Inside

All Time Top 50 News

कट्वाल बने अमेरिकि नेपाली पत्रकारहरुको गल्पासो र प्रेस स्वतन्त्रताको हाँसो PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 06 June 2010 00:59

"नाजा" का उपाध्यक्ष बिजय पौडेलले नेपाली संचारको गला रेट्ने जनरललाई स्वागतको साटो राजिनामा किन दिए ?
Exclusive:
न्यू योर्क- नेपालमा प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने र निर्दोस जनतालाई गोली ठोक्ने आदेश दिने पूर्व सेनापति रुक्मागद कट्वाललाई अमेरिकि नेपाली पत्रकारहरुको संस्था "अमेरिका नेपाल पत्रकार संघ" (नाजा) ले जुन ६ तारिख अमेरिकाको भर्जिनियामा अन्तरकृयाको नाममा मन्च दिएर जनरल छँदा कट्वालले गरेका काला करतुतहरुको सफाइ दिने मौका दिने बिबादास्पद कार्यक्रम बाहिर आएपछि सल्केको बिबादको भुङ्ग्रो अब कार्यक्रमप्रति बिमती जनाउँदै संघका उपाध्यक्ष बिजय पौडेलले एकाएक राजिनामा दिएपछि राँकोमा परिणत हुन पुगेको छ।


गत अप्रिल २४ मा भएको "नाजा" को अधिबेसनमा टिकडमबाजी गर्दै निर्वाचन जितेका अध्यक्ष नगेन्द्र पौडेलले संस्थालाई मनोमानी ढङ्गले चलाऊन थालेपछि यो राजिनामा आएको हो।

Bijaya Poudel. Photo: eEyeCam.com

आफ्नो राजिनामा पत्रमा आफ्नो पत्रकारिता धर्म र प्रजातान्त्रिक मुल्य र मान्यता विपरित "नाजा" को वर्तमान नेतृत्व पक्षले अप्रजातान्त्रिक आचरणबाट "नाजा"लाई अघि बढाउने दुस्साहासका साथ कार्यसमितिका सदस्यहरु बिच नै कुनै परामर्श, बैठक, टेलिकन्फरेन्स नै नगरि "नाजा" को इज्जत र प्रतिष्ठामा आँच आउने खालका गलत गतिबिधि गर्न अग्रसर भएको उल्लेख गर्दै उपाध्यक्ष बिजय पौडेलले भनेका छन्-

 

"गत अप्रिल २४ मा सम्पन्न "नाजा"को निर्वाचन पश्चात तत्काल बसेको संघको बैठकमा पारित नै नगरिएको र सदस्यहरु बिच नै सहमति नलिएको विषय पुर्व सेनापति रुक्माङ्गत कटुवाललाई अन्र्तकृयाको लागि "नाजा"को मंच उपलब्ध गराइ स्वयं "नाजा" नै आयोजक बन्ने निर्णय भएको व्यहोराको अप्रिल २६ को "नाजा"को अफिसियल इमेल सर्कुलर उपर मेरो गम्भिर आपत्ति रहेको थियो र त्यसको लगत्तै मैले अप्रिल २८ मा उक्त अन्र्तकृया कार्यक्रम पुर्नविचार गरि स्थगित गर्न दिएको सुझावसहित प्रेसित गरेको इमेल उपर र अन्य अधिकांश पत्रकार मित्रहरुको असहमतिको बाबजुद नाजा नेतृत्वले फरक मतको सुनुवाइ गर्नुको साटो दुई तिहाइको झुठो दावि पेश गर्दै उक्त अन्र्तकृया जारि राख्ने हठ लिएको प्रति मेरो गम्भिर असहमति सहितको आपत्ति छ ।"

आफ्नो राजिनामा पत्रमा उपाध्यक्ष पौडेलले "नाजा" अध्यक्ष नगेन्द्र पौडेलले अन्तरकृया गर्ने निर्णय दुई तिहाइ कार्य समिती सदस्यहरुको निर्णयबाट गरिएको झुठो दाबी बोलेर झुठको खेती गरेको ठोकुवा गर्दै आफुले उक्त अन्र्तकृया कार्यक्रम पुर्नविचार गरि स्थगित गर्न सुझाव दिएको तर आफ्नो उक्त सुझाब र अन्य अधिकांश पत्रकार मित्रहरुको असहमतिको बाबजुद नाजा नेतृत्वले फरक मतको सुनुवाइ गर्नुको साटो दुई तिहाइको झुठो दावि पेश गरेको भन्दै आफ्नो गम्भिर आपत्ति ब्यक्त गरेका छन्। यो समाचारको मुनी उपाध्यक्ष पौडेलको राजिनामाको पूर्ण पाठ पढ्नुहोस्।

प्रजातन्त्र भर्सेस निरंङ्कुसता

प्रजातन्त्र र गणतन्त्रका कट्टर हिमायाती उपाध्यक्ष बिजय पौडेल न्यू योर्कबाट प्रकासित हुने पाक्षिक नेपाली पत्रिका "विश्व सन्देश" को प्रधान सम्पादक हुन्। उनको राजिनामा त्यसै आएको छैन। नेपालको जनाअन्दोलन- २ मा गणतन्त्रको पक्षमा आन्दोलनमा उत्रिएका प्रखर पत्रकार र लेखक पौडेलले बिसं २०६२ मा प्रकासित "निरंङ्कुसताको कालो कर्तुत" र सन् २००७ मा प्रकासित "राजगद्दी" पुस्तकहरुको अध्ययनबाट उनी निरंङ्कुसता र तानाशाहका अघिल्ल्तिर झुक्दै नझुक्ने नेपालीको छोरो हुन् भन्ने कुरा ठम्याउन कत्ती कठिन हुँदैन।

"Nirangkushtako Kalo Kartut", a book on democratic movement in Nepal by Bijaya Poudel. Book image courtesy: Bijaya. Book cover photo by Prakash Mathema (Kantipur)

तर "नाजा" को नेत्रित्व पक्षले विश्व भरका प्रेस स्वतन्त्रताको वकालत गर्ने संघ संस्था र ब्यक्तिहरुको अपेक्षामा पानी पार्दै जब जनरल कट्वाल, जसले नेपाली प्रेसको घाँटी निमोठ्ने प्रयास गरे, को ताबेदारी गर्ने गद्दारी गर्ने कुटिल चाल चाले, उपाध्यक्ष पौडेलले उक्त संस्थामा रहनुको कुनै औचित्य ठानेनन्।

Former Nepal Army Chief Rukmagad Katwal. Photo courtesy: Lekhnath Bhandari.

युएस नेपाल अनलाइनसंगको संछिप्त बार्तामा उनले आफुले राजिनामा दिएर कुनै पस्चताप नभएको बरु आफुले प्रजातन्त्र, गणतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा उभिन पाएकोमा गर्बको अनुभुती भएको बताए।

"Rajgaddi", a book on Nepalese Monarchy and democratic movement in Nepal by Bijaya Poudel. Book image courtesy: Bijaya.

उता कट्वाललाई "नाजा" को मन्च दिने नदिने कुरामा अमेरिकामा रहेका पत्रकारहरु बिच तिब्र ध्रुबिकरणले उत्कर्श रुप लिएको छ। यस्तो बिबादास्पद अन्तरकृया कार्यक्रम स्थगित गर्नु पर्छ भन्नेमा पूर्व अध्यक्ष गिरिस पोख्रेल, पूर्व अध्यक्षका उम्मेदवारहरु गुणराज लुइटेल र प्रदिप थापा मात्र होइन अरु एक दर्जनभन्दाबेशी पत्रकार र लेखकहरुले बिरोध जनाएका छन्। तर संघ भित्र अपारदर्शी र अप्रजातान्त्रिक पद्दतिको जग अधिबेसनकै बेलाबाट बसालेका अध्यक्ष पौडेलले सहमतीबाट सबैको बिचार र सुझाबलाई समेटेर जाने कुनै प्रयास गरेका छैनन्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa


उपाध्यक्ष पौडेलको राजिनामाको पूर्ण पाठ:

अध्यक्ष
नेपाल अमेरिका पत्रकार संघ
केन्द्रिय समिति, अमेरिका

मिति: जुन ५, सन् २०१०

विषय: राजिनामाबारे ।

सर्वप्रथम म नेपालि अमेरिकि पत्रकारहरुको हक हितको लागि स्थापना भएको नेपाल अमेरिका पत्रकार संघ "नाजा" को हालै सम्पन्न दोस्रो महाधिवेशनद्वारा निर्वाचित पुर्वि क्षेत्रिय उपाध्यक्षको नाताले मलाई सुम्पेको जिम्मेवारिको लागि अमेरिकामा रहेका संपुर्ण पत्रकार मित्रहरुलाई धन्यवाद ज्ञापन गर्दछु ।

पत्रकारिता मेरो पेशा र धर्म दुवै हो । मैले पत्रकारिता यसको सिद्धान्तमा रहेर गरेको कुरा मेरो सम्पादनमा न्युयोर्कबाट प्रकाशित हुने "विश्व सन्देश" पाक्षिकको विगत तीन वर्षको दौरान प्रकाशित यसका हरेक अंकहरुबाट प्रस्ट हुन्छ । आफुले यसरि अपनाएको पत्रकारिता पेशामा लागेर मैले नेपालि अमेरिकी समाजमा जुन योगदान दिने प्रयास गरेको थिएं त्यसमा अझ पत्रकारहरुको संस्थामा नै रहेर नेतृत्वदायि भुमिकामा काम गर्दा समाजमा थप योगदान पुर्याउन सकिन्छ कि भन्ने विश्वासमा मैले नाजाको जिम्मवारि स्वीकारेको थिएं तर मेरो पत्रकारिता धर्म र प्रजातान्त्रिक मुल्य र मान्यता विपरित "नाजा" को वर्तमान नेतृत्व पक्षले अप्रजातान्त्रिक आचरणबाट "नाजा"लाई अघि बढाउने दुस्साहासका साथ कार्यसमितिका सदस्यहरु बिच नै कुनै परामर्श, बैठक, टेलिकन्फरेन्स नै नगरि "नाजा"को इज्जत र प्रतिष्ठामा आँच आउने खालका गलत गतिबिधि गर्न अग्रसर भएको सन्दर्भमा आफुले सम्हालेको जिम्मेवारि पदमा रहिरहनुको कुनै औचित्य नठानेको हुँदा निम्न बुँदागत कारणहरु उल्लेख गर्दै संघको पुर्वि उपाध्यक्ष पदबाट आजको मितिबाटै मैले राजिनामा दिएकॊ छु ।

१. गत अप्रिल २४ मा सम्पन्न "नाजा"को निर्वाचन पश्चात तत्काल बसेको संघको बैठकमा पारित नै नगरिएको र सदस्यहरु बिच नै सहमति नलिएको विषय पुर्व सेनापति रुक्माङ्गत कटुवाललाई अन्र्तकृयाको लागि "नाजा"को मंच उपलब्ध गराइ स्वयं "नाजा" नै आयोजक बन्ने निर्णय भएको व्यहोराको अप्रिल २६ को "नाजा"को अफिसियल इमेल सर्कुलर उपर मेरो गम्भिर आपत्ति रहेको थियो र त्यसको लगत्तै मैले अप्रिल २८ मा उक्त अन्र्तकृया कार्यक्रम पुर्नविचार गरि स्थगित गर्न दिएको सुझावसहित प्रेसित गरेको इमेल उपर र अन्य अधिकांश पत्रकार मित्रहरुको असहमतिको बाबजुद नाजा नेतृत्वले फरक मतको सुनुवाइ गर्नुको साटो दुई तिहाइको झुठो दावि पेश गर्दै उक्त अन्र्तकृया जारि राख्ने हठ लिएको प्रति मेरो गम्भिर असहमति सहितको आपत्ति छ ।

२. उक्त दुई तिहाइको दावापछि तत्कालै अध्यक्षद्वारा कार्यक्रमको पक्ष र विपक्षमा इमेल निर्णय सम्प्रेषण गर्न कार्य समितिका सदस्यहरुलाई मात्र जरुरि शिर्षकमा इमेल सर्कुलर गरेकोबाट नेतृत्व पक्षले दावि गरे अनुरुप दुई तिहाइ बहुमतद्वारा निर्णय गरिएको भन्ने दावि झुठो सावित हुन्छ ।

अन्त्यमा, जुन उत्साहको साथ "नाजा"को नेतृत्व सम्हाल्न पुगेको थिए तर डेढ महिनाको छोटो समय पनि नबित्दै आफुले अधिकांश पत्रकार मित्रहरुको जायज भावनाहरुको प्रतिनिधित्व गर्दै असहमति जनाएका विषयहरुमा "नाजा" नेतृत्व पंक्तिले उपेक्षा गरेका कारण बिच बाटोमा नै ठेस लागेर यो यात्रा पुरा गर्न नसकेकोमा मलाई असजिलो महसुस भएको त छ नै तर मैले जहाँ जसरि रहेर पनि अमेरिकी नेपाली पत्रकारहरुको पक्षमा काम गरिरहने प्रण पनि यसै राजिनामा पत्रद्वारा सबैमा जानकारि गराउन चाहन्छु । धन्यवाद् !

भवदिय,

विजय पौडेल
पुर्वि क्षेत्रिय उपाध्यक्ष

नेपाल अमेरिका पत्रकार संघ
केन्द्रिय समिति, अमेरिका

"नाजा" अध्यक्ष नगेन्द्र पौडेलले कार्य समिती सदस्यहरुलाई अन्तर्कृया कार्यक्रम सम्बन्धी सहमती या असहमती जनाउन प्रेसित गरेको ईमेल :

From:     Nagendra Paudel ( This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it )
Sent:    Wed 6/02/10 6:01 PM

साथीहरु,

नाजाको आगामी कार्यक्रम (छ जुन २०१०) को निर्णय दोस्रो अधिबेसनको उत्तरार्धमा  बसेको नब गठित कार्यसमितिले गरेको सबैमा बिधितै छ!  साथी हरुले कृपया यो मेल लाई नै "रिप्लाई अल" गरी सो प्रस्ताब प्रती समर्थन या आपत्ति जनाइदिन बिनम्र अनुरोध गर्दछु।

नगेन्द्र पौडेल
सभापति
नाजा


अध्यक्ष पौडेलले त्यस अघी दुई तिहाइको दाबी गरी प्रेसित गरेको ईमेल :

Nagendra Paudel

June 2, 2010, 01:06

Dear Friends,

NEAJA executive committee is concerned regarding the rumors about the interaction program it is scheduled to hold on June 6, 2010 at Arlington Central Library in Arlington VA. The executive committee likes to reiterate the fact that it is an interaction program and not a felicitation program.

As far as the issue raised by some of our members with regards to the decision making process of this event is concerned, two thirds of our executive committee members have approved of this event, including our advisor Tara Baral and senior journalist Yogesh Upadhyaya and the likes.

NEAJA believes in the fundamental human rights in which freedom of speech and freedom of peaceful assembly are guaranteed. NEAJA is and should be a forum where issues should be brainstormed. Since NEAJA is an organization of journalists whose main duty is to inform people about events and drive issues of broader interest, we are just holding an interaction with former army chief of staff Rukmangat Katwal. And it is just that and nothing else.

We take this opportunity to request you all to attend the function.

Sincerely,
Nagendra Paudel

President
NEAJA

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.