Inside

All Time Top 50 News

न्यू योर्कमा मिस नेपाल युएसए (Miss Nepal USA 2011) प्रतियोगिताकालागि अडिसन र फेसन शो सम्पन्न PDF Print E-mail
Share
User Rating: / 8
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 18 July 2011 19:18
Article Index
न्यू योर्कमा मिस नेपाल युएसए (Miss Nepal USA 2011) प्रतियोगिताकालागि अडिसन र फेसन शो सम्पन्न
More photos from Miss Nepal USA New York Audition 2011
All Pages

Exclusive: 2 videos, 55 photos: न्यू योर्क- आगामी अगस्ट २० तारिख न्यू योर्क शहरमा हुन लागेको पहिलो मिस नेपाल युएसए (Miss Nepal USA 2011)  नेपाल सुन्दरी प्रतियोगिताकोलागि १३ अमेरिकि शहरहरुमा धमाधम जारी सुन्दरी छान्नेक्रममा न्यू योर्कमा गत शुक्रबार साँझ फेसन शो र साँस्कृतिक कार्यक्रमकासाथ अडिसन सम्पन्न भएको छ।

 



The contestants at th Miss Nepal USA New York Audition on July 15, 2011. Photos: eEyeCam.com

इभेन्ट प्लानेट इङ्क अमेरिका र इ-प्लानेट प्रालि काठमाडौंको संयुक्त लगानी र चांजोपाँजोमा हुन लागेको उक्त सुन्दरी प्रतियोगितामा न्यू योर्कका झन्डै डेढ दर्जन नेपाली सुन्दरीहरु प्रतिस्पर्धामा उत्रिएकाछन्।

मिस नेपाल युएसए प्रतियोगिता २०११ कि अध्यक्ष नेपालकि बरिस्ठ नायिका गौरी मल्लले प्रतियोगिताबारे प्रकाश पार्दै आजकालका युवतीहरुले हामीले जहाँ सोच्न बन्द गर्दछौं उनिहरु त्यहाँबाट सोच्न शुरु गर्छन् भन्दै युबा प्रतिभाहरुको प्रस्फुटन हुने थलोकोरुपमा प्रतियोगिताको पक्षमा बिचार पोखेकी थिइन्।


The Miss Nepal USA 2011 Event Chair actress Gauri Malla. Photos: eEyeCam.com

न्यू योर्क अडिसनका संयोजक केशबराम राई र आयोजकहरुकातर्फबाट अमित शाहले पनि मन्तब्य ब्यक्त गरेका थिए।


A contestant at the fashion show. Photos: eEyeCam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:
Miss Nepal USA Audition & Fashion Show, July 15 2011

The Miss Nepal USA contestants and organizers at the fashion show in New York. Photos: eEyeCam.com

उक्त अडिसन पश्चात सहभागी सुन्दरीहरुको आकर्शक फेसन शोको आयोजना गरिएको थियो। सुन्दरिहरुका अलावा युबाहरु र बालिकाहरुको फेसन शोको पनि मन्चन गरिएको थियो। फेशन शोको कोरियोग्राफी द्रोण श्रेष्ठले गरेका थिए ।

The Miss Nepal USA contestants at the fashion show in New York. Photos: eEyeCam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त फेशन शोबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:
Miss Nepal USA Audition & Fashion Show, July 15 2011



उता सहभागी सुन्दरीहरु र न्यू योर्कका अन्य कलाकारहरुद्वारा बिबिध साँस्कृतिक कार्यक्रमको प्रस्तुती गरिएको थियो। साँस्कृतिक कार्यक्रमको न्रित्य निर्देशन बिजयमान नकर्मी र धरमवीर लामाले गरेका थिए।


The Miss Nepal USA contestants and male models at the fashion show in New York. Photos: eEyeCam.com

कलाकारहरुमा न्रित्यतर्फ सालीना श्रेष्ठ, धरमबीर लामा, जुबी गौचन, सम्झना कार्की, सुनिता गुरुङ आदी र गायनतर्फ राजेन्द्र राई, अभय ढुङ्गेल, तिलक श्रेष्ठ र बिपन राई थिए।

कार्यक्रमको सन्चालन प्रेस चौतारी डट कमका प्रधान सम्पादक प्रशान एलुङ राई र संज्ञा सिंहले गरेका थिए।


Shalina Shrestha performing Nepali dance at the Miss Nepal USA New York audition event. Photos: eEyeCam.com

यस अघी गत जुलाई ३ तारिख एएनएको २९ औं डिसी सम्मेलनमा सम्पन्न अडिसन र न्यू योर्कको अडिसनमा नेपाली युवतीहरुको चाँसोलाई हेर्दा बाँकी ११ अडिसन लिने शहरहरुका सुन्दरीहरु पनि एकसेएक निस्कने सम्भावना छ।

प्रतियोगिहरुको छनौटकालागि अमेरिकाका १३ वटा मुख्य शहरहरु चुनिएको छ जसअनुसार बाँकी अडिसन लिने ११ शहरहरुमा, कोलम्बस-ओहायोमा जुलाई २३ मा, बाल्टिमोर-मेरिल्यान्डमा जुलाई २४ मा, बोस्टन, सिकागो र सियाटलमा जुलाई ३० मा हुने छ भने लसएन्जलस-क्यालिफोर्निया, सान्फ्रान्सिस्को, डेभर, एटलान्टा र डालस टेक्सासमा जुलाई ३१ मा अडिसन हुने कार्यक्रम छ। उक्त अडिसनबाट ३० जना सुन्दरीहरुको छनौट गर्ने लक्ष आयोजकहरुले बनाएकाछन्।

आयोजक संस्थाहरुले नेपालकि बरिस्ठ नायिका गौरी मल्ललाई उक्त सुन्दरी प्रतियोगिता कार्यक्रमको अध्यक्ष नियुक्त गरेको छ। हाल न्यू योर्कमा रहेकी नायिका मल्ल प्रतियोगिताको तयारीमा जुटिसकेकिछिन्।


The Miss Nepal USA contestant at the fashion show in New York. Photos: eEyeCam.com

सुन्दरी प्रतियोगिताको तयारी कस्तो छ?

आबेदनको एक हप्ता अघीसम्म अमेरिकामा रहेका १८ देखी २७ बर्षबिचका नेपाली-अमेरिकी युबतीहरुले प्रतियोगितामा सहभागी हुन पाउने उक्त प्रतियोगिताको जुलाई २० सम्म आवेदनको अन्तिम मिती तोकिएको छ । आवेदन अनलाईन www.missnepalamerica.com र मेल ( This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it ) मार्फत दर्ता गराउन सकिनेछ । दर्ता शुल्क ३० अमेरिकि डलर शुल्क तोकिएको छ।

प्रतियोगिहरुलाई व्यक्तित्व विकाशकालागि बिशेष तालिमसमेत दिइनेछ । उक्त तालिम मिस नेपाल-२००५ सुगरिका केसी र मिस नेपाल ब्यूटिफूल-१९९६ श्यारोन शेर्पा (सियाटल) लगायतले दिने कार्यक्रम छ । तालिम अगस्त १२ देखि १९ सम्म न्यू योर्कमा गरिनेछ । तालिम शुल्क बापत अर्को ३०० डलर प्रतियोगीहरुले तिर्नु पर्ने छ।

सर्बश्रेष्ठ सुन्दरीलाई ५ हजार डलर नगद पुरस्कार

झन्डै एक लाख अमेरिकि डलर खर्च हुने अनुमान गरिएको यो प्रतियोगिताकि सर्बश्रेष्ठ सुन्दरीले ५ हजार डलर नगद पुरस्कारकासाथै छात्रब्रिती, प्रशंसा पत्र र बिभिन्न उपहारहरु प्राप्त गर्नेछिन् भने फस्ट रनर अपले ३ हजार डलर नगद पुरस्कारकासाथै छात्रब्रिती, प्रशंसा पत्र र बिभिन्न उपहारहरु र सेकेन्ड रनर अपले २ हजार डलर नगद पुरस्कारकासाथै छात्रब्रिती, प्रशंसा पत्र र बिभिन्न उपहारहरु पाउनेछिन्।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Photos: eEyeCam.com


 

 

Photos: eEyeCam.com






Photos: eEyeCam.com




Photos: eEyeCam.com

न्यू योर्कमा मिस नेपाल युएसए (Miss Nepal USA 2011) प्रतियोगिताकालागि अडिसन र फेसन शो सम्पन्न
More photos from Miss Nepal USA New York Audition 2011
All Pages


 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.