्दछौं । साथै, लेखकले कुन सत्य र नियतलाई आधार बनाएर लेख तयार पारे र प्रकासन गृहले निराधार उक्त सामाग्री प्रकाशन गर्‍यो ? यसबारेमा पनि स्पष्टोक्तिको माग गर्दछौं । एन्मा निराधार समाचार प्रकाशन गर्ने संस्था/लेखकसँग यसबाट सम्बन्धित प्रकाशन गृह उपर परेको क्षतिपूर्तिको मागसमेत गर्दछ ।"

NEAJA & NMA USA logos.

पढ्नुहोस् नेजा र एन्माद्वारा जारी प्रेस बक्तब्यहरुको पूर्ण पाठ:

नेपाल अमेरिका पत्रकार संघ (नेजा)

प्रेस वक्तब्य


कान्तिपुर पब्लिकेशनबाट प्रकाशित हुने नेपाल साप्ताहिकमा अमेरिकाको नेपाली समुदाय, अमेरिकाको नेपाली संचार जगत  र न्यू योर्कबाट प्रकाशित हुने साप्ताहिक तथा पाक्षिक पत्रिकाहरुलाई बदनाम गर्ने नियतका साथ प्रकाशित सामाग्रीप्रति नेपाल अमेरिका पत्रकार संघ (नेजा) को ध्यानाकर्षण भएको छ । सामाग्रीमा न्युयोर्कबाट प्रकाशित हुने नेपाली पत्रिकाहरु खसोखास साप्ताहिक, विश्वसन्देश साप्ताहिक र एभरेष्ट टाइम्सलाई बदनाम गर्ने गरी पत्रिकाकै  तस्विर प्रयोग गरिएकोमा ति पत्रिकाहरुले व्यक्त गरेको खेदप्रति नेजाको पूर्ण समर्थन छ । अमेरिकाको नेपाली पत्रकारितालाई नै बदनाम गर्ने तरिकाले नेपाल साप्ताहिकमा उक्त सामाग्री प्रकाशित भएकाले अमेरिकाको नेपाली संचार जगत र संचारकर्मीहरुको नेतृत्व गर्ने संस्थाको हैसियतले हामी यस्तो कार्यको घोर भत्र्सना गर्दछौं ।

अमेरिकाको नेपाली संचार जगतकै मानहानी गर्दै अमेरिकामा  प्रवासी नेपाली समुदायसँग आत्मियता राखेर निशुल्क रुपमा संचालित संचारमाध्यमहरुमाथि निच आरोप लगाइएकोमा अब आइन्दा प्रमाणविहिन र पूर्वाग्रही ढंगले लेखिएका यस्ता सामाग्रीहरु प्रकाशन नगर्न तथा यस्तो बदनियतपूर्वक प्रकाशित सामाग्रीको नियत स्पष्ट गर्न हामी सामाग्रीका लेखक र सम्बन्धित संचारमाध्यमलाई पनि सचेत गराउन चाहन्छौं । अमेरिकामा रहेका नेपाली संचारमाध्यम र संचारकर्मीहरुको हकहितको पक्षमा स्थापित नेजाले सत्य र न्यायका लागि संचारकर्मीहरुलाई निरन्तर साथ दिइरहनेछ ।

२२ अप्रिल २०१४

आङछिरिङ शेर्पा
अध्यक्ष

किशोर पन्थी
महासचिव

नेपाल अमेरिका पत्रकार संघ (नेजा)

नेपाली सञ्चार सञ्जाल, अमेरिका (एन्मा)

प्रेस बिज्ञप्ती


कान्तिपुर पब्लिकेसनद्धारा प्रकाशन हुँदै आएको नेपाल साप्ताहिकले न्यू योर्कबाट प्रकाशन हुने बिभिन्न पत्र-पत्रिकाको बिषयमा प्रकाशन गरेको अत्यन्त भ्रमित एवं बदनियतपूर्ण लेखप्रति नेपाली सञ्चार सञ्जाल, अमेरिका (एन्मा) को गम्भिर ध्यानाकर्षण भएको छ । अमेरिकाको न्यू योर्क राज्यबाट प्रकाशन हुदै आएको बिश्व सन्देश साप्ताहिक, एभ्रेष्ट टाईम्स पाक्षिक र खसोखास साप्ताहिकको लोगो सहितको गलत समाचार सम्प्रेषण गरे लगत्तै सम्बन्धित पत्रिका, नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले व्यक्त गरेको आपत्ती र खेदप्रति एन्मा पूर्ण समर्थन गर्दछ ।

अमेरिकामा बसेर बिभिन्न समस्या र अफ्ठयाराका बाबजुद पनि नेपाली पत्रकारितालाई निरन्तररुपमा अघि बढाउँदै विकसित बन्दै गएको सञ्चार गृह र समग्र पत्रकारहरुकै मानहानी हुने गरी प्रकाशन भएको उक्त सामाग्रीप्रति घोर भत्सर्ना गर्दै यथाशिघ्र जवाफदेहिताकोलागि सम्बन्धित प्रकाशन संस्था कान्तिपुर पब्लिकेसन, नेपाल साप्ताहिक र लेखकलाई अविलम्ब अनुरोध गर्दछौं । साथै, लेखकले कुन सत्य र नियतलाई आधार बनाएर लेख तयार पारे र प्रकासन गृहले निराधार उक्त सामाग्री प्रकाशन गर्‍यो ? यसबारेमा पनि स्पष्टोक्तिको माग गर्दछौं । एन्मा निराधार समाचार प्रकाशन गर्ने संस्था/लेखकसँग यसबाट सम्बन्धित प्रकाशन गृह उपर परेको क्षतिपूर्तिको मागसमेत गर्दछ ।

नेपाली सञ्चार सञ्जाल, अमेरिका प्रकाशन गृहहरुको हक, हित र अधिकारकोलागि स्थापित संस्था भएको कारण आफ्ना मातहतका प्रकाशन गृहहरुमाथि परेको क्षतिप्रति खेद व्यक्त गर्दछ ।

अप्रिल २३, २०१४

प्रदीप थापा
अध्यक्ष

प्रशान एलुङ राई
महासचिव

नेपाली सञ्चार सञ्जाल, अमेरिका (एन्मा)
Nepali Media Alliance (NMA), USA

पढ्नुहोस्  न्यू योर्कबाट प्रकाशित तीनवटा पत्रिकाको संयुक्त प्रेस वक्तब्य:

कान्तिपुर पब्लिकेशनबाट प्रकाशित हुने नेपाल साप्ताहिकमा अमेरिकाको न्यू योर्कबाट प्रकाशित हुने साप्ताहिक र पाक्षिक पत्रिकालाई लक्ष्यित गरी प्रकाशित सामाग्रीप्रति हाम्रो ध्यानाकर्षण भएको छ । अमेरिकाबाट संचालित नेपाली संचारमाध्यमहरुको बारेमा बद्नियतपूर्वक प्रकाशित उक्त सामाग्री र त्यसमा प्रयोग गरिएका न्युयोर्कबाट प्रकाशित हुने नेपाली पत्रिकाहरु खसोखास साप्ताहिक, विश्वसन्देश साप्ताहिक र एभरेष्ट टाइम्स पाक्षिकका तस्विरप्रति हाम्रो घोर आपत्ति छ । प्रवासमा विभिन्न कठिनायी झेल्दै संचालित संचारमाध्यमको बदनाम गर्ने नियतका साथ प्रकाशित उक्त सामाग्री र सामाग्रीमा प्रकाशित तस्विरले अमेरिकामा सकृय नेपाली पत्रकार र नेपाली संचार जगतकै मानहानी भएको हाम्रो ठहर छ । अमेरिकामा प्रवासी नेपाली समुदायसँग आत्मियता राख्दै संचालित संचारमाध्यमहरुमाथि यस्तो आरोप लगाइनु निन्दनीय छ । वास्तविक बस्तुस्थीति अध्ययन नगरी प्रकाशित यस समाचारमा कुनै सत्यता नभएको स्पष्ट पार्दै नितान्त पूर्वाग्रही ढंगले गरिएको यस कार्यको हामी घोर भत्र्सना गर्दछौं ।

अमेरिकामा नेपालीका गतिविधिहरु सम्प्रेषण गर्ने र अमेरिकामा रहेका नेपालीहरुमाझ विभिन्न सुचनाहरु पु¥याउने पवित्र लक्ष्यका साथ निशुल्क रुपमा नै वितरण गरिदै आएका पत्रिकाहरुमा अमेरिकामा रहेका नेपालीहरुका विभिन्न गतिविधिहरुले प्राथमिकता पाउदै आएका छन् । तर त्यसको नजरअन्दाज गर्दै अमेरिकामा संचालित नेपाली संचारमाध्यमहरुको बारेमा हुँदै नभएका र कपोलकल्पित आरोपसहितको सामाग्री  नेपाल साप्ताहिक जस्तो संचारमाध्यमले प्रमाणित नगरी प्रकाशित गरेकोमा हामी आश्चर्यचकित भएका छौं । नेपाल साप्ताहिकमा प्रकाशित उक्त सामाग्रीबाट खसोखास साप्ताहिक, विश्व सन्देश साप्ताहिक र एभरेष्ट टाइम्स पाक्षिक तथा यसमा कृयाशिल सम्पूर्ण टिमकै मानमर्दन भएकाले मानहानी गर्ने लेखक र संचारमाध्यम दुबैमाथि कारवाहीका लागि सहयोग गर्न हामी सम्बन्धित सबैमा अपिल गर्दछौं । साथै कुन नियतले यस्तो सामाग्री प्रकाशित गरिएको हो, त्यसको जवाफ दिन हामी नेपाल साप्ताहिक र त्यस सामाग्रीका लेखकलाई आग्रह गर्दछौं ।

२० अप्रिल, २०१४

आङछिरिङ शेर्पा
प्रधान सम्पादक, एभरेष्ट टाइम्स पाक्षिक, न्यू योर्क

विजय पौडेल
प्रधान सम्पादक, विश्व सन्देश साप्ताहिक, न्यू योर्क

किशोर पन्थी
प्रधान सम्पादक, खसोखास साप्ताहिक न्यू योर्क

पढ्नुहोस् बिशबमन गरिएको उक्त लेख:

from ekantipur.com................................................................................


Read related news:

-http://www.usnepalonline.com/neajanma/

-अमेरिकि नेपाली संचार माध्यमको साख गिराउने काम किन भईरहेछ?

-न्यू योर्कमा नेजाद्वारा आधारभूत पत्रकारिता तालिम सम्पन्न

-न्यू योर्कमा नेपाली पत्रकारहरुको संस्था 'नेजा' र 'एन्मा' बीच सहकार्य गर्ने सम्झौता सम्पन्न

-न्यू योर्कमा नेपाली पत्रकारहरुको रमाइलो बनभोज सम्पन्न

- न्यू योर्कमा "नेपाली संचार सन्जाल" (Nepali Media Alliance), USA को २१ सदस्यीय तदर्थ कार्यसमिति गठन

- न्यू योर्कमा नेपाल अमेरिका पत्रकार संघ 'नेजा' को तेश्रो महाधिबेसन सम्पन्न, बिभाजनको रेखा अझ चर्किदो

-कान्तिपुर अब अमेरिकाबाट प्रकासित गरिने, ५ बर्समा ७ करोड ८० लाख लगानी गर्ने योजना

-अमेरिकि नेपाली पत्रकारहरुको संस्था "नेजा" का अध्यक्ष पौडेलद्वारा राजिनामा

-अमेरिकि नेपाली पत्रकार संघको अध्यक्ष पौडेललाई तीन दिने अल्टिमेटम

-कट्वाल बने अमेरिकि नेपाली पत्रकारहरुको गल्पासो र प्रेस स्वतन्त्रताको हाँसो

-'कान्तिपुर' मा अमेरिकि नेपाली पत्रकारहरुको अन्तर्घातको पिडाको ब्रितान्त

-अमेरिकि नेपाली पत्रकारहरुको दोश्रो अधिबेसन सम्पन्न, पौडेल बिजयी
न्यू योर्कका केही पत्रकारहरुले अन्तिम घडीमा प्यानेल बदल्नु अघी र पछिको पेचिलो चुनाबी खेलको रमाइलो अनुभब

-अमेरिकामा नेपाली पत्रकारहरुको चुनावि चहल पहल शुरु

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.