Inside

All Time Top 50 News

डिसीमा विश्व बैक फ्यमिली नेटओर्कको MMMF पुरस्कार बिजेताहरुद्वारा महिला हक, अधिकार र समानताको कुरामा जोड PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Tuesday, 15 May 2012 03:52

एड्वानकि बिष्णुमाया परियारद्वारा अन्तरराश्ट्रिय समूदायलाई ग्रामिण महिलाको सशक्तिकरण र बालबालिकाको शिक्षामा जोड दिन आग्रह
Updated: Special: 1 video; 28 photos:
वासिङ्टन डिसी- विश्व बैंक अन्तरगतको 'विश्व बैक परिवार सन्जाल (World Bank Family Network) को सन् २०१२ को MMMF फेलोशीप पुरस्कार बितरण समारोहमा बोल्दै विश्वका १३ मुलुक प्रतिनिधित्व गर्ने महिला अगुवाहरुले महिला समानता, सशक्तिकरण र बालबालिकाको शिक्षामा जोड दिनु पर्ने माग गरेका छन्।


MMMF grant recipients with MMMF Board members at World Bank Headquarters in Washington D.C. on May 14, 2012. Photos: eEyeCam.com.

दि मार्गरेट मक्नामारा मेमोरियल फण्ड (The Margaret McNamara Memorial Fund) पुरस्कार बितरण कार्यक्रममा मुख्य बक्ता (keynote speaker) कोरुपमा विश्व बैंककि लैङ्गिक र बिकास (Gender & Development) बिभागकि निर्देशक जेनी क्लुगमानले विश्व बैंकले ३० बर्षमा पहिलो चोटि यो बर्षको विश्व बिकास प्रतिबेदन-सन् २०१२ को मुख्य अबधारणा लैङ्गिक समानता (Gender Equality) रहेको उल्लेख गरिन्। उनले गत बर्ष विश्व बैकले २५ बिलियन डलर लगानी गरेको झन्डै ३०० प्रोजेक्टहरुमध्ये ६० प्रतिसत लगानीमा लैङ्गिक बिषयलाई प्राथमिकतामा राखेर लगानी गरिएको जानकारी गराइन्।

Jeni Klugman, Director, Gender and Development, World Bank at the event. Photos: eEyeCam.com.

सन् २००६ कि एमएमएम फण्ड (MMMF) फेलोशीप बिजेता एम्पावोर दलित वूमन अफ नेपाल (EDWON) कि संस्थापक बिष्णुमाया परियारले बिशेष बक्ताकोरुपमा समारोहलाई सम्बोधन गर्दै आफ्नो संस्था 'एड्वान' ले सन् १९९८ देखि नेपालका अत्यन्त पछि परेका दलित र अन्य महिलाहरुको सशाक्तिकरण अभियान शुरु गरेको र हालसम्म २३ सयभन्दाबेशी नेपाली महिला 'परिवर्तनका सम्बाहक'(Agent of Change) बन्न सफल भएको तथा झन्डै १३ हजार बालबालिकाहरुलाई बिभिन्न किसिमको छात्रब्रिती प्रदान गरेर बिद्यालय पठाउन सफल भएको कहानी सुनाइन्।

उनले अन्तरराश्ट्रिय समूदायलाई ग्रामीण महिलाको सशक्तिकरण र तिनका बालबालिकाको शिक्षामा जोड दिन आग्रह पनि गरिन्।

Bishnu Maya Pariyar, founder, Empower Dalit Women of Nepal (EDWON) at the event. Photos: eEyeCam.com.

उक्त फन्डले परियारले पुरस्कार प्राप्तीपछि पनि निरन्तर आफ्नो देशमा महिला र बलबालिकाको पक्षमा उल्लेखनीय काम गरेको कारण उनलाई बिशेष बक्ताकोरुपमा निम्त्याएको थियो भने उनको संस्थाले गत बर्ष घोषणा गरेको 'ताक्लुङ नमूना गाउँ कार्यक्रम प्रोजेक्ट' सम्बन्धी फोटोलाई आफ्नो प्रचार सामग्रीमा प्रमुखतासाथ फिचर गरेको थियो।



त्यसैगरी, सन् २०१२ का फेलोशीप बिजेताहरुले पढाई सकेपछि आ-आफ्नो मुलुकका महिला र बालबालिकहरुको पक्षमा काम गर्ने अठोट ब्यक्त गरेकाछन्।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

World Bank Family Network MMMF Grant Recipients Forum, Washington D.C. May 14, 2012




के हो एमएमएम फण्ड (MMMF) फेलोशीप पुरस्कार?

दि मार्गरेट मक्नामारा मेमोरियल फण्ड (The Margaret McNamara Memorial Fund) पुरस्कारको स्थापना विश्वभरका महिला र बालबालिकाको शिक्षामा समर्पित मार्गरेट माक्नामारा (१९१५-१९८१) को स्‍मृतिमा विश्व बैंकमा कार्यरत कर्मचारीहरुका श्रीमतीहरुको बिशेष पहल र सहभागीतामा स्थापना भएको हो। उक्त फन्डको १५ सदस्यिय बोर्डमा विश्व बैंक, आइएमएफ, इन्टर अमेरिकन डेभलप्मेन्ट बैंकका सदस्य र तिनका परिवारबाट चुनिन्छ।

Margaret McNamara

Late Margaret McNamara. MMMF was established in 1983 in memory of her and who dedicated her life educating women and children. Photos courtesy: World Bank/MMMF.

स्व. माक्नामाराका श्रीमान रोबर्ट स्ट्रेन्ज माक्नामारा सन् १९६८ मा विश्व बैंकको प्रेसिडेन्ट भएका थिए। उनी सन् १९६०मा फोर्ड मोटर कम्पनीका प्रेसिडेन्ट थिए। श्रीमती माक्नामाराले सत्तरिको दशकमा Reading is Fundamental (पढाई आधारभूत हो) भन्ने संस्था स्थापना गरेकी थिइन् जसको कामको कदर गर्दै तत्कालिन अमेरिकि राष्ट्रपति जिम्मी कार्टरले श्रीमती माक्नामारालाई सन् १९८१ मा मेडल अफ फ्रिडम (Medal of Freedom) पदकद्वारा सम्मान गरेका थिए।

यो फेलोशीपको राशी प्रति ब्यक्ती ११ हजार अमेरिकि डलर रहेको छ। पुरस्कार बिकासोन्मुख मुलुकबाट आएर अमेरिका, क्यानाडा विश्व बिद्यालयमा पढि रहेका र पढाई सकेपछि आफ्नो देशमा महिला मामिला सम्बन्धी क्षेत्रमा काम गर्न प्रतिबद्ध तथा अफ्रिकाको विश्व बिद्यालयमा अध्ययनरत २५ बर्ष उमेरमाथिका महिला अगुवा विद्यार्थीहरुलाई हरेक बर्ष प्रदान गरिन्छ। उक्त MMMF फण्डले आफ्नो स्थापना काल सन् १९८३ देखि हालसम्म ६७ बिकासोन्मुख मुलुकका २०५ विद्यार्थीहरुलाई झन्डै डेढ मिलियन डलर नगद पुरस्कार प्रदान गरिसकेको छ।

Charlotte Jones-Carrol, president, MMMF Board of Directors at the event. Photos: eEyeCam.com.

MMMF कि प्रेसिडेन्ट चार्लोट जोन्स क्यारोल र भाईस प्रेसिडेन्ट साराह ब्राउले पुरस्कारकोबारेमा प्रकाश पार्दै बिजेता र अतिथी बक्ताहरुकोबारेमा परिचय गराएका थिए।

Kathleen McNamara, daughter of late Margaret McNamara. Photos: eEyeCam.com.

उक्त फेलोशीप स्व. मार्गरेट मक्नामाराकि छोरी तथा MMMF कि बोर्ड डाइरेक्टर क्याथलिन माक्नामाराले पुरस्क्रिती महिलाहरुलाई प्रदान गरेकी थिइन्।

सन् २०१२ को एमएमएम फण्ड (MMMF) फेलोशीप पुरस्कार बिजेताहरु

यो बर्ष सन् २०१२ को एमएमएम फण्ड (MMMF) फेलोशीप पुरस्कार १२ देशका महिला अगुवा विद्यार्थीहरुले पाएकाछन्। ति हुन्- तान्जानियाकि Chrispina Lekule; दि गाम्बियाकि Haddy Njie; केन्याकि Joanne Mugambi; बोलिभियाकि Luz Jimenez Quispe; अफ्गानिस्तानकि Nafisa Mohammadi; कोलोम्बियाकि Natalia Lobo Guerrero Correa; प्यालेस्टाइनकि Nihal Natour; घानाकि Patience Afulani; कर्जिस्तानकि Rakhat Zholdoshalieva; क्याम्बोडियाकि Samphoas Huy; साउथ कोरियाकि SeonMi Kim र इन्डोनेसियाकि Tuti Alawiyah ।

MMMF 2012 grant recipients: Chrispina Lekule, Haddy Njie, Joanne Mugambi, Luz Jimenez Quispe, Nafisa Mohammadi, Natalia Lobo Guerrero Correa. Photos courtesy: World Bank/MMMF.

Nihal Natour, Patience Afulani, Rakhat Zholdoshalieva, Samphoas Huy, SeonMi Kim, Tuti Alawiyah. Photos courtesy: World Bank/MMMF.

एमएमएम फण्ड (MMMF) फेलोशीप पुरस्कार बिजेता नेपाली विद्यार्थीहरु

हालसम्म अमेरिकि विश्व बिद्यालय हरुमा अध्ययन गरेका जम्मा ५ जना नेपाली महिला विद्यार्थी हरुले यो पुरस्कार पाउने शौभाग्य पाएकाछन्।

पहिलो पटक सन् १९८९ मा चन्द्र भन्द्राले ओरेगोन स्टेट विश्वबिद्यालयमा बिद्यावारिधी गर्दैगर्दा उक्त पुरस्कार पाएकी थिइन् भने सन् १९९६ मा लजिमा वन्त भट्टले कोर्नेल विश्वबिद्यालय न्यू योर्कमा बिद्यावारिधी गर्दैगर्दा यो पुरस्कार पाएकी थिइन्।

MMMF grant recipients Nepali women: Chandra Bhadra, Lazima Onta-Bhatta, Nepal, Manisha Aryal, Kamala Gurung, Bishnu Pariyar. Photos courtesy: World Bank/MMMF.

त्यसैगरी, सन् १९९७ मा मनिषा अर्यालले क्यालिफोर्निया विश्वबिद्यालयमा पत्रकारितामा एमए गर्दै गर्दा यो पुरस्कार पाएकी थिइन् भने सन् २००० मा कमला गुरुङले क्यालिफोर्निया स्टेट विश्वबिद्यालयमा स्पिच प्याथोलोजिमा एमए गर्दा उक्त फेलोशीप पाएकी थिइन्। पछिल्लो पटक सन् २००६ मा बिष्णुमाया परियारले क्लार्क विश्व बिद्यालयबाट अन्तरराष्ट्रिय बिकास र सामाजिक परिबर्तनमा एमए गर्दैगर्दा यो पुरस्कार पाएकी थिइन्। त्यसयता नेपाली महिला विद्यार्थीहरुले यो पुरस्कार पाउन सकेकाछैनन्।

यसअघी मे १२ तारिख बेलुकी प्रेसिडेन्ट क्यारोल र उनका श्रीमान डा. रोबर्ट क्यारोलले आफ्नो निवासमा पुरस्कार बिजेता र बिशिस्ट अतिथीहरुको सम्मानमा रात्रीभोजको आयोजना गरेका थिए।

-Pradeep Thapa Magar in Washington D.C. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


The recipients of MMMF 2012 grant. Photos: eEyeCam.com.



The recipients of MMMF 2012 grant.Photos: eEyeCam.com.



Photos: eEyeCam.com.

MMMF grant recipients with MMMF Board members at World Bank Headquarters in Washington D.C. on May 14, 2012. Photos: eEyeCam.com.

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.