Inside

All Time Top 50 News

न्यू योर्कमा मिस नेपाल युएस (ए) २०१२ का २८ प्रतिस्पर्धी सुन्दरीहरुद्वारा ट्यालेन्ट शो सम्पन्न, सुन्दरी प्रतियोगिता अगस्ट ११ तारिख भर्जिनियामा हुँदै PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 05 August 2012 17:11

Special: 1 video, 33 photos: न्यू योर्क- यही अगस्ट ११ तारिख वासिङ्टन डिसी नजिकै फेयर फ्याक्स भर्जिनियास्थित जर्ज मासोन विश्व बिद्यालयको जोन्सन सेन्टरमा हुने "कुइन्स एन्ड क्लासिक डाइमन्ड मिस नेपाल युएस (ए)" सुन्दरी प्रतियोगितामा भाग लिन चुनिएका २८ नेपाली सुन्दरी युवतीहरुले आ-आफ्नो प्रतिभाको प्रदर्शन गरेकाछन्।


 

Miss Nepal US (A) 2012 28 final contestants at the Miss Nepal US (A) Talent Show in New York on August 4, 2012. Photos: eEyeCam.com

इभेन्ट प्लानेट इङ्कको आयोजनामा अगस्ट ४ तारिख शनिबार न्यू योर्कको अस्टोरियास्थित चियान फेडेरेसन हलमा आयोजना गरिएको उक्त ट्यालेन्ट शोमा २८ सुन्दरीहरुले आफ्नो शारिरिक सुन्दरताका अलावा आ-आफ्नो बिशिस्ट प्रतिभाको प्रदर्शन गर्दै आफूलाई ब्युटी विथ ब्रेन (beauty with brain) प्रमाणित गर्ने प्रयास गरे।

उक्त सुन्दरी प्रतियोगिताको नारा "युवासशक्तिकरण र नेपालको प्रबर्धन" (Empowering Youth, Promoting Nepal) रहेको छ।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Miss Nepal USA 2012 28th Contestants Talent Show intro, New York, August 4, 2012




प्रतिस्पर्धामा उत्रेका सुन्दरीहरुमा १४ अमेरिकि राज्यका १८ देखि २६ बर्षबिचका नेपाली मूलका २८ सुन्दरीहरु छन्:

Aashma Dhakal (NY, Age-18); Amrita Tuladhar (NY, Age-26); Arti Maharjan (CA, Age-19); Astha Shrestha (MD, Age-18); Barsha Moktan (PA, Age-22);  Dipti Sharma (MN, Age-23); Kandu L Sherpa (Karsang) (CO, Age-21); Kinzalk Dwa (TX, Age-21); Michelle Lama (NY, Age-20); Nisha Shrestha (CA, Age-26); Nurja Shrestha (TX, Age-23); Prabina Bhattrai (KY, Age-18); Pragya Bhattarai (TX, Age-18); Pramila Adhikari (VA, Age-22); Rakshya Khatri (GA, Age-22); Rojina Parajuli (VA, Age-23); Roshni Gurung (NY, Age-21); Sadikshya Silwal (AZ, Age-22); Samikshya Sapkota (VA, Age-21); Sangita Dhakal (CA, Age-21); Shameen Shrestha (VA, Age-20); Shristi Gajurel (NY, Age-18); Srajeena Joshee (CO, Age-20); Sujana Rajkarnikar (NC, Age-23); Sujeena Badal (MD, Age-23); Supriya Giri (NE, Age-23); Swechha Baral (PA, Age-21); Swikriti Khanal (MA, Age-23).

The 28 contestants of Miss Nepal US (A). Photo courtesy: MissNepalUS.com

L to R: Aashma Dhakal (NY, Age-18); Amrita Tuladhar (NY, Age-26); Arti Maharjan (CA, Age-19); Astha Shrestha (MD, Age-18)

Barsha Moktan (PA, Age-22);  Dipti Sharma (MN, Age-23); Kandu L Sherpa (Karsang) (CO, Age-21); Kinzalk Dwa (TX, Age-21)


Michelle Lama (NY, Age-20); Nisha Shrestha (CA, Age-26); Nurja Shrestha (TX, Age-23); Prabina Bhattrai (KY, Age-18)


Pragya Bhattarai (TX, Age-18); Pramila Adhikari (VA, Age-22); Rakshya Khatri (GA, Age-22); Rojina Parajuli (VA, Age-23)


Roshni Gurung (NY, Age-21); Sadikshya Silwal (AZ, Age-22); Samikshya Sapkota (VA, Age-21); Sangita Dhakal (CA, Age-21)

Shameen Shrestha (VA, Age-20); Shristi Gajurel (NY, Age-18); Srajeena Joshee (CO, Age-20); Sujana Rajkarnikar (NC, Age-23)


Sujeena Badal (MD, Age-23); Supriya Giri (NE, Age-23); Swechha Baral (PA, Age-21); Swikriti Khanal (MA, Age-23). Photos courtesy: MissNepalUS.com

प्रतियोगी सुन्दरीहरुले न्रित्य, गीत, अभिनयद्वारा आफ्नो कला प्रदर्शन गरेका थिए। प्रतियोगिताको अन्तिम नतिजा अगस्ट ११ तारिख हुने सुन्दरी प्रतियोगितामा सुनाइने आयोजक संस्था इभेन्ट प्लानेट इङ्कका निर्देशक अमित शाहले जानकारी गराए।

Event Planet Inc. USA CEO Amit Shah and emcee Jolly Amatya.

उक्त ट्यालेन्ट शोका निर्णायक मन्डलमा कृष्णमान तुलाधर, रामराज छेत्री, नलिना चित्रकार, राज कपुर, आङ छिरिङ्ग शेर्पा र यम बराल थिए।

कार्यक्रममा हेयर स्टाइलिस्ट पासाङ्ग शेर्पाद्वारा प्रायोजित टि-शर्ट प्रतियोगी सुन्दरीहरुलाई प्रदान गरिएको थियो।

शोको शुरुमा एकता (Unity) फेसन शो गरिएको थियो। कार्यक्रमका बिशिस्ट अतिथी मिनिस्टर कन्सुलर अमृत राईलाईसमेत आयोजकहरुले एकताकोलागि भन्दै र्‍याम्पमा हिडाएका थिए।

कार्यक्रमको सन्चालन जोली अमात्यले गरेकी थिइन्।



यस अघि नेपाल एम्बासडरमा नायिका केकी अधिकारी, साँस्कृतिक संयोजकमा सरोज खनाल र मुख्य कोरियोग्राफरमा मिस नेपाल एशिया प्यासिफिक २००४ साराह गुरुङलाई नियुक्त गरिसकिएको छ।

त्यसैगरी, ब्रान्ड एम्बासडरमा पोहर साल सन् २०११ कि बिजेता मिस नेपाल युएस सुजिता बस्नेत, फर्स्ट रनर अप तिलस्मी बिष्ट र सेकन्ड रनर अप नबिना बस्नेतलाई नियुक्त गरिएको छ।

बिजेतालाई ५ लाख डलरको इन्सुरेन्स ब्याब्स्था

बिजेताले ५ हजार अमेरिकि डलर नगद पुरस्कार, नेपाल जाने-आउने हवाई टिकट र New York Life Insurance बाट एक बर्ष अबधी भरकालागि ५ लाख डलरको जीवन बिमा (Life insurance) को ब्यबस्था गरिएको छ।

उक्त इन्सुरेन्स कम्पनीका एजेन्ट विश्व शाहकाअनुसार कम्पनीले फर्स्ट रनर अप र सेकन्ड रनर अप बिजेतालाई पनि ५ लाख डलरको इन्सुरेन्स ब्याब्स्था गरेको र अन्य २५ सहभागि सुन्दरीहरुलाई प्रति ब्यक्ती २ लाख ५० हजार अमेरिकि डलर बराबरको yearly convertible life insurance प्रायोजन गरिएको जानकारी गराए।



५ लाख रुपैयाँमा क्राउन निर्माण

उता यसपालीको मिस नेपाल युएस टाइटल प्रायोजन न्यू योर्कस्थित कुइन्स डाइमन्ड ज्वेलरीले गरेको छ। उक्त ज्वेलरीका प्रोप्राइटर तथा एएनए सम्मेलन न्यू योर्क २०१३ का कोअर्डिनेटर समिर महर्जनकाअनुसार १५ हजार अमेरिकि डलरमा नगद पुरस्कार र ५ लाख रुपैयाँमा क्राउन निर्माण गरिएको युएस नेपाल अनलाइनलाई जानकारी गराए।



त्यसैगरी, थोमस मुनगोभन ल फर्मले बिजेतालाई पोहर साल झैं ५ हजार डलर नगद पुरस्कारको प्रायोजन गरेको छ भने वर्ल्ड वाइड ट्राभल्सले यसपालीको बिजेता र पोहर सालको बिजेता सुन्दरीलाई नेपाल आउने-जाने हवाइ टिकटको प्रायोजन गरेको आयोजक शाहले युएस नेपाल अनलाइनलाई बताए।

बिजेताका अलावा प्रतियोगितामा १२ बिभिन्न सब्-टाइटल्सहरुको ब्यबस्था गरिएको छ: (1) 1st Runner-up, (2) 2nd Runner-up, (3) Best Cat Walk, (4) Most Talent, (5) Most discipline, (6) Most Photogenic, (7) Most Popular, (8) Most friendly, (9) Best Personality, (10) Best Smile, (11) Best Dress र (12) Best Hair).

स्मरण रहोस्, इभेन्ट प्लानेट इङ्कले पहिलो मिस नेपाल युएसए (Miss Nepal USA) टाइटलमा Miss USA को आयोजक संस्था The Miss Universe Organization ले कपिराइट्सको दाबी गरेको कारण नयाँ नाम Miss Nepal US (A) राख्न वाध्य भएको हो।

उक्त प्रतियोगिताबारे थप जानकारीकोलागि www.missnepalus.com हेर्नुहोस्।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Read related news:

-http://usnepalonline.com/miss-nepal-us/

-मिस नेपाल अमेरिका २०१२ (Miss Nepal US 2012) सुन्दरी प्रतियोगिताको तयारी तीब्र
नेपाल एम्बासडरमा नायिका केकी अधिकारी, साँस्कृतिक संयोजकमा सरोज खनाल नियुक्त

-Announcement of MISS NEPAL US 2012 (मिस नेपाल युएस २०१२ को घोषणा)            
मिस नेपाल युएस २०१२ को घोषणा, अगस्ट ११ मा वासिङ्टन डिसीमा हुने

-न्यू योर्कमा मिस नेपाल युएसए २०११ का बिजेता सुजिता बस्नेत र प्रतियोगीहरुको स्वागत कार्यक्रम सम्पन्न

-मिस नेपाल युएसए २०११ बनिन् - सुजिता बस्नेत

-मिस नेपाल युएस सुन्दरीहरुको प्रतिभा हेर्ने होइन?

-नायिका गौरी मल्लद्वारा Miss Nepal USA 2011 कार्यक्रम संयोजक पदबाट राजिनामा

-न्यू योर्कमा मिस नेपाल युएसए (Miss Nepal USA 2011) प्रतियोगिताको अन्तिम तयारी हुँदै, २७ सुन्दरी युवतीहरुको छनौट सम्पन्न

-न्यू योर्कमा मिस नेपाल युएसए (Miss Nepal USA 2011) प्रतियोगिताकालागि अडिसन र फेसन शो सम्पन्न

-न्यू योर्कमा पहिलो "मिस नेपाल युएसए-२०११" सुन्दरी प्रतियोगिता हुने

 

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.