Inside

All Time Top 50 News

न्यू योर्कमा पहिलो "मिस नेपाल युएसए-२०११" सुन्दरी प्रतियोगिता हुने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 13 June 2011 23:32

Special: 2 photos: न्यू योर्क- अब अमेरिकाको नेपाली समुदायबाट 'ब्युटी विथ ब्रेन' (beauty with brain) कि अमेरिकि नेपाली सुन्दरी चुनिने भएको छ। इभेन्ट प्लानेट इङ्क अमेरिका र इ-प्लानेट प्रालि काठमाडौंको संयुक्त लगानी र चांजोपाँजोमा आगामी अगस्ट २० मा न्यू योर्क शहरमा Miss Nepal USA 2011 को आयोजना गरिदैछ।

 



Famous Nepalese actress Gauri Malla who was appointed as Event Chair by the organizers of  Miss Nepal USA 2011. Photos: eEyeCam.com


यि दुई आयोजक संस्थाहरुले नेपालकि बरिस्ठ नायिका गौरी मल्ललाई उक्त सुन्दरी प्रतियोगिता कार्यक्रमको अध्यक्ष नियुक्त गरेको छ। हाल न्यू योर्कमा रहेकी नायिका मल्ल प्रतियोगिताको तयारीमा जुटिसकेकिछिन्।

आगामी अगस्ट २० तारिख न्यू योर्कमा बिशेष अन्तिम कार्यक्रम (grand finale) मा चुन्ने उत्कृष्ट नेपाली-अमेरिकि सुन्दरीको खोजीकोलागि छनौट कार्य तालिकाको सार्वजनिक गरी सहभागीताकोलागि आह्वानसमेत गरिएको छ।

गत शुक्रबार न्यू योर्कस्थित नेपाल-जापान रेस्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजनागरी उक्त तयारीको घोषणा गरिएको हो।



The organizers of  Miss Nepal USA 2011 at the Meet-the-Press in New York on June 11, 2011. Photos: eEyeCam.com


सुन्दरी प्रतियोगिताको तयारी कस्तो छ?

आबेदनको एक हप्ता अघीसम्म अमेरिकामा रहेका १८ देखी २७ बर्षबिचका नेपाली-अमेरिकी युबतीहरुले प्रतियोगितामा सहभागी हुन पाउने उक्त प्रतियोगिताको जुलाई २० सम्म आवेदनको अन्तिम मिती तोकिएको छ । आवेदन अनलाईन www.missnepalamerica.com र मेल ( This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it ) मार्फत दर्ता गराउन सकिनेछ । दर्ता शुल्क ३० अमेरिकि डलर शुल्क तोकिएको छ।

प्रतियोगिहरुको छनौटकालागि अमेरिकाका १० वटा मुख्य शहरहरुमा अडिसन गरिने बताइएको छ, जसअनुसार जुलाई २ र ३ मा वासिंटन डिसी, जुलाई ९ मा बोस्टन, जुलाई १० मा एटलान्टा, जुलाई १५ मा न्यु योर्क, जुलाई १६ मा शिकागो, जुलाई १७ मा मियनापोलिस, २३ जुलाईमा डेन्भर, जुलाई २४ मा डल्लास, जुलाई ३० मा शियाटल र जुलाई ३१ मा लस एन्जलसमा अडिशन लिइने छ। उक्त अडिसनबाट ३० जना सुन्दरीहरुको छनौट गर्ने लक्ष आयोजकहरुले बनाएकाछन्।

प्रतियोगिहरुलाई व्यक्तित्व विकाशकालागि बिशेष तालिमसमेत दिइनेछ । उक्त तालिम मिस नेपाल-२००५ सुगरिका केसी र मिस नेपाल ब्यूटिफूल-१९९६ श्यारोन शेर्पा (सियाटल) लगायतले दिने कार्यक्रम छ । तालिम अगस्त १२ देखि १९ सम्म न्यू योर्कमा गरिनेछ । तालिम शुल्क बापत अर्को ३०० डलर प्रतियोगीहरुले तिर्नु पर्ने छ।

सर्बश्रेष्ठ सुन्दरीलाई ५ हजार डलर नगद पुरस्कार

झन्डै एक लाख अमेरिकि डलर खर्च हुने अनुमान गरिएको यो प्रतियोगिताकि सर्बश्रेष्ठ सुन्दरीले ५ हजार डलर नगद पुरस्कारकासाथै छात्रब्रिती, प्रशंसा पत्र र बिभिन्न उपहारहरु प्राप्त गर्नेछिन् भने फस्ट रनर अपले ३ हजार डलर नगद पुरस्कारकासाथै छात्रब्रिती, प्रशंसा पत्र र बिभिन्न उपहारहरु र सेकेन्ड रनर अपले २ हजार डलर नगद पुरस्कारकासाथै छात्रब्रिती, प्रशंसा पत्र र बिभिन्न उपहारहरु पाउनेछिन्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 



प्रेस विज्ञप्त

मिस नेपाल युएसए २०११


जुन ११  न्युयोर्क,

इ प्लानेट प्रालि नेपालले इभेन्ट प्लानेट इन्कर्पोरेशन अमेरिकाको सहकार्यमा यहीं अगस्त २०११ मा अमेरिकाको न्युयोर्कमा मिस नेपाल युएसए २०११ गर्ने घोषणा गर्दछ । मिस नेपाल युएसए कार्यक्रमका अध्यक्ष तथा चर्चित नेपाली कलाकार गौरी मल्लले जुन १० मा न्युयोर्कको क्वीन्समा अवस्थित नेपाल जापान रेष्टुरेन्टमा गरिएको पत्रकार सम्मेलनमा कार्यक्रमको औपचारिक घोषणा गर्नुभएको हो ।

भब्य सुन्दरी प्रतियोगिताकारुपमा गर्न लागिएको मिस नेपाल युएसए २०११ मा १८ देखि २७ वर्षसम्मका अमेरिकामा रहेका नेपाली युवतीहरु सहभागी हुनेछन् । प्रतियोगिताको उद्देश्य अमेरिकामा रहेको नेपाली समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने, नेपालको संस्कृतिको जगेर्ना गर्ने र दक्षता , बौद्धिकता र सौन्दर्यलाई पुरस्कृत गर्ने रहेको छ ।

मिस नेपाल युएसए २०११ एउटा यस्तो महत्वपूर्ण कार्यक्रम हुन गइरहेको छ जसबाट नेपालको कला र संस्कृति एवं र व्यक्तित्व विकाशको प्रवद्धन गर्ने अपेक्षा गरिएको छ । “युवा शशक्तिकरण, नेपालको प्रवद्धन” भन्ने मूल नाराकासाथ हुन गइरहेको कार्यक्रम प्रतियोगीहरुको व्यक्तिगत , पेशागत र बौद्धिक लक्ष्य प्राप्तीका लागि एउटा महत्वपूर्ण प्लेटफर्म सावित हुनेछ ।

मिस नेपाल युएसए २०११ मा सहभागी हुन चाहनेहरुले जुलाई २० सम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाईन र मेलमार्फत पनि दर्ता गराउन सकिनेछ । कार्यक्रमका प्रतियोगिहरुको छनौटकालागि अमेरिकाका दशवटा मुख्य सहरहरुमा अडिशन गरिने छ । जुलाई २ र ३ मा वासिंटन डिसीमा, जुलाई ९ मा बोस्टनमा, जुलाई १० मा एटलान्टा, जुलाई १५ मा न्युयोर्कमा, शिकागोमा जुलाई १६ मा, मियनापोलिसमा जुलाई १७ मा, डेन्भरमा २३ जुलाईमा, डल्लासमा जुलाई २४ मा, शियाटलमा जुलाई ३० मा र जुलाई ३१ मा लस एन्जलसमा अडिशन कार्यक्रम गरिने छ । अडिशनबाट छनौट भएका प्रतियोगिहरुलाई व्यक्तित्व विकाशकालागि  तालिम समेत दिइनेछ । यस्तो तालिम मिस नेपाल २००५ सुगरिका केसी र मिस नेपाल ब्यूटिफूल १९९६ श्यारोन शेर्पा लगायतले दिनुहुनेछ । तालिम अगस्त १२ देखि १९ सम्म न्युयोर्कमा गरिनेछ ।

मिस नेपाल युएसए २०११ छनौटकालागि अन्तिम प्रतियोगिता नेपाल पर्यटन वर्ष २०११ को अवशर पारेर अगस्त २०, सन् २०११ मा अमेरिकाको न्यु योर्कमा हुनेछ । यो कार्यक्रम नेपाली र पश्चिमी कला, संस्कृति, फेसन र सौन्दर्यको एउटा महान समायोजन समेत हुनेछ । अन्तिम प्रतियोगितामा ३० जना सुन्दरीहरुलाई सहभागी गराइनेछ । प्रतियोगितामा विजयी हुनेले पांच हजार अमेरिकी डलरका साथमा छात्रबृत्ति, प्रमाणपत्र, पुरस्कार र उपहारहरु पनि पाउनेछन् । पहिलो प्रतियोगी र दोश्रो प्रतियोगीले पनि क्रमश तीन हजार र दुई हजार डलरसहित छात्रबृत्ति, उपहार, प्रमाणहरु र पुरस्कारहरु पाउनेछन् । आवेदन, स्वयम्सेवक, स्थानियस्तरमा हुने अडिशनको सहकार्य, कार्यक्रमको प्रवद्धन र अन्य सुचनाकालागि हाम्रो आधिकारिक वेभसाइट हेर्न र हाम्रो सचिवालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।

गौरी मल्ल
अध्यक्ष
मिस नेपाल युएसए २०११, सचिवालय
४० ८०, ७६ स्ट्रीट , ज्याक्सन हाइट, न्युयोर्क, ११३७३, अमेरिका
फोन ः १ ७१८ ३६० ८६१७ अफिस
इमेल: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
www.missnepalamerica.com , www.missnepalusa.info

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.