Inside

All Time Top 50 News

अमेरिकि नेपाली पत्रकार संघको नयाँ नेत्रित्वमा काँग्रेस समर्थकहरुको बर्चश्व PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Sunday, 04 May 2014 03:05

Special: 3 photos; ह्युस्टन, टेक्सास- नेपाल अमेरिका पत्रकार संघ (नेजा) को चौंथो महाधिबेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिब, सचिब र कोशाध्यक्षका अलावा अन्य अधिकांश पदहरुमा नेपाली काँग्रेस पार्टी समर्थक पत्रकारहरुले निर्वाचन जितेकाछन् भने कृयाशील, श्रमजिवी पत्रकारहरु पाखा लागेकाछन्। उता महाधिबेशन बन्द सत्रबाट अध्यक्षमा उम्मेद्वार बन्नकोलागि एक कार्यकाल नेजा कार्य समितिमा बसेर काम गरेको हुनु पर्ने ब्याबस्था पारित भएको छ भने नेजा पुरस्कार संस्थापक नेजाको उम्मेद्वार बन्न कुनै छेकबार नलाग्ने निर्णय भएको छ।

 

Nepal America Journalists Association (NEAJA) held its 4th Convention in Houston, Texas between May 2-4, 2014. Photos by Pratha Magar for USNepalOnline

मे २-४ तारिखबीच टेक्सासको ह्यूस्टन शहरमा आयोजना गरिएको उक्त महाधिबेशनमा पन्च कन्याहरुबाट दीप प्रज्वलन गरी उद्घाटन  गरिएको थियो ।

उक्त महाधिबेशनबाट निर्वाचित कार्य समितिमा अध्यक्ष गौतम दाहाल, उपाध्यक्ष शिव विष्ट, महासचिव भोला आचार्य, सचिव सुदिप पन्त र कोषाध्यक्ष विटु केसी निर्वाचित भएका छन् भने क्षेत्रीय संयोजकहरुमा विश्वराज थापा, विकासराज न्यौपाने, जाडवु शेर्पा र भुपेन्द्र थापा निर्वाचित भएका छन् । त्यसैगरी, कार्य समिती सदस्यहरुमा मधुकर अधिकारी, अग्निप्रसाद चौलागाई, शैलेस पोखरेल, श्रीकृष्ण गौतम र तेम्वा दोडवा हयोल्मो छन् ।

Nepal America Journalists Association (NEAJA) held its 4th Convention in Houston, Texas between May 2-4, 2014. Photos by Pratha Magar for USNepalOnline

नेजाका अध्यक्ष आङछिरिङ्ग शेर्पाको सभापतित्वमा सम्पन्न उक्त समारोहमा महाधिबेशनकि संयोजक बिटु केसीले स्वागत मतब्य ब्यक्त गरेकी थिईन् भने महासचिब किशोर पन्थीले कार्यक्रम सन्चालन गरेका थिए। महाधिबेशनमा १०८ जना सदस्यहरु मध्ये ४९ जना पत्रकारहरु भेला भएका थिए। उक्त महाधिबेशनलाई एनआरएन अमेरिकाका अन्तरिक अध्यक्ष एबं अध्यक्ष पदका उम्मेद्वार शिवकुमार राई, नेपालीज एशोसियसन अफ ह्यूस्टनका अध्यक्ष मधुकर अमात्य, एएनएका गोबिन्द सिंह राउत नेजाका सल्ल्हाकारहरु गिरिश पोख्रेल, तारा बराल र सानुबाबु सिलवालले सम्बोधन गरेका थिए। समारोहमा कवि द्वय बिप्लब प्रतिक र कबिन्द्र सिटौलाले कविता वचन र शाही लामाले नेपाली गीत प्रस्तुत गरेका थिए।

Nepal America Journalists Association (NEAJA) held its 4th Convention in Houston, Texas between May 2-4, 2014. Photos by Jyoti K Ghimireyr for USNepalOnline

नेजा महाधिबेशनबाट कृयाशिल पत्रकारहरु किशोर पन्थी (खसोखास साप्ताहिक, न्यू योर्क), सूर्य थापा (ह्वाईट हिमाल टिभी, न्यू योर्क) र प्रदीप थापा (युएसनेपालअनलाइन डट कम,, न्यू जर्सी) बाहिरिएकाछन् भने बिजय पौडेल (बिश्व सन्देश साप्ताहिक, न्यू योर्क) र प्रशान एलुङ राई (प्रेसचौतारी डट कम, न्यू योर्क) महाधिबेशनमा उपस्थित रहेपनि कुनै पदमा आउन खोजेनन्।

NEAJA & NMA USA logos.


Read related news about NEAJA & NMA:

http://www.usnepalonline.com/neajanma/

-अमेरिकि दुई नेपाली पत्रकार संघद्वारा खेद ब्यक्त, पीत पत्रकारिता गर्नेलाई कार्यबाहीको माग

-अमेरिकि नेपाली संचार माध्यमको साख गिराउने काम किन भईरहेछ?

-न्यू योर्कमा नेजाद्वारा आधारभूत पत्रकारिता तालिम सम्पन्न

-न्यू योर्कमा नेपाली पत्रकारहरुको संस्था 'नेजा' र 'एन्मा' बीच सहकार्य गर्ने सम्झौता सम्पन्न

-न्यू योर्कमा नेपाली पत्रकारहरुको रमाइलो बनभोज सम्पन्न

- न्यू योर्कमा "नेपाली संचार सन्जाल" (Nepali Media Alliance), USA को २१ सदस्यीय तदर्थ कार्यसमिति गठन

- न्यू योर्कमा नेपाल अमेरिका पत्रकार संघ 'नेजा' को तेश्रो महाधिबेसन सम्पन्न, बिभाजनको रेखा अझ चर्किदो

-कान्तिपुर अब अमेरिकाबाट प्रकासित गरिने, ५ बर्समा ७ करोड ८० लाख लगानी गर्ने योजना

-अमेरिकि नेपाली पत्रकारहरुको संस्था "नेजा" का अध्यक्ष पौडेलद्वारा राजिनामा

-अमेरिकि नेपाली पत्रकार संघको अध्यक्ष पौडेललाई तीन दिने अल्टिमेटम

-कट्वाल बने अमेरिकि नेपाली पत्रकारहरुको गल्पासो र प्रेस स्वतन्त्रताको हाँसो

-'कान्तिपुर' मा अमेरिकि नेपाली पत्रकारहरुको अन्तर्घातको पिडाको ब्रितान्त

-अमेरिकि नेपाली पत्रकारहरुको दोश्रो अधिबेसन सम्पन्न, पौडेल बिजयी
न्यू योर्कका केही पत्रकारहरुले अन्तिम घडीमा प्यानेल बदल्नु अघी र पछिको पेचिलो चुनाबी खेलको रमाइलो अनुभब

-अमेरिकामा नेपाली पत्रकारहरुको चुनावि चहल पहल शुरु

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.