Inside

All Time Top 50 News

अमेरिकि नेपाली पत्रकार संघको अध्यक्ष पौडेललाई तीन दिने अल्टिमेटम PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Wednesday, 13 October 2010 20:56

Updated: Oct 14: Exclusive: न्यू योर्क- उत्तर अमेरिकि नेपाली पत्रकारहरुको साझा संस्था 'नेपाल अमेरिका पत्रकार संघ' (नेजा) को अध्यक्ष नगेन्द्र पौडेलले वासिङ्टन डिसीस्थित स्थानीय नेपाली संस्था 'नेपाल अमेरिका सोसाइटी' (एएनएस) को अध्यक्ष पदमा उम्मेद्बारी दिएपछि नेजा कार्य समितीले "नेजा" र "एएनएस" को उम्मेद्बारी मध्ये कुन चाँही रोज्ने हो भन्दै ३ दिन भित्र चित्त बुझ्दो जवाफ दिन माग गरेको छ।


गत अक्टोबर १० तारिख पौडेलले अमेरिकि नेपाली पत्रकारहरुको साझा संस्था 'नेजा' को केन्द्रिय अध्यक्षमा बहाल हुँदाहुँदै उक्त स्थानीय नेपाली संस्था 'एएनएस' को अध्यक्ष पदकालागि उम्मेद्बारी दिएका थिए।

अध्यक्ष पौडेलको उम्मेद्बारीको खबर आएपछि नेजा केन्द्रिय समितीको आकस्मिक बैठक बसी अध्यक्ष पौडेललाई दुई संस्था मध्ये एकलाई रोज्न र उम्मेद्बारी दिनुको चित्त बुझ्दो जवाफ दिन माग गरिएको हो।

नेजाद्वारा अध्यक्ष पौडेललाई प्रेशित ईमेल पत्रमा "तीन दिन भित्र आफू कुन संस्था रोज्ने हो सो वारेमा जानकारी दिन अनुरोध गर्ने निर्णय भएअनुसार" पत्र लेखिएको बताउँदै "तपाई संस्थाको गरिमा र मर्यादालाई बचाइ राख्न यो पत्र पाए पछि नेजालाई जवाफ पठाउनु हुने छ भन्ने विश्वास लिएको" भन्ने उल्लेख छ।

उक्त पत्रको पूर्ण पाठ निम्नानुसार छ:

श्री नगेन्द्र पौडेल ज्यू

अध्यक्ष

नेपाल अमेरिका पत्रकार संघ ( नेजा )

सर्वप्रथम तपाईलाई विजय दशमीको हार्दिक शुभकामना । मिति अक्टुबर १० तारिख २०१० को दिन तपाईले हामी कार्य समितिलाई जानकारी नदिई डिसी मेट्रो क्षेत्रको स्थानीय सस्था नेपाल अमेरिका सोसाइटी (एएनएस) को अध्यक्ष पदमा उम्मेदावरी दिएको खबरले हामी नेजाका पदाधिकारी, सल्लाहकार र शुभचिन्तकहरुको ध्यानकर्षण भएको छ । नेपाल अमेरिका पत्रकार संघ ( नेजा) जस्तो गरिमामय सस्थाको अध्यक्ष पदमा रहेको तपाईले अचानक स्थानीय सस्थामा गएर उम्मेदावरी दिएको खबर पछि नेजाको १० तारिखनै बसेको कार्य समितिको अकास्मिक बैठकले तपाईसंग यस बारेमा स्पष्ठ हुन आवश्याक ठानेर आजको तीन दिनभित्रमा स्पष्ट जानकारी दिनका लागी हामी कार्य समिति अनुरोध गर्दछु । पेशागत हकहितको लागी स्थापित यो सस्थाको गरिमा र मर्यादालाई उच्च स्थानमा राख्न यो पत्र पाएको वितिकै तपाईले स्पष्ट जानकारी पठाउनु हुनेछ भनी हामी विश्वास्त छौ । अन्तमा तपाईले नेजामा बस्न चाहना राख्नु भएको छैन भने पनि हामी तपाईलाई बस्न आग्रह गदै तपाईको नेजाप्रतिको धारण स्पष्ट हुन अनुरोध गर्दछौ ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा)

परिवार

0ct 12 , 2010

--
Nepal America Journalists' Association (NEAJA), USA


नेजा अध्यक्ष पौडेलको जवाफ

यसै बिच, नेजा अध्यक्ष पौडेलले आफ्नो उम्मेद्बारीको औचित्यताबारे वकालत गर्दै अक्टोबर १२ मा एक ईमेल प्रेशित गरेकाछन्। उक्त ईमेल पत्रमा उनले आफ्नो उम्मेद्बारीले नेजासंग कुनै 'कन्फ्लिक्ट अफ इन्टेरेस्ट' (Conflict of interest) नहुने जिकिर गर्दै यो उम्मेद्बारी आफ्नो ब्यक्तिगत निर्णय भएको र त्यस्तो निर्णय गर्न जो कोही छुट रहेको स्पस्ट पारेका छन्।

नेजा अध्यक्ष पौडेलद्वारा प्रेसित ईमेल पत्रको उनको उम्मेद्बारीसंग सम्बन्धित अंश:

नेजाका सल्लाहकार तथा कार्यकारीणी समितिका पदाधिकारी मित्रहरु,

बिजया दशमीको शुभकामना सहितको पत्र प्राप्त भयो। यहाँहरु लाई पनि मेरो ब्यक्तिगत तथा संस्थागत हैसियतमा शुभकामना छ।

तपाईंहरुले आकस्मिक बैठक आमन्त्रण गर्दा जानकारी पाएको भए अबस्य पनि उपस्थित हुने थिए। तर पत्र मार्फत भए पनि मेरो ब्यक्तिगत निर्णयका बारेमा जानकारी दिने अबसर दिनु भएकोमा आभारी ब्यक्त गर्न चाहन्छु। मैले मिती २०१० अक्टोबर १२ तारिखका दिनमा बिद्धुतीय हुलाकमार्फत तपाईंहरु सबैलाई २ अक्टोबर २०१० का दिन बसेको बैठकको निर्णयका साथै मेरो ब्यक्तिगत निर्णय र सो सम्बन्धमा मेरो धारणा स्पस्ट पारेको थिए।

नेजा प्रती मेरो प्रतिबद्धता र आस्था दिन प्रतिदिन गाढा हुँदै गएको जानकारी गराउन चाहन्छु। अन्य सामाजिक काममा मेरो संलग्नताले नेजा प्रतिको समर्पण र लगाबमा कमी आउन नदिने प्रतिबद्दता पुन: जाहेर गर्न चाहन्छु। संस्थाको गरिमा र महिमा बढाउने काममा मेरो सामाजिक संलग्नताले अझ टेवा पुग्न जाला तर कमी भने नहुने कुरामा म ढुक्क रहेको पनि जानकारी गराउछु।

धन्यवाद सहित

नगेन्द्र पौडेल

"Lastly, it'll be worthwhile mentioning here that I have decided to contest for the office of presidency of America Nepal Society of Washington, DC. I must emphasize a fact that it does not carry any conflict of interest with the mission and spirit of NEAJA. It is a fraternity Solly established to develop a friendship among us (people of nepali origin) and the people of American origin that are interested in Nepalese language, culture and society. Moreover, my commitment to NEAJA has not reduced or decayed by my decision to get involved with ANS. After all, this is the community I belong to, and I have a moral responsibility to contribute towards community efforts to make this society a better place to live. If we can, we all should remain active in community activities besides our involvement in other professional organizations. But, this is a personnel choice, and one can make own decision per his/her wish. Please contact me if you are interested to know more about my involvement in my community."

नेजा भित्रको भाँडभैलो

स्मरण रहोस्, नेजाको गत अप्रिल २४ मा सम्पन्न अधिबेसनबाट निर्बाचित भएका अध्यक्ष नगेन्द्र पौडेलको कार्यसमितीले अधिबेसनको भोली पल्ट नेपालका पूर्व सेनापती रुक्माङ्गद कट्वाललाई जुन ६ तारिख अमेरिकाको भर्जिनियामा अन्तरकृया कार्यक्रममा प्रमुख बक्ताको रुपमा निम्त्याउने निर्णय गरेपछि संघका उपाध्यक्ष तथा न्यू योर्कबाट प्रकासित हुने 'विश्व सन्देश' पत्रिकाका प्रधान सम्पादक बिजय पौडेलले राजिनामा दिएका थिए।

संघको पहिलो "रचनात्मक" काम नै बिबादको भुङ्ग्रोमा परेपछि नेजाले पत्रकार हक हितकोलागि कुनै उल्लेख्य कार्यक्रम अघी सार्न सकेको छैन। कट्वाल कान्डले अमेरिकामा रहेका नेपाली पत्रकारहरु बिच बैचारिक ध्रुबिकरणसमेत ल्याउने काम गरेको छ। अमेरिकामा पेशागत रुपमा पत्रकारिता गर्ने पत्रकारहरु कट्वाल बिबादपछि संघबाट पाखा लाग्न थालेदेखी नेजा नेत्रित्वले उपाध्यक्ष बिजय पौडेलले राजिनामा दिएपछि रिक्त हुन गएको पद पुर्तीसमेत गर्न सकेको छैन।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098.

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

 

Read related news:

-कट्वाल बने अमेरिकि नेपाली पत्रकारहरुको गल्पासो र प्रेस स्वतन्त्रताको हाँसो        
"नाजा" का उपाध्यक्ष बिजय पौडेलले नेपाली संचारको गला रेट्ने जनरललाई स्वागतको साटो राजिनामा किन दिए ?

-अमेरिकि नेपाली पत्रकारहरुको दोश्रो अधिबेसन सम्पन्न, पौडेल बिजयी        
न्यू योर्कका केही पत्रकारहरुले अन्तिम घडीमा प्यानेल बदल्नु अघी र पछिको पेचिलो चुनाबी खेलको रमाइलो अनुभब

-न्यू योर्कका नेपाली पत्रकारहरुद्वारा महासचिब पदको दाबी
-अमेरिकामा नेपाली पत्रकारहरुको चुनावि चहल पहल शुरु

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.