Inside

All Time Top 50 News

न्यू योर्कमा नेपाल अमेरिका पत्रकार संघ 'नेजा' को तेश्रो महाधिबेसन सम्पन्न, बिभाजनको रेखा अझ चर्किदो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Nagendra Ingnam 'Athraili'   
Monday, 07 May 2012 05:26

Special: 1 video; 4 photos: न्यू योर्क- नेपाल अमेरिका पत्रकार संघ (नेजा) को तेश्रो अधिबेशन बिबादकाबिच अमेरिकामा कृयाशिल नेपाली पत्रकारहरुको आधाभन्दा कम उपस्थितीमा सम्पन्न भएको छ।

The 3rd general Convention of Nepal America Journalists'Association (NEJA) in New York on May 6, 2012. Photo: eEyeCam.com

मे ६ तारिख आईतवार चियान फेडेरेसन हल अस्टोरिया न्यू योर्कमा सम्पन्न उक्त अधिबेसनले न्यू योर्कका पत्रकार आङ छिरिङ्ग शेर्पालाई अध्यक्षमा निर्बिरोध चुनेकोछ। शेर्पा यस अघी महासचिब पदमा थिए।

अरु को को चुनिए?

बरिस्ठ उपाध्यक्षमा गौतम दाहाल (वासिङ्टन डिसी), क्षेत्रीय उपाध्यक्ष (पूर्व क्षेत्र) पुरुषोत्तम ढकाल (पेन्सल्भेनिया), क्षेत्रीय उपाध्यक्ष (सुदुर पश्चिम) जाङवु शेर्पा, क्षेत्रीय उपाध्यक्ष (वासिंटन डिसी) विश्वराज थापा, महासचिब किशोर पन्थी (न्यू योर्क), सचिब शिव बिष्ट (वासिंटन डिसी), कोशाध्यक्ष गीता पन्थ (न्यू योर्क) निर्बाचित भएकाछन्। त्यसैगरी, सदस्यहरुमा दिनेश जङ्ग शाह (न्यू योर्क) र इन्दिरा चोङ्बाङ (न्यू योर्क) रहेकाछन्।

The newly elected executive committee members of Nepal America Journalists'Association (NEJA). Photo: Ashok Pant (NepalPhotoNews.com)

यसरी हारिन् शर्मिला उप्रेतीले

निर्वाचनपछि नब निबाचित सभापति आङ छिरिङ्ग शेर्पा र महासचिब किशोर पन्थीद्वारा प्रेस बिज्ञप्तीमा यि निर्बाचित पत्रकारहरु कुन कुन मिडियासंग आबद्ध हुन् खुलाइएको छैन। साथै, उपाध्यक्षमा निर्वाचन भयो मात्र भनिएको छ तर कसरी, को, को बिच प्रतिस्पर्धा भयो र मत परिणाम कतै उल्लेख छैन।

तर सगरमाथा टेलिभिजन भर्जिनियाका प्रोड्युसर तथा गैर आबासिय नेपाली संघ अमेरिका (एनारएन युएसए) का पूर्व मिडिया कोअर्डिनेटर एबं हाल एनआरएन आइसिसीको उत्तर अमेरिका उपसंयोजक राम खरेलकाअनुसार बरिस्ठ उपाध्यक्ष पदमा गौतम दाहाल र नेजाका निबर्तमान सचिब उर्मिला उप्रेती बिच सहमती हुन नसक्दा मतदान भएको थियो। उक्त मतदानमा दाहालले २६ मत ल्याएका थिए भने उप्रेतीले २२ मत ल्याएर पराजित भएकी थिइन्।

Lost or betrayal: Sharmila Upreti. Photo: Ashok Pant (NepalPhotoNews.com)

बिशेष सुत्रकाअनुसार, सभापतिमा जितेका शेर्पा र अन्य बोर्डका सदस्यहरुले सचिब उप्रेतीलाई मे ५ तारिख बेलुकीसम्म पनि उपाध्यक्षमा उनको बिकल्प नभएको भन्दै सहयोग गर्ने आश्वासन दिएका थिए। तर दाहालले शेर्पासंगको मिलोमतोमा उप्रेतिको बिरुद्धमा उम्मेद्बारी दिएका थिए।

अधिबेशनको उद्घाटन सत्रमा संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई नियोग (नेपाल मिसन) कि नबनियुक्त नायब स्थाई प्रतिनिधि सेवा अधिकारी प्रमुख अतिथीकोरुपमा उपस्थित थिइन्। उनले नेजाको मुख पत्र 'प्रयास' को बिमोचन गरिन्।

DPR Sewa Adhikari, Nepal Mission speaking at the NEAJA (NEJA?) convention in New York. Photo: eEyeCam.com

महासचिब आङ छिरिङ्ग शेर्पाले संघको प्रगती प्रतिबेदन पेश गरेकाथिए भने उपाध्यक्ष शेखर ढुङ्गेल र प्रकाश अधिकारीले नेजा-बद्रिकूल उत्कृष्ट पत्रकारिता पुरस्कारकोबारेमा प्रकाश पारेका थिए। नेजाले यो सालको १ लाख ११ हजार १ सय ११ नेपाली रुपैयाँको पहिलो पुरस्कार कान्तिपुर दैनिकका पत्रकार प्रताप बिष्टलाई प्रदान गरेको छ ।

उद्घाटन सत्रमा मन्तब्य ब्यक्त गर्नेहरुमा नेपाली काँग्रेस उत्तर अमेरिकि प्रतिनिधी म्रिदुला कोइराला, डा. तारा निरौला, नेजा संस्थापक अध्यक्ष गिरिस पोखरेल, एनआरएन आइसिसीको उत्तर अमेरिका उपसंयोजक राम खरेल, नेपाल पत्रकार महासंघका पूर्व कोशाध्यक्ष शिव खड्का, नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष प्रदिप चापागाई, अन्तरराश्ट्रिय कलाकार मन्च अध्यक्ष रामप्रशाद खनाल, सिन्धु युएस वेलफेयर सोसाइटी अध्यक्ष बंशलाल तामाङ, कांग्रेस युबा नेता आनन्द बिष्ट, वकिल द्वय खगेन्द्र छेत्री र रमेश श्रेष्ठ, रिजवूड नेपालीज सोसाइटी अध्यक्ष श्री पराजुली, ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुन मैनाली र पत्रकार योगेश उपाध्याय थिए।'

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Nepal America Journalists Association 3rd General Convention, New York, May 6, 2012



काँग्रेस नेत्रिको रात्रीभोजमा कार्यबाहक अध्यक्ष कृष्ण शर्माको गैरजिम्मेवार टिप्पणी !

नेजा कार्यबाहक अध्यक्ष कृष्ण शर्मा (वासिंटन डिसी) ले मे ४ तारिख बेलुकी नेपाली काँग्रेसकि उत्तर अमेरिकि प्रतिनिधी म्रिदुला कोइरालाको निवास उडसाइड न्यू योर्कमा डाकिएको रात्रीभोजमा ह्विस्कीको चुस्की लिदै नेजा भनेको यस्तै पार्टी गर्न, ह्विस्की पिउन खडा गरिएको हो, आज पनि पिइन्छ, भोली पनि पिइन्छ भनेपछि पत्रकारहरु बिच भनाभन भएको थियो।

अझ उनले मैले चाहेको भए म कार्यबाहक नभै अध्यक्ष नै हुन सक्थें भनेर घुर्की लगाएपछि कोइरालाको रात्रीभोजमा भेला भएका पत्रकारहरु बिच चर्काचर्की हुन पुगेको थियो।

युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदिप थापाले नेजा कार्यबाहक अध्यक्ष शर्माको भनाईको कडा शब्दमा प्रतिबाद गर्दै संघको जिम्मेवार पदमा बसेको ब्यक्तीले यस्तो लाजमर्दो र पत्रकारको शाख गिराउने काम गरेको बताएका थिए।

उक्त चर्काचर्कीपछि सम्पादक थापा, विश्व सन्देश पत्रिकाका प्रधान सम्पादक बिजय पौडेल, प्रेस चौतारी डट कमका प्रधान सम्पादक प्रसान एलुङ राई र यो पङ्क्तिकार रात्रीभोजबाट बाहिरिएको थियो।

अझ भोली पल्ट मे ५ बेलुकी का.बा. शर्माले नेजाका संस्थापक कोशाध्यक्ष गुणराज लुइटेललाई उनले अधिबेशनको सफलताकोलागि दिएको २ सय डलरकोबारे ब्यङ्ग कस्दै "तिमिले दिएको दुई सय डलरले त खुब जाँड खाइयो नि" भनेर कटाक्ष्य गरेको कुरा सम्पादक थापालाई बताएको कुरा यहाँ उल्लेख नगर्दा जाँड पार्टीको महिमाको इतिश्री हुँदैन।

उता दुई बर्ष अधी अन्तरघातको तानाबाना बुनेर न्यू योर्कका पत्रकारहरुमा बिभाजनको खाडल खन्ने खेलका अगुवा चन्द्र खतिवडाले दुई बर्ष गुप्ताबास बसेर कोइराला निवासमा देखाएको फूर्ती देख्दा यो पङ्क्तिकार दङ्ग परेको थियो।

स्मरण रहोस्, सन् २०१० को अप्रिल २४ न्यू जर्सीमा सम्पन्न नेजाको दोश्रो अधिबेशनमा गैर पत्रकारहरुलाईसमेत मत खसाल्न लगाएर सम्पादक थापालाई पराजित गरी नगेन्द्र पौडेललाई जिताइएको थियो। (पढ्नुहोस्) तर पौडेलले अध्यक्ष बनेको ६ महिना पुग्दानपुग्दै सन् २०१० को अक्टोबरमा नेजाबाट राजिनामा गरी वासिङ्टन डिसीस्थित स्थानीय नेपाली संस्था 'नेपाल अमेरिका सोसाइटी' (एएनएस) को अध्यक्ष पदमा उम्मेद्वार बनी जितेका थिए। (पढ्नुहोस्) त्यसपछि बरिस्ठ उपाध्यक्ष कृष्ण शर्मा कार्यबाहक अध्यक्षमा बढोन्नती गरिएका थिए।

अर्को सम्झनायोग्य प्रसंग के छ भने नेजाका तत्कालिन उपाध्यक्ष एबं न्यू योर्कस्थित विश्व सन्देश पत्रिकाका प्रधान सम्पादक बिजय पौडेलले आफू निर्बाचित भएको दुई महिनापछि सन् २०१० को जुन ५ तारिख नेजाको अप्रजातान्त्रिक प्रकृयाको भन्डाफोर गर्दै राजिनामा दिएका थिए। (पढ्नुहोस्)

नेपाल मिसनद्वारा दिइएको स्टेट डिनर बहिस्कार

नेजाको बिशेष अनुरोधमा भन्दै संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई नियोगद्वारा मे ५ तारिख बेलुकी सगरमाथा रेस्टुरेन्टमा दिईएको रात्रीभोज न्यू योर्क कै पत्रकारहरुद्वारा गरीब देशको सरकारी ढुकुटीको दुरुपयोग भयो भन्दै बहिस्कार गरेको देखियो। यो डिनरमा पत्रकारहरु प्रदिप थापा, बिजय पौडेल, प्रसान एलुङ राई, फोटो पत्रकार आङ कामी शेर्पा र यो पङ्क्तिकारलगायत उपस्थित भएनन्।


गत अप्रिल २९ मा अमेरिकि पत्रकारहरुको संस्था 'ह्वाइट्हाउस करेस्पोन्डेन्ट्स एसोसिएसन'ले आयोजना गरेको वार्षिक रात्रीभोजमा अमेरिकि राष्ट्रपति बाराक ओबामालाई निम्तो गरिएको प्रसंग उल्लेख गर्दै नेपाली पत्रकारहरु भने राज्यसंग रात्रीभोज खुवाइदेउ भन्दै हिंडेकोमा पत्रकारहरुले बिरोध जनाएका थिए भने न्यू योर्कको नेपाली समाजले त्यो कुरो थाहा पाएपछि बिरोध गरेको पाइयो।


यसै सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) कोतर्फबाट फेसबुक स्टाटसमा भनिएको छ: "के यो जायज छ गरीब जनताको पसीनाबाट चलेको मिसनले यसरी पार्टी दिनु ? त्यो नि एउटा संस्थाको महादिबेसन हुँदा !! याद गर्नु होस यही मिसन नेपालले मन्त्री पुर्णकुमार शेर्मा औउदा रिसिप्सन त के भेटघाट र चीनजान सम्म गराएन गत साल..."

उता असोसियसन अफ नेपालीज तराइयन इन अमेरिका (ANTA) का उपाध्यक्ष सतेन्द्र शाहले पनि गरीब जनताको पसिनाले चलेको नेपाल मिसनले एउटा संस्थाको अधिबेशनलाई पार्टी दिनु के जाय छ भन्ने प्रश्न गरेकाछन्। तल हेर्नुहोस् दुई वटै कमेन्टको पुरा रुप।

-Nagendra Ingnam Átharaili' in New York. Literature Editor, USNepalOnline.com

नेपाल आदिवासी महासंघ अमेरिकाको टिप्पणी

गरीब देशको धनि नेपाल मिसनले आज न्योर्कमा पार्टी दिदै.............
देशको मन्त्री औउदा वेस्ता गर्ने दुताबासले आज बेलुकी खाने अनि संघीयता बिरोधी पत्रकारहरुलाई रिसिप्सन पार्टी दिदै गरेको समचार सुन्नमा आएको छ ! के यो जायज छ गरीब जनताको पसीनाबाट चलेको मिसनले यसरी पार्टी दिनु ? त्यो नि एउटा संस्थाको महादिबेसन हुँदा !! याद गर्नु होस यही मिसन नेपालले मन्त्री पुर्णकुमार शेर्मा औउदा रिसिप्सन त के भेटघाट र चीनजानसम्म गराएन गत साल.......Something fishy chha hai mitraharu !!!

एन्टा उपाध्यक्ष सतेन्द्र शाहको टिप्पणी

Hi All.

Wishing for successful convention of Nepal America Journalists Association.

अधिबेसनमा भाग लिन आउने पत्रकारहरुको शनिबार साझ संयुक्त राष्ट संघका लागी नेपाल मिसनले रात्री भोजको आयोजना गर्ने भएको छ ।
के यो जायज छ गरीब जनताको पसीनाबाट चलेको मिसनले यसरी पार्टी दिनु ? त्यो नि एउटा संस्थाको महादिबेसन हुँदा !!

Mission of Nepal has organized "RATRI BHOJ" on Saturday evening for the participates of NAJA convention.
Around New York metro area , There are other 40 organizations. I want to see which other organization is more lucky to get "RATRI BHOJ" from Mission of Nepal, New York.

Thanks,
Satendra Shah
Vice-President
ANTA-USA
www.terai.org


नेपाल अमेरिका पत्रकार संघको ७ मे, २०१२ मा जारी प्रेस वक्तब्य

अमेरिका र क्यानडामा रहेका नेपाली पत्रकारहरुको एकमात्र छाता संगठन नेपाल अमेरिका पत्रकार संघको तेश्रो महाअधिवेशन आज अमेरिकाको न्युयोर्कको अस्टोरिया ब्रोडवेमा रहेको चियान फेडेरेशन हलमा भब्यताकासाथ सम्पन्न भयो । महाअधिवेशनले निम्नाअनुसार तीनजना सदस्यहरुपछि थप्ने गरी नयां कार्यसमिति निर्वाचित गरेको छ । अन्य पदमा सर्वसम्मत भएको छ भने उपाध्यक्षमा निर्वाचन भएको थियो । निर्वाचन समितिमा शैलेश श्रेष्ठ, प्रताप अधिकारी, गिरिश पोखरेल र योगेश उपाध्याय हुनुहुन्थ्यो ।

सभापति: आङछिरिङ शेर्पा
बरिष्ठ उपसभापति: गौतम दाहाल
महासचिव: किशोर पन्थी
सचिव: शिव विष्ट
कोषाध्यक्ष: गीता पन्थ
सदस्यहरु: दिनेशजंग शाह
इन्दिरा चोङवाङ
क्षेत्रीय उपाध्यक्षहरु :
उपाध्यक्ष (पूर्व क्षेत्र, अमेरिका): पुरुषोत्तम ढकाल
उपाध्यक्ष (सुदुर पश्चिम, अमेरिका): जाङवु शेर्पा
उपाध्यक्ष (वासिंटन डिसी क्षेत्र, अमेरिका): विश्वराज थापा

महाधिवेशन सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवादसहित ।

आङछिरिङ शेर्पा, सभापति
किशोर पन्थी, महासचिव

७ मे, २०१२

Read related news:

-अमेरिकि नेपाली पत्रकारहरुको संस्था "नेजा" का अध्यक्ष पौडेलद्वारा राजिनामा

-अमेरिकि नेपाली पत्रकार संघको अध्यक्ष पौडेललाई तीन दिने अल्टिमेटम

-कट्वाल बने अमेरिकि नेपाली पत्रकारहरुको गल्पासो र प्रेस स्वतन्त्रताको हाँसो

-अमेरिकि नेपाली पत्रकारहरुको दोश्रो अधिबेसन सम्पन्न, पौडेल बिजयी

-अमेरिकामा नेपाली पत्रकारहरुको चुनावि चहल पहल शुरु

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.