Inside

All Time Top 50 News

न्यू योर्कमा मिस नेपाल युएसए (Miss Nepal USA 2011) प्रतियोगिताको अन्तिम तयारी हुँदै, २७ सुन्दरी युवतीहरुको छनौट सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 14 August 2011 13:26

सुन्दरीहरुकि रोल मोडेल माइती नेपालकि अनुराधा कोइराला किन बनिन्?
Exclusive: 1 videos, 37 photos:
न्यू योर्क- आगामी अगस्ट २० तारिख न्यू योर्क शहरमा हुन लागेको पहिलो मिस नेपाल युएसए (Miss Nepal USA 2011) सुन्दरी प्रतियोगिताकोलागि अमेरिकाका १० राज्यका २७ नेपाली अमेरिकि सुन्दरी युवतीहरुको छनौट सम्पन्न भएको छ।


The organizers and Miss Nepal USA 2011 contestants at the meet-the-press at Sheraton LaGuardia East Hotel, Flushing, NY on August 13, 2011. Photos: eEyeCam.com

शनिबार बेलुकी फ्लसिङ कुइन्सस्थित शेराटन लगुवार्डिया इस्ट होटेलमा चुनिएका २७ सुन्दरीहरु र पत्रकार-सामाजिक अगुवाहरुबिच भलाकुशारी कार्यक्रममा आयोजकहरुले कार्यक्रमको अन्तिम तयारी पुरा हुनै लागेको बताए ।


युएस नेपाल अनलाइनसंग बिशेष भिडियो वार्तामा चुनिएका २७ सुन्दरीहरुमध्ये २५ अधिकाँश सुन्दरीहरुले नेपाल र नेपालीकोलागि केही न केही गर्ने अठोट गरे। उता माइती नेपालकि अध्यक्ष तथा सिएन्एन हिरो २०१० बिजेता अनुराधा कोइराला रोल मोडेल मान्दै कोइरालाको पदचाप पहिल्याउने कुरा केही सुन्दरीहरुले सगर्ब बताए।


Miss Nepal USA 2011 contestants at the meet-the-press at Sheraton LaGuardia East Hotel, Flushing, NY on August 13, 2011. Photos: eEyeCam.com


हेर्नुहोस् युएस नेपाल अनलाइनले चुनिएका २७ सुन्दरीहरुमध्ये २५ सुन्दरीहरुसंग लिएको बिशेष भिडियोवार्ता र रिपोर्ट:
Exclusive interview with Miss Nepal USA contestants, August 13 2011



अगस्ट १९ मा चुनिएका २७ सुन्दरीहरु र नेपाली कलाकारद्वारा बिशेष ट्यालेन्ट शो प्रस्तुत गरिन लागेको कुरा प्रोमोटर अमित शाहले बताए।

इभेन्ट प्लानेट इङ्क अमेरिका र इ-प्लानेट प्रालि काठमाडौंको संयुक्त लगानी र चांजोपाँजोमा हुन लागेको उक्त सुन्दरी प्रतियोगितामा यस अघी १३ अमेरिकि शहरहरुबाट सुन्दरी छान्नेक्रम अडिसन सम्पन्न भएको थियो जसमा सुन्दरीहरुले प्रतिस्पर्धामा भाग लिएका थिए।

The Miss Nepal USA 2011 Event Chair actress Gauri Malla. Photos: eEyeCam.com

मिस नेपाल युएसए प्रतियोगिता २०११ कि अध्यक्ष नेपालकि बरिस्ठ नायिका गौरी मल्ल हुन्।

सुन्दरी प्रतियोगिताको तयारी कस्तो छ?

प्रतियोगिहरुलाई व्यक्तित्व विकाशकालागि बिशेष तालिमसमेत दिइनेछ । उक्त तालिम मिस नेपाल ब्यूटिफूल-१९९६ श्यारोन शेर्पा (सियाटल) ले दिने कार्यक्रम छ । तालिम अगस्त १३ देखि १९ सम्म न्यू योर्कमा गरिनेछ ।


The organizers at the meet-the-press at Sheraton LaGuardia East Hotel, Flushing, NY on August 13, 2011. Photos: eEyeCam.com


सर्बश्रेष्ठ सुन्दरीलाई ५ हजार डलर नगद पुरस्कार

झन्डै एक लाख अमेरिकि डलर खर्च हुने अनुमान गरिएको यो प्रतियोगिताकि सर्बश्रेष्ठ सुन्दरीले ५ हजार डलर नगद पुरस्कारकासाथै छात्रब्रिती, प्रशंसा पत्र र बिभिन्न उपहारहरु प्राप्त गर्नेछिन् भने फस्ट रनर अपले ३ हजार डलर नगद पुरस्कारकासाथै छात्रब्रिती, प्रशंसा पत्र र बिभिन्न उपहारहरु र सेकेन्ड रनर अपले २ हजार डलर नगद पुरस्कारकासाथै छात्रब्रिती, प्रशंसा पत्र र बिभिन्न उपहारहरु पाउनेछिन्।

Read related news:

-न्यू योर्कमा मिस नेपाल युएसए (Miss Nepal USA 2011) प्रतियोगिताकालागि अडिसन र फेसन शो सम्पन्न

-न्यू योर्कमा पहिलो "मिस नेपाल युएसए-२०११" सुन्दरी प्रतियोगिता हुने


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.